ترجمة معاني سورة يوسف باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﮢﮣﮤﮥﮦﮧ
ﮨ
१) अलिफ–लाम–रा, यो स्पष्ट ग्रन्थका आयतहरू (श्लोकहरू) हुन् ।
آية رقم 2
ﮩﮪﮫﮬﮭﮮ
ﮯ
२) निःसन्देह हामीले यस कुरआनलाई अरबीमा उतारेका छौं ताकि तिमीले बुझ्न सक ।
آية رقم 3
३) हामी तपाई सामु सर्वोत्कृष्ट बृतान्त प्रस्तुत गर्दछौं, यस कारण कि हामीले तपाईतिर यो कुरआन वह्यको माध्यमबाट उतारेकाछौं र निःसन्देह यसभन्दा अगाडि तपाई अज्ञानहरूमध्येका हुनुहुन्थ्यो ।
آية رقم 4
४) जब यूसुफले आफ्नो पितासँग भने कि बुबा ! मैले (सपनामा) एघारा ताराहरू, र सूर्य र चन्द्र देखेको छु कि तिनीहरूले मलाई ढोगिराखेका छन् ।
آية رقم 5
५) यअ्कूबले भने प्यारो छोरा ! आफ्नो यस सपनाको चर्चा आफ्ना दाजुभाइहरूसँग नगर्नु, नत्र तिनीहरू तिम्रो लागि षड्यन्त्रपूर्ण चाल चल्नेछन् । कुनै सन्देह छैन कि शैतान मानिसको स्पष्टरूपमा शत्रु हो ।
آية رقم 6
६) र यसै प्रकार अल्लाहले तिमीलाई विशेष रूपमा रोज्नेछ, र सपनाको अर्थको ज्ञान गराउनेछ, र जुन किसिमले उसले आफ्नो वरदान अघि तिम्रो बाजे–बराजु, इब्राहीम तथा ‘‘इस्हाक’’ लाई प्रदान गरेको थियो, त्यसै प्रकारले तिमीमाथि र यअ्कूबको सन्ततिलाई पनि प्रदान गर्नेछ । निःसन्देह तिम्रो पालनकर्ता (सर्व) ज्ञाता र तत्वदर्शी छ ।
آية رقم 7
७) हो, यूसुफ र तिनका दाजुभाइहरूमा सोध गर्ने मानिसहरूका निम्ति धेरै निशानीहरू छन् ।
آية رقم 8
८) जब तिनीहरूले (आपसमा) चर्चा गरेः कि यूसुफ र उनको भाइ पितालाई हामीभन्दा धेरै प्रिय छन् । हुन त हामीहरू शक्तिशाली जत्तथा छौं, निश्चय नै हाम्रा पिता ठूलो भ्रममा हुनुहुन्छ ।
آية رقم 9
९) तसर्थ यूसुफलाई त मारिहाल वा कुनै अज्ञात ठाउँमा फालिहाल, जसबाट तिम्रो पिताज्यूको ध्यान मात्र तिमीतिर हुनेछ, र यस पश्चात तिमी राम्रो अवस्थामा भइहाल ।
آية رقم 10
१०) तिनीहरूमध्ये एउटाले भन्योः ‘‘कि यूसुफको ज्यान नमार, बरु गहिरो इनारमा फालिदेऊ यसरी कि कुनै बटुवाले निकालेर लैजाओस् । यदि तिमीले गर्नुछ भने यसरी नै गर ।’’
آية رقم 11
११) भन्न थालेकिः ‘‘पिताज्यू ! के कारण छ कि हजुरले यूसुफको बारेमा हामीलाई विश्वास गर्नुहुन्न, जबकि हामी उसका शुभचिन्तक हौं ।’’
آية رقم 12
१२) भोलि उसलाई खूबै आनन्द गर्न, खेल्न र खानपीन गर्न हाम्रो साथमा पठाइदिनुस् । हामी उसको सुरक्षाको जिम्मेवार छौं ।
آية رقم 13
१३) यअ्कूब (अलैहिस्सलाम)ले भनेः ‘‘कि यो कुरा मलाई दुःखी तुल्याइदिन्छ कि तिमीहरूले उसलाई लग, र मलाई यो पनि डर छ, कि तिम्रो असावधानीबाट उसलाई ब्वाँसोले खाइदिनेछ ।
آية رقم 14
१४) तिनीहरूले भने कि हाम्रो शक्तिशाली उपस्थितिमा पनि यदि उसलाई ब्वाँसोले खायो भने त हामी पूर्ण बेकम्मा हुनेछौं ।
آية رقم 15
१५) फेरि जब तिनीहरूले उनलाई लगे, र सबै एकमत भए कि उनलाई एउटा एकान्तको गहिरो इनारमा हालिदियौ, त हामीले यूसुफ (अलैस्सिलाम) तिर त्यही सन्देश पठायांै कि एक समय यस्तो आउँनेछ कि तिमीले तिनीहरूसित यसको बारेमा भन्नेछौ र तिनीहरूलाई तिम्रो बारेमा कुनै ज्ञान हुनेछैन ।
آية رقم 16
ﭤﭥﭦﭧ
ﭨ
१६) तिनीहरू रातिको समयमा पिताको समीपमा रुँदै आए ।
آية رقم 17
१७) र भन्नथालेः ‘‘कि पिताज्यू ! हामी त परस्पर दगुर्नुमा एक अर्कासित अगाडि हुनुमा लागिहाल्यौं, र यूसुफलाई आफ्नो सामानको नजिकमा छाड्दियौं, अनि ब्वाँसोले उसलाई खाइहाल्यो हाम्रो कुरालाई तपाईले पत्याउनुहुन्न, जबकि हामीले सत्य भनिराखेका छौं ।
آية رقم 18
१८) र यूसुफको कमिजमा झूठो रगतको दागपनि लगाएर ल्याएका थिए । पिताले भने यो होइन, बरु तिमीहरू आफैंले मनगढन्ते कुरा बनाएर ल्याएका छौ । त राम्रो धैर्य नै उचित छ र जे तिमीले भनिराखेका छौ त्यस सम्बन्धमा अल्लाहबाट नै मद्दत चाहिन्छ ।
آية رقم 19
१९) एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।
آية رقم 20
२०) र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।
آية رقم 21
२१) र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।
آية رقم 22
२२) र जब उनले आफ्नो वयस्क अवस्था प्राप्त गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।
آية رقم 23
२३) तर जुन स्त्रीको घरमा यूसुफ बस्दथे, उसले आफूतिर आकृष्ट गर्न खोजी र ढोका थुनि भन्नथाली (यूसुफ !) छिटो आऊ । उनले भने कि अल्लाहले, शरण प्रदान गरोस्, उही मेरो पालनकर्ता हो, उसले मलाई राम्ररी राखेको छ निःसन्देह अत्याचारी मानिसहरू कहिल्यै सफलता प्राप्त गर्दैनन् ।
آية رقم 24
२४) र त्यस स्त्रीले उत्सुकतापूर्वक उनको कामना गरी र उनले पनि त्यसको इच्छा गरिहाल्थे यदि उनले आफ्नो पालनकर्ताको निशानी नदेखेको भए । यस्तो यसकारणले कि हामीले उनलाई नराम्रो र लज्जाजनक कुरोबाट टाडा राख्न सकौं । निःसन्देह ऊ हाम्रो विशिष्ट सेवकहरूमध्येको थियो ।
آية رقم 25
२५) दुवै ढोकातिर दगुरे र ती महिलाले उनको कमिज पछाडिबाट समाती च्यातिहाली, र दुवैको ढोकानिर ती स्त्रीको पतिसित भेट भइहाल्यो, अनि भन्नथाली कि जुन मानिसले तिम्रो स्वास्नीप्रति यस्तो नराम्रो भावना राख्दछ, उसको दण्ड यो छ कि उसलाई कैद गरियोस् अथवा अरु कुनै दुःखपूर्ण सजाय दिइयोस् ।
آية رقم 26
२६) यूसुफले भनेः यस स्वास्नी मानिसले नै मलाई आफूतिर बहकाउन खोजेको थियो र सोही महिलाको आफन्तहरूमध्ये एकजना गवाहले यो भन्योः कि यदि उसको कमिज अगाडिबाट च्यातिएको छ भने यो साँचो छे र यूसुफ झूठ बोल्ने हो ।
آية رقم 27
२७) र यदि कमिज पछाडिबाट च्यातिएको छ भने यो स्त्री झूठो (छे) र यूसुफ साँचो हो ।
آية رقم 28
२८) तसर्थ जब उसले देख्योः कि कमिज पछाडिबाट च्यातिएको छ, तब उसले भन्योः कि यो तिम्रै षडयन्त्र हो र सन्देह छैन तिमी आईमाईहरूको चालबाजी ठूलो हुन्छ ।
آية رقم 29
२९) यूसुफ ! यस कुराको तिमी वास्ता नगर र स्त्री ! तिमी आफ्नो दुष्कर्मको निम्ति क्षमायाचना गर, निःसन्देह दोष तिम्रो नै छ ।
آية رقم 30
३०) र शहरमा आईमाईहरूले कुरा गर्न थालिन् कि ‘‘अजीजकी’’ स्वास्नी आफ्नो युवा दासलाई आफूतिर प्रवृत्त गर्न चाहन्छिन्, र यूसुफको माया उसको हृदयलाई गहिरो रूपमा प्रभावित गरिसकेको छ । हामीले देख्दछौ कि त्यो सरासर मार्गविचलित भइराखेकी छे ।
آية رقم 31
३१) उसले (जुलेखाले) जब यी आईमाईहरूको मक्कारीको कुरा सुन्यो, तब उनलाई बोलाउन सन्देश पठायो, र उनको लागि बैठकको आयोजना गर्याे, र हरेकलाई एउटा एउटा छुरी दियो, र भन्यो कि हे यूसुफ उनको सामुन्ने आऊ, जब आईमाईहरूले देखिन् त आश्चर्यचकित भइन् र आफ्नो हात काटिहालिन् । र उनीहरूले भनिन् कि अल्लाह धन्य छ ! यो मनुष्य होइन, अवश्य कुनै मर्यादित स्वर्गदूत हो ।
آية رقم 32
३२) अनि अजीजे मिस्रकी पत्नीले भनी, यो त्यही हो जसको बारेमा तिमीहरूले मलाई दोष लगाउँदैथ्यौ र निःसन्देह मैले उसलाई आफूतिर प्रवृत्त गर्न खोजेको हो, तर यो विचलित भएन र यदि यसले त्यो काम गर्दैन जुन मैले यसलाई भनें त यो बन्दी बनाइनेछ र अपमानित हुनेछ ।
آية رقم 33
३३) यूसुफले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! जुन कामतिर यिनीहरूले मलाई बोलाइराखेछिन् त्यसको सट्टामा मलाई कैद स्वीकार छ, र एकदम यदि तिमीले मबाट उनीहरूको षड्यन्त्र हटाएनौ भने म तिनीहरूतिर प्रवृत्त भइहाल्नेछु र अज्ञानीहरूमध्येको भइहाल्नेछु ।
آية رقم 34
३४) अनि अल्लाहले उनको प्रार्थना स्वीकार गरिहाल्यो, र उनीबाट आईमाईहरूको जाल समाप्त गरिहाल्यो । निःसन्देह ऊ सुन्ने (र) जान्नेवाला छ ।
آية رقم 35
३५) तर यसको बावजूद कि तिनीहरूले धेरै निशानीहरू देखिसकेका थिए तैपनि उनीहरू यसै कुरामा सहमत भएकि केही दिनको लागि कैदमा नै राखियोस् ।
آية رقم 36
३६) र उनको साथमा अरु दुई युवकहरू पनि जेलमा प्रवेश गरे । तिनीहरूमध्ये एउटाले भन्यो कि मैले सपना देखेको छुः कि म मदिराको निम्ति अंगूर निचोरिराखेको छु । अर्कोले भन्योः कि मैले पनि सपना देखेको छु मैले आफ्नो टाउकोमा रोटीहरू बोकेको छु र पंक्षीहरूले त्यसबाट खाइराखेका छन् । तसर्थ हामीलाई यसको अर्थ भनिदिनुस् किनभने हामीले तपाईलाई असल मानिसको रूपमा देखिराखेका छौं ।
آية رقم 37
३७) यूसुफले भनेः कि जुन खाना तिमीलाई प्राप्त हुनेवाला छ, त्यो आउनुभन्दा अगाडि नै मैले तिमीलाई त्यसको अर्थ र वास्तविकता भनिदिनेछु । यी ती कुराहरूमध्येका हुन्, जुन मेरो पालनकर्ताले मलाई सिकाउनु भएको छ । जुन मानिसहरू अल्लाहमाथि विश्वास गर्दैनन् र परलोकको दिनलाई नकार्दछन्, मैले तिनीहरूको धर्म छोडिसकेको छु ।
آية رقم 38
३८) र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् ।
آية رقم 39
३९) मेरो जेलमा बस्ने साथीहरू ! के कैयौं पूज्यहरू (हुनु) राम्रो हुन्छ वा एक अल्लाह जो महान् र सर्वशक्तिमान छ ।
آية رقم 40
४०) जुन कुराहरूलाई तिमीले अल्लाह बाहेक पूजा गर्दछौ तिनीहरू मात्र नाम हुन्, जुन तिमीले र तिम्रा पुर्खाहरूले नामाकरण गरिहालेका छौ । किनभने अल्लाहले तिनीहरूको कुनै प्रमाण पठाएको छैन । सुनिराख कि अल्लाह बाहेक अरु कसैको सत्ता छैन । उसले आदेश गरेको छ, कि उस बाहेक कसैको पूजा नगर, यही सोझो धर्म हो तर धेरै मानिसहरू जान्दैनन् ।
آية رقم 41
४१) मेरा जेलका साथीहरू हो ! तिमीमध्ये एउटा त आफ्नो मालिकलाई मदिरा खुवाउन नियुक्त हुनेछ र जुन दोस्रो छ त्यसलाई फाँसिमा झुण्ड्याइने छ र पंक्षीहरूले उसको टाउको लुछेर खानेछन् । जुन कुरा तिमीले मसित सोध्दैछौ त्यसको निर्णय भइसकेको छ ।
آية رقم 42
४२) र दुवै मानिसहरूमध्येबाट जसको बारेमा (यूसुफले) ठानेका थिए कि त्यसले मुक्ति पाइहाल्नेछ, उससित उनले भने कि आफ्नो मालिकसँग मेरो चर्चा पनि गर्नु, तर शैतानले उसलाई आफ्नो राजासँग उनको चर्चा गर्न भुलाइदियो, र यूसुफ कैयौं वर्ष जेलमा नै रहीरहे ।
آية رقم 43
४३) र राजाले भने कि मैले (सपना देखेको छु), कि सातवटा मोटी गाईहरू छन् जसलाई सातवटा दुब्ली गाईहरूले खाइराखेका छन्, र अन्नका सातवटा हरिया बाली छन् र (सात) सुकेका । हे दरवारीहरू ! यदि तिमीहरू सपनाहरूको अर्थ भन्न सक्छौ भने मलाई मेरो सपनाको अर्थ बताऊ ।
آية رقم 44
४४) उनले भने, यी त अन्यौलमा पार्ने सपनाहरू हुन्, र हामीलाई यस्ता सपनाहरूको अर्थ आउँदैन ।
آية رقم 45
४५) अहिले त्यो मानिस जुन दुई कैदिहरूमध्येबाट छुटकारा पाइसकेको थियो र जसलाई एउटा अन्तराल पश्चात त्यस कुराको स्मरण भयो, उसले भन्यो कि म, तपाईलाई यसको अर्थ बताउँछु । मलाई (कारागारमा) जाने अनुमति दिुनस् ।
آية رقم 46
४६) (त्यो यूसुफको समीपमा आयो र भन्न थाल्यो) यूसुफ ! हे सत्यनिष्ठ हामीलाई (यस सपनाको अर्थ) भन्नुस् कि सातवटा मोटी गाइहरूलाई सातवटा दुब्ली गाईहरूले खाईराखेका छन् र सातवटा बालीहरू हरिया छन् र सातवटा सुकेका जसबाट म मानिसहरूको समीपमा गई अर्थ भनू, हुनसक्छ कि तिनीहरूले जानुन् ।
آية رقم 47
४७) यूसुफले भनेः कि तिमीहरूले सात वर्षसम्म लगातार खेती गर्दै रह, अनि बाली काटेर बालीसमेत रहनदिनु केही अन्न बाहेक जुन तिमीले खान्छौ ।
آية رقم 48
४८) अनि यस पश्चात सात वर्षसम्म अत्यन्त गम्भीर अनिकाल आउनेछ यसमा जुन अनाज तिमीले जम्मा गरेर राखेका छौ, तिनीहरूले त्यो सबै खानेछन्, मात्र त्यही अलिकति बाँकी रहनेछ जुनकि तिमीले जतनले राखिरहने छौ ।
آية رقم 49
४९) अनि यस पश्चात एक वर्ष यस्तो आउनेछ कि जसमा निकै बृष्टि हुनेछ र मानिसहरू त्यसबाट (अंगूर समेतको) धेरै रस निचोर्नेछन् ।
آية رقم 50
५०) (यो अर्थ सुनेर) राजाले आदेश दियोः ‘‘कि यूसुफलाई मेरो पासमा ल्याऊ ।’’ जब सन्देशबाहक उनको पासमा गयो त उनले भनेकि आफ्नो मालिकको सामु फर्केर जाऊ र तिनीसित सोध कि ती आईमाईहरूको वास्तविक हाल के छ, जसले कि आफ्ना हात काटेका थिइन् । निःसन्देह मेरो पालनकर्ता तिनीहरूको षड्यन्त्रलाई राम्ररी जान्दछ ।
آية رقم 51
५१) राजाले महिलाहरूसित सोध्योः कि त्यसबेलाको सत्य घटना के थियो, जब तिमीहरूले यूसुफलाई आफूतिर आकृष्ट गर्न चाह्यौ । सबैले भने कि ‘‘अल्लाहले हाम्रो संरक्षण गरुन्’’ हामीले यूसुफमा कुनै नराम्रो कुरो पाएनौं । अनि अजीजकी स्वास्नीले पनि भनिन् अब त साँचो कुरा प्रकट भइसकेको छ, मैले नै उसलाई आफूतिर प्रवृत्त गर्न चाहेको थिएँ र ऊ निःसन्देह साँचोहरूमध्येको हो ।
آية رقم 52
५२) (यूसुफले भनेकि) यो यसकारण (सोधेको हो) की अजीजलाई विश्वास होस् कि मैले उसको अनुपस्थितिमा उसप्रति विश्वासघात गरेको छैन र यो पनि कि अल्लाह जाल रची दुष्टकर्म गर्नेहरूलाई सफल हुन दिंदैन ।
آية رقم 53
५३) (यूसुफले भने) म आफ्नो पवित्रताको बखान गर्दिन, निःसंकोच यो भन्न सक्छु कि मनले त नराम्रो कुरालाई वढ़ावा दिने गर्दछ । तर मेरो पालनकर्ताले दया गरेमा कुरो बेग्लै हुन्छ । वस्तुतः मेरो पालनकर्ता धेरै दया गर्नेवाला र ज्यादै कृपा गर्नेवाला छ ।
آية رقم 54
५४) राजाले आदेश दियो ‘‘उसलाई मेरो नजिक ल्याऊ’’ कि म उसलाई आफ्नो खास कार्यको लागि नियुक्त गरुँला । फेरि बादशाहले (राजाले) जब उनीसंग कुराकानी गरे, त्यसपछि बादशाहले भन्यो ‘‘तपाई म कहाँ आजैदेखि प्रतिष्ठित र सम्मानित हुनुहुन्छ’’ ।
آية رقم 55
५५) यूसुफले भने, तपाईले मलाई राष्ट्रको ढुकुटीपाल नियुक्त गर्नुहोस् म त्यसलाई रक्षा गर्नेवाला तथा त्यसबाट चनाखो रहुँला ।
آية رقم 56
५६) यसरी मैले यूसुफलाई राष्ट्रको अख्तियारी दिएँ उनी जहाँ पनि चाहे अनुसार रहन र गर्न सक्ने भए । म जसलाई चाहन्छु त्यसलाई आफ्नो दया पुर्याइदिन्छु । म राम्रो कार्य गर्नेवालाको राम्रोपनालाई त्यसै खेर जान दिन्न ।
آية رقم 57
५७) निःसन्देह ईमानदार र डर मान्नेवालाहरूको अन्तिम पुण्य अत्यन्त वेश छ ।
آية رقم 58
५८) यूसुफको दाजुभाइ आए र यूसुफनिर गए अनि उनले उनीहरूलाई चिने, तर तिनीहरूले चिन्न सकेनन् ।
آية رقم 59
५९) जब उनले तिनीहरूलाई सामग्री प्रदान गर्नु भयो त भन्नु भयो ‘‘तिमी आफ्नो भाइलाई पनि ल्याऊ जुन तिम्रो पिताबाट छ । के तिमीले देखेनौ ? कि म पूरा नापजोख गरी दिन्छु र म राम्रो आतिथ्य सत्कार पनि गर्दछु ।
آية رقم 60
६०) फेरि यदि तिमीहरूले उसलाई मेरो नजिक ल्याएनौं भने तब तिमीहरूलाई मेरो तर्फबाट केही खाद्यान्न मिल्दैन बरु तिमीहरू मेरो नजिक कदापि नआउनु ।
آية رقم 61
ﯣﯤﯥﯦﯧﯨ
ﯩ
६१) उनीहरूले भनेः कि ठीक छ हामी उसको पितालाई यसबापत राजी गर्नेछौं र पूरा प्रयत्न गरौंला’’ ।
آية رقم 62
६२) र आफ्ना सेवकहरूलाई भन्नु भयो ‘‘कि यिनीहरूको रकम र सामान बोराहरूमा राखिदिनु, कि जब उनीहरू आफ्नो घरपरिवारमा पुगुन् र त्यसलाई चिनुन् तब धेरै सम्भव छ कि तिनीहरू फर्केर आउन् ।
آية رقم 63
६३) जब उनीहरू फर्केर आफ्नो पितानिर पुगे, अनि भन्न थालेः, कि पिताजी हाम्रो लागि खाद्यान्न सामग्री रोकिदिइएको छ । त्यसकारण हाम्रो भाइलाई हाम्रो साथ जान दिनुस्, त्यसबाट हामीलाई खाद्यान्न सामग्री मिलोस् । र हामी उसको पूरा सुरक्षा गर्नेछौं ।
آية رقم 64
६४) यअ्कूबले भनेः कि मलाई यसबापत तिम्रो बस त्यस्तै विश्वास छ जस्तो यसभन्दा अगाडि उसको दाजुको बारेमा थियो । तर अल्लाह नै सबैभन्दा राम्रो संरक्षक छ, र त्यो सबै दयावानभन्दा असीम दयालु छ ।
آية رقم 65
६५) जब उनीहरूले आफ्नो सामान खोले, तब आफ्नो रकम त्यहीँ रहेको पाए, जुन उनीहरूलाई नै फर्काइदिइएको थियो । भन्न थाले हे पिता जी ! अब हामीलाई अरु के चाहिन्छ ? हेर्नुस हाम्रो आफ्नो रकम पनि फर्काइदिइएको छ । हामी आफ्नो घर परिवारको लागि खाद्यान्य ल्याउने छौं, र आफ्नो भाइको सुरक्षा गर्नेछौं । र एक ऊँटभरी खाद्यान्न बढ़ी ल्याउनेछौं । र यो ल्याउन धेरै सजिलो छ ।
آية رقم 66
६६) यअ्कूबले भने ! मैले त कुनै पनि हालतमा उसलाई तिम्रो साथ पठाउँदिन, जबसम्म कि तिमी अल्लाहलाई बीचमा साक्षी राखी वाचा गर्दैनौं, कि तिमीले उसलाई मेरो पास (सुरक्षित) पुर्याईदिने छौं, यो अर्काे कुरो हो कि तिमीहरू सबै समातिने छौ । (अतः) जब उनीहरूले पक्का वाचा दिए, तब उनले भने कि म जुन कुरो भन्दछु त्यसमाथि अल्लाह नै संरक्षक छ ।
آية رقم 67
६७) र (यअ्कूबले) भन्नु भयोः हे मेरा पुत्रहरू ! तिमी सबै एउटै ढोकाबाट नजानु बरु बेग्लाबेग्लै ढोकाबाट प्रवेश गर्नु । म अल्लाहको तर्फबाट आउने कुनै पनि चिजलाई तिमीहरूबाट हटाउन सक्तिन । हुकुम मात्र अल्लाहको चल्दछ । मेरो पूर्ण भरोसा उसै माथि छ, हरेक भरोसा गर्नेवालालाई उसैमाथि भरोसा गर्नुपर्दछ ।
آية رقم 68
६८) जब तिनीहरूले त्यही बाटोबाट जसको आदेश उनको पिताले उनलाई दिएका थिए गए । केही पनि यस्तो थिएन कि अल्लाहले जुन कुरो निश्चित गरिदिएको छ त्यो उसबाट उसलाई अलिकति पनि बचाउन सकोस् । परन्तु यअ्कूबको मनमा यो बिचार आयो, जसलाई उसले पूरा गर्यो । निःसन्देह ऊ मैले सिकाएको ज्ञानको ज्ञाता थियो, परन्तु साधारणतया मानिसहरू जान्दैनन् ।
آية رقم 69
६९) यिनीहरू सबै जब युसूफको नजिक पुगे तब उसले आफ्नो भाइलाई आफ्नो नजिक बसाल्यो, र भन्योः ‘‘कि म तिम्रो भाइ (यूसुफ) हूँ,’’ पुनः भने यिनीहरूले जे पनि गरेका छन् त्यसमाथि दुःख नगर ।
آية رقم 70
७०) फेरि जब उनलाई उनको सामान तथा रकमहरू ठिक ठाक गरी दिनुभयो, तब आफ्नो भाइको झोलामा पानी खाने भाडो राखिदिनुभयो, फेरि एउटा बोलाउने मान्छेले कराएर भन्योः समूह वालाहरू हो ! तिमीहरू त चोर हौ ।
آية رقم 71
ﭡﭢﭣﭤﭥ
ﭦ
७१) उनीहरूले उनीतर्फ मुख पल्टाएर भने कि तिम्रो कुन वस्तु हराएको छ ?
آية رقم 72
७२) उत्तर दिइयो कि ‘‘शाही पैमाना हराइसकेको छ । जसले त्यसलाई ल्याइदिन्छ त्यस व्यक्तिलाई एउटा ऊँटको भार बराबर खाद्यान्न मिल्नेछ, यस प्रतिज्ञाको म जमानती हूँ ।
آية رقم 73
७३) उनीहरूले भनेः अल्लाहको कसम ! तिमीलाई पूर्ण ज्ञात छ कि हामी यस राष्ट्रमा झैं झगडा फैलाउनको लागि आएका होइनौं, र न हामी चोर हौं ।
آية رقم 74
ﮁﮂﮃﮄﮅﮆ
ﮇ
७४) उनले भने अब बताऊ, ‘‘चोरको दण्ड के हुन्छ ?’’ यदि तिमी झूठो छौ ।
آية رقم 75
७५) उत्तर दिए कि जसको थैलाबाट पैमाना (अङ्गखोरा) प्राप्त हुनेछ उही नै त्यसको भरपाई हुनेछ । हामी त यस्ता दुष्टहरूलाई यस्तै दण्ड दिन्छौं ।
آية رقم 76
७६) तब यूसुफले उनीहरूको सामानको खानातलाशी प्रारम्भ गरे, आफ्नो भाइको सामान खानतलाशी गर्नुभन्दा पहिला, त्यसपछि त्यस पैमानालाई आफ्नो भाइको सामानबाट बरामद गरे । हामीले (अल्लाह) यूसुफको लागि यस्तै युक्ति निकालें । त्यस राजाको राजकीय कानून अनुसार उहाँ आफ्नो भाइलाई राख्न सक्तैनथे । परन्तु यदि यो अल्लाहलाई स्वीकार भयो भने, हामीले, (अल्लाह) जसलाई चाहान्छौं त्यसको मर्यादा बढाइदिन्छौं । प्रत्येक ज्ञातामाथि अर्को ज्ञानवान हुन्छ ।
آية رقم 77
७७) उनीहरूले भने कि यदि उसले चोरी गर्यो भने (कुनै आश्चर्यको कुरा होइन) त्यसभन्दा अगावै उसको दाजुले पनि चोरी गरिसकेको छ यूसुफले यस कुरालाई आफ्नो मुटुमै राखिलिए र त्यस कुरालाई उनको अगाडि बिल्कुलै प्रकट गरेनन्, भनेः कि तिमी खराब ठाँउमा छौ, र जुन तिमी बयान गर्दछौ उसलाई अल्लाह नै सूक्ष्मरूपले बेस्सरी जान्दछ ।
آية رقم 78
७८) उनीहरूले भनेः हे अजीजे मिश्र (यूसुफ !) उसको पिता लामो उमेरको निकै पाको वृद्ध व्यक्ति हुनुहुन्छ तपाई यसको सट्टा हामीमध्येबाट कसैलाई लिई लिनुहोस् हामी देख्दछौ कि तपाई धेरै पवित्रआत्मा हुनुहुन्छ ।
آية رقم 79
७९) यूसुफले भने कि मैले जससँग आफ्नो वस्तु पाएको छुं उस वाहेक कसैलाई गिरफ्तारी गर्नाले अल्लाहको आज्ञा उल्लघंनबाट बच्न चाहन्छु । यदि यस्तै गरेको भए म निःसन्देह अन्यायकारी हुनेछु ।
آية رقم 80
८०) जब यसबाट उनी निराश भए, तब एकान्तमा बसेर सल्लाह गर्न लागे त्यसमध्ये जो सबैमा जेष्ठ थियो त्यसले भन्यो’’ तिमीलाई थाहा छैन कि पिताले तिमीबाट अल्लाहको कसम लिएर पुनः प्रतिज्ञा गराएका छन्, र त्यसभन्दा अगाडि यूसुफको बारेमा तिमी भूल गरिसकेका छौ । फेरि म त्यस राष्ट्रबाट जाँदिन जब सम्मकि पिताजी आफै मलाई इजाजत नदिउन, वा अल्लाह नै मेरो बारेमा फैसला गरोस् । त्यो नै असल फैसला गर्नेवाला हो ।
آية رقم 81
८१) तिमी सबै पिताजीको सेवामा फिर्ता वापस जाऊ र भनः ‘‘कि पिताजी ! तपाईको पुत्रले चोरी गर्यो र हामीले त्यही गवाही दिएका थियौ जुन हामीलाई थाहा थियो हामीलाई आन्तरीक कुरो ज्ञात थिएन’’ ।
آية رقم 82
८२) तपाई त्यस नगरका नगरवासीहरूसित सोधपूछ गरीलिनुहोस् जहाँ हामी थियौं र त्यस समूहसित पनि सोधिलिनुहोस् जससँग हामी आएका छौं र वस्तुतः हामी बिल्कुलै सत्यनिष्ठि छौं ।
آية رقم 83
८३) (यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’
آية رقم 84
८४) फेरि उनीबाट आफ्नो मुख फर्काइलिए, र भनेः हाय यसुफ ! हार्दिक शोक र दुःखको कारण उनका आँखा एकदमै सेतो भइसकेका थिए र उनी शोकलाई थिचिराखेका थिए ।
آية رقم 85
८५) छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागि रहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।
آية رقم 86
८६) उहाँले भन्नु भयोः कि, मैले त आफ्नो शोक र कठिनाईको अल्लाहसँग पुकार गरिरहेको छुँ, मलाई अल्लाहको तर्फबाट त्यो कुरो ज्ञात छ, जुन तिमीलाई थाहा छैन ।
آية رقم 87
८७) मेरा प्यारा पुत्रहरू ! तिमी जाऊ र यूसुफलाई र उसको भाइलाई पूर्णरूपेण खोज गर । र अल्लाहको अनुकम्पाबाट निराश नबन, निश्चितरूपले पालनकर्ताको अनुकम्पाबाट उनै निराश हुन्छन् जो काफिर हुन्छन् ।
آية رقم 88
८८) फेरि यिनीहरू जब यूसुफनिर पुगे, अनि भन्न थालेः ‘‘हे अजीज ! हामीलाई र हाम्रो परिवारलाई दुःख पुगेको छ, हामी सानो पूँजी लिएर आएका छौं, हामीलाई पूरै खाद्यान्न नापिदिनुस्, र हामीमाथि दान गर्नुहोस्, अल्लाह दान गर्नेवालाहरूलाई राम्रो फल दिन्छ ।
آية رقم 89
८९) यसुफले भने जान्दछौ ? तिमीले यसुफ र उसको भाइको साथ आफ्नो अज्ञानताको अवस्थामा के गरेका छौ ?
آية رقم 90
९०) उनीहरूले भनेः के तिमी नै यूसुफ हौ । उत्तर दियो कि हो म नै यूसुफ हूँ र यो मेरो भाइ हो, अल्लाहले हामीमाथि दया गरेको छ, कुरो यो छ कि जो पनि धैर्य धारण गर्छ र सहनशिलता ग्रहण गर्छ, त अल्लाह कुनै पुण्यकारकलाई पुरस्कारबाट वञ्चित गर्दैन ।
آية رقم 91
९१) उनीहरूले भनेः अल्लाहको कसम, अल्लाहले तिमीलाई हामीभन्दा उच्चदर्जा प्रदान गरेको छ, र यो कि हामी नै अपराधी थियौं ।
آية رقم 92
९२) उत्तर दिए ‘‘आज तिमीमाथि कुनै दोषारोपण छैन अल्लाह तिमीहरूलाई क्षमागरोस्, ऊ सबै दयालुभन्दा ठूलो दयावान छ ।’’
آية رقم 93
९३) मेरो यो कमिज तिमी लैजाऊ र त्यसलाई मेरो पिताको मुखमाथि राखीदेऊः कि उनी हेर्न लागुन्, र आफ्नो सबै सन्ततिलाई मेरो नजिक लिएर आऊ ।
آية رقم 94
९४) जब यो समह अलग भयो (प्रस्थान गर्यो) तब उनको पिताले भन्नु भयो मलाई त यसुफको सुगन्ध आइरहेको छ, यदि तिमीले मलाई कर्तब्य विमुढ़ नभन्ने हौ भने ।
آية رقم 95
ﯸﯹﯺﯻﯼﯽ
ﯾ
९५) उनीहरूले भन्न थालेः अल्लाह कसम तपाई आफ्नो उही पूरानो कल्पनामै मग्न हुनुहुन्छ ।
آية رقم 96
९६) जब शुभसन्देश दिनेहरू पुगेर उनको मुखमाथि त्यो ‘‘कमिज’’ हालिदिए त्यसै बेला उनका आखाँ ज्योतिमय भए, उनले भने ! के म तिमीसित भन्दैन्थें कि म अल्लाहको तर्फबाट त्यो कुरो जान्दछु जुन तिमीलाई थाहा छैन ।
آية رقم 97
९७) उनीहरूले भनेः ‘‘पिताजी ! हाम्रो अपराध क्षमाको लागि (अल्लाहसंग) प्रार्थना गर्नुस् निःसन्देह हामी कसूरवार छौं ।
آية رقم 98
९८) भनेः ‘‘म छिटै तिम्रो लागि आफ्नो अल्लाहबाट क्षमादान माँगूला । ऊ ठूलो क्षमादान दिनेवाला र अत्यन्त दया गर्नेवाला छ ।’’
آية رقم 99
९९) जब यो पूरा खानदान यूसुफनिर पुग्यो, तब यूसुफले आफ्नो आमा–बुबालाई आफ्नो नजिक ठाँउ दिए र भने ‘‘कि अल्लाहलाई स्वीकार छ भने तपाईहरू शान्तिको साथ मिश्रमा आउनुहोस्’’ ।
آية رقم 100
१००) र आफ्ना बा, आमालाई उच्च आसनमा बसाले र सबै उनका अगाडि नत्मस्तक भइहाले, र भने पिता ज्यू ! ‘‘यो मेरो पहिलेको सपना साकार भएको हो । मेरो प्रतिपालकले उसलाई सत्य साबित गरी देखाइदियो । उसले मेरो साथमा ठूलो उपकार गर्यो, उसले कारागरबाट मलाई निकाल्यो, र तपाईहरूलाई गाँउबस्तीबाट ल्याइदियो, त्यस घटनापछि जो शैतानले ममा र मेरा भाइहरूमा फूट हालेको थियो, मेरो पालनकर्ताले जे चाहन्छ उसको लागि राम्रो उपाय गर्दछ । र ऊ ठूलो ज्ञानी र तत्वदर्शी छ ।
آية رقم 101
१०१) हे मेरो पलनकर्ता ! तिमीले मलाई राष्ट्र प्रदान गर्यौ, र तिमीले मलाई सपनालाई विश्लेषण गर्न सीप सिकाइदियौ, हे पृथ्वी र आकाशको निर्माता ! तिमी नै दुनियाँ र अन्त्यमा मेरो संरक्षक हौ । तिमी मलाई इस्लामको अवस्था मै मृत्यु देऊ, र सत्कर्मीहरूमा शम्मिलित गर ।
آية رقم 102
१०२) यो गोप्य सूचनाहरूमध्ये हो, जसलाई हामी तपाईतर्फ सन्देशित गरिरहेका छौं, र तपाई उनीहरू नजिक थिएनौ जबकि उनीहरूले आफ्नो सबै उपाय गरेपछि (यूसुफको खिलाफ) षडयंत्र गर्न लागेका थिए ।
آية رقم 103
ﰇﰈﰉﰊﰋﰌ
ﰍ
१०३) तपाईले जति चाहे पनि सबै ईमान्दार हुन सक्दैनन् ।
آية رقم 104
१०४) तपाईंले यसको साटो कुनै पारितोषिक माँगीरहनु भएको छैन यो त सम्पूर्ण संसारको लागि खुल्लम खुल्ला निर्देशन हो ।
آية رقم 105
१०५) आकाश र पृथ्वीमा धेरै चिन्हहरू छन्, जसबाट यिनीहरू मुख फर्काएर अगाडि गइहाल्छन् ।
آية رقم 106
१०६) तिनीहरूमध्ये अधिकांश व्यक्ति अल्लाहमा ईमानवाला नभई मुश्रिक नै हुन् ।
آية رقم 107
१०७) के तिनीहरू यस कुराबाट निडर भइसकेका छन, कि उनीमाथि अल्लाहको सजायहरूमध्ये कुनै सजाय आइलागोस्, अथवा उनीमाथि एक्कासी कियामतको दिन आई परोस् र उनीहरू अन्जान नै बनिरहुन् ।
آية رقم 108
१०८) तपाई भनिदिनुस् ! मेरो बाटो यही हो, म र मेरो आदेशपालकहरू अल्लाहतिर बोलाइरहेका छौं, पूरै विश्वास र भरोसाको साथ, र अल्लाह पवित्र छन्, र म मुश्रिकहरूमध्येको होइन ।
آية رقم 109
१०९) तपाईंभन्दा पहिले मैले गाँउलेहरूमा जति पैगम्बर पठाएँ, सबै पुरुष नै थिए । उनीहरूतर्फ मैले सन्देश (वह्य) दिदैगएँ । के तिनीहरू पृथ्वीमा हिलडुल गरेर देखेनन् ? कि उनीभन्दा पहिलेका व्यक्तिहरूको के कस्तो परिणाम भयो । वास्तवमा अन्तिम घर सहनशीलहरूको लागि धेरै राम्रा छन् । तै पनि तिनी सम्झन सक्तैनन् ।
آية رقم 110
११०) यहाँसम्म कि जब पैगम्बर निराश हुन लाग्नु भयो र त्यस कौमका मानिसहरू सोच्न लागे कि उनीलाई झूठो भनियोस्, तुरुन्त नै हाम्रो सहयोग उनीनिर आइपुग्यो । जसलाई मैले चाहें त्यसलाई मुक्ति दिएँ, कुरो यो छ कि हाम्रो सजाय अपराधीहरूवाट फिर्ता आउँदैन ।
آية رقم 111
१११) निश्चय नै उनको वर्णनमा बुद्धिमानहरूको लागि शिक्षा र सुझाव छन् । यो कुरआन झूठो बनाएको कुरो होइन । बरु यो प्रमाणित गर्दछ , ती पुस्तकहरूको जुन यसभन्दा अगाडिका छन् । र खुल्लारूपमा बयान गर्नेवाला छ हरेक वस्तुको, र ईमानदार मान्छेहरूको लागि निर्देशन र रहमत छ ।
تقدم القراءة