سورة الطلاق

الترجمة النيبالية

ترجمة معاني سورة الطلاق باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) हे पैगम्बर ! (आफ्नो अनुयायीहरूलाई भनिदिनुस्) जब तिमीले आफ्नो स्वास्नीहरूलाई तलाक दिन चाहन्छौ त उनीहरूको इद्दतको प्रारम्भमा तलाक देऊ, र इद्दतलाई गन्ने गर, र अल्लाहसित, जो तिम्रो पालनकर्ता हो, डर । उनीहरूलाई उनीहरूको घरहरूबाट ननिकाल र न उनीहरू स्वयं निस्कुन् । हो, यदि तिनीहरूले खुल्ला व्यभिचार गरिन् त कुरा बेग्लै छ । र यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् । र जो अल्लाहका सीमाहरूभन्दा अगाडि बढ्नेछ, त्यसले आफूमाथि नै अत्याचार गर्नेछ । तिमीलाई थाहा छैन, कदाचित यस पश्चात अल्लाहले कुनै नयाँ अवस्थाको सृजना गरिदेओस् ।
२) अनि जब उनीहरू(स्त्रीहरू) आफ्ना निर्धारित इद्दतको नजिक पुग्छिन् भने उनीहरूलाई नियमानुसार आफ्नो निकाहमा रहन देऊ वा दस्तूरको मुताबिक अलग गरिदेऊ, र आफूमध्येबाट दुईजना न्यायप्रिय मानिसहरूलाई साक्षी बनाइहाल र अल्लाहको प्रसन्नता निम्ति ठीक–ठीक गवाही देऊ । यी कुराहरूबाट त्यस व्यक्तिलाई उपदेश गरिन्छ, जसले अल्लाह र परलोकको (आखिरतको) दिनमाथि ईमान राख्दछ । र जो अल्लाहसित डर मान्दछ, अल्लाह उसको लागि उम्कने बाटो सृजना गरिदिनेछ ।
३) र उसलाई यस्तो ठाउँबाट जीविका दिन्छ, जसको उसलाई कल्पना पनि छैन, र जसले अल्लाहमाथि भरोसा गर्दछ, त्यो उसको निम्ति पर्याप्त छ, निश्चय नै अल्लाहले आफ्नो काम पूरा गरेर नै छाड्नेछ । अल्लाहले हरेक कुराको एउटा अनुमान गरिराखेको छ ।
४) तिम्रो (तलाक दिइएका) स्त्रीहरू जो मासिकधर्मबाट निराश भइसकेका छिन्, यदि तिमीलाई शंका छ भने उनीहरूको इदद्त तीन महिना छ, र जसलाई अझै मासिकधर्म आउन थालेको छैन उनीहरूको पनि यहि नै इद्दत हो र गर्भवती महिलाहरूको इद्दत उनीहरूको शिशु–प्रसवसम्म छ । जो कोही पनि अल्लाहसित डर मान्ने छ, अल्लाह उसको सबैकाम सजिलो गरिदिनेछ ।
५) यो अल्लाहको आदेश हो, जुनकि उसले तिमीतिर अवतरित गरेको छ । जो कोही अल्लाहसित डर्नेछ, उसबाट अल्लाहले उसका पापहरू हटाइदिनेछ र उसलाई ठूलो प्रतिफल प्रदान गर्नेछ ।
६) तिनीहरूलाई (इद्दतको अवस्थामा) तिमीले आफ्नो हैसियत अनुसार त्यसै ठाउँमा राख, जहाँ तिमी बस्छौ, उनीहरूलाई कष्ट दिनुको निम्ति उनीहरूलाई हानि नपुर्याऊ । यदि उनीहरू गर्भवती छिन् भने उनीहरूमाथि खर्च गरिराख, जबसम्म कि उनीहरूको शिशुप्रसव नभइहालोस् । अनि यदि तिम्रो भनाई मानेर उनले नै दूध खुवाउँछिन् भने उनीहरूलाई उनको पारिश्रमिक देऊ, र आपसमा राम्रो तरिकाले परस्पर कुराकानीद्वारा कुनै कुरा निश्चित गरिहाल । र यदि तिमीलाई यसमा कुनै कठिनाई हुन्छ भने कुनै अर्कोले उसको निम्ति दूध खुवाइदिनेछे ।
७) सामथ्र्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसलाई चाहिन्छ कि जति अल्लाहले उसलाई प्रदान गरेको छ, त्यस अनुसार खर्च गरोस् । जे–जति प्रदान गरेको छ, त्यसभन्दा बढी अल्लाहले कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्दैन । शीघ्र नै अल्लाहले कठिनाई पश्चात सुगमताको सृष्टि गरिदिनेछ ।
८) र कैयन् यस्ता बस्तीहरू छन् जसका बासिन्दाहरूले आफ्नो पालनकर्ता र उसको रसूलहरूको आदेशबाट अटेरिपना गरे, तब हामीले पनि उनीहरूसँग गम्भीर हिसाब गर्यौं र उनीहरूलाई अदृश्य निकृष्ट सजाय दियौं ।
آية رقم 9
९) अतः उनीहरूले आफ्ना कर्महरूको लागि दण्डको स्वाद चाखिहाले र उनीहरूको लागि परिणाम घाटा नै रह्यो ।
१०) अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरेको छ, तसर्थ हे बुद्धिवाला ईमानवालाहरू अल्लाहसित डर । अल्लाहले तिमीतिर उपदेश पठाइसकेको छ ।
११) अर्थात पैगम्बर जसले तिम्रो सामु अल्लाहका स्पष्ट आयतहरू पढेर सुनाउँछन्, ताकि जसले ईमान ल्याउँछन् र असल कर्म गर्दछन् उनीहरूलाई अँध्यारोबाट निकाली उज्यालोतिर ल्याओस् र जुन व्यक्तिले अल्लाहमाथि ईमान ल्याउँछ र असल कर्म गर्नेछ उनीहरूलाई अल्लाहले स्वर्गका यस्ता बागहरूमा प्रविष्ट गर्नेछ, जसमुनि नहरहरू बगिराखेका छन्, सधैं त्यसमा रहनेछन् । निःसंदेह अल्लाहले उनीहरूको निम्ति उत्तम जीविका प्रदान गरिराखेको छ ।
१२) अल्लाह नै त हो जसले सात आकाशहरू सृष्टि गर्यो र उनीहरूकै सादृश्य धरती पनि, उसको आदेश उनको बीचमा अवतरित हुन्छन्, ताकि तिमीहरूले जानिहाल कि अल्लाह हरेक कुरामा सामथ्र्य सम्पन्न छ, र यो कि अल्लाहले सबै कुरालाई आफ्नो ज्ञानको घेरामा लिइराखेको छ ।
تقدم القراءة