ترجمة معاني سورة العنكبوت باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﮡ
ﮢ
१) अलिफ–लाम–मीम् ।
آية رقم 2
२) के मानिसहरूले यो ठानेका छन्, कि (मात्र) यो भन्नाले कि हामीले ईमान ल्यायौं, तिनीहरूको परीक्षा गरिने छैन ?
آية رقم 3
३) यिनीभन्दा पहिला गुज्रिसकेकाहरूको पनि हामीले परीक्षा लियौं । निश्चितरूपले अल्लाहले त उनीहरूको बारेमा पनि थाहा पाउनेछ, जो सत्य छन् र उनीहरूको पनि जानकारी राख्नेछ जो झूठा छन् ।
آية رقم 4
४) के उनीहरू, जसले नराम्रो कर्म गर्दछन् यो ठान्दछन् कि यिनीहरू हाम्रा नियन्त्रणबाट बाहिर गइहाल्नेछन् । यिनीहरूले कस्तो नराम्रो ठानिराखेका छन् ।
آية رقم 5
५) जुन व्यक्तिहरूले अल्लाहसँगको भेटको आशा गर्दछन्, त अल्लाहको निर्धारित समय (कियामत) त आउने नै छ । र ऊ सबै कुरा सुन्दछ, जान्दछ ।
آية رقم 6
६) र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ । निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह छ ।
آية رقم 7
७) र जुन मानिसहरूले विश्वास गरे र उनीहरूले (सुन्नत अनुरूप) उत्तम कर्म गरे, हामीले उनीहरूबाट सबै पापहरू हटाइदिने छौं र उनीहरूलाई अवश्य नै उनका सत्कर्मको राम्रो पुरस्कार प्रदान गर्नेछौं ।
آية رقم 8
८) र हामीले हरेक मानिसलाई आफ्ना आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । हो यदि तिनीहरूले यो चाहन्छन कि तपाईले मसँग अरुलाई मेरो साझेदार ठहराऊ, जसबारे तपाईलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान । मतिर नै तिमी सबैलाई फर्केर आउनुछ । अनि मैले तिमीलाई त्यो सबै बताउने छु जुन तिमीले गर्ने गर्दथ्यौ ।
آية رقم 9
९) र जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई हामी आफ्ना असल सेवकहरूमा शम्मिलित गर्नेछौं ।
آية رقم 10
१०) र केही मानिसहरू यस्ता पनि छन् जसले मुखले भन्दछन्, कि हामीले अल्लाहमाथि आस्था राख्यौं । तर जब उनीहरूलाई अल्लाहको बाटोमा कुनै कष्ट पुग्दछ त मानिसहरूको कष्टलाई यस्तो ठान्दछन् जस्तो अल्लाहको सजाय होस् र यदि पालनकर्ताको तर्फबाट कुनै सहायता पुग्दछ त भन्दछन्, कि हामी त तिम्रा साथमा थियौं । के जुन कुरो संसारवालाहरूको छातीमा छ, अल्लाह त्यसलाई जान्दैन ?
آية رقم 11
ﮠﮡﮢﮣﮤﮥ
ﮦ
११) अल्लाहले उनीहरूलाई अवश्य जानिराख्छ जो सच्चा मोमिन छन् र कप्टीहरूलाई पनि जानिराख्छ ।
آية رقم 12
१२) काफिरहरू ईमानवालाहरूसित भन्दछन्ः कि तिमीहरू हाम्रा मार्गहरूमा हिंड, हामीले तिम्रा पापको भारी बोकिहाल्नेछौं । जबकि उनीहरू उनका पापहरूमध्ये केही पनि बोझ बोक्नेवाला छैनन् । यिनीहरू त मात्र झूठा हुन् ।
آية رقم 13
१३) हो यिनीहरूले आफ्नो भारी बोक्नेछन् र आफ्नो बोझहरूको साथमा अन्य भारी पनि र जुन मनगढन्ते कुराहरू यिनीहरू रचिराखेका छन् कियामतको दिन त्यसको बारेमा उनीहरूसित अवश्य नै सोधपूछ हुनेछ ।
آية رقم 14
१४) र हामीले ‘‘नूह(अलैहिस्सलाम)लाई’’ उनको कौमतिर पठायौं, र उनी नौ सय पचासवर्ष उनीहरूबीच बसे ! अनि उनीहरूलाई हुरीले समात्यो र उनीहरू अत्याचारी नै थिए ।
آية رقم 15
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
१५) अनि हामीले ‘‘नूहलाई’’ र डुँगामा बस्नेवालाहरूलाई बचाइहाल्यौं र त्यस घटनालाई सम्पूर्ण संसारको निम्ति निशानी बनाइदियौं ।
آية رقم 16
१६) र इब्रहीम(अलैहिस्सलाम)ले पनि आफ्नो कौंमसित भने कि अल्लाहको उपासना गर र ऊसित डर । यो तिम्रो निम्ति राम्रो छ यदि तिमी बुद्धिमान छौ ।
آية رقم 17
१७) तिमी त अल्लाहलाई छाडी मूर्तिहरूको पूजा गर्दछौ, र झूठा कुरा रच्दछौ र तिमीले अल्लाह बाहेक जसलाई पूज्दछौ, उनीहरूमा तिमीलाई जीविका दिने अधिकार छैन । अतः तिमीले अल्लाह कहाँबाट नै जीविका खोज र उसैको उपासना गर, र उसैको आभारी बन, र तिमीलाई उसैतिर फर्केर जानुछ ।
آية رقم 18
१८) र यदि तिमीले मलाई झूठा ठान्दछौ, त तिमीभन्दा अघिका कैयन् समुदायले पनि झूठा भनिसकेका छन् । रसुलहरूमाथि मात्र स्पष्टरूपले (अल्लाहको संदेश) पुर्याइदिने जिम्मेवारी छ ।
آية رقم 19
१९) के उनीहरूले देखेनन्, कि अल्लाह कुन प्रकारले सृष्टिको आरम्भ गर्दछ ? फेरि उसको पुनरावृत्ति गर्नेछ ? निःसन्देह यो अल्लाहको निम्ति अत्यन्त सरल छ ।
آية رقم 20
२०) भन्नुस् कि धरतीमा हिंडडुल गरेर हेर कि अल्लाहले कुन प्रकारले सृष्टिको आरम्भ गरेको छ । अनि अल्लाहले नै पछिको सृष्टि रच्नेछ र निश्चय नै अल्लाह हरेक कुरामाथि सामथ्र्यवान् छ ।
آية رقم 21
२१) जसलाई चाहन्छ सजाय दिन्छ, र जसमाथि चाहन्छ कृपा गर्दछ । र उसैतिर सबैले फर्केर जानुछ ।
آية رقم 22
२२) र तिमी न त धरतीमा अल्लाहलाई हैरान गर्न सक्छौ र न त आकाशमा, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न कोही सहायक ।
آية رقم 23
२३) र जुन मानिसहरूले अल्लाहका आयतहरू र उसँग हुने साक्षातकारलाई बिर्सन्छन्, उनी मेरो दयाबाट निराश भइहालुन् । र तिनै हुन्, जसको निम्ति दुःखद यातना छ ।
آية رقم 24
२४) अनि उसको कौमको भनाई मात्र यो थियो कि यसलाई कत्ल (हत्या) गरिदेऔ वा जलाइहालौ, अन्ततः अल्लाहले उनीलाई आगोबाट बचाइहाल्यो यसमा ईमानवालहरूको लागि धेरै निशानीहरू छन् ।
آية رقم 25
२५) इब्राहीमले भने कि ‘‘अल्लाहबाट टाढिएर तिमीहरूले जुन मूर्तिहरूलाई मात्र सांसारिक जीवनको कारण पूजा गर्दछौ । कियामतको दिन तिमीहरू एकअर्काबाट इन्कार गर्नेछौ, र एकअर्कालाई धिक्कार्नेछौ, र तिमिहरू सबैको बासस्थान नर्क हुनेछ र तिम्रो कोही सहायता गर्नेवाला हुनेछैन ।
آية رقم 26
२६) अनि ‘‘लूतले’’ उनको (इब्राहीमको) कुरामा ईमान ल्याए, र भन्नथालेः कि म आफ्नो पालनकर्तातिर हिजरत गर्दछु । निःसन्देह ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
آية رقم 27
२७) र हामीले उनलाई (इब्राहीमलाई) ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र हामीले उसको सन्ततिमै पैगम्बरी र किताबहरू प्रदान गर्यौं । र हामीले उनलाई संसारमा पनि राम्रो प्रतिफल प्रदान गर्यौं र उनी आखिÞरतमा पनि सत्कर्मीहरूमध्येका हुनेछन् ।
آية رقم 28
२८) र ‘‘लूत’’ (अलैहिस्सलाम) को पनि वर्णन गर जब उनले आफ्नो कौमसित भनेः कि तिमीले त्यस्तो व्यभिचार गर्दछौ, जुन तिमीभन्दा पहिला सम्पूर्ण संसारमा कसैले पनि गरेको थिएन ।
آية رقم 29
२९) के तिमी (आनन्द प्राप्तिको लागि) पुरुषहरूसँग व्यभिचार गर्दछौ र बाटोहरूलाई बन्द गर्दछौ, र आफ्नो आम सभाहरूमा दुष्कर्म गर्दछौ ? अनि उनको कौमका मानिसहरूको उत्तर यही थियो कि उनीहरूले भनेः कि यदि तिमी साँचो हौ भने हामीमाथि अल्लाहको यातना ल्याऊ ।
آية رقم 30
ﯱﯲﯳﯴﯵﯶ
ﯷ
३०) (लूतले) प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! यी उपद्रवीहरूको मुकाबिलामा मेरो सहायता गर ।
آية رقم 31
३१) र जब हाम्रा फरिश्ताहरू इब्राहीमको पासमा शुभसूचना लिएर आए, त उनीहरूले भन्नथालेः कि हामीले यस बस्तीका मानिसहरूलाई नष्ट गर्नेवाला छौं । निःसन्देह यहाँ बस्ने मानिसहरू अत्याचारी हुन् ।
آية رقم 32
३२) इब्राहीमले भने कि यसमा त लूत पनि छन् । उनीहरू भन्नथालेः ‘‘कि जुन मानिसहरू यहाँ बस्दछन्, हामीलाई सबै थाहा छ । हामीले उनलाई र उनका घरवालाहरूलाई बचाइराख्नेछौं, तर उनकी स्वास्नी बाहेक, किनभने त्यो स्त्रीपछि पर्नेहरूमध्येकी छे ।’’
آية رقم 33
३३) र जब हाम्रा फरिश्ताहरू ‘‘लूतको’’ नजिक आए, त, उनीहरूको कारणले उनी दुःखी भए र मनैमनमा चिन्तित भए । फरिश्ताहरूले भनेः तपाई ‘‘डर नमान्नुहोस् र दुःख पनि नमान्नुहोस् । हामी तपाईलाई र तपाईको घरवालाहरूलाई बचाइहाल्ने छौं, तर तपाईकी स्त्री सजायको लागि पछि पर्नेहरूमध्येकी हुनेछे ।’’
آية رقم 34
३४) हामीले यस बस्तिका मानिसहरूमाथि आकाशबाट यातना अवतरित गर्नेछौं, यसकारण कि उनीहरू अनियन्त्रित भइरहेका छन् ।
آية رقم 35
३५) र हामीले त्यस बस्तीलाई एउटा खुल्ला निशानी ती मानिसहरूको निम्ति बनाइदिएका छौं, जो बुद्धिले काम लिन चाहन्छन् ।
آية رقم 36
३६) र ‘‘मदयनतिर’’ उनको भाइ ‘‘शुऐबलाई’’ हामीले पठायौं उनले भने, ‘‘कि हे मेरो कौमका मानिस ! अल्लाहको उपासना गर र अन्तिम दिनको आशा राख र धरतीमा उत्पातको सिर्जना नगर्नेगर ।
آية رقم 37
३७) तैपनि उनीहरूले उनलाई झूठा ठाने, अन्ततः उनलाई भूकम्पले आइसमात्यो र उनीहरू आ–आफ्नो घरहरूमा बस्दाबस्दै घोप्टो भइहाले ।
آية رقم 38
३८) र हामीले ‘‘आद’’ र ‘‘समूदका मानिसहरूलाई’’ पनि नष्ट गरिहाल्यौं र उनीहरूको घरका अवशेषहरू तिम्रो आँखाका अगाडि़ छन् । शैतानले उनीहरूको कर्मलाई उनको निम्ति आकर्षक बनाएर देखाइदियो, र उनीहरूलाई सही बाटोबाट रोकिदियो, जबकि उनीहरू दृष्टिवाला र बुद्धिमान थिए ।
آية رقم 39
३९) र ‘‘कारून’’ एवं पिÞmरऔन’’ र ‘‘हामानलाई’’ पनि (नष्ट गरिदियौं) र उनको पासमा ‘‘मूसाले’’ स्पष्ट चमत्कारहरू लिएर आएका थिए, तैपनि उनीहरू धरतीमा घमण्ड गर्नथाले, र उनीहरू (हाम्रो) नियन्त्रणबाट निस्कन सक्नेवाला थिएनन् ।
آية رقم 40
४०) अन्ततः हामीले सबैलाई उनीहरूको अपराधको अधिकताको कारण समातिहाल्यौं, अनि उनीहरूमध्ये केही (कौमेआद) माथि हामीले ढुङ्गा बर्साउने वायु पठायौं, र केही यस्ता थिए (समूद) जसलाई भयङ्कर आवाजले आइसमात्यो र तीमध्ये केही (कारून) लाई हामीले धरतीमा पुरिदियौं र केही यस्ता थिए (फिरऔन) जसलाई हामीले डुबाइदियौं । अल्लाह यस्तो होइन कि उनीहरूमाथि अत्याचार गरोस्, किन्तु उनीहरूले आफू स्वयंमाथि नै अत्याचार गर्दथे ।
آية رقم 41
४१) जुन मानिसहरूले अल्लाह बाहेक अरुलाई संरक्षक बनाएका छन्, उनको उदाहरण माकुराको जस्तो छ कि उसले पनि एउटा घर बनाउँछे र कुनै सन्देह छैन कि तमाम घरहरूमा कमजोर माकुराको घर हुन्छ । यिनीहरूले यो कुरा बुझ्ने भए कति राम्रो हुने थियो ।
آية رقم 42
४२) अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
آية رقم 43
४३) यी दृष्टान्तहरू हामीले मानिसहरूलाई बुझ्नको निम्ति वर्णन गर्दछौं र यसलाई त मात्र ज्ञानवानले नै बुझ्दछन् ।
آية رقم 44
४४) अल्लाहले आकाशहरू र धरतीलाई सत्यताको साथ सृष्टि गरेको छ । निश्चय नै यसमा ईमानवालाहरूको निम्ति ठुलो निशानी छ ।
آية رقم 45
४५) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) त्यस किताबलाई पढ्ने गर्नुस्, जुन तपाईंलाई ‘‘वह्य’’ द्वारा पठाइएको छ, र नमाज कायम गर्नुस् । निःसन्देह नमाजले अश्लीलता र नराम्रो कुराबाट रोक्दछ । र अवश्य अल्लाहको स्मरण गर्नु त अत्यन्त ठूलो कुरो हो । तिमी जे गर्दैछौ अल्लाह जान्दछ ।
آية رقم 46
४६) र किताबवालाहरूसित उत्तम तरिका बाहेकले शास्त्रार्थ नगर, तर उनीहरूमध्ये जो अत्याचारी छन्, उनको कुरा अर्कै छ र स्पष्ट भनः ‘‘कि हामीले यस किताबमाथि ईमान ल्यायौं जुन हामीतिर अवतरित भयो र त्यसमाथि पनि जुन तिमीतिर अवतरित भयो । र हाम्रो तिम्रो पूज्य एउटै हो, र हामी सबै उसैको आज्ञाकारी हौं ।’’
آية رقم 47
४७) र यसै प्रकार हामीले तपार्इंतिर किताब अवतरित गरेका छौं, त जसलाई हामीले किताब प्रदान गरेका छौं, उनीहरूले त्यसमाथि ईमान ल्याउँछन् र यिनीहरू (मुश्रिकहरू) मध्ये केहीले त्यसमाथि ईमान ल्याउँछन् र हाम्रा आयतहरूको इन्कार त काफिरहरूले मात्र गर्दछन् ।
آية رقم 48
४८) यसभन्दा पहिला तपाईंले कुनै किताब पढ्नु भएको थिएन र नकुनै किताबलाई आफ्नो हातले लेख्नुहुन्थ्यो, जसबाट यी मिथ्यावादीहरू सन्देहमा पर्न सक्दथे ।
آية رقم 49
४९) बरु यो कुरआन त ती मानिसहरूको छातीमा विद्यमान स्पष्ट आयतहरू हुन् जसलाई ज्ञान प्रदान भएको छ । र हाम्रा आयतहरूको इन्कार त अत्याचारीहरूले मात्र गर्दछन् ।
آية رقم 50
५०) उनीहरूको भनाई छः कि उसमाथि उसको पालनकर्ताको तर्फबाट निशानीहरू किन अवतरित भएनन् ?’’ तपार्इं भनिदिनुस् कि ‘‘निशानीहरू त सबै अल्लाहकै पासमा छन् । र म त केवल स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
آية رقم 51
५१) के उनीहरूको निम्ति यो पर्याप्त छैन ? कि हामीले तपाईंमाथि किताब अवतरित गर्यौं, जुन कि उनीहरूलाई पढेर सुनाइन्छ । यसमा ईमान ल्याएकाहरूको निम्ति दयालुता (पनि) छ र उपदेश (पनि) ।
آية رقم 52
५२) भनिदिनुस् ! कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ । जे जति आकाश र धरतीमा छ उसले सबै जान्दछ । जसले असत्यमा विश्वास गरे र अल्लाहलाई इन्कार गरे, तिनीहरूले ठूलो नोक्सानी भोग्नेछन् ।
آية رقم 53
५३) यिनीहरूले तपार्इंसित यातना (अल्लाहबाट दिइने अजाब) को लागि हतार गरिराखेका छन् । यदि मेरो तर्फबाट एउटा निश्चित समय निर्धारित नभइसकेको भए उनीहरूमाथि यातना पनि आइसक्ने थियो र त्यो कुनै समयमा एक्कासी उनीहरूमाथि अवश्य आएर नै छाड्नेछ ।
آية رقم 54
ﭟﭠﭡﭢﭣﭤ
ﭥ
५४) यिनीहरूले सजायको लागि हतार गर्दैछन्, (धैर्यराखुन्) नर्कले त काफिरहरूलाई घेरिहाल्नेछ ।
آية رقم 55
५५) त्यस दिन यातनाले उनीहरूलाई माथिदेखि तलसम्म छोपिराख्नेछ र अल्लाहको आदेश हुनेछ कि जुन (गलत) काम तिमीले गर्ने गर्दथ्यौ अब त्यसको स्वाद चाख ।
آية رقم 56
५६) ‘‘हे मेरा ईमानवाला सेवकहरू, मेरो धरती धेरै विस्तृत छ, अतः मेरै उपासना गर ।
آية رقم 57
५७) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नेवाला छ, अनि तिमी सबै हामीतिरै फर्काइनेछौ ।
آية رقم 58
५८) र जसले ईमानल्याए र असल कर्म गरिरहे, उनीहरूलाई निश्चय नै हामीले बहिश्त (स्वर्ग) का अग्ला–अग्ला महलहरूमा ठाउँ प्रदान गर्नेछौं, जसमुनि नहरहरू बगिराखेका छन्, जहाँ सधैं तिनीहरू बस्नेछन् । असल कर्म गर्नेहरूलाई यो कति राम्रो बदला (प्रतिफल) हो ।
آية رقم 59
ﮙﮚﮛﮜﮝ
ﮞ
५९) ती जसले धैर्य गरेर आफ्नो पालनकर्तामाथि भरोसा गर्दछन् ।
آية رقم 60
६०) र धेरै जनावर यस्ता छन् जसले आफ्नो जीविका बोकी हिंडिराखेका हुदैनन् । अल्लाहले नै उनीहरूलाई जीविका प्रदान गर्दछ र तिमीलाई पनि । र ऊ सबैकुरा सुन्दछ, जान्दछ ।
آية رقم 61
६१) र यदि तपाईले उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो र सूर्य र चन्द्रलाई कसले काममा लगायो ? त उनीहरूले भनिहाल्नेछन् ‘‘कि अल्लाहले !’’ अनि उनीहरू कता विमुख भई जाँदैछन् ?
آية رقم 62
६२) अल्लाहले आफ्ना भक्तहरूमध्ये जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह अल्लाह प्रत्येक कुरा जान्दछ ।
آية رقم 63
६३) र यदि तपार्इंले उनीहरूसित सोध्नुहुन्छ कि आकाशबाट पानी कसले बर्सायो, अनि त्यसबाट धरतीलाई मृत्यु पश्चात जीवित कसले गर्यो,? त निश्चय नै उनीहरूको जवाफ हुनेछ कि ‘‘अल्लाहले !’’ तपार्इं भन्नुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि छ । किन्तु उनीहरूमध्ये अधिकतरले बुद्धिले काम लिदैनन् ।
آية رقم 64
६४) र यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । निःसन्देह आखिरतको घरको जीवन नै वास्तविक जीवन हो । उनीहरूले यो बुझ्ने भए कति राम्रो हुने थियो ।
آية رقم 65
६५) अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् त अल्लाहलाई नै पुकार्दछन् विशुद्धरूपमा उसैको निम्ति पूजालाई खास गरी, र जब उसले तिनीहरूलाई बचाएर शुष्क भूमिमा पुर्याइदिन्छ तब तुरुन्तै (अल्लाहको) साझेदार ठहराउन थाल्छन् ।
آية رقم 66
६६) ताकि हामीले उनीहरूलाई जे प्रदान गरेका छौं, त्यसप्रति कृतघ्नता देखाउदै फाइदा पनि लिदैगरुन् । अतः शीघ्र नै उनीहरूले जानिहाल्नेछन् ।
آية رقم 67
६७) के उनीहरू देखेनन्, कि हामीले हरम (मक्का)लाई शान्तिको ठाउँ बनाएका छौं, र मानिसहरू त्यसका वरिपरिबाट समातिहालिनेछन् । के यी मानिसहरूले असत्यमाथि त विश्वास गर्दछन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता देखाउँछन् ?
آية رقم 68
६८) त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला ? जसले अल्लाहको बारेमा मनगढन्ते कुरा रच्दछ वा सत्यलाई झूठो भन्दछ, जबकि त्यो (सत्य) उसको पासमा आइसकेको हुन्छ ? के यस्ता काफिरहरूको बस्ने ठाउँ नर्क हुनेछैन ?
آية رقم 69
६९) र जुन मानिसहरूले हाम्रो बाटोमा कष्ट सहन्छन्, हामीले, उनीहरूलाई अवश्य आफ्ना मार्गहरू देखाउनेछौं र निश्चय नै अल्लाह त सुकर्मीहरूको साथी हो ।
تقدم القراءة