ترجمة سورة العاديات

الترجمة النيبالية
ترجمة معاني سورة العاديات باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
२) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
३) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
४) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
५) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
६) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
७) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
८) त्यो धनको मोहमा बडो दृढ छ ।
९) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
१०) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
११) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।
Icon