سورة الحجرات

الترجمة النيبالية

ترجمة معاني سورة الحجرات باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) हे मोमिनहरू (आस्थावानहरू) ! (धर्मको बारेमा) अल्लाह र उसका रसूलभन्दा अगाडि नबढ्नु र अल्लाहसित डर मानिराख । निश्चय नै अल्लाह सुन्दछन्, जान्दछन् ।
२) हे ईमानवालाहरू ! आफ्ना आवाजहरू पैगम्बरको आवाजभन्दा उच्च नपार न उनीसित ठूलो स्वरमा कुरा गर जुन प्रकारले तिमीहरू आपसमा एक अर्कासित कराएर बोल्दछौ । यस्तो नहोस् कि तिम्रो कर्महरू खेर गइहालुन् र तिमीलाई खबर पनि नहोस् ।
३) जुन मानिसहरू रसूलको हजुरमा आफ्नो आवाज मन्द राख्दछन् यिनै ती मानिसहरू हुन् जसका हृदयहरूलाई अल्लाहले संयमको निम्ति जाँचिलिएको छ । उनको लागि मुक्ति छ र ठूलो प्रतिफल छ ।
४) (हे नबी) जुन मानिसहरूले तपाईलाई कोठाको पछाडिबाट बोलाउँछन् । उनीहरूमध्ये धेरै मूर्ख छन् ।
५) र यदि उनीहरूले तपाई स्वयम् निस्केर उनी समक्ष नआएसम्म धैर्य गरिराखेको भए यो उनीहरूको निम्ति राम्रो हुने थियो । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
६) हे मोमिनहरू यदि कुनै अवज्ञाकारीले तिमीलाई कुनै खबर लिएर आउँछ भने उसको राम्रोसँग छानबिन गर्नेगर । कहीँ यस्तो नहोस् कि तिमीले कुनै गिरोहलाई अज्ञानतामा कष्ट र नोक्सानी पुर्याइहाल, अनि आफूले गरेको कुरामाथि पश्चातप गर ।
७) र जानिराख कि तिम्रोबीचमा अल्लाहका पैगम्बर(संदेष्टा) छन् । यदि धेरै जसो कुराहरूमा उनले तिम्रो कुरा मान्ने गर्दछन् भने तिमी कठिनाईमा पर्नेछौ । तर अल्लाहले तिम्रो निम्ति ईमानलाई प्रिय बनाइदियो र त्यसलाई तिम्रो हृदयमा सुन्दरता प्रदान गरेको छ र इन्कार, उल्लंघन र अवज्ञालाई तिम्रो दृष्टिमा अप्रिय बनाइदिएको छ । यही मान्छेहरू सोझो मार्गवालाहरू हन् ।
آية رقم 8
८) अल्लाहको कृपा र पुरस्कारबाट, र अल्लाह जान्नेवाला र तत्वदर्शी छ ।
९) र यदि मोमिनीहरूका कुनै दुई समूह आपसमा लडिहाल्छन् भने, यिनीहरूमा मेलमिलाप गराइदेऊ, र यदि एउटा समूहले अर्को समूहमाथि ज्यादति गर्दछ भने ज्यादति गर्नेवालासित लड, यहाँसम्म कि त्यो अल्लाहको आदेशतिर प्रवृत्तहोस्, अनि जब प्रवृत्त हुन्छ भने दुवै समूहमा इन्साफको साथ आपसमा मेलमिलाप गराइदेऊ र न्याय गर्नु । किनकि अल्लाह न्याय गर्नेहरूलाई रुचाउँदछ ।
१०) सबै मोमिनहरू एक आपसमा भाइ–भाइ हुन्, तसर्थ आफ्ना दुई भाइहरूमा मेलमिलाप गराउने गर । र अल्लाहसित डर मानिराख ताकि तिमीमाथि दया गरियोस् ।
११) हे मोमिनहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्रा होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्री होउन् र आपसमा एक अर्कालाई आक्षेप नगर न नराम्रो उपाधिले नै सम्बोधन गर ईमान ल्याइसकेपछि नराम्रो नामाकरण गर्नु पाप हो । (यसबाट) जसले प्रायश्चित गर्दैन, उनीहरू अत्याचारी हुन् ।
१२) हे ईमानवालाहरू ! धेरै शंकाउपशंका गर्नुबाट बच । किन भने केही शंका पाप हुन्छन् र एक अर्काको जासूसी नगर, र नत कसैको अनुपस्थितिमा निन्दा गर्नु । के तिमीहरूमध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ ? यसलाई तिमीले अवश्य नै घृणा गर्नेछौ । (तसर्थ) अल्लाहसित डर मान्ने गर । निश्चय नै अल्लाह प्रायश्चित स्वीकार गर्नेवाला, अत्यन्त दयावान छ ।
१३) हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जातविरादरी र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो जो कि तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञ छ ।
१४) देहातीहरूले भने किः हामीले ईमान ल्यायौं भनिदिनुस् कि तिमीले ईमान ल्याएनौ । किन्तु तिमीहरूले यस्तो भन कि हामी आज्ञाकारी भयौं ‘‘यद्यपि ईमानले तिम्रो हृदयमा अहिले सम्म प्रवेश नै गरेको छैन र यदि तिमीले अल्लाह र उसको रसूलको आज्ञाकारीता गर्ने गर्दछौ भने अल्लाहले तिम्रो कर्मबाट केही कम गर्नेछैन । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
१५) मोमिनहरू त ती नै हुन् जसले अल्लाह र उसको रसूलमाथि ईमान ल्याउँछन् अनि उनीहरूले कुनै शंका सन्देह गर्दैनन् र आफ्ना धनसम्पत्ति र आफ्ना ज्यानले अल्लाहको मार्गमा जेहाद (धर्म युद्ध) गर्दछन् । यीनै मानिसहरू असल सत्यवान हुन् ।
१६) (उनीहरूसित) भन्नुस् कि ‘‘के तिमीले अल्लाहलाई आफ्नो धार्मिक आस्थाको सूचना दिइरहेकाछौ ? अल्लाह त आकाशहरू र धरतीका सम्पूर्ण कुरालाई जान्दछ । र अल्लाह हरेक कुराको जान्नेवाला हो ।
१७) उनीहरू तपाईमाथि आफ्नो मुसलमान हुने कुराको उपकार दर्शाउँदैछन्, तपाईं भनिदिनुस् कि आफ्नो मुसलमान हुने कुरोको उपकार ममाथि नलगाऊ । वास्तवमा अल्लाहको तिमीमाथि ठूलो उपकार छ कि तिमीलाई ईमानवाला बनायो यदि तिमी सही बाटोमा छौ भने ।
१८) विश्वास गर अल्लाह आकाशहरू र धरतीमा लुकेका कुराहरू जान्दछ र जे जति तिमीले गर्दछौ, त्यसलाई देख्दैछ ।
تقدم القراءة