ترجمة معاني سورة المائدة باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة الإنجليزية - صحيح انترناشونال
المنتدى الإسلامي
الترجمة الإنجليزية
الترجمة الفرنسية - المنتدى الإسلامي
نبيل رضوان
الترجمة الإسبانية
محمد عيسى غارسيا
الترجمة الإسبانية - المنتدى الإسلامي
الترجمة الإسبانية (أمريكا اللاتينية) - المنتدى الإسلامي
المنتدى الإسلامي
الترجمة البرتغالية
حلمي نصر
الترجمة الألمانية - بوبنهايم
عبد الله الصامت
الترجمة الألمانية - أبو رضا
أبو رضا محمد بن أحمد بن رسول
الترجمة الإيطالية
عثمان الشريف
الترجمة التركية - مركز رواد الترجمة
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة التركية - شعبان بريتش
شعبان بريتش
الترجمة التركية - مجمع الملك فهد
مجموعة من العلماء
الترجمة الإندونيسية - شركة سابق
شركة سابق
الترجمة الإندونيسية - المجمع
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الإندونيسية - وزارة الشؤون الإسلامية
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الفلبينية (تجالوج)
مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الفارسية - دار الإسلام
فريق عمل اللغة الفارسية بموقع دار الإسلام
الترجمة الفارسية - حسين تاجي
حسين تاجي كله داري
الترجمة الأردية
محمد إبراهيم جوناكري
الترجمة البنغالية
أبو بكر محمد زكريا
الترجمة الكردية
حمد صالح باموكي
الترجمة البشتوية
زكريا عبد السلام
الترجمة البوسنية - كوركت
بسيم كوركورت
الترجمة البوسنية - ميهانوفيتش
محمد مهانوفيتش
الترجمة الألبانية
حسن ناهي
الترجمة الأوكرانية
ميخائيلو يعقوبوفيتش
الترجمة الصينية
محمد مكين الصيني
الترجمة الأويغورية
محمد صالح
الترجمة اليابانية
روايتشي ميتا
الترجمة الكورية
حامد تشوي
الترجمة الفيتنامية
حسن عبد الكريم
الترجمة الكازاخية - مجمع الملك فهد
خليفة الطاي
الترجمة الكازاخية - جمعية خليفة ألطاي
جمعية خليفة الطاي الخيرية
الترجمة الأوزبكية - علاء الدين منصور
علاء الدين منصور
الترجمة الأوزبكية - محمد صادق
محمد صادق محمد
الترجمة الأذرية
علي خان موساييف
الترجمة الطاجيكية - عارفي
فريق متخصص مكلف من مركز رواد الترجمة بالشراكة مع موقع دار الإسلام
الترجمة الطاجيكية
خوجه ميروف خوجه مير
الترجمة الهندية
مولانا عزيز الحق العمري
الترجمة المليبارية
عبد الحميد حيدر المدني
الترجمة الغوجراتية
رابيلا العُمري
الترجمة الماراتية
محمد شفيع أنصاري
الترجمة التلجوية
مولانا عبد الرحيم بن محمد
الترجمة التاميلية
عبد الحميد الباقوي
الترجمة السنهالية
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الأسامية
رفيق الإسلام حبيب الرحمن
الترجمة الخميرية
جمعية تطوير المجتمع الاسلامي الكمبودي
الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة التايلاندية
مجموعة من جمعية خريجي الجامعات والمعاهد بتايلاند
الترجمة الصومالية
محمد أحمد عبدي
الترجمة الهوساوية
الترجمة الأمهرية
محمد صادق
الترجمة اليورباوية
أبو رحيمة ميكائيل أيكوييني
الترجمة الأورومية
الترجمة التركية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفرنسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإندونيسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفيتنامية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة البوسنية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإيطالية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفلبينية (تجالوج) للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفارسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
Dr. Ghali - English translation
Muhsin Khan - English translation
Pickthall - English translation
Yusuf Ali - English translation
Azerbaijani - Azerbaijani translation
Sadiq and Sani - Amharic translation
Farsi - Persian translation
Finnish - Finnish translation
Muhammad Hamidullah - French translation
Korean - Korean translation
Maranao - Maranao translation
Abdul Hameed and Kunhi Mohammed - Malayalam translation
Salomo Keyzer - Flemish (Dutch) translation
Norwegian - Norwegian translation
Samir El - Portuguese translation
Polish - Polish translation
Romanian - Romanian translation
Elmir Kuliev - Russian translation
Albanian - Albanian translation
Tatar - Tatar translation
Japanese - Japanese translation
محمد جوناگڑھی - Urdu translation
Ma Jian - Chinese translation
Turkish - Turkish translation
King Fahad Quran Complex - Thai translation
Ali Muhsin Al - Swahili translation
Abdullah Muhammad Basmeih - Malay translation
Hamza Roberto Piccardo - Italian translation
Indonesian - Indonesian translation
Bubenheim & Elyas - German / Deutsch translation
Bosnian - Bosnian translation
Hasan Efendi Nahi - Albanian translation
Sherif Ahmeti - Albanian translation
Sahih International - English translation
Czech - Czech translation
Abul Ala Maududi(With tafsir) - English translation
Tajik - Tajik translation
Alikhan Musayev - Azerbaijani translation
Muhammad Saleh - Uighur; Uyghur translation
Abdul Haleem - English translation
Mufti Taqi Usmani - English translation
Muhammad Karakunnu and Vanidas Elayavoor - Malayalam translation
Sheikh Isa Garcia - Spanish; Castilian translation
Divehi - Divehi; Dhivehi; Maldivian translation
Abubakar Mahmoud Gumi - Hausa translation
Mahmud Muhammad Abduh - Somali translation
Knut Bernström - Swedish translation
Jan Trust Foundation - Tamil translation
Mykhaylo Yakubovych - Ukrainian translation
Uzbek - Uzbek translation
Diyanet Isleri - Turkish translation
Ministry of Awqaf, Egypt - Russian translation
Abu Adel - Russian translation
Burhan Muhammad - Kurdish translation
Dr. Mustafa Khattab, The Clear Quran - English translation
Dr. Mustafa Khattab - English translation
الترجمة الإنجليزية - مركز رواد الترجمة
الترجمة الفرنسية - محمد حميد الله
الترجمة الجورجية
الترجمة البوسنية - مركز رواد الترجمة
الترجمة الصربية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة الألبانية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة اليابانية - سعيد ساتو
الترجمة الفيتنامية - مركز رواد الترجمة
الترجمة التاميلية - عمر شريف
الترجمة السواحلية - عبد الله محمد وناصر خميس
الترجمة اللوغندية - المؤسسة الإفريقية للتنمية
الترجمة الإنكو بامبارا - ديان محمد
الترجمة العبرية
الترجمة الإنجليزية للمختصر في تفسير القرآن الكريم
الترجمة الروسية للمختصر في تفسير القرآن الكريم
الترجمة البنغالية للمختصر في تفسير القرآن الكريم
الترجمة الصينية للمختصر في تفسير القرآن الكريم
الترجمة اليابانية للمختصر في تفسير القرآن الكريم
ترجمة معاني القرآن الكريم - عادل صلاحي
عادل صلاحي
ﰡ
آية رقم 1
१) हे ईमानदार मानिसहरू! आफ्ना वाचाहरूलाई पूरा गर । तिम्रा लागि चार खुट्टे जनावरहरू(घास चर्ने पशुहरू) हलाल (वैध) गरिएका छन् । (तर) ती होइनन् जसको बारेमा तिमीलाई पढेर सुनाइनेछ, परन्तु हजको एहराममा शिकार गर्ने कुरा हलाल नसम्झ्नु । निःसन्देह अल्लाहले जस्तो चाहन्छ, आदेश गर्दछ ।
२) हे मोमिनहरू ! अल्लाहका निशानीहरूको अपमान नगर्नु र नत पवित्र महिनाहरूको र नत कुर्बानीका जनावरहरूको जसका घाँटीहरूमा पट्टि बाँधिएका छन् । र नत तिनीहरूको अपमान गर्नु जो कि अफ्नो रबको अनुग्रह र प्रसन्नताको लागि पवित्र घर बैतुल्लाहतिर गइराखेका छन् र जब एहराम फुकाउँछौ भने इच्छा भएको खण्डमा शिकार गर्न सक्दछौ । र कुनै समूहले तिमीलाई मर्यादित मस्जिदमा जानुबाट रोकेका थिए, त तिनीहरूसंग शत्रुताको कारण तिनीहरूमाथि अन्याय गर्न नथाल र (हेर !) संयम्पूर्ण र भलाईका कामहरूमा एक अर्काको मद्दत गर्ने गर र गुनाह (अपराध) र अत्याचारका कुराहरूमा सहयोग नगर, र अल्लाहसित डर मान्ने गर । निःसन्देह अल्लाह कठोर दण्ड दिनेवाला हो ।
३) तिम्रो लागि मृतक जनावर र रगत र सुँगुरको मासु र जुन कुरामा अल्लाह बाहेक अरु कसैको नाम पुकारिएको छ र जुन जनावरलाई घाँटी अठ्याएर मारिन्छ र जुन कुनै चोट लागेबाट मर्छ र जुन कुनै अग्लो ठाउँबाट लडेर मर्छ र जुन कसैको सिंगको प्रहारबाट मर्दछ, यी सबै हराम (वर्जित) छन् र ती जनावरहरू पनि जसलाई कुनै हिंसक पशुले चिथोरेर मारेको हुन्छ तर जसलाई तिमीले (मर्नुभन्दा अगाडि) जब्ह (वैध) गरिहाल्छौ, भने ती जनावरहरू वर्जित हुँदैनन् । र त्यस्ता जनावर पनि हराम छन् जसलाई कुनै स्थानमा (बलि बेदीमा) जब्ह गरिएको हुन्छ र तीर चलाई भाग्यको खेल खेलेर मारिएको मासु पनि त्याज्य छ । यी सबै नराम्रा काम हुन् । आज काफिरहरू तिम्रो धर्मबाट निराश भइसकेका छन्, खबरदार तिनीहरूसित नडर र मसित मात्र डर मान्ने गर । आज हामीले तिम्रो निम्ति तिम्रो धर्मलाई पूर्ण गरिसकेका छौं र तिम्रो लागि आफ्ना कृपाहरू पूरा गरिसकेका छौं र तिम्रो लागि इस्लाम धर्म रोज्यौ, तर यदि कुनै व्यक्ति भोखले बाध्य भएर गुनाहतिर प्रवृत्त नभई खाइहाल्छ भने अल्लाह क्षमादाता र दयालु छ ।
آية رقم 4
४) (तिनीहरू) तपाईसित सोध्छन् कि तिनीहरूका लागि कुन कुन कुराहरू ग्रहण गर्न योग्य छन् । भनिदिनुस् कि सम्पूर्ण पवित्र कुराहरू तिम्रा लागि हलाल छन् । र ती शिकार खेल्न राखिएका पशुहरू पनि जसलाई तिमीले सिकाएर राखेका छौ जुन (तरिकाले) अल्लाहले तिमीलाई (शिकार गर्न) सिकाएको छ, (त्यो तरिकाले) तिमीले सिकाएका छौ भने यदि तिनीहरूले तिम्रो निम्ति शिकार समाति ल्याउँछन् भने त्यसलाई खान सक्छौ र त्यसमाथि अल्लाहको नाम लिने गर । र अल्लाहसित डर मान्ने गर । निःसन्देह अल्लाह छिट्टै हिसाब लिनेवाला छ ।
آية رقم 5
५) आज तिम्रो निम्ति सम्पूर्ण पवित्र कुराहरू हलाल गरिएका छन् र अहले किताब (यहूदि, ईसाई)ले जब्ह गरेको मासु वा खाना पनि तिमीलाई हलाल छ र तिमिले जब्ह गरेको मासु वा भोजन उनीहरूको लागी हलाल छन् । पवित्र मोमिन स्वास्नी मानिसहरू र ती मानिसहरू जसलाई तिमीभन्दा पहिला किताब प्रदान गरिएको थियो, तिनीहरूका पवित्र स्वास्नी मानिसहरू पनि हलाल छिन्, जब कि तिनको महर तिमीले दिन्छौ, यसरी कि तिनीहरूसँग पवित्र सम्बन्ध राख्ने उद्देश्यले विवाह गर्नु होस् नकि खुल्लमखुल्ला वा लुकीछिपी व्यभिचार गर्ने उद्देश्यले । यदि कसैले ईमान त्याग्छ भने त्यसका सबै कर्महरू निरर्थक छन् र आखिरतमा (अन्तिम दिनमा) तिनीहरू नोक्सानी भोग्नेहरूमा हुनेछन् ।
६) हे मोमिनहरू ! जब तिमीले नमाज पढ्ने विचार गर्छौ तब मुख र कुइनोसमेत हात धुनु र आफ्नो टाउकोको मसह (पानीले हात भिजाई निधारदेखि पछाडिसम्म स्पर्श) गर र आफ्ना खुट्टा गोली गाँठोदेखि छेपारीसम्म धोऊ र यदि तिमी अपवित्र छौ भने स्नान गर र यदि तिमी विरामी छौ वा यात्रामा छौ वा तिमीहरूमध्ये कोही शौचबाट (दिशाबाट निवृत भएर) आएको छ वा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटोलाई स्पर्श गरी हात र मुखको मसह (स्पर्श) गर । अल्लाहले तिमीलाई अप्ठ्यारोमा पार्न चाहँदैन, बरु त्यो तिमीलाई पवित्र गर्न चाहन्छ र आफ्नो असीम कृपा तिमीलाई प्रदान गर्न चाहन्छ जसबाट तिमी कृतज्ञ भई नै रह ।
آية رقم 7
७) र अल्लाहले तिमीमाथि जुन अनुकम्पा गरेको छ त्यसलाई सम्झी राख र त्यस वाचालाई पनि जुनकि उसले तिमीबाट लिएको थियो, जब तिमीले भनेका थियौ कि हामीले (अल्लाहको आदेश) सुनिहाल्यौं र स्वीकार गर्यौं । र अल्लाहसँग डराइराख किन भने अल्लाह तिम्रा हृदयका गोप्य कुराहरू राम्ररी जान्दछ ।
آية رقم 8
८) हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ साक्षी बन । र कुनै जातिको शत्रुता तिमीलाई न्यायको मार्गबाट विचलित नगरोस्, उनीहरूसित न्याय गर्ने गर, किनभने यही नै संयमको नजीक हुन्छ, र अल्लाह सित डर । विश्वास गर कि अल्लाहलाई तिम्रा सम्पूर्ण क्रयाकलापहरूबारे राम्ररी ज्ञान छ ।
آية رقم 9
९) जुन मानिसहरू ईमान ल्याउँछन् र असल कर्म गर्दछन्, तिनीहरूका लागि मुक्ति र ठूलो पुरस्कार प्रदान गर्ने अल्लाहको वाचा छ ।
آية رقم 10
१०) र जसले ईमान ल्याएनन् र हाम्रा आयतहरूलाई झूठो ठहराउँदछन् । तिनीहरू नर्कीय छन् ।
آية رقم 11
११) मोमिनहरू हो ! अल्लाहले तिमीहरूमाथि जुन अनुकम्पा गरेको छ त्यसको स्मरण गर, जब एउटा समुदायले तिम्रो विरोधमा हात उठाउने प्रयास गरे त अल्लाहले तिनका हातलाई तिम्रो समीप पुग्नुबाट रोकिदियो र अल्लाहसित डर, र मोमिनहरूलाई अल्लाहमाथि मात्र भरोसा राख्नु पर्दछ ।
آية رقم 12
१२) र अल्लाहले बनी इस्राईलबाट वाचा लियो र तिनीहरूमध्येबाट हामीले बाह्र जना प्रमुखहरूको नियुक्ति गर्यौं, अनि अल्लाहले भन्यो कि म अवश्य तिम्रो साथमा छु । यदि तिमीले नमाज पढ्दै गर्यौ र जकात (दान) दिंदै गर्यौ र मेरा पैगम्बरहरूलाई मान्दै गर्यौ र तिनीहरूको मद्दत गर्दै गर्यौ र अल्लाहलाई (कर्जे हसना) राम्रो ऋण दिने गर्यौ भने तिमीबाट निःसन्देह तिम्रा त्रुटिहरू अलग राखिदिनेछु र तिमीलाई त्यस्तो स्वर्गमा (बगैंचा) प्रवेश दिने छु, जसको तल नहरहरू बगिराखेका छन् । तर, यस वाचा र कबोलपछि तिमीहरूमध्ये कोही अवज्ञाकारी बन्दछ भने ऊ पक्कै सत्य मार्गबाट विचलित भई टाढा पुग्ने छ ।
آية رقم 13
१३) फेरि तिनीहरूले वचन तोडिदिएको हुनाले हामीले तिनीहरूलाई तिरस्कृत गर्यौ, र तिनीहरूका हृदयलाई कठोर बनाइदियौं । किनभने यिनीहरूले शब्दहरूलाई (वह्यगरिएका वाणीलाई) तिनका ठाउँबाट बदलिहाल्दछन् र जुन कुराको तिनीहरूलाई निर्देश दिइएको थियो, त्यसको ठूलो भागलाई बिर्सिसकेका छन्, र केही मानिसहरू बाहेक सधै तिनीहरूको एउटा नएउटा छलकपटको कुरा तिमीहरूलाई जानकारी दिई राखिने छौं । तसर्थ तिनीहरूलाई क्षमा गरिदेऊ र तिनीको कुराको वास्ता नगर, किनकि अल्लाहले भलाई गर्नेहरूलाई मायाँ गर्दछ ।
آية رقم 14
१४) र जुन मानिसहरूले आफूलाई ईसाई भन्दछन् हामीले तिनीहरूबाट पनि वाचा लिएका थियौं तर तिनीहरूले पनि त्यसको ठूलो भाग बिर्सिहाले, अनि हामीले पनि तिनीहरूको बीचमा कियामतको दिनसम्म शत्रुता र घृणा जागृत गराइहाल्यौ र शीघ्र नै अल्लाहले तिनीहरूलाई तिनको कर्मको जानकारी दिनेछ ।
آية رقم 15
१५) हे अहले किताब ! तिम्रो नजीकमा निश्चय नै हाम्रो पैगम्बर आइसकेको छ । जसले कि तिमीलाई किताबको धेरै यस्ता कुराहरू स्पष्ट गर्दैछ जुन तिमीले लुकाउँदथ्यौ र तिम्रा धेरै त्रुटिहरूलाई क्षमा गर्दैछ । निःसन्देह तिम्रो नजिकमा अल्लाहबाट प्रकाश र स्पष्ट किताब (कुरआन) आइसकेको छ ।
آية رقم 16
१६) जसको माध्यमबाट अल्लाहले त्यस्ताहरूलाई शान्तिमार्ग देखाउँछ जसले कि उसको प्रसन्नता प्राप्त गर्न चाहन्छन् र आफ्नो दैवानुग्रहद्वारा अँध्यारोबाट निकालि, उज्यालोतिर लैजान्छ र तिनीहरूलाई सोझो बाटोमा मार्गदर्शन गर्दछ ।
آية رقم 17
१७) जति मानिसहरूले यो भन्दछन् कि अल्लाह नै ईसा बिन मरियम हुन् । तिनीहरू निःसन्देह काफिर हुन् । तपाईले भनिदिनुस् कि यदि अल्लाह, ईसा बिन मरियम र उनको आमा र पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्न चाहन्छ भने, उसको अगाडि कसको के लाग्न सक्छ ? र आकाश धरती र जे जति दुवैको बीचमा छन्, सबै अल्लाहकै हुन् । उसले जे चाहन्छ सृष्टि गर्दछ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
آية رقم 18
१८) यहूदी र ईसाई भन्दछन् कि हामी अल्लाहका छोराहरू र उसका प्रिय हौं । तपाईले भनिदिनुस् कि त्यसो भए त्यसले तिमीहरूलाई तिमीहरूको अपराधको लागि सजाय किन दिन्छ ? (त्यो होइन), बरु तिमीहरू पनि अन्य सृष्टि गरिएका मनिसहरू जस्तै हौ । उसैले जसलाई चाहन्छ क्षमा प्रदान गर्छ र जसलाई चाहन्छ सजाय दिन्छ । आकाशहरू र पृथ्वी र जे जति तिनको बीचमा छन्, सबै अल्लाह कै सम्पत्ति हुन् र (सबैलाई) उसैछेउ फर्केर जानु छ ।
آية رقم 19
१९) हे अहले किताब ! पैगम्बरहरूको आउने क्रम जुनकि केही समयसम्म बन्द थियो, अब तिम्रा छेउ हाम्रो पैगम्बर आइसकेका छन्, जसले कि तिमीसित (हाम्रा आदेशहरू) स्पष्ट गरी वर्णन गर्दछन् ताकि तिमीले यो न भन्नसक कि हामी छेउ कोही राम्रो, नराम्रो सुनाउने आउँदै आएन, हेर अब तिम्रा छेउ सुसमाचार सुनाउने र सावधान गराउने आइसकेको छ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
آية رقم 20
२०) र यादगर जब मूसाले आफ्नो कौमलाई भने, हे मेरो कौमका मानिसहरू! अल्लाहले तिमीमाथि गरेको कृपाको स्मरण गर कि उसले तिमीहरूमध्येबाट पैगम्बर बनायो र तिमीलाई राजा बनायो र तिमीलाई त्यति प्रदान गर्यो जति संसारका अरु कसैलाई प्रदान गरेन ।
آية رقم 21
२१) हे मेरा कौमका मानिसहरू ! तिमीहरू यस पवित्र भूभागमा (फलस्तीनको बैतुल मुकद्दसमा) प्रवेश गर जुन अल्लाहले तिम्रो निम्ति निर्धारित गरेको छ । र हेर संघर्षको समयमा पछाडि नहट्नु अन्यथा ठूलो नोक्सानीमा पर्नेछौ ।
آية رقم 22
२२) तिनीहरूले भन्न थाले कि हे मूसा ! त्यहाँ त साह्रै बलिया र सामर्थवान मानिसहरू बस्दछन् र जबसम्म तिनीहरू त्यहाँबाट निस्केर जाँदैनन् तबसम्म हामी त त्यहाँ जान सक्तैनौ, तर हो, यदि तिनीहरू त्यहाँबाट निस्किहाल्छन् भने हामी प्रवेश गरिहाल्छौं ।
آية رقم 23
२३) दुईजनाले जो अल्लाहसित डर मान्नेमध्येबाट थिए, जसमाथि अल्लाहको कृपा थियो, भने कि तिमीहरू मूल ढोकाबाट प्रवेश गर (आक्रमण गरिहाल) र प्रवेश गर्नु साथ विजय तिम्रो नै हुनेछ । र साँच्चिकै ईमान भएका हौ भने अल्लाहमाथि भरोसा गर्नेगर ।
آية رقم 24
२४) तिनीहरूले भने, हे मूसा ! जबसम्म तिनीहरू त्यहाँ छन्, हामी कहिल्यै त्यहाँ जान सक्तैनौं, त्यसकारण तिमी र तिम्रो अल्लाह दुवै गएर लडाई गर, हामी यहाँ बसिरहने छौं ।
آية رقم 25
२५) मूसाले अल्लाहसँग विन्ति गरे कि हे परवरदिगार ! मलाई आफूमाथि र मेरा साक्खै भाइ बाहेक अन्य कसैमाथि कुनै अधिकार छैन, तसर्थ तिमीले हामीलाई यी अवज्ञाकारीहरूबाट अलग गरिदेऊ ।
آية رقم 26
२६) आदेश भयो कि अब तिनीहरूको निम्ति चालीस वर्षसम्मको लागि पृथ्वी हराम गरिएको छ, यिनीहरू जंगल क्षेत्रमा यता–उता हिंडिराख्ने छन्, तसर्थ ती अवज्ञाकारीहरूको लागि तिमीले चिन्ता नगर ।
آية رقم 27
२७) (हे मुहम्मद !) तिनीहरूलाई आदमका दुईटा छोरा (हाबील र काबील) का कुराहरू पनि सुनाइदिनु कि जब ती दुवैले (अल्लाहलाई) केही भेंट अर्पित गरे, तब एउटाको भेंटी स्वीकार भयो र अर्कोको स्वीकार भएन । उसले (काबीलले) भन्न थाल्यो कि मैले तिमीलाई हत्या गर्नेछु । (हाबीलले) भन्यो कि अल्लाहले आत्मसंयमीहरूको कर्म स्वीकार गर्नेगर्दछ ।
آية رقم 28
२८) यदि तिमीले मलाई मार्न हात उठाउँछौ भने म तिमीलाई मार्न हात उठाउन्न, मलाई त अल्लाह, सम्पर्ण ब्रह्माण्डको स्वामीबाट डर लाग्छ ।
آية رقم 29
२९) म त चाहन्छु कि तिमीले मेरो पाप र आफ्नो पाप आफ्नै टाउकोमा राख जसलेगर्दा तिमी नारकीयहरूमध्ये होऊ र अत्याचारीहरूको लागि यही नै दण्ड हो ।
آية رقم 30
३०) यसरी उसको मनले उसलाई आफ्नो भाइको हत्या गर्न उत्तेजित गर्यो अनि उसले त्यसको हत्या गरिहाल्यो र जसबाट आफू हानि भोग्नेहरूमा परिहाल्यो ।
آية رقم 31
३१) त्यसपछि अल्लाहले एउटा काग पठायो, जसले कि माटो यसकारण खनिरहेको थियो कि त्यसलाई देखाओस् कि उसले आफ्नो भाइको मृतक शरीर कसरी लुकाओस् । उसले भन्न थाल्यो कि ज्यादै दुःखको कुरो छ कि मबाट यति पनि हुन सकेन कि म यस काग जस्तो आफ्नो भाइको शव लुकाउन सकूँ । अनि उसलाई पछुतो भयो र ऊ लज्जितहरूमध्येको भयो ।
آية رقم 32
३२) यस कारणले हामीले इस्राईलका मानिसहरूका लागि यो आदेश गर्यौं कि यदि कुनै मानिसले कुनै मानिसको हत्या गर्दछ कसैको हत्या गरेको वा देशमा उपद्रव फैलाउने बाहेकको अवस्थामा, भने त्यसले अन्य समस्त मानिसहरूको हत्या गरे सरह हुनेछ, र यदि कसैले एउटाको जीवन बचायो भने सम्पूर्ण मानिसहरूको जीवन बचाए सरह हुन्छ । र तिनीहरूकहाँ हाम्रा धेरै पैगम्बरहरू स्पष्ट तर्कहरूलिएर पुगिसकेका छन् । अनि यसपछि पनि तिनीहरूमध्ये धेरैले मुलुकमा बलजफ्ती र ज्यादती गर्ने गर्दछन् ।
آية رقم 33
३३) जुन मानिसहरू अल्लाह र उसको रसूलको विरोधमा युद्ध गर्दछन् र देशमा उपद्रव फैलाउँदै हिंड्दछन्, त्यस्ताको सजाय तिनीहरूको हत्या गर्नु वा फाँसी दिइनु वा एक तिरको हात र खुट्टा काटिनु वा मुलुकबाट निष्कासित गर्नु हो । यो त यस संसारमा उनको अपमानजनक (सजाय) हो र आखिरत (अन्तिम दिन) को दिनमा तिनीहरूका लागि ठूलो सजाय तयार छ ।
آية رقم 34
३४) (तर हो) जसले तिम्रो कब्जामा आउनुभन्दा अगाडि नै प्रायश्चित गरिहाले, त यादराख कि अल्लाह ठूलो क्षमादाता र दयावान छ ।
آية رقم 35
३५) मुस्लिमहरू हो ! अल्लाहसित डर मान्ने गर र उसको सामीप्य प्राप्त गर्ने उपायको खोजी गर र उसको बाटोमा जिहाद (धर्मयुद्ध) गर जसबाट तिम्रो भलो हुन सकोस् ।
آية رقم 36
३६) विश्वास गर कि काफिरहरूका लागि यदि तिनीहरूसँग पृथ्वीमा भएको सम्पूर्ण धन–सम्पत्ति बरु त्यसभन्दा पनि बढी किन नहोस् र त्यसलाई कियामतको दिन सजायबाट मुक्त हुनुको लागि दिन चाहन्छन् भने पनि त्यो स्वीकार्य हुने छैन र तिनलाई कष्टदायक सजाय हुनेछ ।
آية رقم 37
३७) तिनले इच्छा राख्नेछन् कि नर्कको आगोबाट उम्किहालुन् तर त्यसबाट यिनीहरू कदापि बाहिर निस्कन सक्तैनन् र तिनीहरूका निम्ति निरन्तर सजाय छ ।
آية رقم 38
३८) र जसले चोरी गर्दछ, चाहे त्यो पुरुष होस् अथवा स्त्री, तिनीहरूको हात काटिहाल । यो तिनीहरूको कर्मको सजाय र अल्लाहबाट एउटा पाठ हो र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।
آية رقم 39
३९) जसले पाप गरेपछि तौबा (प्रायश्चित) गर्दछ र आफ्नो सुधार गरिदिन्छ भने अल्लाहले उसको तौबा स्वीकार गर्नेछ, निःसन्देह अल्लाह क्षमादाता दयावान छ ।
آية رقم 40
४०) के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीमा अल्लाहकै राज्य छ ? जसलाई चाहन्छ दण्डित गर्दछ र जसलाई चाहन्छ क्षमा गर्दछ । र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
४१) हे पैगम्बर ! जुन मानिसहरू आपसमा अवज्ञाकारितामा प्रतिस्पर्धा गर्ने गर्दछन् तिनीहरूको पछाडि नपर्नुस्, तिनीहरूमध्ये केही यस्ता छन् जो मुखले भन्दछन् कि हामी मोमिन हौं तर तिनको आत्माले ईमान ल्याएको हुँदैन र यहूदीहरूमध्ये केही यस्ता छन् जो गलत कुरा सुन्न अभ्यस्त छन् र तिनीहरूको जासूसी गर्दै हिंड्दछन् जुन अहिलेसम्म तपाईंकहाँ आएका छैनन् । तिनीहरूले शब्दहरू सही ठाउँबाट झिकी परिवर्तित गर्दछन् र भन्दछन् कि यदि तिमीलाई यही आदेश प्राप्त हुन्छ भने त्यसलाई स्वीकार गरिहाल्नु र यदि यो आदेश हुँदैन भने अलग्गै रहनु र यदि कसैलाई अल्लाहले बाटोबाट विचलित गर्न चाहन्छ भने त्यसको निम्ति तपाईंलाई अल्लाहबाट अलिकति पनि अधिकार छैन । यिनी त्यस्ता मानिसहरू हुन् जसका हृदयलाई अल्लाहले पवित्र गर्न चाहेन । तिनीहरूको निम्ति संसारमा पनि ठूलो तिरस्कार छ र आखिरत (परलोक)मा पनि ठूलो सजाय छ ।
آية رقم 42
४२) यिनी कान थापेर झूठ सुन्नेहरू हुन् र पेट भरी हराम (वर्जित) कुरा खानेहरू हुन् । यदि यिनीहरू तिमीकहाँ आउँछन् भने तिमीले त्यसको फैसला गरिदिनु वा इन्कार गरिदिनु र यदि तिमीले इन्कार गर्दछौ भने तिनीहरूले तिम्रो केही बिगार्न सक्ने छैनन् । र यदि फैसला गर्न चाहन्छौ भने इन्साफका साथ न्याय गर्नु किनकि अल्लाहले निसाफ गर्नेहरूलाई माया गर्दछ ।
آية رقم 43
४३) (आश्चर्यको कुरा छ कि) यिनीहरू तिमीबाट कसरी फैसला गराउने छन् जबकि स्वयं यिनीहरूसँग तौरात छँदैछ जसमा कि अल्लाहको आदेश छ, फेरि पनि त्यसलाई इन्कार गर्दछन् । वास्तवमा यिनीहरूमा आस्था र ईमान नै छैन ।
آية رقم 44
४४) हामीले नै तौरात उतार्यौं जसमा मार्गदर्शन र प्रकाश थियो, त्यसै अनुसार नबी र ज्ञानीहरूले जो (अल्लाहका) आज्ञाकारी थिए, यहूदीमा यसै तौरात अनुसार फैसला गर्दथे । किनभने तिनीहरूलाई अल्लाहको किताबको रक्षा गर्ने आदेश थियो, र तिनीहरू यसको गवाह पनि थिए, तसर्थ तिमी मानिसहरूसित नडराउनु र मसँग डर मान्नु र मेरो आयतहरूलाई अलिकति मूल्यमा नबेच्नु । जसले अल्लाहले प्रदान गरेको आदेशहरू बमोजिम फैसला गर्दैनन् तिनीहरू नै काफिर हुन् ।
آية رقم 45
४५) र हामीले तिनीहरूका लागि तौरातमा यो आदेश लेखिदिएका थियौं कि ज्यानको बदला ज्यान र आँखाको बदला आाँखा र नाकको बदला नाक र कानको बदला कान र दाँतको बदला दाँत र खास–खास घाउहरूको यस्तै किसिमबाट बदला हुनेछ, तर जुन मानिसले बदला (प्रतिशोध) नलिई माफ गरिदिन्छ भने त्यो उसको लागि कफ्फारह (प्रायश्चित) हुनेछ । र जसले अल्लाहले प्रदान गरेका आदेशहरू बमोजिम निर्णय गर्दैनन् त्यस्ता मानिसहरू नै अत्याचारी हुन् ।
آية رقم 46
४६) र हामीले यिनीहरू(यहूदीहरू) पछि ईसा बिन मरियमलाई पठायौं, जिनले कि आफूभन्दा अगाडिको किताब तौरातलाई प्रमाणित गर्दथे र हामीले उनलाई इंजील प्रदान गर्यौं जसमा कि मार्गदर्शन र प्रकाश थियो र त्यसले पहिलाको किताब तौरातलाई प्रमाणित गर्दथ्यो र परहेजगारहरूका लागि त्यो मार्गदर्शन एवं उपदेश थियो ।
آية رقم 47
४७) र अहले इंजीललाई (ईसाईलाई) पनि आवश्यक छ कि जो आदेश अल्लाहले इन्जीलमा जारी गरेको छ त्यसै बमोजिम निर्णयहरू गरुन् र जसले अल्लाहबाट उतारिएको आदेश अनुसार फैसला गर्दैनन्, तिनीहरू नै अवज्ञाकारी हुन् ।
४८) र (हे पैगम्बर !) हामीले तपार्इंलाई सत्यताको साथ यो किताब (कुरआन) प्रदान गरेका छौं, जुन आफूभन्दा अगाडिका ग्रन्थहरूलाई प्रमाणित गर्दछ र ती सबैको रक्षक हो । तसर्थ यसमा जुन आदेश अल्लाहले दिएको छ, सोही अनुसार नै तिनलाई आदेश गर्नुस् र यस सत्यलाई त्यागेर उनीहरूको इच्छाको पूर्ति नगर्नु । हामीले तिमीहरूमध्येबाट प्रत्येक समुदायका एउटा विधान र एउटा तरिका (पद्धति) निर्धारित गरेका छौं र यदि अल्लाहले चाहेको भए तिमी सबैलाई एउटै समुदायमा राखिदिन्थ्यो, तर जुन आदेशहरू उसले तिमीलाई दिएको छ त्यसमा उसले तिम्रो परीक्षा गर्न चाहन्छ, तसर्थ तिमी असल कर्म गर्न छिटो गर । तिमी सबैलाई उसै छेउ फर्किजानु पर्नेछ, तसर्थ जुन कुरामा तिमीहरू विवाद गर्ने गर्दछौ उसले तिमीलाई बताइदिनेछ ।
آية رقم 49
४९) तपाईंले यिनीहरूको व्यवहारमा जुन आदेश अल्लाहले गरेको छ, सोही अनुसार फैसला गर्ने गर्नुस् र तिनीहरूको चाहनाको पछाडि नजाऊ र तिनीहरूबाट सावधान रहनु कि कतै यिनीहरूले जुन आदेश अल्लाहले दिएको छ, त्यसमध्ये केहीबाट तपाईंलाई विचलित न गराइहालुन् । यदि तिनीहरूले मान्दैनन् भने जानिराख कि अल्लाह चाहन्छ कि तिनीहरूका केही गुनाह (पाप) को कारणले उनीहरूलाई दण्डित गरोस् । र, धेरै जसो मानिसहरू अटेरी गर्दछन् ।
آية رقم 50
५०) के यिनीहरू फेरि अज्ञानताको युगका निर्णयहरू चाहन्छन् ?! ईमान ल्याएकाहरूका निम्ति अल्लाह बाहेक अरु कसको आदेश राम्रो हुनसक्दछ ?
آية رقم 51
५१) हे ईमान ल्याएका मानिसहरू! यहूद र नसाराहरूलाई तिमी मित्र नबनाऊ । यिनीहरू त आपसमै एक अर्काको मित्र हुन् । तिमीहरूमध्ये जसले तिनीहरूलाई मित्र बनाउँछ ऊ निःसन्देह तिनीहरूमध्ये कै हुनेछ । निःसन्देह अल्लाह अत्याचारीहरूलाई असल बाटो देखाउँदैन ।
آية رقم 52
५२) तपाईंले हेर्नुहुनेछ कि जुन मानिसहरूको हृदयमा (कपट) अर्थात रोग छ, तिनीहरूले उनीहरूको माँझमा दौडी दौडी जान्छन् र भन्दछन् कि हामीलाई खतरा छ यस्तो नहोस् कि हामीमाथि कुनै आपत्ति आइदेओस् । धेरै सम्भव छ कि अल्लाहले छिट्टै विजय प्रदान गरोस् वा आफूबाट कुनै निर्णय देओस् । अनि त्यसपछि यिनीहरूले आफ्ना हृदयमा लुकाएर राखेका कुरामा लज्जित हुन थाल्ने छन् ।
آية رقم 53
५३) (त्यति बेला) ईमानवालाहरूले भन्ने छन् कि के यी तिनै हुन् जसले कि अल्लाहको शपथ लिदै भन्ने गर्दथे कि हामी तिम्रो साथमा छौं । तिनीहरूका कर्महरू खेर जाने छन् र तिनीहरू घाटामा पर्नेछन् ।
آية رقم 54
५४) हे ईमान ल्याएका मानिसहरू ! यदि तिमीहरूमध्ये कोही आफ्नो धर्मबाट विमुख भइहाल्छ भने अल्लाहले यस्ता मानिसहरूको सृष्टि गर्नेछ जसलाई उसले मायाँ गर्दछ र तिनीहरूले पनि अल्लाहलाई मायाँ गर्नेछन् । तिनीहरू मोमिनहरूसँग नर्मीको व्यवहार गर्नेछन् र काफिरहरूसित कठोरताको । अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर्नेछन् र कुनै तिरस्कृत मानिसको तिरस्कारको वास्ता पनि गर्ने छैनन् । यो अल्लाहको वरदान हो उसले जसलाई चाहन्छ प्रदान गर्दछ । अल्लाह सर्वव्यापक र सर्वज्ञाता हो ।
آية رقم 55
५५) (मुस्लिमहरू !) तिम्रा मित्र त अल्लाह स्वयम् र उसका पैगम्बर र मोमिनहरू नै हुन् जसले नमाज पढ्दछन् र जकात (धर्मदाय) दिन्छन् र (अल्लाहको अगाडि) नतमस्तक हुन्छन् ।
آية رقم 56
५६) र जुन मानिसले अल्लाह र उसको पैगम्बर र मोमिनहरूलाई मित्र बनाउँछ उसले विश्वास गरोस् कि अल्लाहकै समूह विजयी हुनेछ ।
آية رقم 57
५७) हे ईमानवालाहरू ! अहले किताब र अनास्थावानहरूमध्ये त्यस्ता मानिसहरूलाई आफ्नो मित्र नबनाऊ जसले तिम्रो धर्म (आस्था) लाई हाँसो–ख्यालको कुरा ठानिराखेका छन् । यदि तिमी मोमिन हौ भने अल्लाहसँग डर मान्नेगर ।
آية رقم 58
५८) र जब तिमीहरूले नमाजका निम्ति अजान (आह्वान) दिन्छौ, त यिनीहरूले त्यसको पनि हाँसो–ठट्टा गर्दछन् । यो यस कारणले हो कि यिनीहरू बुद्धिहीन छन् ।
آية رقم 59
५९) तपार्इंले भनिदिनुस् कि हे यहूदी र ईसाईहरू ! के तिमीहरूले हामीसित यसकारण शत्रुता गरिरहेका छौ कि हामीले अल्लाहमाथि र जुन (किताब) हामीलाई प्रदान गरिएको छ र जुन (किताब) अघि प्रदान गरियो, त्यसमाथि आस्था राख्दछौं ? र यस कारण कि तिमीहरूमध्ये धेरै जसो उद्दण्ड र उल्लंघनकारी छन् ।
آية رقم 60
६०) भन्नुस् कि के म तिमीलाई बताउँ कि अल्लाहकहाँ यिनीहरूभन्दा पनि नराम्रो सजाय पाउने को हुन् ? ती जसलाई अल्लाहले तिरस्कृत गर्यो र जसमाथि क्रोधित भयो र तिनीहरूमध्ये जसलाई बाँदर र सुँगुर बनाइहाल्यो र जसले शैतानको पूजा गरे । त्यस्ताहरूको लागि एकदमै नराम्रो ठाउँ हुनेछ र यिनीहरूनै सही बाटोबाट धेरै विचलित हुनेहरू हुन् ।
آية رقم 61
६१) र जब तिनीहरू तिम्रो छेउमा आउँछन् त भन्दछन् कि हामीले ईमान ल्यायौं तर वास्तवमा नास्तिकताका साथ आउँछन् र त्यही नै लिएर फर्कन्छन्, तर तिनीहरूले जुन कुरा लुकाउँछन् त्यो सबै अल्लाहलाई राम्ररी थाहा छ ।
آية رقم 62
६२) तपाईंले देख्नुहुनेछ कि तिनीहरूमध्ये धेरैले पाप र अन्यायतिर र त्याज्य कुरा (हराम) खानुमा हतार गरिराखेका छन् । निःसन्देह यिनीहरूले जे गरिरहेछन् त्यो अत्यन्त नराम्रो काम हो ।
آية رقم 63
६३) तिनीहरूका सन्तहरू र धर्मगुरुहरूले तिनीहरूलाई झूठ कुरा गर्न र हराम खानाबाट किन मनाही गरिराखेका छैनन् ? तिनीहरूले जे गरिराखेका छन् त्यो निःसन्देह नराम्रो काम हो ।
६४) र यहूदीहरूले भने कि अल्लाहका हात बाँधिएको छ, (तर वास्तवमा) तिनीहरूकै हात बाँधिएको छ । र यस भनाईको कारण तिनीहरू तिरस्कृत भए बरु अल्लाहका दुवै हात खुल्ला छन् । जुन किसिमबाट र जति चाहन्छ खर्च गर्दछ । र (हे मुहम्मद !) यो (कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिम्रो लागि उतारिन्छ, यसको सन्दर्भमा तिनीहरूमध्ये धेरैको हठपूर्ण विद्रोह र इन्कारमा बृद्धि हुनेछ र हामीले तिनीहरूको आपसी शत्रुता र छलकपट कियामतको दिनसम्मको लागि राखिदिएका छौं । यिनीहरूले जब युद्धको ज्वाला दन्काउँछन्, तब अल्लाहले त्यसलाई निभाइदिन्छ यिनीहरूले धरतीमा उपद्रव र झगडा गर्न दगुरी रहन्छन् र अल्लाहले उपद्रवीहरूलाई प्रेम गर्दैन ।
آية رقم 65
६५) र यदि यी अहले किताबले ईमान ल्याएको र आत्मसंयम अपनाएको भए हामीले तिनका सबै पापहरूलाई क्षमा गरिदिन्थ्यौं । र तिनीहरूलाई अवश्य आराम गरिने स्वर्गमा लान्थ्यौं ।
آية رقم 66
६६) र यदि तिनीहरू तौरात र इन्जीललाई र जुन (किताबहरू) तिनका पालनकर्ताबाट तिनलाई प्रदान गरिएको छ तिनप्रति प्रतिवद्ध भएको भए तिनीहरूले आफ्नो माथिबाट र तलबाट पनि खाद्य सामग्रीहरू पाउने थिए, यिनीहरूमध्ये एउटा समूहले मध्यमार्ग अपनाउनेवाला छ र धेरै जसोका कर्महरू नराम्रा छन् ।
آية رقم 67
६७) हे पैगम्बर ! जुन सन्देश अल्लाहबाट तपाईंलाई प्रदान गरिएको छ, त्यसलाई सबै मानिसहरूसम्म पुर्याइदिनुस् यदि यस्तो नगरेमा आफ्नो रसूलको कर्तव्य पालनबाट च्यूत हुनुहुने छ र अल्लाहले मानिसहरूबाट तपार्इंको रक्षा गर्नेछ । निःसन्देह अल्लाहले आस्था नराख्नेहरूलाई मार्गदर्शन गर्दैनन् ।
آية رقم 68
६८) तपार्इंले भनिदिनुस् कि हे अहले किताब ! जबसम्म तिमीले तौरात र इंजीललाई र जुन (किताबहरू) तिम्रो पालनकर्ताबाट तिमीहरूलाई प्रदान गरियो, ती सबैलाई कायम राख्दैनौ, तबसम्म अलिकति पनि सत्य बाटोमा रहन सक्दैनौ र (यो कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको छ, यसबाट तिनीहरूमध्ये धेरैको हठधर्मीं र नास्तिकतामा झन् वृद्धि हुनेछ र तपाईंले अनास्थावानहरूका लागि दुःखी नहुनुस् ।
آية رقم 69
६९) जो कोहिले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दछन् र असल कर्म गर्दछन् तिनीहरू चाहे मुसलमान हुन् वा यहूदी वा पारसी वा ईसाई, तिनलाई (कयामतको दिन) न त कुनै भय–त्रास हुनेछ न त तिनीहरू दुःखी नै हुनेछन् ।
آية رقم 70
७०) हामीले निश्चयरूपले बनी इस्राईलबाट वाचा लिऔं र तिनीहरूतर्फ पैगम्बरहरू पनि पठायौं (तर) जब कुनै पैगम्बर उनीहरूसम्म यस्तो कुरा (अल्लाहको आदेश) लिएर आउँदथ्यो जुन उनी मनले रुचाउँन्नथे त उनीहरूले (पैगम्बरहरूको) एक समूहलाई झूठा भनिहाले र अर्को समूहलाई हत्या गरिदिए ।
آية رقم 71
७१) र यो ठाने कि कुनै जवाफदेही हुने छैन । तसर्थ तिनीहरू अन्धा र बहिरा भइहाले । अनि अल्लाहले तिनीहरूमाथि कृपा गर्यो, (तर) फेरि पनि तिनीहरूमध्ये धेरै जसो अन्धा र बहिरा भइहाले । र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापहरूलाई हेरिराखेको छ ।
آية رقم 72
७२) तिनीहरू निःसन्देह काफिर हुन् जसले भन्दछन् कि मरियमका छोरा ईसा मसीह अल्लाह हुन् जबकि मसीहले यो भन्दै गर्दथे कि हे बनी इस्राईल ! अल्लाहकै उपसाना गर जो कि मेरो पनि पालनकर्ता हो र तिम्रो पनि । जानिराख कि जसले अल्लाहसँग साझेदार ठहराउँछ, अल्लाहले उसको लागि स्वर्गमा प्रवेश हराम (निषेध) गरिदिएको छ र उसको बासस्थान नर्क हुनेछ । र पापीहरूको कोही पनि सहयोगी हुनेछैन ।
آية رقم 73
७३) निःसन्देह ती मानिसहरू पनि काफिर हुन् जसले भन्दछन् कि अल्लाह तीनमध्येको एक हो, जब कि वास्तवमा अल्लाह बाहेक अरु कोही उपासना योग्य छैन । यदि यी मानिसहरू यस्ता भनाई अथवा विश्वास परित्याग गर्दैनन् भने तिनीहरूमध्ये जो अवज्ञाकारी हुने छन् तिनीहरूलाई कष्टदायक सजाय अवश्य हुनेछ ।
آية رقم 74
७४) (तसर्थ) यिनीहरूले अल्लाह अगाडि किन नतमस्तक हुँदैनन् र किन आफ्ना त्रुटिहरूका लागि क्षमा माँग्दैनन् । अल्लाह त ठूलो क्षमा प्रदान गर्नेवाला कृपालु छ ।
آية رقم 75
७५) मसीह बिन मरियम त मात्र पैगम्बर (दूत) हुन् अरु केही होइनन् । उनीभन्दा अगाडि पनि धेरै पैगम्बरहरू गुज्रिसकेका छन् र उनकी आमा अल्लाहकी सत्यनिष्ठ आज्ञाकारी नारी थिइन्, दुवै खाना खान्थे । हेर, हामीले यिनीहरूका लागि तर्कहरू कसरी राख्दछौं । फेरि विचार गर्नुस् कि यिनीहरू कसरी त्यसलाई इन्कार गर्दछन् ।
آية رقم 76
७६) भनिदिनुस् कि तिमीहरू अल्लाह बाहेक त्यस्ता कुराको पूजा गर्दछौ जोसँग तिमीलाई नाफा र नोक्सानी पुर्याउने कुनै अधिकारै छैन र अल्लाह नै (सबै कुरा) सुन्दछ र जान्दछ ।
آية رقم 77
७७) भनिदिनुस् कि हे अहले किताब ! आफ्नो धर्मको बारेमा अनाहक थपघट गर्ने नगर र यस्ता मानिसहरूको इच्छापूर्ति पछि नलाग जो स्वयम् पनि अघि नै मार्गविचलित भए र अरु धेरैलाई पनि पथ विचलित गरिसकेका छन् । र सही बाटोलाई छोडिसकेका छन् ।
آية رقم 78
७८) बनी इस्राईलमध्येबाट जुन मानिसहरू काफिर भइहाले, तिनीहरूमाथि दाऊद र ईसा बिन मरियमद्वारा धिक्कार गरियो, यो यस कारणले कि तिनीहरूले आज्ञा उल्लंघन गर्दथे र सीमा नाघिसकेका थिए ।
آية رقم 79
७९) र नराम्रा कामहरूबाट जुनकि तिनीहरूले गर्दथे, रोक्दैनथे । निःसन्देह तिनीहरूले दुष्कर्म गर्दथे ।
آية رقم 80
८०) तपाईंले तिनीहरूमध्ये धेरैलाई देख्नु हुनेछ कि तिनीहरू काफिरहरूसँग मैत्री सम्बन्ध राख्दछन् । तिनीहरूले जे जति आफ्नो निम्ति अगाडि पठाएका छन् नराम्रो छ, अल्लाह तिनीहरूसँग अप्रसन्न भयो, र तिनीहरू सधैं सजाय भोगिराख्ने छन् ।
آية رقم 81
८१) यदि तिनीहरूले अल्लाहमाथि र उसको पैगम्बर र जुन किताब तिनीहरूलाई प्रदान गरिएका थिए तिनीमाथि विश्वास गरेको भए, तिनीहरूलाई आफ्ना मित्र बनाउने थिएनन्, तर तिनीहरूमध्ये धेरै दुष्कर्मी छन् ।
آية رقم 82
८२) (हे पैगम्बर,) तपाईंले मोमिनहरूसँग धेरै शत्रुता गर्ने यहूदी र मुश्रिकहरूलाई पाउनुहुनेछ र मित्रताको दृष्टिकोणले मोमिनहरूको नजिकमा ती मानिसहरूलाई पाउनुहुनेछ जसले आफूलाई ‘‘नसारा (ईसाई)’’ भन्छन् । यो यसकारणले हो कि तिनीहरूमा विद्वान पनि छन् र धर्मविद् पनि र तिनीहरूले घमण्ड गर्दैनन् ।
آية رقم 83
८३) जब उनीहरू पैगम्बरमाथि अवतरित (भएको किताबका कुराहरू) सुन्दछन् तब तिमीले देख्नेछौ कि उनीहरूको आँखा आँसुले भरिएका लाग्दछन् । यसकारण कि उनीहरू सत्यको पहिचान गरिसके, उनीहरू भन्दछन् ‘‘हे हाम्रो पालनकर्ता ! हामीले ईमान ल्यायौं ।’’ अतः तपाईं हाम्रा नाम पनि गवाही दिनेवालाहरूको नामसित लेखिहाल्नुस् ।
آية رقم 84
८४) र हामी अल्लाह र जो जति सत्य हाम्रो नजिक पुगिसकेको छ त्यसमा विश्वास किन नगरौं जब कि हामीलाई आशा छ कि हाम्रो पालनकर्ताले हामीलाई संयमीहरूको साथ (स्वर्गमा) प्रवेश गराउनेछ ।
آية رقم 85
८५) तसर्थ अल्लाहले उनीहरूलाई उनको यस कथनको फलस्वरूप यस्तो बगैंचा प्रदान गर्नेछ जसमुनि नहरहरू बगिरहनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् । र यो नै सत्यकर्मीहरूको बदला हो ।
آية رقم 86
८६) र जसले इन्कार गर्यो र हाम्रो आयतहरूलाई असत्य ठान्यो । उनीहरू नर्कको आगोमा पर्नेवाला छन् ।
آية رقم 87
८७) मोमिनहरू हो ! जुन पवित्र कुराहरू तिम्रो लागि अल्लाहले हलाल बनाएको छ तिनलाई त्याज्य नबनाऊ र सीमा ननाघ किनभने सीमा नाघ्नेलाई अल्लाहले मन पराउँदैन ।
آية رقم 88
८८) र अल्लाहले जुन कुराहरू तिमीलाई प्रदान गरेको छ, तीमध्ये हलाल र राम्रो जीविका ग्रहण गर र अल्लाहसित डर मान्ने गर जसमा तिम्रो विश्वास छ ।
آية رقم 89
८९) अल्लाह तिम्रो अज्ञानपूर्ण कसमहरूको लागि तिमीलाई समात्ने छैन, तर जानि–जानि ठोस शपथ खाए बापत समात्ने छ । त्यसको कफ्फारा (त्यस्तोशपथको प्रयश्चित) स्वरूप दश जना गरिब व्यक्तिलाई औसत खालको खाना खुवाऊ जुन तिमीले आफ्ना सन्तानहरूलाई ख्वाउदछौ वा तिनीहरूलाई लुगाफाटा देऊ वा एउटा दास वा दासीलाई मुक्त गर र जसलाई यी कुनै पनि गर्न सामर्थ हुँदैन, उसले तीन दिनको रोजा (व्रत) राख्नु पर्दछ । यो तिम्रा शपथहरूको प्रायश्चित हो, कि जब तिमी शपथ लिन्छौ त आफ्ना शपथहरूको रक्षा गर । यस प्रकार अल्लाहले तिमीलाई आफ्ना आयतहरू वर्णन गर्दछ ताकि तिमी आभार प्रकट गर ।
آية رقم 90
९०) हे इमानवालाहरू ! मदिरा, जुआ बलिस्थान र शगुण पासा यी सबै अपवित्र र शैतानी कुराहरूमध्येका हुन् तसर्थ यिनीबाट टाढा रहनु ताकि मुक्ति प्राप्त गर्न सक ।
آية رقم 91
९१) शैतान त यो चाहन्छ कि रक्सी र जुआको माध्यमबाट तिमीहरूबीच शत्रुता र बैरभावको सृजना गरिहालोस् र तिमीलाई अल्लाहको स्मरण र नमाजबाट रोकिदेओस् । यसकारण अहिले पनि (यी कर्महरूबाट) अलग रहने गर ।
آية رقم 92
९२) र तिमी अल्लाहको आदेश पालन गर्नेगर र रसूलको अनुशरण गर्नेगर र सतर्क भइराख यदि अनुहार फेर्छाै त जानिराख कि हाम्रो पैगम्बरको जिम्मामा (सन्देश) खुलस्तरूपमा पुर्याउनु मात्र हो ।
آية رقم 93
९३) जुन मानिसहरू आस्थावान छन् र असल काम गर्दछन् तिनीहरूमाथि यस्ता कुराहरूको पाप लाग्दैन कि तिनीहरू खाइपिई रहेका छन् जब कि तिनीहरू आत्मसंयम र आस्था राख्दछन् र सत्कर्म गर्दछन् । र त्यस पश्चात पुनः संयमको साथ विश्वास गर्दछन्, भने पुनः संयमको असल कामहरू गरिरहन्छन् । अल्लाह यस्ता सत्कर्मीहरूलाई मायाँ गर्दछ ।
آية رقم 94
९४) हे मोमिनहरू ! अल्लाह तिम्रो परीक्षा सामान्य अवस्थामा शिकारबाट लिनेछ जुनकि तिमीले हातले अथवा भालाले (अस्त्र) गर्दछौ (अर्थात् एहरामको अवस्थामा शिकारको निषेधितताबाट) जसबाट अल्लाहले थाहा पाओस् कि अदृश्य रूपमा उससँग को डराउँछ । तसर्थ जसले त्यसपछि सीमाउल्लंघन गर्नेछ त्यसको निम्ति कष्टदायक सजाय छ ।
९५) हे मोमिनहरू ! जब तिमी एहरामको अवस्थामा हुन्छौ त्यतिखेर शिकार नगर्नु र तिमीहरूमध्ये जसले जानिजानि (त्यसलाई) हत्या गर्छ भने उसमाथि त्यसको क्षतिपूर्ति त्यस्तै खालको एउटा चौपया हुनेछ । जसलाई तिमीहरूमध्ये दुईजना न्यायप्रिय फैसला गरिदिन्छन् । त्यस्तो पशुलाई कअ्बासम्म (मक्का) पुर्याई कुर्बानी गरियोस् वा खानेकुरा गरिबहरूलाई दिइहालोस् अथवा त्यो बराबर रोजा राखोस् ताकि आफ्नो कर्मको स्वाद चाख्न सकोस् र विगतमा भएका कुरालाई अल्लाहले माफी गरेकोछ र यदि कसैले पुनः यस्तो काम गर्नेछ भने अल्लाह उसलाई दण्डित गर्नेछ र अल्लाह सर्वशक्तिमान र सजाय दिनेवाला छ ।
آية رقم 96
९६) र तिम्रो निम्ति समुद्री जीवको शिकार गर्नु र त्यसलाई खानु हलाल गरिएको छ । तिम्रो प्रयोगको लागि र यात्रीहरूको फाइदाको लागि तर एहरामको अवस्थामा रहेसम्म सुख्खा ठाउँको शिकार तिम्रो निम्ति हराम गरिएको छ र अल्लाहसँग जसकहाँ एकत्रित गरिनेछौ, डर मान्ने गर ।
آية رقم 97
९७) अल्लाहले पवित्र घर कअ्बालाई सम्मानित स्थान बनाउनुको साथै मानिसहरूका निम्ति सहयोग र साधनका लागि माध्यम बनाएको छ र पवित्र महिनाहरूलाई पनि र कुर्बानीको जनावरहरूलाई पनि जसका घाँटीहरूमा पट्टाहरू बाँधिएका हुन्छन् यो यसकारणले हो कि तिमीले जानिहाल कि जे–जति आकाशहरूमा छन् र जे–जति पृथ्वीमा छन् अल्लाहलाई सबैको ज्ञान छ, र यो पनि कि अल्लाह हरेक कुराको ज्ञाता छ ।
آية رقم 98
९८) तिमी जानिराख कि अल्लाह कठोर सजाय दिनेवाला छ र यो (पनि) कि अल्लाह ठूलो क्षमादाता र कृपालु छ ।
آية رقم 99
९९) पैगम्बरहरूको जिम्मामा त मात्र आदेश पुर्याउनु हो र जे–जति तिमीले प्रकट गर्दछौ र लुकाउँदछौ, अल्लाहलाई सबै थाहा छ ।
آية رقم 100
१००) तपाई भनिदिनुस् कि अपवित्र र पवित्र कुराहरू बराबर हुँदैनन् यद्यपि अपवित्र कुराहरूको बाहुल्य तिमीलाई आर्कषित पार्न सक्छ । तसर्थ हे विवेक भएका मानिसहरू ! अल्लाहसँग डर मान्ने गर ताकि सफलता प्राप्त गर्न सक ।
آية رقم 101
१०१) मोमिनहरू हो ! यस्ता कुराहरूको प्रश्न नगर जसको सत्यता यदि तिमीलाई प्रकट गर्ने हो भने तिमीलाई नराम्रो लाग्नेछ र यदि कुरआन अवतरण हुने समयमा यस्ता कुरा सोध्छौ भने तिमीलाई प्रकट पनि गरिनेछन्, पहिला सोधिएका प्रश्नहरू अल्लाहले माफ गरेको छ र अल्लाह ठूलो क्षमादाता, धेरै सहनशील छ ।
آية رقم 102
१०२) यस्ता कुराहरूबारे तिमीभन्दा अघिका मानिसहरूले पनि सोधेका थिए, फेरि तिनीहरूले यसलाई नकारी हाले ।
آية رقم 103
१०३) अल्लाह नत ‘‘बहीराः’’ ठहराएको छ र नत ‘सायबा’ र नत ‘वसीला’ र ‘हाम’ (अरबको बहुते बद्दूहरूविभिन्न प्रकारका नाम राखी आफ््ना देवताको नाममा जनावर राखेका थिए) बरु काफिरहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् र यिनीहरूमध्ये धेरै जसो बुद्धिहीन छन् ।
آية رقم 104
१०४) र जब यिनीहरूसित भनिन्छ कि जुन आदेश अल्लाहले उतारेको छ त्यसतिर र रसूल (स.) तिर प्रवृत्त होऊ त भन्दछन् कि जुन मार्गमा हामीले आफ्ना पूर्वजहरूलाई पाएका छौं, त्यही नै हामीलाई पर्याप्त छ, चाहे तिनका पूर्वज अज्ञानी र गलत मार्गमै किन नहोऊन् ।
آية رقم 105
१०५) हे ईमानवालाहरू ! आफ्नो चिन्ता गर, यदि तिमी सही बाटोमा छौ भने, कुनै पथभ्रष्ट मानिसबाट तिम्रो केही नोक्सान छैन । तिमी सबैलाई फर्केर अल्लाह नजिकै पुग्नु छ । त्यस बेला त्यसले तिमीलाई तिम्रा सम्पूर्ण क्रियाकलापहरू बताइदिनेछ ।
آية رقم 106
१०६) हे ईमानवालाहरू ! जब तिमीहरूमध्ये कसैको मृत्यु नजिक आइपुग्छ र वसीयत (इच्छापत्र) गर्दा धार्मिक स्वभाव भएकामध्ये दुईजना मानिसहरूलाई साक्षी राख, वा तिमीहरू बाहेक अरु दुई जनालाई यदि तिमी यात्रा गरिराखेका छौ र तिम्रो मृत्यु नजिक आईपुग्छ भने ती दुवैलाई शंकाको समय नमाज पछि रोकेर अल्लाहको शपथ खुवाउनु कि तिनीहरूले साक्ष्यको बदला कुनै सांसारिक लाभ लिने छैनन्, यद्यपि कोही नजिकको नातेदार नै किन नहोस् र तिनले अल्लाहको कुरालाई लुकाउने पनि छैनन् । यदि यस्तो गरे भने ठूलो पापी हुनेछन् ।
آية رقم 107
१०७) फेरि यदि यो थाहा हुन्छ कि यी दुवैले कुनै अपराध गरेका छन् भने तिनीहरू जुन मानिसहरूको अधिकार हनन् गर्न खोजेका थिए, तिनीहरूमध्ये दुईजना तिनीहरूको ठाउँमा साक्षी बनुन्, जो कि (मृतक) नजिकको सम्बन्ध राख्दछन्, अनि त्यसपछि तिनीहरू अल्लाहको शपथ लिनु पर्नेछ कि तिनीहरूको गवाही उनीहरूको शपथभन्दा बढी सत्य छ र हामीले कुनै किसिमबाट सत्यताको उल्लंघन गरेका छैनौं, यदि यस्तो गरेको भए हामी अन्यायी हुनेछौं ।
آية رقم 108
१०८) यसबाट धेरै सम्भावना छ कि यिनीहरू वास्तविकतालाई ठीक ढंगले स्पष्ट गरुन् वा यस कुरोसित भयभीत होउन् कि हाम्रा शपथहरू यिनीहरूको शपथ लिएपछि उल्टीने छन् । र अल्लाहसित डर र सुन र अल्लाह अवज्ञाकारी व्यक्तिहरूलाई मार्गदर्शन गर्दैन ।
آية رقم 109
१०९) जुन दिन अल्लाहले सबै पैगम्बरहरूलाई जम्मा गर्नेछ, फेरि तिनीहरूसित सोध्ने छ कि तिमीलाई के जवाफ प्राप्त भएको थियो, र तिनीहरूले भन्ने छन् कि हामीलाई केही पनि थाहा छैन । निःसन्देह तिमी नै परोक्षका कुरा जान्ने अन्तर्यामी छौ ।
११०) अल्लाहले भन्ने छ कि हे मरियम का पुत्र ईसा । मेरा ती कृपाहरू यादगर, जुन तिमी र तिम्री आमामाथि गरिएको हो । जब मैले पवित्र आत्मा (जिब्रील) द्वारा तिमीलाई मद्दत पुर्याएँ (जसबाट) तिमी (बाल्य अवस्थामा) आमाको गोदीबाटै र अधेड उमेरमा मानिसहरूसँग कुराकानी गथ्र्यौ र जब मैले तिमीलाई किताब र बुद्धिमत्ता र तौरात र इंजीलको तालिम दिएँ र जब तिमीले मेरो आदेशबाट माटोको चाराको रूप बनाई त्यसमा फुँकेपछि जीवित चरा बन्दथ्यो । र, जब जन्मजात अन्धाहरू र कुष्ठरोग सेता दाग भएका मानिसहरूलाई मेरो आदेशबाट निको पाथ्र्यौ र जब तिमी मुर्दाहरूलाई मेरो आज्ञाले (चिहानहरूबाट) निकालेर उभ्याई हाल्दथ्यौ र जब मैले बनी इस्राईललाई तिमीमाथि अत्याचार गर्नुबाट रोकिहालें, जब तिमी तिनीहरू छेउ तर्कहरूलिएर आएका थियौ फेरि तिनीहरूमध्ये जो काफिर थिए, तिनीहरूले भन्न थाले कि यो त खुल्ला जादू बाहेक अरु केही होइन ।
آية رقم 111
१११) र जब मैले हवारीहरूलाई आदेश पठाएँ कि ममाथि र मेरा पैगम्बरमाथि आस्था राख । तिनीहरूले भन्न थाले कि हामीले ईमान ल्यायौं र तपाई साक्षी रहनुस् कि हामी आज्ञाकारी छौं ।
آية رقم 112
११२) त्यो समय स्मरणयोग्य छ जब हवारीहरूले भनेः कि हे ईसा बिन मरियम ! के तपाईको रबले आकाशबाट हाम्रो लागि पकाएको विभिन्न प्रकारको भोजन पठाउन सक्छ ? उनले भने तिमीमा ईमान छ भने अल्लाहसित डर ।
آية رقم 113
११३) तिनीहरूले भने कि हाम्रो यो इच्छा छ कि हामीले त्यसबाट खाऔं र हाम्रो मनको सन्तुष्टि प्राप्त गरौं र हाम्रो यो विश्वास बढोस् कि तपाई हामीसित साँचो भन्नु भएको छ र हामी साक्षी हुन सकौं ।
آية رقم 114
११४) (अनि) ईसा बिन मरियमले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! हामीलाई आकाशबाट खाना प्रदान गर, जसले कि हाम्रो निम्ति र हाम्रा अघि र पछि (सबैका) लागि त्यो खुशीको कुरा भइहालोस् र तिम्रो तर्फबाट एउटा निशानी पनि होस् ! र हामीलाई जीविका प्रदान गर, तिमी सबैभन्दा राम्रो आहारदाता हौ ।
آية رقم 115
११५) अल्लाहले भन्यो, मैले अवश्य नै त्यो खाना तिमीलाई पठाउने छु तर यसपछि तिमीहरूमध्ये यदि, कसैले कुफ्रको कुरो गर्नेछ त्यसलाई मैले यस्तो सजाय दिनेछु जुन समस्त संसारमा बस्नेहरूमध्ये अरु कसैलाई दिनेछैन ।
آية رقم 116
११६) र त्यो समय पनि वर्णन योग्य छ जब अल्लाहले भन्ने छः हे ईसा बिन मरियम ! के तिमीले मानिसहरूसित भनेका थियौ कि अल्लाह बाहेक मलाई र मेरी आमालाई पूज्य बनाइहाल ? ईसाले भन्ने छन् कि तिमी पवित्र छौ, मलाई त्यो कुरो भन्न उचित कसरी हुन सक्दथ्यौ जुन कुराको मलाई अधिकार छैन ? मैले त्यसो भनेको भए तिमीलाई थाहा होला, (किनभने) जुन कुरो मेरो मनमा छ त्यो पनि तिमीलाई थाहा छ र जुन कुरो तिम्रो मनमा छ त्यो मलाई थाहा छैन । निःसन्देह तिमी सबै गुप्त कुराको ज्ञाता हौ ।
آية رقم 117
११७) मैले त तिनीहरूसित अरु केही पनि भनेको होइन तर त्यो बाहेक जुनकि तिमीले मलाई भन्न आदेश गर्यौ, यो कि तिमीहरूले अल्लाहको उपासना गर, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो र जबसम्म म तिनीहरूको बीचमा थिएँ, तिनीहरूको अवस्थाको साक्षी थिएँ, फेरि जब तिमीले मलाई उठाइहाल्यौ तब तिमी नै तिनीहरूको संरक्षक भयौ र तिमी प्रत्येक कुराको ज्ञाता हौ ।
آية رقم 118
११८) यदि तिमीले तिनीहरूलाई दण्ड दिन्छौ भने तिनीहरू तिम्रा दास हुन् र यदि तिमीले क्षमा गरिदिन्छौ भने निःसन्देह तिमी सर्वशक्तिमान र कौशल सम्पन्न छौ ।
آية رقم 119
११९) अल्लाह भन्ने छ कि आज त्यो दिन हो जबकि सत्यनिष्ठहरूलाई तिनीहरूको सत्यताले फाइदा पुर्याउने छ । तिनीहरूका लागि बगैंचाहरू छन् जसको सतहमा नहरहरू बगिराखेका छन् । सधैं तिनीहरू त्यसमा बास गर्ने छन् । अल्लाह तिनीहरूसित प्रसन्न छ र तिनीहरू अल्लासँग खुशी छन्, यो अत्यन्त ठूलो सफलता हो ।
آية رقم 120
१२०) आकाशहरू र जमिन र जे–जति तिनीहरूको बीचमा छ सबै अल्लाहको राज्य हो र ऊ प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
تقدم القراءة