سورة الكهف

الترجمة النيبالية

ترجمة معاني سورة الكهف باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) सबै प्रशंसाहरू अल्लाहका लागि नै छन्, जसले आफ्नो भक्त (मुहम्मद) माथि किताब उतार्यो र यसमा कुनै प्रकारको कमि बाँकी राखेको छैन ।
२) अपितु हर प्रकारले ठीक ठाक राख्यो जसबाट आफनो गम्भीर सजायबाट सावधान गरोस् र मोमिनहरूलाई जो असल काम गर्दछन्, शुभसन्देश सुनाओस्, कि तिनीहरूको निम्ति राम्रो पुरस्कार
(बहिश्त) छ ।
آية رقم 3
३) जसमा तिनीहरू सँधै बास गर्नेछन् ।
آية رقم 4
४) र तिनीहरूलाई पनि डराओस् जसले भन्दछन् कि अल्लाहले सन्तान धारण गरेको छ ।
५) वास्तवमा तिनीहरूलाई यस कुराको नकेही ज्ञान छ र नत तिनका बाबुबाजेलाई नै थाहा थियो, यो साह्रै नराम्रो आरोप हो, जुन उनीहरूको मुखबाट निस्कन्छ र यिनीहरूले जे जति भन्दछन्, मात्र असत्य हो ।
६) (हे पैगम्बर !) यदि यिनीहरूले यस सन्देशमाथि विश्वास गर्दैनन् भने के तपाई उनीहरूको पछाडि दुःखी भई शायद (कदाचित) आफूलाई समाप्त गरिहाल्ने छौ ?
७) जुन कुरो धर्तीमा छ, हामीले त्यसलाई धर्तीको निम्ति शोभाको कुरो बनाएका छौं, ताकि मानिसहरूको परीक्षा गर्न सकौं, कि तिनीहरूमध्ये को राम्रो कर्म गर्नेवाला छ ।
آية رقم 8
८) र यसमाथि जो जति छ हामीले उनीलाई सफा गरी मैदान बनाउनेवाला छौं ।
९) के तिमीले ठान्दछौ कि गुफा र शिलालेखहरू हाम्रा ठूला निशानीहरूमध्ये कुनै धेरै अनोठो निशानी थियो ? ।
१०) जब केही युवकहरूले गुफामा शरण लिए अनि प्रार्थना गर्नथालेः कि हे हाम्रो पालनकर्ता हामीमाथि आफ्नो तर्फबाट दया गर, र हाम्रो काममा हाम्रो लागि बाटो देखाइदेऊ ।
آية رقم 11
११) अनि हामीले गुफामा कैयौं वर्षसम्म तिनीहरूका कानमाथि आवरणहरूले (सुनाईबाट) बन्चित राख्यौं ।
१२) अनि हामीले तिनीहरूलाई बिउँझायौं ताकि पत्ता लगाऔं जुन अवधिमा उनीहरू गुफामा रहे दुवै समूहहरूमध्ये त्यस अवधिबारे कसलाई राम्ररी थाहा छ ?
१३) हामीले तिनीहरूको सत्य घटनाको वर्णन तिमीहरू समक्ष गर्दछौं । यी गिन्तीका केही युवकहरूले आफ्नो पालनकर्तामाथि ईमान ल्याएका थिए र हामीले तिनीहरूको ईमानलाई सुदृढ गरेका थियौं ।
१४) हामीले तिनीहरूको हृदयलाई बलियो बनायौं जब तिनीहरू उभिए र भन्न थालेः कि हाम्रो पालनकर्ता तिमी उही हौ जो आकाशहरू र धर्तीको स्वामी हौ, हामीले उस बाहेक अन्य कसैलाई पुकार्नु असंभव छ । यदि यस्तो गर्यौं भने हामीले धेरै गलत कुरा गर्यौं ।
१५) यो हो हाम्रो समुदाय जसले उस बाहेक अरुलाई पूजायोग्य बनाएका छन्, यिनीहरूले तिनीहरू पूजनीय भएको कुनै स्पष्ट प्रमाण किन पेश गर्दैनन्, त्यसभन्दा अत्याचारी को होला जो अल्लाहमाथि झूठो कुरा गर्दछ ?
१६) जब तिमी यीनीहरूसँग र जसलाई यिनीहरूले अल्लाह बाहेक पूज्य मान्दछन्, तिनीहरूसँग कुनै सम्बन्ध राख्दैनौं भने आफू कुनै गुफामा गएर बस । तिम्रो पालनकर्ताले तिमीमाथि प्रशस्त दया गर्नेछ र तिम्रो लागि तिम्रो काममा सहुलियत उपलब्ध गर्नेछ ।
१७) तपाईले हेर्नुहुनेछ कि सूर्य उदाउने बेला तिनीहरूको गुफादेखि दाहिनेतिर झुकिन्छ, र जब अस्ताउँछ तब तिनीहरूबाट देब्रेतिर झुकिन्छ, र तिनीहरू यस गुफाको विस्तृत ठाउँमा थिए । यो अल्लाहका निशानीहरू मध्येको हो, जसलाई अल्लाहले मार्गनिर्देशन गर्यो, ऊ सही मार्गमा लाग्यो र जसलाई उसले विचलित गर्यो त उसको निम्ति तपाईले न कोही पथ प्रदर्शक र न कोही मित्र पाउने छौ ।
१८) तपाई ठान्नुहुन्छ कि तिनीहरू बिउँझिराखेका छन्, तर तिनीहरू निदाइराखेका हुन्थे स्वयम् हामीले तिनीहरूलाई दायाँ र बाँया कोल्टे फर्काउने गर्दथ्यौं र तिनीहरूको ‘‘कुकुर’’ पनि दैलोमा अगाडिको खुट्टा फैलाएर बसेको थियो यदि तपाईले तिनीहरूलाई चियाएर हेरेको भए पिठ्युँ फर्काएर भाग्नु पथ्र्यो र तिनीहरूको डरले तपाईमा भयको सृजना हुने थियो ।
१९) र यस्तै प्रकारले हामीले तिनीहरूलाई ब्यूँझाएर उठायौं कि आपसमा एक अर्कासँग पूछताछ गरुन् । तिनीहरूमध्ये एउटाले भन्यो कि तिमी यहाँ कति बेरसम्म बस्यौ ? तिनीहरूले जवाफ दिए कि एकदिन वा यसभन्दा पनि कम, तिनीहरूले भने कि जुन अवधिसम्म तिमी यहाँ बस्यो त्यो तिम्रो पालनकर्तालाई नै राम्ररी थाहा छ । अब तिमीले आफूमध्ये कसैलाई यो चाँदीको रूपैयाँ दिएर शहर पठाऊ, उसले राम्रोसँग पत्ता लगाओस्, कि शहरमा पवित्र र राम्रो खाना कुन चाहिँ छ, अनि त्यसैमध्येबाट तिम्रो लागि खाना ल्याओस् र उसले धेरै सतर्क भएर आउने जाने गरोस् र तिम्रो खबर कसैलाई थाहा नहोस् ।
२०) यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि मारिहाल्नेछन् अथवा फेरि आफ्नो धर्ममा शम्मिलित गरिहाल्नेछन्, र त्यस अवस्थामा तिमी कहिल्यै पनि सफलता पाउनेछैनौ ।
२१) यस्तै किसिमले हामीले मानिसहरूलाई तिनीहरूको हालबाट खबरदार गरेका छौं ताकि तिनीहरूले थाहा पाउन्, कि अल्लाहको वचन पूरै सत्य छ, र कियामतको दिनमा कुनै शंका छैन, त्यसबेला जब मानिसहरूले तिनको सम्बन्धमा आपसमा विवाद गरिरहेका थिए त केहीले भन्न थाले कि तिनीहरूको गुफामाथि एउटा भवन बनाइहाल । तिनीहरूको पालनकर्ता नै तिनीहरूको हाल राम्ररी जान्दछ । जुन मानिसहरूले तिनीहरूमाथि वर्चस्व पाए, भन्न थाले कि हामीले तिनीहरूको स्थानमाथि मस्जिदको निर्माण गर्नेछौं ।
२२) केही मानिसहरूले अड्कलबाजि गर्नेछन् कि तिनीहरू तीन थिए र चौथो तिनीहरूको कुकुर थियो, र केहिले भन्नेछन् कि तिनीहरू पाँच थिए र छठाें उनको कुकुर थियो । गोप्य कुरामा यो अड्कलबाजी गर्दछन् । केहिले भन्ने छन् कि तिनीहरू सात थिए र आठौं उनको कुकुर थियो । तपाई भनिदिनुस् कि मेरो पालनकर्तालाई तिनीहरूको गन्ती राम्ररी थाहा छ । तिनीहरूलाई थोरैले मात्र जान्दछन्, तसर्थ तपाईले उनीहरूको सम्बन्धमा जुन स्पष्ट छ त्यो कुरोबाहेक अरु कुनैतर्क नगर्नुस् र तिनीहरूको सम्बन्धमा तिनीहरूमध्ये कसैसँग केही सोधपूछ नगर्नुस् ।
آية رقم 23
२३) र कुनै कामको बारेमा यो कदापि नभन्नुः कि म यसलाई भोलि गरिदिनेछु ।
२४) तर इन्शा अल्लाह भनेर मात्र, (यदि अल्लाहले चाह्यो भने गरिदिनेछु) । र जब अल्लाहको नाम लिन बिर्सन्छौ भने याद आएपछि नाम लिइहाल, र भन्दै गर कि आशा छ कि मेरो पालनकर्ताले मलाई यसभन्दा पनि बढी मार्गनिर्देशन गर्नेछ ।
آية رقم 25
२५) तिनीहरूले आफ्नो गुफामा तीनसय वर्ष रहे र त्यसमा नौ वर्ष बृद्धि गरे ।
२६) तपाई भनिदिनुस् कि जुन अवधिसम्म तिनीहरू बसे त्यसलाई अल्लाह राम्ररी जान्दछ । उसैलाई आकाशहरू र जमिनका अदृश्य कुराहरू थाहा छ । ऊ कति राम्रो देख्नेवाला र कति राम्रो सुन्नेवाला छ । अल्लाह बाहेक तिनीहरूको अन्य कोही मद्दत गर्नेवाला छैन, अल्लाह आफ्नो निर्देशनमा अन्य कसैलाई भागीदार बनाउँदैन ।
२७) तिमीहरूतर्फ जुन तिम्रो पालनकर्ताको किताब पठाइएको छ त्यसलाई पढ्ने गर, त्यसको कुरालाई कसैले परिवर्तन गर्न सक्दैन, र त्यस बाहेक तिमीले कदापि अरु केही शरण लिने ठाउँ पाउनेछैनौ ।
२८) र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।
२९) र घोषणा गर्नुस् कि यो कुरआन तिम्रो पालनकर्ताको तर्फबाट सम्पूर्ण सत्य छ, तसर्थ जसले चाहन्छ ईमान ल्याओस् र जो चाहन्छ काफिर रहोस् हामीले अत्याचारीहरूको निम्ति (नर्कको) त्यो आगो तयार गरेका छौं, जसको पर्खाल र ज्वालाहरूले त्यसलाई घेरिराख्ने छन् । र यदि तिनीहरूले मद्दतको याचना गर्नेछन् भने यस्तो पानीबाट मद्दत गरिनेछ जुन कि उम्लेको तेल जस्तै अति गरम हुनेछ, र जसले अनुहारलाई पोलिदिनेछ । त्यो अत्यन्त नराम्रो पानी र अत्यन्त नराम्रा बस्ने ठाउँ पनि हो ।
३०) निश्चितरूपले जसले ईमान ल्याए र असल कर्म पनि गरे, भने हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिंदैनौं ।
३१) यस्ता मानिसहरूको निम्ति सधैंं बास गर्नको लागि स्वर्गका बगैंचा छन्, जसमा तिनीहरूमुनि नहरहरू बगिरहने छन् । तिनीहरूलाई त्यहाँ सुनका कंगन पहिराइनेछ । र तिनीहरूले राम्रो रेशमका बाक्लो हरिया लुगा लगाउनेछन् । त्यहाँ आसनहरूमाथि तकिया लगाएर बस्नेछन् । आहा कति राम्रो पुरस्कार छ र कति राम्रो बासस्थान पनि ।
३२) र तिनीहरूलाई ती दुईजना मानिसहरूको कथा पनि सुनाइदिनुस्, जसमध्ये एउटालाई हामीले अंगूरका दुईटा बगैंचा प्रदान गरेका थियौं र तिनीहरूका चारैतिर हामीले खजूरका रुखहरूबाट घेरिराखेका थियौं, र दुवैको माझमा खेती लगाइराखेका थियौं ।
३३) दुवै बगैंचाले (राम्रा) फल दिए र तिनको पैदावारमा कुनै प्रकारको कमी भएन, र दुवैको माझबाट हामीले एउटा नहर बगाएका थियौं ।
३४) (भनाईको) तात्पर्य यो छ कि तिनीहरूको पासमा मेवाहरू थिए, अनि एकदिन जबकि उसले आफ्नो मित्रसँग कुरै कुरामा भन्न थाल्यो कि म तिमीभन्दा धेरै धनी छु, र मर्यादा र शक्तिको दृष्टिले पनि बढी छु ।
३५) र (घमण्डले) ऊ आफ्नो बगैँचामा गयो र आफनो हकमा अत्याचार गर्दै भन्न थाल्यो कि मलाई लाग्दैन, कि यो बगैंचा कहिले पनि नष्ट हुनेछ ।
३६) र न यो सम्झन्छुः कि कियामत हुनेछ, र यदि म आफ्नो पालनकर्तातिर फर्काइए पनि अवश्य राम्रो ठाउँ पाउनेछु ।
३७) अनि उसको मित्रले उसँग कुराकानी गर्दै भन्यो कि के तिमीले उस अल्लाहसँग कुफ्र गर्दछौ, जसले तिमीलाई माटोले सृष्टि गर्यो अनि पानीको थोपाबाट, फेरि तिमीलाई पूरा मान्छे बनायो ।
آية رقم 38
३८) तर मेरो त यो आस्था छः कि उही अल्लाह नै मेरो पालनकर्ता हो र म आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार ठहराउने छैन ।
३९) जब तिमी आफ्नो बगैंचामा प्रवेश गर्यौ, त तिमीले किन भनेनौ कि अल्लाहले चाहेको हुनेवाला छ (अरु) कुनै शक्ति होइन, बरु अल्लाहको मद्दतबाट, यदि तिमीले मलाई सम्पत्ति र सन्तानमा आफूभन्दा कम देखिरहेका छौ ।
४०) सम्भव छ कि मेरो पालनकर्ताले मलाई तिम्रो बगैंचाभन्दा राम्रो प्रदान गरोस् र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाइदेओस्, अनि यो एउटा गैरआबाद मैदानको रूपमा परिणत भइहालोस् ।
آية رقم 41
४१) अथवा यसको पानी धेरै तल गइहालोस् र तिमीले त्यसलाई खोजेर ल्याउन नसक ।
४२) र यसका सबै फलहरूलाई (विनाशले) घेरिहाल्यो, र त्यसले जुन खर्च आफ्नो सम्पत्तिमाथि गरेको थियो, त्यसमा दुःख र अफशोचले हात मल्न थाल्यो र त्यो बगैचा त उलटपलट भइसकेको थियो र उसले भन्न थाल्यो कि काश मैले आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार नठहराएको भए ।
४३) (तर) अल्लाह बाहेक कुनै समूह उसको सहायता गर्ने भएन र नउसले आफ्नो उद्धार आफै गर्न सक्यो ।
४४) यहाँबाट प्रमाणित भयो, कि अख्तियारी सबै अल्लाहकै हो, पुरस्कार दिने सबभन्दा ठूलो उही छ र सफलता दिने सबभन्दा ठूलो पनि उही हो ।
४५) यिनीहरू समक्ष संसारको जिन्दगीको उदाहरण पनि वर्णन गर्नुस् (त्यो यस्तो छ) जस्तै पानी जसलाई हामी आकाशबाट वर्षायौं त यसबाट पृथ्वीको वनस्पति उम्रयो फेरि टुटफुट भएर घना भई परस्पर गुथिहाले तर त्यसलाई हावाले उडाइदिन्छ अल्लाह नै हरेक कुरोमाथि सामथ्र्यवान छ ।
४६) धन–सम्पति र सन्तान त सांसारिक जीवनको शोभा र मर्यादा हुन् र सत्कर्म जो बाँकी रहीरनेछन्, तिनीहरू पुण्यको दृष्टिले तिम्रो पालनकर्ताकहाँ धेरै राम्रो र आशाको दृष्टिले निकै उत्तम छन् ।
४७) र जुन दिन हामीले पहाडहरूलाई चलाउनेछौं र तिमीले धर्तीलाई समथर फाँटको रूपमा देख्नेछौ, र ती सबै मानिसहरूलाई हामीले एकत्रित गर्नेछौं त तिनीहरूमध्ये एकजनालाई पनि बाँकी छाड्ने छैनौं ।
४८) र सबै तिम्रो पालनकर्ताको अगाडि पंक्तिवद्ध रूपमा ल्याइनेछन्, निश्चितरूपले तिमीहरू हामी समक्ष उस्तै आयौ जुन प्रकारले हामीले तिमीलाई पहिलोपल्ट सृष्टि गरेका थियौं, तर तिमीले त भन्नठानेथ्यौ कि हामीले तिम्रो निम्ति (कियामतको) कुनै समय निर्धारित गर्नेछैनौं ।
४९) र कर्मपत्र माझमा राखिनेछ, तब तिमीले त्यसबाट पापीहरूलाई भयभीत भएको देख्नेछौ र तिनीहरूले भन्नेछन् कस्तो अफशोच यो कस्तो किताब हो कि न सानो कुरोलाई छोडे्छ न ठूलोलाई, र जो कर्म गरेका हुन्छन् सबैलाई त्यसमा पाउनेछन्, र तिम्रो पालनकर्ताले कसैमाथि अन्याय वा अत्याचार गर्नेछैन ।
५०) र जब हामीले फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमलाई ढोग, त सबैले ढोगे तर इब्लीसले ढोगेन । त्यो जिन्नहरूमध्येको थियो, र त्यसले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्यो । के फेरि पनि तिमीले त्यसलाई र त्यसको सन्तानलाई म बाहेक मित्र बनाउँछौ, जबकि तिनीहरू तिम्रा शत्रु हुन् । यस्ता अत्याचारीहरूको निम्ति नराम्रो प्रतिफल छ ।
५१) मैले उनीहरूलाई नत आकाशहरू र न पृथ्वीको सृष्टि गर्ने बेलामा बोलाएको थिएँ र न स्वयं तिनीहरूको सृष्टि गर्नेबेलामा, र म मार्गबाट विचलित गराउनेहरूलाई आफ्नो मद्दतगार बनाउँनेवाला पनि थिएन ।
५२) र जुनदिन अल्लाहले आदेश गर्नेछ । कि (अब) तिम्रो विचारमा भएको मेरा साझेदारहरूलाई बोलाऊ, अनि तिनीहरूले उनलाई बोलाउने छन्, तर तिनीहरूमध्ये कसैले कुनै जवाफ दिनेछैन, र हामीले उनीहरूको बीचमा बर्बादीको माध्यम बनाइदिनेछौं ।
५३) र पापीहरूले नर्कलाई देखेर बुझिहाल्नेछन् कि तिनीहरू त्यसमा हालिनेवाला छन् तर त्यसबाट मुक्त हुने कुनै बाटो पाउने छैनन् ।
५४) हामीले यस ‘‘कुरआनमा’’ मानिसहरूको लागि विभिन्न प्रकारका उदाहरणहरू वर्णन गरेका छौं, तर मानिस सबभन्दा बढी झगडालु छ ।
५५) मानिसहरूसम्म मार्गदर्शन आइसकेपछि तिनीहरूलाई ईमान ल्याउनुबाट र आफ्नो पालनकर्ताबाट क्षमायाचना गर्नुबाट यस कुराले मात्र रोकेको थियो कि अघिका मानिसहरूको जस्तो कुराहरू उनको सामु पनि आओस् वा उनको अगाडि खुल्लारूपमा सजाय आइहालोस् ।
५६) हामीले त आफ्ना रसूलहरूलाई मात्र यसकारण पठाउँछौं, कि तिनीहरूले शुभसन्देश सुनाउन् र डराउन्, तर काफिरहरूले असत्यको सहारा लिई झगडा गर्दछन्, र चाहन्छन् कि त्यसबाट सत्यलाई डगमगाइदिउन्, तिनीहरूले मेरा आयतहरूलाई र जुन कुराले डराइन्छ त्यसलाई उपहास बनाइहालेका छन् ।
५७) त्यसभन्दा ठूलो अत्याचारीको छ, जसलाई उसको पालनकर्ताका कलाम (शब्दहरू) बाट उपदेश गरिन्छ, तैपनि त्यो विमुख भइरहोस्, र जुन कर्महरू उसले अगाडि पठाइसकेको छ, त्यसलाई बिर्सिदेओस् । निःसन्देह हामीले तिनीहरूको हृदयमाथि आवरण हालिदिएका छौं, ताकि यसलाई बुझ्न नसकुन् र कानहरूमा बोझ (पैदा गरिदिएका छौं कि सुन्न नसकुन्) र यद्यपि तपाईले उनीहरूलाई राम्रो बाटोतिर बोलाउँछौ तैपनि तिनी कहिल्यै सही बाटोमा आउने छैनन् ।
५८) र तिम्रो पालनकर्ता ठूलो क्षमादाता र दयावान छ । यदि उसले उनीहरूको क्रियाकलापको लागि सजायको निम्ति तिनीहरूलाई समात्न थाल्ने हो भने तिनीहरूमाथि तुरुन्तै सजाय पठाउन सक्छ तर तिनीहरूको निम्ति एउटा समय (निर्धारित) छ जसबाट तिनीहरू कहिल्यै फुत्कन पाउनेछैनन् ।
آية رقم 59
५९) यी ती बस्तीहरू हुन्, जसलाई तिनीहरूको अत्याचारको कारण हामीले नष्ट गरिहाल्यौं, र तिनीहरूको विध्वसंको निम्ति पनि हामीले एउटा समय निश्चित गरेका थियौं ।
६०) जब मूसाले आफ्नो युवकसित भने कि म त दुई समुद्रको दोभानमा नपुगुञ्जेल हिंडि नै राख्नेछु, चाहे कैयौ वर्षसम्म किन चल्न नपरोस् ।
६१) जब उनी दुवै समुद्रको संगममा पुगे त त्यहाँ आफ्नो माछा बिर्सिहाले, जसले समुद्रमा सुरुँग जस्तो आफ्नो बाटो बनाइहाल्यो
६२) जब यी दुवै त्यहाँबाट अगाडि बढे तब मूसाले आफ्नो युवकसित भने कि हाम्रो भोजन ल्याऊ, यस यात्राबाट हामीलाई बडो कष्ट उठाउनु परेको छ ।
६३) उसले जवाफ दियो कि के तपाईले हेर्नुभएन ? जब हामी ढुङ्गामा अडेस लिई विश्राम गरिराखेका थियौं त्यहीं नै मैले माछा बिर्सिहालेको थिएँ । वास्तवमा मलाई (तपाईसित) त्यसको चर्चा गर्नुबाट शैतानले बिर्साइदियो । त्यसले अनौठो तरिकाले समुद्रमा आफ्नो बाटो बनाइहाल्यो ।
६४) मूसाले भने यही थियो जसको तलाशमा हामी थियौं । यसर्थ त्यहींबाट आफ्नो खुट्टाका चिन्हहरू हेर्दै फर्किहाले ।
६५) यसरी उनले हाम्रा भक्तहरूमध्ये एउटा भक्त भेट्टाए, जसलाई हामीले आफूकहाँबाट विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट उसलाई विशेष ज्ञान प्रदान गरेका थियौं ।
६६) मूसाले उससित (खिज्रसित) भनेः कि जुन असल ज्ञान तपाईलाई सिकाइएको छ, यदि तपाईले त्यसबाट मलाई सिखाउनुहुन्छ भने म तपाईको सेवा गरिरहन्छु ।
آية رقم 67
६७) उसले (खिज्रले) भने कि तिमी मेरो साथमा रहेर कदापि धैर्य गर्न सक्दैनौ ।
آية رقم 68
६८) र जुन कुराको तिमीलाई ज्ञान नै छैन, त्यसको हकमा धैर्य पनि कसरी गर्न सक्दछौ ।
६९) मूसाले भने अल्लाहले चाह्यो भने, तपाईले मलाई धैर्यवान पाउनुहुनेछ र कुनै कुरामा मैले तपाईको आज्ञा उल्लघंन गर्नेछैन ।
७०) उसले (खिज्रले) भनेः यदि तिमी मेरो साथमा रहनै चाहन्छौ भने शर्त यो छ कि, मसित कुनै कुराको बारेमा प्रश्न नसोध्नु जबसम्म कि मैले स्वयं त्यसको चर्चा तिमीसित नगरूँ ।
७१) अनि दुवै हिँडे, जब एउटा डुङ्गामा सवार भए, तब उसले (खिज्रले) डुङ्गाको पटरी तोडिदिए (प्वाल पारिदिए) । मूसाले भनेः के तपाईले त्यसलाई यसकारणले तोड्नुभएको छ कि सवारहरूलाई डुबाइहाल्नुहोस् । यो त तपाईले बडो खतरनाक कुरा गर्नुभो ।
آية رقم 72
७२) उहाँले (खिज्रले) भने, के मैले पहिला नै तिमीलाई भनेको थिएन, कि तिमीले मेरो साथमा कदापि धैर्य धारण गर्न सक्दैनौ ।
७३) मूसाले भने कि जुन त्रुटि मबाट भएको छ, त्यसबापत मलाई नसमात्नुहोस्, र मेरो कुरामा मलाई संकटमा नपार्नुहोस् ।
७४) फेरि दुवै अगाडि बढे, अनि एउटा केटो भेट्टाए, तब (खिज्रले) उसलाई मारिदिनुभयो । मूसाले भने कि तपाईले एउटा निर्दोष मानिस किन मारिहाल्नुभो जब कि त्यसले कसैको ज्यान लिएको थिएन । तपाईले एकदमै नराम्रो काम गर्नुभयो ।
७५) उनले भने के मैले तिमीलाई भनेको थिएन कि तिमी मेरो साथमा रहेर धैर्य राख्नसक्दैनौ ?
७६) मूसाले भने कि यदि म यसपछि तपाईसित कुनै कुराबारे प्रश्न गरें भने तपाईले मलाई आफ्नो साथमा नराख्नुहोला, निश्चय नै तपाई मतिरबाट क्षमायाचनाको सीमासम्म पुगिसक्नुभो ।
७७) फेरि दुवै अगाडि हिंडे, अनि एक गाउँका मानिसहरूछेउ पुगी तिनीहरूसित खाना माँग्नु भयो तर तिनीहरूले उनीहरूको अतिथि सत्कार गर्नुबाट स्पष्टरूपमा इन्कार गरिदिए, अनि उनीहरूले त्यहाँ एउटा भित्तालाई देखे जुन ढल्न लागेको थियो, तब उसले त्यसलाई ठीक पारिदिए । (मूसाले) भने कि यदि तपाईले चाहेको भए तिनीहरूसँग त्यसको मजदूरी लिनसक्नु हुन्थ्यो ।
७८) उनले भने कि अब यो बिछोड हो तिम्रो र मेरो बीचमा, अब म तिमीलाई ती कुराहरूको वास्तविकता बताउँछु जसबारे तिमीले धैर्य गर्न सकेका थिएनौ ।
७९) त्यो जुन डुङ्गा थियो, त्यो (केही) गरिबहरूको(दरिद्रहरूको) थियो, जसले समुद्रमा डुङ्गा सञ्चालन गरी परिश्रमले जीविका चलाउँदथे, मैले त्यसमा केही तोडफोड गरें किन भने तिनीहरूको अगाडि एउटा राजा थियो जसले प्रत्येक (राम्रो) डुङ्गालाई जबरजस्ती आफ्नो अधीनमा पार्दथ्यो ।
८०) र त्यो जुन केटो थियो त्यसको आमा बाबु दुवै मोमिन थिए, हामीलाई डर लाग्यो कि त्यसले आफ्नो हठपूर्ण विद्रोह र कुफ्रबाट, उनीहरूलाई हैरान नपारोस् ।
८१) तसर्थ हामीले चाह्यौं कि उनीहरूलाई त्यसको सट्टामा उनीहरूको पालनकर्ताले त्योभन्दा पवित्र आचरणको र त्यसभन्दा बढी मायागर्ने छोरा प्रदान गरोस् ।
८२) भित्ताको भेद यो हो कि यस शहरमा दुईवटा अनाथ बालकहरू छन् जसका खजाना यस भित्तामुनि गाडिएका छन्, र तिनीहरूको बाबु बडो असल मानिस थियो । तसर्थ तिम्रो पालनकर्ताको इच्छा थियो कि दुवै अनाथहरूले आफ्नो तन्नेरी अवस्थामा आएर आफ्नो यो सम्पत्ति तिम्रो पालनकर्ताको कृपा र दयाले झिकुन् । मैले आफ्नो स्वेच्छाले त्यो काम गरेको होइन । यो थियो यी घटनाहरूको वास्तविक तथ्य जसबारे तपाईले धैर्य गर्न सक्नुभएन ।
८३) तपाईसित यिनीहरूले ‘‘जुलकरनैनको’’ बारेमा सोधिराखेका छन् । तपाईले भनिदिनुस्ः कि मैले तिनको बारेमा अलिकति पढेर सुनाउँदछु ।
८४) हामीले तिनलाई धरतीमा ठूलो शक्ति प्रदान गरेका थियौं र हामीले उनलाई हरेक सामग्रीको साधन दिएका थियौं ।
آية رقم 85
८५) ऊ एउटा बाटोमा लाग्यो ।
८६) यहाँसम्म कि सूर्य अस्ताउने ठाउँमा पुग्यो र त्यसलाई एउटा धमिलो पानीको झरनाको मुहानमा अस्ताइराखेको पायो र त्यस झरनाको समीपमा मानिसहरूको एउटा समूह पनि फेला पार्यो । हामीले भन्यौं कि हे जुलकरनैन तिमीले चाहे तिनीहरूलाई कष्ट पुर्याऊ अथवा तिनीहरूसित राम्रो व्यवहार गर । (यी दुवै कुराहरूमा तिमी अधिकार प्राप्त छौ) ।
८७) उनले भने कि जसले अत्याचार गर्दछ त्यसलाई त हामीले पनि सजाय दिनेछौं, अनि आफ्नो पालनकर्तातिर फर्काइने छ र जसले उसलाई कठोर सजाय दिनेछ ।
८८) हो जसले ईमान ल्याए र असल कर्म गरे, त्यसको लागि धेरै राम्रो पुरस्कार छ र हामीले आफ्नो मामिलामा त्यसमाथि कुनै प्रकारको कठोरता गर्ने छैनौं, र हामी आफ्नो आदेशमा सहुलियत प्रदान गर्नेछौं ।
آية رقم 89
८९) अनि त्यो अर्कै बाटोतिर लाग्यो ।
९०) अनि अन्ततः जब सूर्य उदाउने ठाउँमा पुग्यो, त देख्यो कि त्यो मानिसको यस्तो समूहमाथि उदाइराखेको छ, जसका लागि हामीले त्यसबाट अरु कुनै ओट बनाएका छैनौं ।
آية رقم 91
९१) घटना यस्तै छ र जे जति उसको सम्बन्धमा छ, हामीलाई सबैको जानकारी छ ।
آية رقم 92
९२) अनि ऊ अर्कै यात्रातिर लाग्यो ।
९३) अनि दुईटा पर्खालहरूको बीचमा पुग्यो, त देख्यो कि त्यसको अर्कोपट्टि केही मानिसहरू छन् जसले केही कुरा बुझ्न सक्तैनन् ।
९४) तिनीहरूले भने हे जुल्करनैन । याजूज र माजूज यस पृथ्वीमा निकै उपद्रव गरिराखेका छन् । के हामीले तपाईको लागि केही खर्चको व्यवस्था मिलाइदिऔं, कि तपाईले हाम्रो र तिनीहरूको बीचमा एउटा पर्खाल बनाइदिनु हुन्छ ?
९५) (जुलकरनैनले) भने कि मेरो पालनकर्ताले मलाई सामथ्र्यको रूपमा जे प्रदान गरेको छ, त्यही नै प्रशस्त छ, तिमीले मात्र आफ्नो शक्ति सामग्रीबाट मेरो मद्दत गर ताकि म तिमीहरू र उनीहरूको बीचमा एउटा बलियो पर्खाल खड़ा गरूँ ।
९६) तिमीले फलामको पाता ल्याइदेऊ । दुवै पहाडको बीचको ठाउँमा पर्खाल बनाइसकेपछि आदेश गरे कि आगोलाइ तीव्र पार, जसबाट ती फलामका पाताहरू पूर्णरूपले आगोको रूपमा परिणित भए, त्यसपछि भने कि मेरो पासमा ल्याऊ त्यसमाथि पग्लेको ताम्बा हालिदिऊँ ।
آية رقم 97
९७) अनि त्यसपछि तिनीहरूमा न त्यस पर्खालमाथि चढ्ने क्षमता थियो नत त्यसमा कुनै प्रकारको प्वाल पार्न सक्दथे ।
९८) भने कि यो मेरो पालनकर्ताको कृपा हो । जब मेरो पालनकर्ताको वचन आउँछ तब त्यसले यसलाई ध्वस्त पारिदिने छ । र मेरो पालनकर्ताको वचन सत्य र यथार्थ छ ।
९९) त्यस दिन हामीले तिनीहरूलाई एकआपसमा आक्रमण गर्न छाडी दिनेछौं र सूर (तुरही) फूँकिनेछ, अनि हामीले सबैलाई एकत्रित गरी एक ठाउँमा जम्मा गरिहाल्ने छौं ।
آية رقم 100
१००) त्यस दिन हामीले नर्कलाई काफिरहरूको अगाडि ल्याइदिने छौं ।
१०१) जसका आँखाहरू मेरो स्मरणबाट ओझलमा थिए, जो कि सुन्न पनि सक्तैनथे ।
१०२) के काफिरहरूले यो ठानिराखेका छन्? कि म बाहेक, तिनीहरूले मेरा भक्तहरूलाई आफ्नो समर्थक बनाइहाल्ने छन् ? (सुनिराख) हामीले त यी कुफ्फारहरूको आतिथ्यको निम्ति नर्कलाई तयार गरिसकेका छौं ।
آية رقم 103
१०३) भनिदिनुस् किः म तिमीलाई बताइदिन्छु कि कर्महरूको दृष्टिले सबैभन्दा बढी घाटामा को छन् ?
१०४) तिनीहरू हुन् जसका सांसारिक जीवनका सम्पूर्ण प्रयासहरू खेर गइहाले र तिनीहरूले यो ठानिराखेछन् कि तिनीहरूले धेरै असल काम गरिराखेका छन् ।
१०५) यी तिनै मानिसहरू हुन्, जसले कि आफ्नो पालनकर्ताका आयतहरू र उसको साक्षात्कारलाई इन्कार गरे, तसर्थ तिनीहरूका कर्महरू खेर गइहाले, अतः कियामतको दिन हामीले तिनीहरूलाई कुनै वजन दिने छैनौं ।
آية رقم 106
१०६) त्यही नर्क तिनीहरूको प्रतिफल हो किनभने तिनीहरूले कुफ्र गरे र हाम्रा आयत र पैगम्बरहरूको उपहास गरे ।
१०७) निःसन्देह जसले ईमान ल्याए र असल कर्महरू गरे निःसन्देह तिनीहरूको आतिथ्यसत्कार स्वर्गका बगैंचाहरूमा हुनेछ ।
آية رقم 108
१०८) तिनीहरू सधैं त्यसमा रहनेछन्, र उनीहरू त्यहाँबाट बासस्थान परिवर्तन गर्न कहिले पनि चाहने छैनन् ।
१०९) भनिदिनुस् कि यदि मेरो पालनकर्ताका कुराहरू लेख्नको निम्ति समुद्र मसी बनिहालोस् तै पनि मेरो पालनकर्ताका कुराहरू सिद्धिनुभन्दा अगाडि नै त्यो सुकिसक्ने छ, यद्यपि त्यो जस्तै अर्को समुद्र पनि हामीले त्यसको सहयोगमा किन नल्याऔं ।
११०) तपाई भनिदिनुस् कि म त तिमीहरू जस्तै एउटा मानिस हूँ तर हो, मतिर ‘‘वह्य’’ अवतरित गरिन्छ कि सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आशा राख्दछ त्यसलाई आवश्यक छ कि असल कर्म गरोस् र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनोओस्
تقدم القراءة