سورة الإنسان

الترجمة النيبالية

ترجمة معاني سورة الإنسان باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) निःसन्देह मानवमाथि कालखण्डको एउटा यस्तो समय पनि बितेको छ जब कि ऊ कुनै उल्लेख्य कुरा थिएन ।
२) हामीले मनुष्यलाई एउटा मिश्रित वीर्यबाट परीक्षाको लागि सृष्टि गर्यौं, अनि हामीले उसलाई सुन्ने र देख्नेवाला बनाइदियौं ।
آية رقم 3
३) हामीले उसलाई मार्ग देखायौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतध्न ।
آية رقم 4
४) निश्चितरूपले हामीले इन्कार गर्नेहरूको निम्ति हतकडी र तौक र प्रज्वलित आगो तयार गरेका छौं ।
آية رقم 5
५) निश्चय नै सदाचारी मानसिहरूले यस्तो पेय पदार्थ पिउनेछन् जसमा काफूरको मिश्रण हुनेछ ।
آية رقم 6
६) यो एउटा मूल हो जसबाट अल्लाहका सेवकहरूले पिउनेछन् र त्यसबाट नहरहरू निकाल्नेछन् ।
آية رقم 7
७) यिनीहरूले नजर (मन्नत) पूर्ण गर्दछन् र त्यस दिनबाट तर्सन्छन् जसको आपदा चारैतिर व्यापक हुनेछ ।
آية رقم 8
८) र अल्लाहसँगको प्रेममा (स्वयं खानको इच्छा भएपनि) निमुखा, अनाथहरू र कैदीरुलाई खाना खुवाउँछन् ।
९) हामी त केवल अल्लाहको प्रसन्नताको निम्ति तिमीलाई खुवाउँछौ, तिमीसित न कुनै पुरस्कार चाहन्छौं र न कृतज्ञता ज्ञापन ।
آية رقم 10
१०) हामीलाई आफ्नो पालनकर्तासित त्यस दिनको डर लाग्छ, जो उदासी र अत्यन्त कठोरतावाला हुनेछ ।
آية رقم 11
११) अतः अल्लाहले उनीहरूलाई त्यस दिनको नराम्रो कुराबाट बचाइहाल्यौं र उनीहरूलाई उज्जवलता र खुशी प्रदान गर्यो ।
آية رقم 12
१२) र उनीहरूको संतोषको बदलामा उनीहरूलाई जन्नत र रेश्मी वस्त्र प्रदान गर्यो ।
१३) यिनीहरूले त्यहाँ पलङ्गमाथि तकिया लगाएर बसेका हुनेछन् त्यहाँ न सूर्यको गर्मी देख्नेछन् न जाडोको तीव्रता ।
آية رقم 14
१४) र ती स्वर्गका छायाँहरू उनीमाथि झूलेका हुनेछन् र त्यसका फलका गुच्छाहरू तल झुण्डिएका हुनेछन् ।
آية رقم 15
१५) (सेवकहरू) चाँदीका भाडाहरू र शीशाका बर्तन लिएर उनीहरूको चारैतिर घुम्नेछन् ।
آية رقم 16
१६) शिशा पनि चाँदीको हुनेछन् । जसलाई ठीक–ठीक मात्रानुसार बनाएको हुनेछ ।
آية رقم 17
१७) र त्यहाँ उनीहरूलाई यस्तो पेय पिलाइनेछ जसमा सुठोको (जन्जबीलको) मिसावट हुनेछ ।
آية رقم 18
१८) यो स्वर्गको एउटा नहरबाट हुन्छ जसको नाम ‘‘सलसबील” छ ।
१९) र उनीहरूको आसपासमा स–साना केटाहरूले ओहोरदोहोर गर्नेछन् जो सदैव किशोर अवस्थामा रहनेछन् । जब तिमीहरूले उनीहरूलाई देख्दछौ तब ठान्नेछौ कि तिनीहरू छरिएका सच्चा मोती हुन् ।
آية رقم 20
२०) स्वर्गमा तिमी जहाँ देख्नेछौ, ठूलो अनुकम्पा र विशाल साम्राज्य देख्नेछौ ।
२१) उनीहरूको शरीरमा मसिनो हरियो रेश्मी वस्त्र र बाक्लो बुट्टेदार रेश्मी वस्त्र हुनेछ, र उनीहरूलाई चाँदीको कंगन पहिरइनेछ र उनको पालनकर्ताले उनीलाई पवित्र पेय पिलाउनेछ ।
آية رقم 22
२२) यो तिम्रै कर्मको पुरस्कार हो र तिम्रो प्रयासको सम्मान गरियो ।
آية رقم 23
२३) निश्चय नै हामीले अत्यन्त व्यवस्थितरूपले तपाईमाथि कुरआन अवतरित गरेका छौं ।
२४) अतः आफ्नो पालनकर्ताको आदेश र निर्णय अनुसार धैर्यले काम गर्नु र उनीहरूमध्ये कुनै गुनाहगार वा कृतघ्नको आज्ञापालन नगर्नु ।
آية رقم 25
२५) र प्रातःकाल र सन्ध्याकालको समयमा आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु ।
آية رقم 26
२६) र रातीको समयमा उसलाई सज्दा (ढोग्ने) गर, र अबेर रातीसम्म उसको गुणगान गर्नेगर ।
آية رقم 27
२७) निःसन्देह यिनीहरूले छिटै प्राप्त हुने संसार चाहन्छन् र (कयामतको) ठूलो दिनलाई पछाडि छोडिदिन्छन् ।
२८) हामीले उनीहरूलाई सृष्टि गर्यौं र हामीले नै उनका जोर्नी र गाँठोहरूलाई बलियो बनायौं र हामीले जतिखेर चाहन्छौं उनी जस्तालाई पूर्णतः परिवर्तन गरिदिन्छौं ।
२९) निश्चय नै यो एउटा उपदेश हो, अब जसले चाहन्छ आफ्नो पालनकर्ताको मार्ग ग्रहण गर्नसक्छ ।
३०) र तिमीले चाहन सक्दैनौ, तर जुन अल्लाहले चाहन्छ निसन्देह अल्लाह सर्वज्ञ र तत्वदर्शी छ,
३१) जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराउँछ र अत्याचारीहरूको निम्ति उसले दुःखद यातना तयार गरेको छ ।
تقدم القراءة