سورة الملك

الترجمة النيبالية

ترجمة معاني سورة الملك باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) त्यो जसको हातमा राज्यसत्ता छ, बडो कल्याणकारी छ, र जो हरेक कुरामा सामथ्र्यवान छ ।
२) जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस्, कि तिमीमध्ये राम्रो काम को गर्दछ ? र ऊ अधिपत्यशाली र क्षमाशील छ ।
३) जसले माथि सातवटा आकाशहरू बनायो त हेर्नेवाला अल्लाह–रहमानको रचनामा कुनै विसंगति देख्ने छैन । दोस्रो पटक दृष्टि उठाएर हेर के कुनै चिरा दृष्टिगोचर हुन्छ ?
४) फेरि दोहोर्याएर दुई–दुई पटक देखिलेऊ, तिम्रो दृष्टि तिम्रो तर्फ अपमानित र कमजोर भएर फर्की आउनेछ ।
५) निःसन्देह हामीले आकाशलाई संसारको प्रकाशका लागि भव्य दीपबाट सजायौं, र उनीहरूलाई शैतानलाई हान्ने माध्यम बनायौं, र शैतानहरूको लागि हामीले नर्कको सजाय तयार गरिराखेका छौं ।
آية رقم 6
६) र जसले आफ्नो पालनकर्तासित कुफ्र गरे, उनीहरूको निम्ति नर्कको यातना छ, र त्यो धेरै नराम्रो ठाउँ हो ।
آية رقم 7
७) जब त्यसमा यिनीहरू हालिनेछन्, तब त्यसको चित्कारको आवाज सुन्नेछन् र त्यसले भडकिरहेको हुनेछ ।
८) यस्तो लाग्छ कि क्रोधले च्यातिजान्छ जब यसमा कुनै समूह हालिनेछ ऊसित नर्कका द्धारपालेहरूले सोध्नेछन्, ‘‘के तिम्रो पासमा कोही सावधान गर्नेवाला आएन ?’’
९) उनीहरूले भन्नेछन्ः (किन होइन), अवश्य सावधान गर्नेवाला आएको थियो । तर हामीले उसलाई असत्य ठहरायौं र भन्यौं कि अल्लाहले त कुनै कुरा अवतरित गरेकै छैन । तिमी त ठूलो भ्रममा परिराखेका छौ ।
१०) र भन्नेछन्ः यदि हामीले सुन्ने र बुझ्ने भएको भए नारकीहरूमध्येका हुने थिएनौं ।
آية رقم 11
११) यसप्रकार उनीहरूले आफ्ना अपराधहरूलाई स्वीकार गर्नेछन् । तसर्थ अब यी नारकीहरू टाढा रहुन् ।
१२) निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डरने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
१३) तिमीहरूले कुरा लुकाएर भन वा प्रकटरूपले, उसले हृदयका रहस्यहरूसमेत जान्दछ ।
آية رقم 14
१४) के उसले जान्ने छैन जसले सृष्टि गरेको छ ? जबकि ऊ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि छ ।
१५) उही त हो जसले तिम्रो निम्ति धरतीलाई नरम र अधीनस्थ गर्यो । ताकि तिमीले उसका बाटोहरूमा हिंड्डुल गर्नेगर र अल्लाहद्धारा प्रदान गरिएको जीविका उपभोग गर, र तिमीले उसैको पासमा दोस्रोपटक जीवित भएर जानुपर्नेछ ।
१६) के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीलाई धरतीमा गाडिदेओस् अनि त्यसबेला पृथ्वीमा कम्पन हुनथालोस् ।
१७) वा के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीमाथि पथरको वर्षा गरिदेओस् ? अनि तिमीलाई थाहा भइहाल्नेछ कि मेरो चेतावनी कस्तो थियो ।
آية رقم 18
१८) र यिनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा ठहराएका थिए, अतः हेरिहाल कि उनीमाथि मेरो यातना कस्तो भयो ?
१९) के यिनीहरूले आफ्ना टाउकाहरूमाथि पखेटा फैलाएर वा खुम्च्याएर उडिराखेका पंक्षिहरूलाई देखेनन् ? अल्लाहले नै उनीहरूलाई हावामा थामी राखेको हुन्छ । निःसन्देह त्यसले हरेक कुरालाई देखिराखेको छ ।
२०) अल्लाह बाहेक तिम्रो कुन चाहिं सेना छ, जसले तिम्रो सहायता गर्न सकोस् । काफिरहरू त भ्रममा छन् ।
२१) यदि अल्लाहले आफ्नो जीविका बन्द गरिदिन्छ भने भन त्यो को हो जसले तिमीलाई जीविका दिन्छ ? तर यिनीहरू अटेरीपना र घृणामा अल्झेका छन् ।
२२) त्यो व्यक्ति बढी मार्गदर्शन प्राप्त गरेको छ जो टाउको टेकेर हिँडछ वा त्यो व्यक्ति जसले सोझो (खुट्टा टेकेर) बाटोमा हिंड्छ ?
२३) भनिदिनुस् त्यो अल्लाह नै हो, जसले तिमीलाई पैदा गर्यो र तिम्रा कान, आँखा र हृदयको रचना गर्यो तर तिमीले कम कृतज्ञता देखाउँछौ ।
آية رقم 24
२४) भनिदिनुस् कि उही हो, जसले तिमीलाई धरतीमा फैलायो र उसैको सामु तिमीहरू एकत्रित गरिनेछौ ।
آية رقم 25
२५) काफिरहरूले भन्दछन्ः कि यदि तिमी साँचो हौ भने त्यो वाचा कहिले हुनेछ बताऊ ?
२६) तपाई भनिदिनुस् कि यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म स्पष्टरूपले डर सुनाउनेवाला हूँ ।
२७) जब उनीहरूले त्यस वचालाई नजिकबाट हेर्नेछन् त काफिहरूको अनुहार त्यसबेला बिग्रीहल्नेछ र उनीहरूसित भनिनेछ कि यो त्यही हो जसको तिमीले मांग गर्ने गर्दथ्यौ ।
२८) तपाई भनिदिनुस् कि हेर यदि अल्लाहले मलाई र मेरा साथीहरूलाई नष्ट गरिदेओस् वा हामीमाथि दया गरोस्, त को छ जसले काफिरहरूलाई दुःखद यातनाबाट बचाउन सक्दछ ?
२९) तपाई भनिदिनुस् कि उही अल्लाह–रहमान हो, हामीले उसैमाथि ईमान ल्याएका छौं र उसैमाथि भरोसा गर्दछौं । तिमीलाई छिट्टै थाहा भइहाल्ने छ कि खुल्ला मार्ग विचलिनमा को छ ?
३०) तपाई भनिदिनुस् कि यो त बताऊ कि यदि तिम्रो (पिउने) पानी सुखिहाल्छ भने को छ जसले तिमीलाई निर्मल जल प्रवाहित गरिदिनेछ ?
تقدم القراءة