الترجمة النيبالية बाट النيبالية मा सुरा الفجر को अनुवाद
Verse 1
ﭤ
ﭥ
१) फज्र (उषाकाल) को कसम ।
Verse 2
ﭦﭧ
ﭨ
२) र दश रातहरूको कसम ।
Verse 3
ﭩﭪ
ﭫ
३) र जोड र बिजोड (सम–विसम) को कसम ।
Verse 4
ﭬﭭﭮ
ﭯ
४) र रातको कसम, जब यो जान थाल्छ ।
Verse 5
ﭰﭱﭲﭳﭴﭵ
ﭶ
५) के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन् ?
Verse 6
ﭷﭸﭹﭺﭻﭼ
ﭽ
६) के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो ?
Verse 7
ﭾﭿﮀ
ﮁ
७) स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
Verse 8
ﮂﮃﮄﮅﮆﮇ
ﮈ
८) यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।
Verse 9
ﮉﮊﮋﮌﮍ
ﮎ
९) र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।
Verse 10
ﮏﮐﮑ
ﮒ
१०) र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो ?
Verse 11
ﮓﮔﮕﮖ
ﮗ
११) यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
Verse 12
ﮘﮙﮚ
ﮛ
१२) र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
Verse 13
ﮜﮝﮞﮟﮠ
ﮡ
१३) अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
Verse 14
ﮢﮣﮤ
ﮥ
१४) निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।
Verse 15
१५) तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
Verse 16
१६) र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।
Verse 17
ﯞﯟﯠﯡﯢﯣ
ﯤ
१७) यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
Verse 18
ﯥﯦﯧﯨﯩ
ﯪ
१८) र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
Verse 19
ﯫﯬﯭﯮ
ﯯ
१९) र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
Verse 20
ﯰﯱﯲﯳ
ﯴ
२०) र धनसित अत्यन्त प्रेम गर्दछौ ।
Verse 21
२१) तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
Verse 22
ﯽﯾﯿﰀﰁ
ﰂ
२२) र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
Verse 23
२३) र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
Verse 24
ﭜﭝﭞﭟ
ﭠ
२४) उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
Verse 25
ﭡﭢﭣﭤﭥ
ﭦ
२५) अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
Verse 26
ﭧﭨﭩﭪ
ﭫ
२६) र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
Verse 27
ﭬﭭﭮ
ﭯ
२७) र हे सन्तुष्ट आत्मा ।
Verse 28
ﭰﭱﭲﭳﭴ
ﭵ
२८) आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
Verse 29
ﭶﭷﭸ
ﭹ
२९) अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
Verse 30
ﭺﭻ
ﭼ
३०) र प्रवेश गर मेरो स्वर्गमा ।
تقدم القراءة