سورة العلق

الترجمة النيبالية

ترجمة معاني سورة العلق باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

آية رقم 1
१) आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
آية رقم 2
२) जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
آية رقم 3
३) तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
آية رقم 4
४) जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
آية رقم 5
५) जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
آية رقم 6
६) तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
آية رقم 7
७) यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
آية رقم 8
८) यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
آية رقم 9
९) के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
آية رقم 10
१०) (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
آية رقم 11
११) तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
آية رقم 12
१२) वा संयमित रहनुको आदेश दिन्छ भने ।
آية رقم 13
१३) अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए,
آية رقم 14
१४)त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
آية رقم 15
१५) निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
آية رقم 16
१६) यस्तो टाउको जो झूठो अपराधी छ ।
آية رقم 17
१७) यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
آية رقم 18
१८) हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
آية رقم 19
१९) खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।
تقدم القراءة