ترجمة معاني سورة غافر باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﭥ
ﭦ
१) हामीम
آية رقم 2
ﭧﭨﭩﭪﭫﭬ
ﭭ
२) यस किताबको अवतरण उस सर्वशक्तिशाली र सर्वज्ञ अल्लाहको तर्फबाट हो ।
آية رقم 3
३) जो गुनाह(पाप) क्षमा गर्नेवाला र तौबा (प्रायश्चित) स्वीकार गर्नेवाला, कठोर दण्ड दिनेवाला र शक्तिवाला छ । उस बाहेक कोही सत्य पूज्य छैन । उसैतिर फर्किजानु पर्नेछ ।
آية رقم 4
४) अल्लाहका आयतहरूमा ती मानिसहरूले नै विवाद गर्दछन्, जो काफिर छन्, तसर्थ उनीहरूको शहरहरूमा हिंड्डुल (आवागमन) ले तपार्इंलाई भ्रममा नपारोस् ।
آية رقم 5
५) नूहको जातिबन्धुले र उहाँ पश्चातका समूहहरूले पनि झूठा भने र हर उम्मतले (कौमले) आफ्ना पैगम्बरहरूको बारेमा इच्छा गरे कि तिनलाई समातिहालुन् र उनीहरूले असत्यको सहारा लिएर झगडा गरे, ताकि तिनबाट सत्यलाई बिगारिदेउन् । अतः उनीहरूलाई मैले समातिहालें, तसर्थ मेरो यातना कस्तो भयो ?
آية رقم 6
६) र यस्तै प्रकारले काफिरहरूको बारेमा तपार्इंको पालनकर्ताको आदेश पूरा भइसकेको छ कि उनीहरू नर्कबासी छन् ।
آية رقم 7
७) जसले (स्वर्गदूत) अल्लाहको आसन उचालेका छन् र उसको वरिपरिका फरिश्ताहरू आफ्नो पालनकर्ताको गुणगान् गर्दछन् र उसमाथि ईमान राख्दछन् र ईमानवाला मानिसहरूको निम्ति क्षमाको प्रार्थना गर्दछन्, भन्दछन्, किः ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले आफ्नो दयालुता र आफ्नो ज्ञानले प्रत्येक कुरामा व्याप्क छौ । अतः जुन मानिसहरूले प्रायश्चित गरे र तिम्रो मार्गको अनुशरण गरे, उनीहरूलाई क्षमा गरिदेऊ र प्रज्वलित नर्कको आगोको यातनाबाट उनीहरूलाई बचाइहाल ।
آية رقم 8
८) हे हाम्रो पालनकर्ता ! तिमीले उनीहरूलाई सधैं बासको निम्ति स्वर्गहरूमा प्रवेश गराऊ, जसको तिमीले उनीहरूसित वाचा गरेका छौ, र उनीहरूका बाउबाजे र उनीहरूका पत्नीहरू र उनका सन्ततिहरूमध्ये जो असल आचरणवाला छन् उनीहरूलाई पनि । निःसन्देह तिमी अधिपत्यशाली अत्यन्त तत्वदर्शी हौ ।
آية رقم 9
९) र उनीहरूलाई खराबीबाट पनि बचाइराख, सत्य त यो हो कि जसलाई तिमीले त्यस दिनको यातनाबाट बचायौ, त निःसन्देह उसमाथि तिम्रो दया भयो र यही नै ठूलो सफलता हो ।’’
آية رقم 10
१०) निश्चय नै जुन मानिसहरूले इन्कार गरे उनीहरूलाई पुकारेर भनिनेछः कि ‘‘तिमीहरू स्वयम् आफूसित जुन विद्वेष एवम् क्रोध गर्दथ्यौ, तिमीप्रति अल्लाहको क्रोध त्योभन्दा पनि बढी छ, किनभने जब तिमीलाई ईमानतिर बोलाइन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ ।
آية رقم 11
११) उनीहरूले भन्नेछन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई दुईपटक मृत बनायौ र दुईपटक जीवित गर्यौ । अब हामीले आफ्ना गुनाह (अपराधहरू) स्वीकार गर्यौं, त के अब कुनै निस्कने मार्ग पनि छ ?’’
آية رقم 12
१२) यो सजाय (अजाब) तिमीलाई यसकारण छ कि जब एक्लो अल्लाहलाई पुकारिन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ । तर यदि ऊसँग अरु साझेदार ठहराइन्थ्यो भने तिमीले मानिहाल्थ्यौ । तसर्थ अब फैसला (निर्णय) अल्लाहकै हो, जो सर्वोच्च र महान् छ ।
آية رقم 13
१३) उही हो जसले तिमीलाई आफ्नो निशानी देखाउँदछ । र तिम्रो निम्ति आकाशबाट जीविका अवतरित गर्दछ, उपदेश त त्यसैले प्राप्त गर्दछ जो (अल्लाहतिर) प्रवृत्त हुन्छ ।
آية رقم 14
१४) तिमीले अल्लाहलाई पुकार्दै गर, धर्मलाई उसको निम्ति समर्पित गरेर यदि काफिरहरूले नराम्रो नै मान्दछन् भने पनि ।
آية رقم 15
१५) सर्वोच्च दर्जावाला‘‘अर्श’’ को मालिक उसले आफ्ना भक्तहरूमध्ये, जसलाई चाहन्छ, आफ्नो आदेशले वह्य पठाउँदछ, ताकि साक्षात्कारको दिनबाट डराओस् ।
آية رقم 16
१६) जुनदिन उनीहरू खुल्लारूपले अगाडि उपस्थित हुनेछन् उनीहरूको कुनै कुरा अल्लाहसित लुकेको हुनेछैन, ‘‘आज कसको राज्य छ ?’’ ‘‘अल्लाहको मात्र जो एकलै सबैमाथि शक्ति सम्पन्न छ ।
آية رقم 17
१७) आज प्रत्येक व्यक्तिलाई उसको कमाइको प्रतिफल दिइनेछ । आज कुनै अन्याय हुनेछैन । निःसन्देह अल्लाह शीघ्र हिसाब लिनेवाला छ ।
آية رقم 18
१८) र उनीहरूलाई शीघ्र आउने कयामतको दिनबाट सावधान गरिदिनुस्, जबकि चिन्ताले हृदय कण्ठमा आइहाल्नेछ र सबै चुपचाप हुनेछन् । अपराधीहरूको न कोही घनिष्ट मित्र हुनेछ र न सिफारिश गर्ने मानिस, जसको कुरा मानियोस् ।
آية رقم 19
ﭲﭳﭴﭵﭶﭷ
ﭸ
१९) उसले आँखामा लुकेको धोकेबाजी जान्दछ र जुन (कुराहरू) छातीभित्र लुकेका हुन्छन् (उनलाई पनि) ।
آية رقم 20
२०) र अल्लाहले ठीक–ठीक फैसला गर्नेछ । र उसबाहेक जसलाई यिनीहरूले पुकार्दछन्, उनीहरूले कुनै कुराको पनि फैसला गर्न सक्दैनन् । निःसन्देह अल्लाह सबै सुन्नेवाला (र) देख्नेवाला छ ।
آية رقم 21
२१) के यिनीहरू धरतीमा घुमफिर गरेनन् ताकि देख्दथे कि ती मानिसहरूको परिणाम कस्तो भयो, जो उनीहरूभन्दा पहिला गुज्रिसकेका छन् ? उनीहरू शक्ति र धरतीमा आफ्ना चिन्हहरूको दृष्टिले यिनीहरूभन्दा बढी थिए, अनि उनीहरूको पापको कारण अल्लाहले उनीहरूलाई समातिहाल्यो । र अल्लाहको सजायबाट उनीहरूलाई बचाउनेवाला कोही थिएन ।
آية رقم 22
२२) यो यसकारण कि उनीहरूको पासमा पैगम्बरहरू चमत्कार लिएर आउँदथे त तिनीहरूले कुफ्र गरे, तसर्थ अल्लाहले उनीहरूलाई समतिहाल्यो । निःसन्देह त्यो सर्वशक्तिमान् (र) भयंकर सजाय दिनेवाला छ ।
آية رقم 23
ﯜﯝﯞﯟﯠﯡ
ﯢ
२३) र हामीले ‘‘मूसालाई’’ आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठायौं ।
آية رقم 24
२४) (अर्थात्) ‘‘फिरऔन’’ र ‘‘हामान’’ र ‘‘कारूनतिर’’, तब उनीहरूले भने कि ‘‘यो त जादूगर र झूठो हो ।’’
آية رقم 25
२५) अनि जब (मूसा अलैहिस्सलाम) उनीहरूको सामु हाम्रो तर्फबाट सत्य धर्म लिएर आए तब उनीहरूले भनेः कि यसको साथमा ईमानवालाहरू जति छन्, उनीहरूका छोराहरूलाई मारिहाल र उनीहरूका छोरीहरूलाई जीवित छाडिदेऊ । र इन्कार गर्नेहरूको षडयन्त्र त विचलित हुनलाई मात्र हुन्छ ।
آية رقم 26
२६) र फिरऔनले भन्यो कि मलाई छाडिदेऊ ताकि ‘‘मूसालाई’’ मारिहालूँ र उसले आफ्नो पालनहारलाई (सहायताको निम्ति) पुकारोस् । मलाई भय छ कि उसले तिमीहरूको धर्मलाई परिवर्तित नगरिहालोस् वा उसले देशमा ठूलो दंगा नभड्काइदेओस् ।
آية رقم 27
२७) त्यसपछि ‘‘मूसाले भनेः कि ‘‘मैले हरेक अहंकारीको खराबीबाट, जसले हिसाबको दिनमाथि ईमान राख्दैन आफ्नो र तिम्रो पालनकर्ताको शरण लिइसकेको छु ।
آية رقم 28
२८) र फिरऔनका नातेदारमध्ये एउटा मोमिन् व्यक्ति जसले आफ्नो ईमान लुकाएर राख्थ्यो भन्नथाल्यो ‘‘के तिमीले एउटा मानिसलाई यस कारण मार्न चाहन्छौ, कि उसले भन्छ कि मेरो पालनकर्ता अल्लाह हो, र उसले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट प्रमाणहरू पनि लिएर आएको छ ? र यदि त्यो झूठा छ भने उसको झूठको नोक्सान उसैलाई हुनेछ । र यदि सत्य छ भने जुन सजायको उसले तिमीलाई धम्की दिइराखेको छ, त्यसबाट केही न केही त तिमीमाथि आइपर्नेछ । निश्चय नै अल्लाहले त्यस्तालाई मार्ग देखाउँदैन जो अतिक्रमणकारी र बडो झूठा छन् ।
آية رقم 29
२९) हे मेरा जातिबन्धुका मानिसहरू ! आज त तिम्रो सत्ता छ, तिमी यस धरतीमा प्रभावी छौ तर यदि हामीमाथि अल्लाहको यातना आयो भने हाम्रो सहायता कसले गर्नेछ ?’’ फिरऔनले भन्योः कि ‘‘मैले तिमीलाई त्यही सल्लाह दिइराखेछु जुन म स्वयम् देखिराखेको छु र मैले तिमीलाई ठीक बाटो नै देखाइराखेको छु“ ।
آية رقم 30
३०) तब त्यस मोमिनले भन्नथाल्यो कि हे मेरा जातिबन्धुका मानिसहरू ! मलाई तिम्रो बारेमा भय छ कि तिमीमाथि (विनाशको) त्यस्तो दिन नआइहालोस् जस्तो कि अन्य विगत समुदायहरूमाथि आइपरेको थियो ।
آية رقم 31
३१) जस्तो नूहको कौम र ‘‘आद’’ र ‘‘समूद’’ र उनीहरूपछिका समुदायहरूको अवस्था भयो र अल्लाहले त आफ्ना भक्तहरूमाथि अत्याचार गर्न चाहदैन ।
آية رقم 32
ﯶﯷﯸﯹﯺﯻ
ﯼ
३२) र हे मेरा जातिबन्धुका मानिसहरू मलाई तिम्रो बारेमा हाँक–पुकारको दिन (कियामत) को पनि भय छ ।
آية رقم 33
३३) जुन दिन तिमी पिठ्युँ फर्काएर भाग्नेछौ, तिमीलाई कसैले पनि अल्लाहको (अजाब) बाट बचाउनेवाला हुनेछैन र जसलाई अल्लाहले मार्गविचलित गर्दछ, त्यसलाई कसैले पनि मार्गदर्शन गर्नेवाला हुनेछैन ।
آية رقم 34
३४) र यस अघि ‘‘यूसुफअलैहिस्सलाम)’’ पनि तिम्रो पासमा प्रमाणहरू लिएर आएका थिए, त्यसमा तिमी सधैं शंका नै गर्दथ्यौ । यहाँसम्म कि जब उनको मृत्यु भइहाल्यो, त तिमीले भन्न लाग्यौ कि अल्लाह उनी पछाडि कुनै (पैगम्बर) संदेष्टा पठाउने छैन । यस्तै प्रकारले अल्लाहले प्रत्येक त्यस व्यक्तिलाई मार्गविचलित गराइदिन्छ जो सीमा उल्लंघन गर्नेवाला (र) शंका गर्नेवाला छ ।
آية رقم 35
३५) जुन मानिसहरूले उनीहरूको पासमा कुनै प्रमाण नआइकन, अल्लाहका आयतहरूमा विवाद गर्दछन्, अल्लाहको नजिक र मोमिनहरूको नजिक त्यो निक्कै अप्रिय कुरो हो । यस्तै प्रकार अल्लाहले हर घमण्डी–अट्टेरीको हृदयमा छाप लगाइदिन्छ ।
آية رقم 36
३६) फिरऔनले भन्योः कि हे ‘‘हामान मेरो निम्ति एउटा महल बनाऊ ताकि म त्यसमा चढेर ती ढोकाहरूसम्म पुग्न सकूँ ।
آية رقم 37
३७) जुन ढोकाहरू आकाशमा छन् अनि मूसाको अल्लाहलाई देखिहालू“ र म त उसलाई झूठा नै सम्झन्छु । र यस्तै प्रकारले फिरऔनका नराम्रा कर्महरू उसलाई राम्रा लाग्दथे र उसलाई मार्गबाट रोकिइहालिएको थियो र फिरऔनको चालवाजी व्यर्थमा गयो ।
آية رقم 38
३८) र त्यस ईमानदार व्यक्तिले भन्योः कि हे मेरा जातिबन्धुका मानिसहरू ! तिमीहरू मेरो अनुशरण गर । म तिम्रो भलाईको ठीक बाटो देखाउनेछु ।
آية رقم 39
३९) हे मेरा कौमका मानिसहरू ! यो संसारिक जीवन त मात्र अस्थायी हो । संतुष्टिको साथ स्थायी रूपले बस्ने घर त आखिरत नै हो ।
آية رقم 40
४०) जसले नराम्रो कर्म (गुनाह) गर्नेछ, त्यसको प्रतिफल पनि उसले त्यस्तै पाउनेछ र जसले असल काम गरेको छ, ऊ चाहे पुरुष होस् वा स्त्री र त्यो ईमानवाला छ, त यस्ता मानिसहरू बहिश्त(स्वर्ग) मा प्रवेश पाउने छन्, र त्यहाँ उनीहरूलाई असीमित जीविका प्राप्त हुनेछ ।
آية رقم 41
४१) हे मेरो समुदाय ! यो कस्तो कुरा छ कि मैले तिमीलाई मुक्तितिर बोलाइरहेछु, र तिमीले मलाई नर्कतिर बोलाइरहेका छौ ।
آية رقم 42
४२) तिमीले मलाई यो आमन्त्रण गर्दैछौ कि म अल्लाहसित कुफ्र गरूँ, र उसको साझेदार ठहराऊँ, जसको बारेमा मलाई केही पनि ज्ञान छैन, र मैले तिमीलाई (अल्लाह) सर्वशक्तिशाली क्षमादातातिर बोलाइराखेको छु ।
آية رقم 43
४३) सत्य त यो हो कि जुन कुरातिर तिमीले मलाई बोलाउँछौ, त्यो न संसारमा आमन्त्रण (पुकार्ने) योग्य छ र न आखिरतमा, र यो कि हामीलाई फर्कनु पनि अल्लाहतिरै छ र यो कि जो अतिक्रमणकारी छन्, तीनै नर्कबासी हुन् ।
آية رقم 44
४४) अतः जे–जति मैले तिमीलाई भनिराखेको छु, शीघ्र नै तिमीले याद गर्नेछौ । म त आफ्नो कुरो अल्लाहलाई सुम्पन्छु । निःसन्देह अल्लाह आफ्ना भक्तहरूलाई देखनेवाला हो ।
آية رقم 45
४५) यसर्थ अल्लाहले (मूसालाई) उनीहरूका षडयन्त्रहरूको दोषबाट बचाइहाल्यो र फिरऔनीहरूलाई नराम्रो यातनाले घेरिहाल्यो ।
آية رقم 46
४६) अर्थात् (नर्क) आगो छ, जसको अगाडि उनीहरू साँझ बिहान, प्रस्तुत गराउदैंछन् र जुन दिन कयामतको समय आउनेछ त्यतिखेर भनिनेछः ‘‘फिरऔनका मानिसहरूलाई निकृष्टतम यातनामा प्रविष्ट गराऊ ।’’
آية رقم 47
४७) र जबकि उनीहरू नर्कमा एक अर्कासित झगडा गरिराखेका हुनेछन् त कमजोरहरूले उनीहरूसित जो ठूला बन्दथे, भन्नेछन् कि ‘‘हामी त तिम्रो पछि–पछि हिंड्नेवाला थियौं । अब के तिमीले हामीमाथिबाट यस आगोको केही भाग हटाउन सक्दछौ ?’’
آية رقم 48
४८) उनीहरू जो ठूला बन्दथे, भन्नेछन्ः ‘‘हामी त सबै यसैमा छौं । अल्लाहले आफ्ना भक्तहरूमा फैसला गरिसकेको छ’’ ।
آية رقم 49
४९) र सबै नर्कीहरू मिलेर नर्कको सिपाहीसित भन्नेछन् किः तिमीले नै आफ्नो पालनकर्तासित प्रार्थना गर कि उसले हामी माथिबाट कुनै दिन त यातना केही कम गरिदेओस् ।
آية رقم 50
५०) उनीहरूले भन्नेछन् के तिम्रो पासमा तिम्रा रसूलले खुल्ला प्रमाण लिएर आउनु भएको थिएन ? तिनीहरूले भन्नेछन्, ‘‘किन होइन !’’ उनीहरूले भन्नेछन् ‘‘अनि तिमीहरूले नै पुकार’’ तर इन्कार गर्नेवालाहरूको प्रार्थना प्रभावहीन र बेअसर हुनेछ ।
آية رقم 51
५१) निश्चय नै हामीले आफ्ना रसूलहरू र ती मानिसहरू जसले ईमान ल्याए, उनीहरूको सहायता सांसारिक जीवनमा गर्नेछौं र त्यस दिन पनि, जबकि साक्षीहरू उभिनेछन् ।
آية رقم 52
५२) जुन दिन अत्याचारीहरूलाई उनीहरूको बहानाले केही पनि लाभ पुर्याउने छैन । बरु उनीहरूको लागि त तिरस्कार हुनेछ र उनीहरूको निम्ति नराम्रो घर हुनेछ ।
آية رقم 53
५३) हामीले मूसालाई मार्गदर्शनवाला किताब (तौरात) दियौं र बनी इस्राईललाई त्यस किताबको उत्तराधिकारी बनायौं ।
آية رقم 54
ﮆﮇﮈﮉ
ﮊ
५४) बुद्धिमानहरूको निम्ति त्यसमा मार्गदर्शन र शिक्षा थियो ।
آية رقم 55
५५) अतः हे नबी धैर्य गर, निःसन्देह अल्लाहको वाचा सत्य छ र आफ्नो गुनाहको माफि माँग र साँझ–बिहान आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर्नेगर ।
آية رقم 56
५६) जुन मानिसहरू आफूसँग आएको अल्लाहका आयतहरूको बारेमा बिना कुनै प्रमाण झगडा गर्दछन्, उनीहरूका छातीहरूमा विकार बाहेक केही छैन् । उनीहरू त्यहाँसम्म पुग्नेवाला छैनन् । अतः तिमी अल्लाहको शरणमा जाऊ । निश्चय नै ऊ सबै सुन्दछ र देख्दछ ।
آية رقم 57
५७) निःसन्देह आकाशहरू र धरतीहरूको सृष्टि गर्नु, मानिसहरूको सृष्टि गर्नुभन्दा धेरै ठूलो काम हो । तर धेरै मानिसले जान्दैनन् ।
آية رقم 58
५८) अन्धा र आँखा देख्नेहरू बराबर हुँदैनन् र उनीहरू जसले ईमान ल्याए र असल कर्म गरे र जो नराम्रा काम गरे दुवै परस्परमा बराबर हुन सक्दैनन् । तिमीले धेरै विचार गर्दैनौ ।
آية رقم 59
५९) कयामत त आउनेवाल नै छ, यसमा कुनै शंका छैन । तर अधिकांश मानिसहरूले ईमान ल्याएका छैनन् ।
آية رقم 60
६०) र तिम्रो पालनकर्ताको आदेश छ कि ‘‘तिमी मसित प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । जुन मानिसहरू मेरो उपासनाबाट घमण्डले अहंकार गर्छन्, अति शीघ्र नर्कमा तिरस्कृत भई प्रवेश गर्नेछन् ।
آية رقم 61
६१) अल्लाहले नै तिम्रो निम्ति रात बनायो ताकि यसमा विश्राम गर र दिनलाई प्रकाशमान् बनायो । निःसन्देह अल्लाह मानिसहरूको निम्ति बडो उदार अनुग्रहवाला छ, तर धेरै मानिसहरूले कृतज्ञता प्रकट गर्दैनन् ।
آية رقم 62
६२) यही अल्लाह तिमी सबैको पालनकर्ता हो, प्रत्येक कुराको स्रष्टा हो । उस बाहेक अरु कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ भौंतारिरहेका छौ ?
آية رقم 63
६३) यस्तै प्रकारले ती मानिसहरू भौंतारिरहेका थिए जसले अल्लाहका आयतहरूलाई नकार्दथे ।
آية رقم 64
६४) अल्लाह नै हो, जसले धरतीहरूलाई तिम्रो निम्ति बासको ठाउँ र आकाशलाई छाना बनायो र तिमीलाई रूप दियो र रूपहरू पनि कति राम्रो बनायो र तिमीलाई पाक (पवित्र) कुराहरू खानको निम्ति दियो । यही अल्लाह तिम्रो पालनकर्ता हो । तसर्थ बडा कल्याणकारी छ अल्लाह, सम्पूर्ण जगतको पालनकर्ता ।
آية رقم 65
६५) त्यो जीवन्त छ, उसबाहेक अरु कोही सत्य पूज्य छैन । अतः तिमीले उसैको उपासना गर्दै उसैलाई पुकार, सम्पूर्ण विशेषता अल्लाहकै लागि छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
آية رقم 66
६६) (हे मुहम्मद !) यिनीहरूसित तपार्इं भनिदिनुस् ! कि ‘‘मलाई तिनीहरूको उपासनाबाट मनाही गरिएको छ, जसलाई तिमीले अल्लाहबाहेक पुकार्दछौ, यस कारण कि मसँग मेरो पालनकर्ताको तर्फबाट प्रमाण पुगिसकेको छ । मलाई यो आदेश दिइएको छ कि म सम्पूर्ण संसारको पालनकर्तालाई नतमस्तक भइहालूँ ।’’
آية رقم 67
६७) ऊ त्यही हो जसले तिमीलाई माटोबाट फेरि वीर्य (नुत्फा) बाट फेरि रक्तपिण्डबाट सृष्टि गर्यो, अनि उसले तिमीलाई एउटा बच्चाको रूपमा निकाल्दछ, अनि (तिमीलाई बढाउँछ) ताकि तिमी आफ्नो परिपक्वतालाई प्राप्त गर, फेरि वृद्धावस्थामा पुग । यद्यपि तिमीहरूमध्ये कोही यसभन्दा पहिला पनि मरीहाल्छन्, (उसले तिमीलाई छोडी दिन्छ) ताकि तिमी निर्धारित आयुसम्म पुग र यो यसकारण गर्दछ कि तिमीले बुझिहाल ।
آية رقم 68
६८) त्यही हो जसले जीवन र मृत्यु दिन्छ र जब उसले कुनै कामको निर्णय गर्दछ तब त्यसको निम्ति यति भनिदिन्छ कि, ‘‘भइहाल’’, तब त्यो भइहाल्दछ ।
آية رقم 69
६९) के तिमीले उनीहरूलाई देख्यौ, जसले अल्लाहको आयतहरूमा विवाद गर्दछन् ? यिनीहरू कहाँ भौंतारिराखेका छन् ?
آية رقم 70
७०) जुन मानिसहरूले किताबलाई झूठा भने र त्यसलाई पनि जुन कि हामीले रसूलहरूलाई दिएर पठाएका थियौं । त शीघ्र नै उनीहरूलाई वास्तविकता थाहा भइहाल्नेछ ।
آية رقم 71
ﮖﮗﮘﮙﮚﮛ
ﮜ
७१) जबकि तौक (पट्टा) उनीहरूको घाँटीमा हुनेछ र जंजीरहरूमा घिसारिनेछन् ।
آية رقم 72
ﮝﮞﮟﮠﮡﮢ
ﮣ
७२) उम्लिराखेको पानीमा, अनि नर्कको आगोमा जलाइने छन् ।
آية رقم 73
७३) त्यसपछि उनीसित भनिनेछः कि ‘‘उनीहरू कहाँ छन्, जसलाई तिमीले साझेदार ठहराउँथ्यौ ?’’
آية رقم 74
७४) अल्लाह बाहेक उनीहरूले भन्नेछन्ः ‘‘उनीहरू त हामीबाट बहकिहाले, बरु यसभन्दा अगाडि हामीले कसैलाई पुकार्दैन्थ्यौ ।’’ यसैप्रकार अल्लाहले इन्कार गर्नेहरूलाई मार्गविचलित गर्दछ ।
آية رقم 75
७५) ‘‘यो बदला हो यस कुराको जसको कारण तिमी धरतीमा नाहक खुशी थियौ र यस कारण कि तिमी घमण्ड गरिराखेका थियौ ।
آية رقم 76
७६) अब नर्कका (जहन्नमका) ढोकाहरूमा प्रवेश गरिहाल, सधैं उसैमा रहनेछौ ।’’ घमण्ड गर्नेहरूको लागि कस्तो नराम्रो बासस्थान हो ।
آية رقم 77
७७) तसर्थ (हे पैगम्बर !) धैर्य गर्नुस्, अल्लाहको वचन एकदम सत्य छ । जुन कुराको हामीले उनीहरूलाई वचन दिइराखेका छौं त्यसबाट यदि केही हामीले तपार्इंलाई देखाइहाल्यौं वा तपार्इंलाई उठाइहाल्यौं, (हर अवस्थामा) उनीहरूलाई फर्कनु त हामीतिरै छ ।
آية رقم 78
७८) हामीले तपार्इंभन्दा अगाडि पनि धेरै संदेष्टाहरू (पैगम्बरहरू) पठायौं । उनीहरूमध्ये त केहीका वृत्तान्त हामीले तपार्इंलाई वर्णन गरिदिएका छौं र केही यस्ता छन् जसका वृत्तान्त त हामीले तपार्इंलाई वर्णन गरेका छैनौं र कुनै रसूलको पनि यो सामथ्र्य थिएन कि अल्लाहको आदेश बिना कुनै निशानी ल्याओस् । अनि जब अल्लाहको आदेश आइपुग्नेछ त न्यायपूर्ण निर्णय गरिहालिने छ । यहाँ झूठाहरू घाटामा परिहाल्ने छन् ।’’
آية رقم 79
७९) अल्लाह नै हो जसले तिम्रो निम्ति चौपायाहरू बनायो ताकि उनीहरूमध्ये केहीमाथि तिमीले सवारी गर र उनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
آية رقم 80
८०) र उनीहरूमा तिम्रो निम्ति अरु पनि फाइदाहरू छन् र यसकारण पनि कि तिम्रा हृदयहरूमा लुकेको आवश्यकताहरू, तिनीहरूमाथि सवारी गरेर हासिल गर (चढेर त्यहाँ पुगिहाल) र उनीमाथि तथा डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
آية رقم 81
ﮋﮌﮍﮎﮏﮐ
ﮑ
८१) अल्लाहले तिमीलाई आफ्नो निशानीहरू देखाउँदै गएछ । त तिमी अल्लाहका कुन–कुन निशानीहरूलाई मान्ने छैनौ ?
آية رقم 82
८२) के यी मानिसहरूले धरतीमा भ्रमण गरेर आफूभन्दा पहिलाका मानिसहरूको परिणाम देखेनन् । जो यिनीहरूभन्दा संख्यामा धेरै र बढी शक्तिवान् थिए र धरतीमा छोडिएको निशानीहरूको दृष्टिले पनि बढी थिए । त जे–जति उनीहरूले गर्दथे उनको काम लागेनन् ।
آية رقم 83
८३) यसर्थ जब उनीहरूको पैगम्बर उनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए त उनीहरूले आफ्नो ज्ञानमाथि घमण्ड गर्न लागे । र आखिर जुन कुराको उनीहरूले उपहास गरेका थिए त्यही कुराले आइघेर्यो ।
آية رقم 84
८४) अनि उनीहरूले हाम्रो यातना देख्ने बित्तिकै भन्न लागेः ‘‘हामीले एक्लै अल्लाहमाथि ईमान ल्यायौं र तिनीहरूको इन्कार गर्यौं जसलाई हामीले उसको साझेदार ठहराउँथ्यौं ।
آية رقم 85
८५) तर हाम्रो सजाय देखी सकेपछि उनीहरूको ईमानले उनीहरूलाई कुनै पनि लाभ पुर्याउन सकेन । यही अल्लाहको रीति हो, जुन उसका भक्तहरूमा पहिलेदेखि नै चलिआइरहेको छ र यसबेला इन्कार गर्नेहरू घाटामा परिहाले ।
تقدم القراءة