ترجمة معاني سورة القصص باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﮝ
ﮞ
१) ता–सीन–मीम ।
آية رقم 2
ﮟﮠﮡﮢ
ﮣ
२) यी स्पष्ट किताबका आयतहरू हुन् ।
آية رقم 3
३) (हे मुहम्मद !) हामीले तपाई समक्ष मूसा र फिरऔनका सत्य घटनाहरू मोमिनहरूको लागि वर्णन गर्दछौं ।
آية رقم 4
४) निःसन्देह फिरऔनले धरतीमा अट्टेरिपना गर्दै आएको थियो र त्यहाँका मानिसहरूलाई अनेक समूहमा विभाजन गरी एउटा समूहलाई कमजोर पारिसकेको थियो । त्यसले उनीहरूका छोराहरूलाई मारिदिन्थ्यो र उनीहरूका छोरीहरूलाई जीवित रहन दिन्थ्यो निश्चय नै त्यो उपद्रव गर्नेहरूमध्येको थियो ।
آية رقم 5
५) र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।
آية رقم 6
६) र यो पनि कि हामीले धरतीमा उनीहरूलाई सत्ताधिकार प्रदान गरौं र उनीहरूबाट फिरऔन र हामान र उनीहरूको सेनाहरूलाई ती कुरा देखाऔं, जसबाट उनीहरू डराइरहेका छन् ।
آية رقم 7
७) हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।
آية رقم 8
८) अन्ततः फिरऔनका मानिसहरूले त्यस बच्चालाई उठाइहाले, र परिणाम स्वरूप त्यो उनीहरूको शत्रु र उनीहरूको निम्ति दुःखको कारण बन्यो । निश्चय फिरऔन र हामान र उनीहरूका सेना गम्भीर अपराधी नै थिए ।
آية رقم 9
९) र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।
آية رقم 10
१०) र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।
آية رقم 11
११) मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।
آية رقم 12
१२) हामीले उनीहरू पुग्नुभन्दा अघि नै उसको निम्ति धाइआमाको दूध हराम (वर्जित) गरिदिएका थियौं अतः तिनले भनिन् कि के तिमीलाई यस्तो घरको ठेगाना बताउँ जसले कि तिम्रो निम्ति यस बालकको पालनपोषण गर्न सकोस् र यसको शुभचिन्तक पनि होस् ।
آية رقم 13
१३) यसप्रकार हामीले उसलाई उसकी आमातिर फर्काएर ल्यायौं, ताकि तिनका आँखाहरू शीतल होउन् र तिनी शोकाकुल नहोउन् र ताकि तिनले जानिहालुन् कि अल्लाहको वाचा सत्य छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
آية رقم 14
१४) र जब मूसा तन्नेरी भए र पूर्णरूपले व्यस्कता प्राप्त गरिसके, तब हामीले उनलाई निर्णयशक्ति र ज्ञान प्रदान गर्यौं । सुकर्म गर्नेहरूलाई हामीले यस्तै प्रकारले पुरस्कृत गर्दछौं ।
آية رقم 15
१५) र मूसा नगरमा यस्तो बेला प्रवेश गरे जबकि त्यहाँका मानसिहरू सचेत थिएनन् । त्यहाँ उनले देखे कि दुईजना मानिसहरू झगडा गरिरहेका थिए । एउटा त मूसाको जतिमध्येको थियो र अर्काे उनको दुश्मनमध्येको थियो । जुन व्यक्ति उनको जातिको थियो, त्यसले अर्काे व्यक्तिको मुकाबिलामा, जो मूसाको शत्रुमध्ये थियो, सहायता माँग्यो, तब उनले (मूसाले) उसलाई मुड्कीले प्रहार गरे र उसलाई मारिहाले । ‘‘मुसा’’ भन्नथालेः कि यो शैतानको कारवाही हो । निश्चय नै शैतान त स्पष्ट शत्रु र पथभ्रष्ट गर्नेवाला छ ।
آية رقم 16
१६) उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयं आफूमाथि अत्याचार गरें, अतः तिमीले मलाई क्षमा गरिदेऊ । तसर्थ अल्लाहले क्षमा गरिदियो । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
آية رقم 17
१७) उनले भन्न थालेः कि हे मेरो स्वामी जसरी तिमीले ममाथि अनुकम्पा गरेका छौ, म कहिल्यै पनि कुनै अपराधीको सहायता गर्नेछैन ।
آية رقم 18
१८) अनि भोलिपल्ट बिहानै शहरमा डराउँदै खबर लिन प्रवेश गरे, एक्कासी हेर्नु भयो कि त्यही व्यक्ति जसले उनीसित सहायता चाहेको थियो, उनलाई पुकारिराखेको छ । मूसाले ऊसित भने कि तिमी त प्रत्यक्षरूपले मार्गविचलित छौ ।
آية رقم 19
१९) फेरि जब मूसाले इच्छा गरे, कि त्यो व्यक्तिलाई, जुन कि उनी दुवैको शत्रु थियो, समातिहालुन्, तब त्यसले भन्न थाल्यो कि जुनप्रकारले हिजो तिमीले एउटा व्यक्तिलाई मारिहालेका थियौ, त्यसैप्रकार मलाई पनि मार्न चाहन्छौ । धरतीमा क्रूर अत्याचारी हुन चाहन्छौ र तिमी यो चाहँदैनौ कि सुधार गर्नेवाला बन ।
آية رقم 20
२०) (त्यसपश्चात) एउटा मानिस नगरको पल्लो छेउबाट दगुर्दै आयो र भन्यो कि हे मूसा नगरका प्रमुखहरू तिम्रो हत्याको विषयमा परामर्श गरिराखेका छन् । अतः तिमी छिटै भागिहाल, म तिम्रो हितैषी हूँ ।
آية رقم 21
२१) अनि मूसा त्यहाँबाट डराइ–डराइ निस्किहाले र प्रार्थना गर्नथालेः कि हे मेरो पालनहार ! मलाई अत्याचारीहरूबाट छुटकरा प्रदान गर ।
آية رقم 22
२२) र जब ‘‘मदयनतिर’’ ध्यान दिए तब भन्नथालेः कि आशा छ कि मेरो पालनकर्ताले मलाई सोझो बाटो देखाउनेछ ।
آية رقم 23
२३) जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्ना चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्ना जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।
آية رقم 24
२४) तब ‘‘मूसाले’’ स्वयम् उनीहरूको लागि पानी खुवाइदिए, अनि छायाँतिर गइहाले र भन्नथालेः कि हे पालनकर्ता ! तिमीले मेरो लागि जे जति कृपा प्रदान गर्दछौ मलाई त्यसको आवश्यकता छ ।
آية رقم 25
२५) यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् । जब उनी उनको पासमा आए र उनीसित (आफ्नो) बृतान्त बर्णन गरे, त उनले भने, कि कुनै भय नमान । तिमीले अत्याचारीहरूबाट छुटकारा पाइसकेका छौ ।
آية رقم 26
२६) यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।
آية رقم 27
२७) बृद्ध पुरुषले (मूसासित) भन्योः कि म चाहन्छु आफ्ना यी दुई छोरीहरूमध्ये एउटीसित तपाईको विहे गरिदेऊँ, यस शर्तमा कि तपाई आठ बर्षसम्म मेरो यहाँ कामकाज गर्नुस् र यदि दशसालसम्म काम पूरा गर्नुहुन्छ भने त्यो तपाईको तर्फबाट मलाई हो, म तपाईलाई धेरै कष्टमा पार्न चाहन्न, अल्लाहको इच्छा भए मलाई तपाई असल मानिसहरूमध्येको पाउनुहुनेछ ।
آية رقم 28
२८) मूसाले भने कि त्यसो भए यो कुरा मेरो र तपाईंको बीचमा निश्चित भइहाल्यो । मैले जुन पनि अवधि पूरा गरेमा, ममाथि कुनै अन्याय नहोस् । र हामीले जुन सम्झौता गर्दैछौं, अल्लाह त्यसको साक्षी छ र उही सबैको योजनाकार हो ।
آية رقم 29
२९) अनि जब ‘‘मूसाले’’ आफ्नो अवधि पूरा गरे र आफ्नो घरवालालाई लिएर हिंडे त तूर पर्वततिरबाट आगो देखियो, अनि आफ्नो स्त्रीसित भने कि तिमी पर्ख मैले आगो देखेको छु, शायद म त्यहाँबाट केही खबर लिएर आऊँ वा आगोको डल्लो लिएर आऊँ ताकि तिमी आगो ताप ।
آية رقم 30
३०) अनि जब त्यहाँ पुगे, त यस शुभ मैदानको दायाँ किनारको एउटा वृक्षबाट आवाज आयोः कि हे मूसा ! म नै अल्लाह हूँ, सम्पूर्ण जगतको पालनकर्ता ।
آية رقم 31
३१) र (यो पनि अवाज आयो कि) आफ्नो लट्ठी फ्याँकिहाल जब देखेकि त्यो चलिराखेको छ, मानौं सर्प होस् तब पिठ्युँ फर्काई हिंडिदिए र पछि फर्केर पनि हेरेनन् । (हामीले भन्यौं कि) हे ‘‘मूसा’’ अगाडि़ आऊ र भय नगर निःसन्देह तिमी अमनमा छौ ।
آية رقم 32
३२) र (यी पनि कि) आफ्नो हात बगलमा लग अनि बिना कुनै रोग चम्किलो रूपमा निस्कन्छ । र भयको बेला आफ्नो हातलाई आफूतिर खुम्च्याउनु । यी दुई निशानीहरू तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि हुन् । ‘‘फिरऔन’’ र उसका दरबारियाहरूको पासमा जाऊ । निश्चय नै उनीहरू धेरै अवज्ञाकारी मानिसहरू हुन् ।
آية رقم 33
३३) मूसाले भनेः हे पालनकर्ता ! उनीहरूको एउटा व्यक्तिको मैले हत्या गरिदिएको थिएँ, तसर्थ मलाई डर लाग्दछ कि उनीहरूले पनि मलाई मारिदिने छन् ।
آية رقم 34
३४) र ‘‘हारून’’ मेरो भाइको भाषा मभन्दा धेरै स्पष्ट छ । तसर्थ उसलाई पनि मेरो साथमा मेरो मद्दत गर्न पठाइदेऊ ताकि त्यसले मलाई सच्चा मानोस् । मलाई भय छ कि उनीहरूले मलाई असत्य भन्नेछन् ।
آية رقم 35
३५) (अल्लाहले) भन्योः हामीले तिम्रो भाइको साथै तिम्रो हातलाई बलियो पार्नेछौं र तिमी दुवैलाई शक्ति प्रदान गर्नेछौं, हाम्रो निशनीहरूको कारणले उनीहरू तिमीसम्म पुग्न सक्ने छैनन् । तिमी र तिम्रा अनुयायीहरू नै अधिपत्य पाउनेछौ ।
آية رقم 36
३६) यसरी जब ‘‘मूसा’’ उनको पासमा हाम्रा स्पष्ट निशानीहरू लिएर गए, तब उनीहरू भन्नथाले कि यो त बनावटी जादू हो, र यी (कुराहरू) हामीले आफ्नो बाबुबाजेको समयमा पनि कहिल्यै सुनेनौं ।
آية رقم 37
३७) मूसाले भने कि मेरो पालनहारले त्यस व्यक्तिलाई राम्ररी जान्दछ जसले उसकहाँबाट मार्गदर्शन लिएर आएको छ र जसको लागि अन्तिम दिन राम्रो परिणाम हुनेछ । निश्चय नै अत्याचारीहरूको भलो हुनेछैन ।
آية رقم 38
३८) फिरऔनले भन्यो हे दरबारीयाहरू ! म त तिम्रो लागि आफू बाहेक कसैलाई रब (पालनकर्ता) जान्दिन, तसर्थ हे हामान ! मेरो निम्ति माटोलाई आगोबाट पोलेर त्यसबाट एउटा महल बनाऊ, ताकि म (त्यसबाट) मूसाको पालनकर्तातिर हेर्न सकूँ र म त यसलाई असत्य नै ठान्दैछु ।
آية رقم 39
३९) उसले र उसको सेनाहरूले धरतीमा अनावश्यक घमण्ड गरे, र ठाने कि उनीहरूलाई हामीतिर फर्कनु छैन ।
آية رقم 40
४०) अन्ततः हामीले उसलाई र उसको सेनाहरूलाई समातिहाल्यौं र उनीहरूलाई गहिरो पानीमा फ्याँकिदियौं । अब हेरिहाल कि अत्याचारीहरूको कस्तो परिणाम भयो ।
آية رقم 41
४१) र हामीले उनीहरूलाई आगोतिर आह्वान गर्ने अगुवा बनाइदियौं र कियामतको दिन उनीहरूलाई कुनै सहायता प्राप्त हुनेछैन ।
آية رقم 42
४२) र हामीले यस संसारमा पनि उनको पछाडि़ एउटा अभिशाप लगाइदियौँ र कियामतको दिन पनि उनी तिरस्कृत हुनेछन् ।
آية رقم 43
४३) र पहिलाका जातिहरूलाई नष्ट गरिसकेपछि हामीले ‘‘मूसालाई’’ यस्तो किताब (तौरेत) प्रदान गर्यौं, जुन मानिसहरूको निम्ति मार्गदर्शन र दयास्वरूप भएर आएको थियो । ताकि तिनीहरूले शिक्षा प्राप्त गरुन् ।
آية رقم 44
४४) र जब हामीले ‘‘मूसातिर’’ (धर्मका) आदेश पठायौँ, तब तिमी (हे मुहम्मद) पश्चिमतिर थिएनौँ र नत तिमी देख्नेहरूमध्येको थियौ ।
آية رقم 45
४५) तर हामीले (मूसापछि) कैयन् समूदायहरूको सृष्टि गर्यौं र उनीमाथि धेरै समय बित्यो । र न तिमी ‘‘मदयनवालाहरू’’ मध्येबाट थियौ कि तिनीहरूको समक्ष हाम्रो आयतहरू पढेर सुनाऔ । अपितु हामीले नै त पैगम्बरहरू पठाउनेवाला हौं ।
آية رقم 46
४६) र नत तिमी तूरपर्वतको पासमा उपस्थित थियौ, जब हामीले आवाज दियौं । किन्तु यो तिम्रो पालनहारको तर्फबाट एउटा दयालुता हो, ताकि तिमीले त्यस्ता मानिसहरूलाई सचेत गरिहाल, जसको पासमा तिमीभन्दा अगाडि़को कोही सचेत गर्नेवाला आएन, आश्चर्य छैन कि उनीहरूले उपदेश हासिल गरुन् ।
آية رقم 47
४७) यदि उनीहरूले आफ्नै हातबाट आफ्नो अगाडीका कर्मलाई पठाएको कारण कुनै विपत्तिमा पर्ने कुरा नभएको भए उनीहरूले भन्ने थिए कि, हे पालनकर्ता ! तिमीले हामीतिर कुनै पैगम्बर किन पठाएनौ ? ताकि हामी तिम्रा आयतहरूको अनुशरण गथ्र्यौं र ईमानवालामध्ये हुन्थ्यौँ ।
آية رقم 48
४८) अनि जब उनीहरूको पासमा हामीकहाँबाट सत्य आइपुग्यो त उनीहरू भन्न थालेः कि जुन कुरो मूसालाई प्राप्त भएको थियो, त्यस्तो किन प्राप्त भएन ? त के जुन अघि मूसालाई दिइएको थियो, उनीहरूले त्यसमा कुफ्र गरेनन् ? स्पष्ट भनेका थिए कि यी दुवै जादूगर हुन् जुन एक अर्काको सहायता गर्दछन् र हामी त यिनीलाई इन्कार गर्दछौँ ।
آية رقم 49
४९) भनिदिनुस्ः कि यदि तिमी साँचो हौ भने तिमीले पनि अल्लाहको तर्फबाट कुनै यस्तो किताब ल्याऊ, जुन यी दुवैभन्दा बढी मार्गदर्शन गर्नेवाला होस्, ताकि म पनि उसैको अनुयायी बनूँ ।
آية رقم 50
५०) अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को हुन्सक्छ ? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाकोपछि हिंडेको छ । निःसन्देह अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
آية رقم 51
५१) र हामीले एकपछि अर्काे निरन्तररूपले उनीहरूको मार्गदर्शनको लागि आफ्ना कुराहरू (वाणी) पठाउँदै गरेका हौं, ताकि शिक्षा हासिल गरुन् ।
آية رقم 52
५२) जुन मानिसहरूलाई हामीले यसभन्दा अगाडि़ किताब प्रदान गरेका थियौं, उनीहरूले त यसमाथि पनि विश्वास गर्दछन् ।
آية رقم 53
५३) र जब यसका आयतहरू उनीहरूलाई पढेर सुनाइन्छ तब भन्दछन्ः कि हामीले यसमा आस्था राख्दछौं । निश्चय नै यो सत्य छ, हाम्रो पालनकर्ताको तर्फबाट हो । हामी त यसभन्दा अगाडि़देखि नै आज्ञाकारी हौं ।
آية رقم 54
५४) यी मानिसलाई यिनीहरूले गरेको संयमको दुईगुणा प्रतिफल दिइनेछ । किनभने यिनीहरूले असल कर्मबाट नराम्रो कुरालाई हटाउँदै गर्दछन् र जुन हामीले उनीहरूलाई दिएका छौं, त्यसबाट दान गर्ने गर्दछन् ।
آية رقم 55
५५) र जब उनीहरूले व्यर्थको कुरा सुन्दछन् तब त्यसबाट अलग भइहाल्छन् र भन्दछन् कि हाम्रो निम्ति हाम्रा कर्महरू छन् र तिम्रा निम्ति तिम्रा कर्महरू छन् । तिमीलाई सलाम (शान्ति) होस्, हामीले अज्ञानहरूसंग विवाद गर्न चाहँदैनौं ।
آية رقم 56
५६) (हे मुहम्मद !) तपाई आफूले चाहेको व्यक्तिलाई मार्गदर्शन गर्न सक्दैनौ तर अल्लाहले जसलाई चाहन्छ, मार्गदर्शन गर्दछ, र उसले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्दछ ।
آية رقم 57
५७) उनीहरूले भन्दछन्ः कि यदि हामी तपाईको साथमा यस मार्गदर्शनको अनुशरण गर्दछौं भने आफ्नो भू–भागबाट अपहरित गरिहालिनेछौं । के खतराहरूबाट सुरक्षित शन्तिपूर्ण हरम (मक्का) मा हामीले उनीहरूलाई शरण दिएनौं, जहाँ हरेक प्रकारको जीविका पुर्याइन्छ र यो जीविका हाम्रो तर्फबाट हो, तर उनीहरूमध्ये धेरैले बुझ्दैनन् ।
آية رقم 58
५८) र हामीले धेरै त्यस्ता बस्तीहरूलाई नष्ट गरिहाल्यौं, जसले आफ्नो मौज मस्तीमा घमण्ड गर्न लागेका थिए । यी तिनीहरूका बस्ने घर हुन् जो उनी पश्चात् अति थोरै आबाद हुनसके र अन्ततः हामी नै हौं सबैको स्वामी ।
آية رقم 59
५९) र तपाईको पालनकर्ताले कुनै बस्तीलाई नष्ट गर्दैन जबसम्मकि उनको कुनै ठूलो बस्तीमा कुनै संदेष्टा नपठाइहालोस्, जसले उनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाओस् र हामीले बस्तीहरूलाई त्यसै बेला नष्ट गर्दछौं, जबकि त्यहाँका बासिन्दाहरू अत्याचारी नै भइहालुन् ।
آية رقم 60
६०) र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ ?
آية رقم 61
६१) के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ ।
آية رقم 62
६२) र जुन दिन अल्लाहले उनीहरूलाई बोलाएर सोध्नेछ, कि तिमीहरू आफूले ठानेको मेरा साझेदारहरू कहाँ छन् ?
آية رقم 63
६३) जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे ।
آية رقم 64
६४) र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो ।
آية رقم 65
ﮢﮣﮤﮥﮦﮧ
ﮨ
६५) र जुन दिन उनीहरूलाई बोलाएर सोध्नेछः कि तिमीहरूले पैगम्बरहरूलाई के जवाफ दियौ ?
آية رقم 66
६६) त्यस दिन उनीहरूले कुनैतर्क गर्नसक्ने छैनन्, अनि उनीहरू आपसमा पनि सोधपूछ गर्ने छैनन् ।
آية رقم 67
६७) हो, जसले तौबा गरिहाल्यो र ईमान ल्यायो र असल कर्म गर्यो त निश्चित छ कि त्यो मुक्ति पाउनेहरूमध्येको हुनेछ ।
آية رقم 68
६८) र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् ।
آية رقم 69
६९) तपाईको पालनकर्ताले त्यो सबै जान्दछ, जुन उनीहरूका मनमा लुकेका हुन्छन् र जे जति उनीहरूले बाहिर व्यक्त गर्दछन्
آية رقم 70
७०) उही अल्लाह हो, उसबाहेक कोही पूजाको योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ ।
آية رقم 71
७१) भन्नुस्ः कि तिमीले विचार त गर कि यदि अल्लाहले कियामतको दिनसम्म सधैंको लागि तिमीलाई अँध्यारो गरिदियो भने अल्लाह बाहेक अर्को कोही पूजनीय छ, जसले तिमीलाई दिनको प्रकाश ल्याइदिनेछ, के तिमी सुन्दैनौ ?
آية رقم 72
७२) भन्नुस्ः कि के तिमीले विचार गर्यौ ? यदि अल्लाहले कियामतको दिनसम्म सधैंको निम्ति तिम्रो लागि दिन गरिदिएको भए के अल्लाह बाहेक अर्को कोही पूजनीय छ जसले तिम्रो निम्ति रात ल्याइदेओस्, जसमा तिमीले विश्राम प्राप्त गर्दछौ ? के तिमी देख्दैनौं ?
آية رقم 73
७३) उसैले त आफ्नो दयालुताले तिम्रो निम्ति रात र दिन बनायो, ताकि तिमीले रातमा विश्राम प्राप्त गर र दिनमा उसले दिएको रोजी (जीविका) खोज, ताकि तिमीले कृतज्ञता व्यक्त गर ।
آية رقم 74
७४) र जुन दिन उसले तिनीहरूलाई बोलाएर सोध्नेछः कि मेरो ती साझेदारहरू, जसको बारेमा तिमीले दावी गथ्र्यौ, कहाँ छन् ?
آية رقم 75
७५) र हामीले प्रत्येक समुदायहरूबाट एउटा साक्षी निकाल्नेछौं र भन्नेछौं कि आफ्नो प्रमाण प्रस्तुत गर त्यतिखेर उनीहरूले थाहा पाइहाल्नेछन् कि सत्य कुरा अल्लाहकै लागि हो र जे जति उनीहरूले झूठो कुरा रच्दथे, ती सबै उनीहरूबाट हराइहाल्नेछ ।’’
آية رقم 76
७६) निश्चय नै ‘‘कारून’’ मुसाको कौममध्येको थियो, तर उसले उनको विरुद्ध अत्याचार गर्न थालेको थियो । र हामीले उसलाई यति खजाना दिएका थियौं कि त्यसको साँचोहरू अनेक वलशालीहरूका लागि पनि उचाल्न गाह्रो थियो । एकचोटी जब उससित उसको समूहका मानिसले भने कि उन्मत नहोऊ किनभने अल्लाहले उन्मादीहरूलाई रुचाउँदैनन् ।
آية رقم 77
७७) र जुन (सम्पत्ति) तिमीलाई अल्लाहले प्रदान गरेको छ, त्यसबाट आखिरतको घरको निर्माण गर र संसारिक भाग पनि नबिर्स, र जस्तो कि अल्लाहले तिमीलाई भलो गरेको छ तिमी पनि राम्रो व्यवहार गर र धरतीमा उपद्रव नचाह किनभने अल्लाह उपद्रवीहरूलाई मनपराउँदैन ।
آية رقم 78
७८) उसले भन्योः मलाई त यी सबै मेरो आफ्नो व्यक्तिगत ज्ञानको कारण प्राप्त भएको छ । के उसलाई थाहा छैन, कि अल्लाहले उसभन्दा अगाडि कैयन् बस्तीहरूलाई नष्ट गरिसकेको छ, जो शक्तिमा उसभन्दा बढी र उसभन्दा अधिक धन सम्पतिवाला थिए ? र अपराधीहरूसित त उनको अपराधहरूको बारेमा यस्तो बेला सोधपूछ गरिदैन ।
آية رقم 79
७९) अनि कारून आफ्नो कौमको अगाडि पूरै सजधजको साथ निस्क्यो, त सांसारिक जीवन रुचाउनेहरूले भन्नथालेः कि ‘‘कारूनले’’ पाएको जस्तो हामीले पनि पाएको भए राम्रो हुने थियो, यो त बडो भाग्यमानी रहेछ ।
آية رقم 80
८०) तर ज्ञानीहरूले तिनीहरूलाई सम्झाउनथाले कि असल मानिसहरूको निम्ति, जसले ईमान ल्याए र असल कर्म गरे अल्लाहकहाँ जुन प्रतिफल छ, त्यो नै राम्रो छ । यो कुरा धैर्यवान्हरूको हृदयमा मात्र स्थापित हुने गर्दछ ।
آية رقم 81
८१) अन्ततः हामीले उसको महलसंगै उसलाई धरतीमा धँसाइदियौं अनि अल्लाह बाहेक कुनै समुदाय उसको मद्दतको लागि तयार हुन सकेन र नत उसले आफ्नो रक्षा आफै गर्न सक्यो ।
آية رقم 82
८२) र जुन मानिसहरूले, हिजो उसको स्थान पाउने कामना गरिराखेका थिए, आज भन्न थाले कि के तिमीलाई थाहा छैन, कि अल्लाहले नै आफ्नो भक्तहरूमध्ये जसलाई जीविका प्रशस्त दिन चाहन्छ दिन्छ र जसलाई चाहन्छ सीमित गरिदिन्छ । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए त हामीलाई पनि धँसाइदिने थियो । के तिमीलाई थाहा छैन, कि कृतध्नहरू कहिल्यै सफल हुँदैनन् ।
آية رقم 83
८३) त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ ।
آية رقم 84
८४) जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।
آية رقم 85
८५) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ ।
آية رقم 86
८६) तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु ।
آية رقم 87
८७) हेरिराख्नुस् यी काफिरले अल्लाहको आयतबाट तपाईलाई रोकी नदेऊन्, यस पश्चात जबकि यो तपाईमाथि अवतरित भइसकेको छ । र आफ्नो पालनकर्तातिर बोलाउदै गर्नुस् र बहुदेववादीहरूमा कहिल्यै शम्मिलित नहुनु ।
آية رقم 88
८८) र अल्लाहसँग कुनै अरु पुज्यलाई नपुकार्नु, उसबाहेक कोही सत्य पुज्य छैन । उसको अनुहार बाहेक हरेक कुरा नाशवान् छ । आदेशको अधिकार उसैलाई छ र उसैतिर तिमी सबैलाई फर्केर जानुछ ।
تقدم القراءة