الترجمة النيبالية बाट النيبالية मा सुरा الطارق को अनुवाद
Verse 1
ﭑﭒ
ﭓ
१) कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
Verse 2
ﭔﭕﭖﭗ
ﭘ
२) र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो ?
Verse 3
ﭙﭚ
ﭛ
३) त्यो तारा हो, चम्किलो ।
Verse 4
ﭜﭝﭞﭟﭠﭡ
ﭢ
४) कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
Verse 5
ﭣﭤﭥﭦ
ﭧ
५) मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
Verse 6
ﭨﭩﭪﭫ
ﭬ
६) त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
Verse 7
ﭭﭮﭯﭰﭱ
ﭲ
७) जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
Verse 8
ﭳﭴﭵﭶ
ﭷ
८) निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
Verse 9
ﭸﭹﭺ
ﭻ
९) जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
Verse 10
ﭼﭽﭾﭿﮀﮁ
ﮂ
१०) त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
Verse 11
ﮃﮄﮅ
ﮆ
११) आकाशको कसम जसले वृष्टि गर्दछ ।
Verse 12
ﮇﮈﮉ
ﮊ
१२) र धरतीको कसम जुन च्यातिनेवाला छ ।
Verse 13
ﮋﮌﮍ
ﮎ
१३) कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
Verse 14
ﮏﮐﮑ
ﮒ
१४) त्यो कुनै ठट्टा होइन ।
Verse 15
ﮓﮔﮕ
ﮖ
१५) उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
Verse 16
ﮗﮘ
ﮙ
१६) र मैले पनि एउटा चालचली राखेको छु ।
Verse 17
ﮚﮛﮜﮝ
ﮞ
१७) अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।
تقدم القراءة