ترجمة معاني سورة الشمس باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﭜﭝ
ﭞ
१) सूर्यको कसम र त्यसको तापको ।
آية رقم 2
ﭟﭠﭡ
ﭢ
२) र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
آية رقم 3
ﭣﭤﭥ
ﭦ
३) र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
آية رقم 4
ﭧﭨﭩ
ﭪ
४) र रातीको कसम जब उसलाई लुकाउँछ ।
آية رقم 5
ﭫﭬﭭ
ﭮ
५) आकाश र त्यसलाई बनाउनेको कसम ।
آية رقم 6
ﭯﭰﭱ
ﭲ
६) कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
آية رقم 7
ﭳﭴﭵ
ﭶ
७) कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
آية رقم 8
ﭷﭸﭹ
ﭺ
८) फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
آية رقم 9
ﭻﭼﭽﭾ
ﭿ
९) जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
آية رقم 10
ﮀﮁﮂﮃ
ﮄ
१०) र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
آية رقم 11
ﮅﮆﮇ
ﮈ
११) समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
آية رقم 12
ﮉﮊﮋ
ﮌ
१२) जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
آية رقم 13
१३) (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
آية رقم 14
१४) तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
آية رقم 15
ﮝﮞﮟ
ﮠ
१५) उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।
تقدم القراءة