سورة الغاشية

الترجمة النيبالية

ترجمة معاني سورة الغاشية باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

آية رقم 1
१) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ?
آية رقم 2
२) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
آية رقم 3
३) कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
آية رقم 4
४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
آية رقم 5
५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
آية رقم 6
६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
آية رقم 7
७) जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
آية رقم 8
८) त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
آية رقم 9
९) आफ्नो प्रयासमा प्रसन्न ।
آية رقم 10
१०) उच्च र शानदार स्वर्गमा हुनेछन् ।
آية رقم 11
११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
آية رقم 12
१२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
آية رقم 13
१३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
آية رقم 14
१४) प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
آية رقم 15
१५) र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
آية رقم 16
१६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
آية رقم 17
१७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
آية رقم 18
१८) र आकाशतिर के कस्तो उच्च गरिएकोछ ?
آية رقم 19
१९) र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ ?
آية رقم 20
२०) र धरतीतिर कि कसरी बिछाइएको छ?
آية رقم 21
२१) तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
آية رقم 22
२२) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
آية رقم 23
२३) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
آية رقم 24
२४) त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ,
آية رقم 25
२५) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
آية رقم 26
२६) अनि हामीले नै उनको हिसाब लिनेछौं ।
تقدم القراءة