ترجمة معاني سورة العاديات باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﮱﯓ
ﯔ
१) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
آية رقم 2
ﯕﯖ
ﯗ
२) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
آية رقم 3
ﯘﯙ
ﯚ
३) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
آية رقم 4
ﯛﯜﯝ
ﯞ
४) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
آية رقم 5
ﯟﯠﯡ
ﯢ
५) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
آية رقم 6
ﭑﭒﭓﭔ
ﭕ
६) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
آية رقم 7
ﭖﭗﭘﭙ
ﭚ
७) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
آية رقم 8
ﭛﭜﭝﭞ
ﭟ
८) त्यो धनको मोहमा बडो दृढ छ ।
آية رقم 9
९) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
آية رقم 10
ﭩﭪﭫﭬ
ﭭ
१०) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
آية رقم 11
ﭮﭯﭰﭱﭲ
ﭳ
११) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।
تقدم القراءة