سورة المنافقون

الترجمة النيبالية

ترجمة معاني سورة المنافقون باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! जब मुनाफिकहरू तपाई सामु आउँदछन् तब भन्दछन् कि हामी साक्षी छौं कि निश्चय नै तपाई अल्लाहको रसूल हुनुहुन्छ । अल्लाह जान्दछ कि निश्चय नै तपाई उसको रसूल हुनुहुन्छ तर अल्लाह गवाही दिन्छ कि यी मुनाफिकहरू एकदमै झूठा छन् ।
२) उनीहरूले आफ्नो शपथहरूलाई कवच बनाइसकेका छन् । यसप्रकार उनीहरूले अल्लाहको मार्गबाट रोकिए । निश्चय नै त्यो नराम्रो काम छ जुन यिनीहरूले गरिराखेका छन् ।
३) यो यसकारण कि यिनीहरूले ईमान ल्याएपछि फेरि काफिर भइहाले, तसर्थ उनीहरूको हृदयमा छाप लगाइदिइयो अब यिनीहरूले बुझ्दैनन् ।
४) तपाईले उनीहरूलाई जब देख्नुहुन्छ त उनका शरीर तपाईलाई राम्रो लाग्दछन् र यदि तिनीहरूले कुरा गर्दछन् त उनका कुरा तपाई सुनी राख्नुहुन्छ । यसरी जस्तो कि उनीहरू काठहरू (थाम) हुन् जसलाई भित्ताको सहारामा उभ्याइएको छ । प्रत्येक ठूलो स्वरलाई उनीहरूले आफ्नै विरुद्धमा ठान्दछन् । तिनै वास्तविक शत्रु हुन् । अतः उनीहरूबाट पन्छिएर बस, अल्लाह उनीहरूलाई समाप्त गरोस् । उनीहरू विमुख भई कहाँ गइराखेका छन् ।
५) जब उनीसित भनिन्छ कि आऊ अल्लाहका रसूल तिम्रो निम्ति क्षमा माँगुन्, त टाउको हल्लाइदिन्छन् र तपाईले देख्नुहुनेछ कि घमण्ड गर्दै मुख फर्काइहाल्दछन् ।
६) तपाईले उनको निम्ति क्षमा माँग्नु वा नमाँग्नु, दुवै समान छ । अल्लाहले उनलाई कहिल्यै क्षमा गर्दैन । निःसन्देह अल्लाहले यस्ता अवज्ञाकारीहरूलाई मार्गदर्शन प्रदान गर्दैन ।
७) यिनै मानिस हुन् जसले भन्दछन्ः कि जो अल्लाहको रसूलको साथमा रहन्छन्, उनीमाथि खर्च नगर, ताकि उनीहरू स्वयं यताउता छरिउन् । जबकि आकाशहरू र धरतीका सबै खजाना अल्लाहकै हुन् तर मुनाफिकहरू बुझ्दैनन् ।
८) उनीहरू भन्दछन्ः कि यदि हामीले फर्केर मदिना जान्छौं भने अधिक मर्यादावालाहरूले अपमानितलाई त्यहाँबाट निकालिदिनेछन् हेर इज्जत र प्रतिष्ठा त अल्लाह र उसको रसूल र मोमिनहरूको निम्ति छ, तर ती मुनाफिकहरूले जान्दैनन् ।
९) हे मोमिनहरू ! तिम्रा माल, सम्पत्ति र सन्तानले तिमीलाई अल्लाहको स्मरणबाट गाफिल (अचेत) नबनाइदेओस् र जसले यस्तो गर्नेछ त्यसले घाटा बेहोर्ने छ ।
१०) र जे हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्चगर यसभन्दा अगाडि कि तिमीमध्ये कसैको मृत्यु आइहालोस् र (त्यसबेला) भन्न थालोस् कि हे मेरो पालनकर्ता अरु समय किन दिएनौ ? म दान गर्दथें र असल मानिसहरूमा शम्मिलित भइहाल्थें ।
११) तर अल्लाहले कुनै व्यक्तिलाई जब उसको निर्धारित समय आइपुग्दछ तब कदापि मोहलत दिंदैन । र जे तिमीले गर्दछौ अल्लाह त्यो सबैबाट अवगत छ ।
تقدم القراءة