ترجمة معاني سورة الإسراء باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة الإنجليزية - صحيح انترناشونال
المنتدى الإسلامي
الترجمة الإنجليزية
الترجمة الفرنسية - المنتدى الإسلامي
نبيل رضوان
الترجمة الإسبانية
محمد عيسى غارسيا
الترجمة الإسبانية - المنتدى الإسلامي
الترجمة الإسبانية (أمريكا اللاتينية) - المنتدى الإسلامي
المنتدى الإسلامي
الترجمة البرتغالية
حلمي نصر
الترجمة الألمانية - بوبنهايم
عبد الله الصامت
الترجمة الألمانية - أبو رضا
أبو رضا محمد بن أحمد بن رسول
الترجمة الإيطالية
عثمان الشريف
الترجمة التركية - مركز رواد الترجمة
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة التركية - شعبان بريتش
شعبان بريتش
الترجمة التركية - مجمع الملك فهد
مجموعة من العلماء
الترجمة الإندونيسية - شركة سابق
شركة سابق
الترجمة الإندونيسية - المجمع
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الإندونيسية - وزارة الشؤون الإسلامية
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الفلبينية (تجالوج)
مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الفارسية - دار الإسلام
فريق عمل اللغة الفارسية بموقع دار الإسلام
الترجمة الفارسية - حسين تاجي
حسين تاجي كله داري
الترجمة الأردية
محمد إبراهيم جوناكري
الترجمة البنغالية
أبو بكر محمد زكريا
الترجمة الكردية
حمد صالح باموكي
الترجمة البشتوية
زكريا عبد السلام
الترجمة البوسنية - كوركت
بسيم كوركورت
الترجمة البوسنية - ميهانوفيتش
محمد مهانوفيتش
الترجمة الألبانية
حسن ناهي
الترجمة الأوكرانية
ميخائيلو يعقوبوفيتش
الترجمة الصينية
محمد مكين الصيني
الترجمة الأويغورية
محمد صالح
الترجمة اليابانية
روايتشي ميتا
الترجمة الكورية
حامد تشوي
الترجمة الفيتنامية
حسن عبد الكريم
الترجمة الكازاخية - مجمع الملك فهد
خليفة الطاي
الترجمة الكازاخية - جمعية خليفة ألطاي
جمعية خليفة الطاي الخيرية
الترجمة الأوزبكية - علاء الدين منصور
علاء الدين منصور
الترجمة الأوزبكية - محمد صادق
محمد صادق محمد
الترجمة الأذرية
علي خان موساييف
الترجمة الطاجيكية - عارفي
فريق متخصص مكلف من مركز رواد الترجمة بالشراكة مع موقع دار الإسلام
الترجمة الطاجيكية
خوجه ميروف خوجه مير
الترجمة الهندية
مولانا عزيز الحق العمري
الترجمة المليبارية
عبد الحميد حيدر المدني
الترجمة الغوجراتية
رابيلا العُمري
الترجمة الماراتية
محمد شفيع أنصاري
الترجمة التلجوية
مولانا عبد الرحيم بن محمد
الترجمة التاميلية
عبد الحميد الباقوي
الترجمة السنهالية
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الأسامية
رفيق الإسلام حبيب الرحمن
الترجمة الخميرية
جمعية تطوير المجتمع الاسلامي الكمبودي
الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة التايلاندية
مجموعة من جمعية خريجي الجامعات والمعاهد بتايلاند
الترجمة الصومالية
محمد أحمد عبدي
الترجمة الهوساوية
الترجمة الأمهرية
محمد صادق
الترجمة اليورباوية
أبو رحيمة ميكائيل أيكوييني
الترجمة الأورومية
الترجمة التركية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفرنسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإندونيسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفيتنامية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة البوسنية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإيطالية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفلبينية (تجالوج) للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفارسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
Dr. Ghali - English translation
Muhsin Khan - English translation
Pickthall - English translation
Yusuf Ali - English translation
Azerbaijani - Azerbaijani translation
Sadiq and Sani - Amharic translation
Farsi - Persian translation
Finnish - Finnish translation
Muhammad Hamidullah - French translation
Korean - Korean translation
Maranao - Maranao translation
Abdul Hameed and Kunhi Mohammed - Malayalam translation
Salomo Keyzer - Flemish (Dutch) translation
Norwegian - Norwegian translation
Samir El - Portuguese translation
Polish - Polish translation
Romanian - Romanian translation
Elmir Kuliev - Russian translation
Albanian - Albanian translation
Tatar - Tatar translation
Japanese - Japanese translation
محمد جوناگڑھی - Urdu translation
Ma Jian - Chinese translation
Turkish - Turkish translation
King Fahad Quran Complex - Thai translation
Ali Muhsin Al - Swahili translation
Abdullah Muhammad Basmeih - Malay translation
Hamza Roberto Piccardo - Italian translation
Indonesian - Indonesian translation
Bubenheim & Elyas - German / Deutsch translation
Bosnian - Bosnian translation
Hasan Efendi Nahi - Albanian translation
Sherif Ahmeti - Albanian translation
Sahih International - English translation
Czech - Czech translation
Abul Ala Maududi(With tafsir) - English translation
Tajik - Tajik translation
Alikhan Musayev - Azerbaijani translation
Muhammad Saleh - Uighur; Uyghur translation
Abdul Haleem - English translation
Mufti Taqi Usmani - English translation
Muhammad Karakunnu and Vanidas Elayavoor - Malayalam translation
Sheikh Isa Garcia - Spanish; Castilian translation
Divehi - Divehi; Dhivehi; Maldivian translation
Abubakar Mahmoud Gumi - Hausa translation
Mahmud Muhammad Abduh - Somali translation
Knut Bernström - Swedish translation
Jan Trust Foundation - Tamil translation
Mykhaylo Yakubovych - Ukrainian translation
Uzbek - Uzbek translation
Diyanet Isleri - Turkish translation
Ministry of Awqaf, Egypt - Russian translation
Abu Adel - Russian translation
Burhan Muhammad - Kurdish translation
Dr. Mustafa Khattab, The Clear Quran - English translation
Dr. Mustafa Khattab - English translation
الترجمة الإنجليزية - مركز رواد الترجمة
الترجمة الفرنسية - محمد حميد الله
الترجمة البوسنية - مركز رواد الترجمة
الترجمة الصربية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة الألبانية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة اليابانية - سعيد ساتو
الترجمة الفيتنامية - مركز رواد الترجمة
الترجمة التاميلية - عمر شريف
الترجمة السواحلية - عبد الله محمد وناصر خميس
الترجمة اللوغندية - المؤسسة الإفريقية للتنمية
الترجمة الإنكو بامبارا - ديان محمد
الترجمة العبرية
الترجمة الإنجليزية للمختصر في تفسير القرآن الكريم
الترجمة الروسية للمختصر في تفسير القرآن الكريم
الترجمة البنغالية للمختصر في تفسير القرآن الكريم
الترجمة الصينية للمختصر في تفسير القرآن الكريم
الترجمة اليابانية للمختصر في تفسير القرآن الكريم
ترجمة معاني القرآن الكريم - عادل صلاحي
عادل صلاحي
ﰡ
آية رقم 1
१) त्यो अल्लाह अत्यन्त पवित्र छ, जसले एकै रातमा आफ्नो भक्तलाई मस्जिदुल हराम (कअ्बा) बाट मस्जिदे अक्सा (बैतुल मुकद्दस) सम्म लिएर गयो, जसको चारैतिर मैले बरकत (कल्याण) दिइराखेको छु यसका लागि कि हामीले उसलाई आफ्नो केही निशानीहरू देखाउन सकौं । निःसन्देह अल्लाह नै धेरै सुन्नेवाला र देख्नेवाला हो ।
آية رقم 2
२) र हामीले मूसालाई किताब प्रदान गरेका थियौं र उसलाई बनी इस्राईलको निम्ति पथपदर्शक बनाएका थियौं, कि म बाहेक कसैलाई स्रष्टा नठहराउनु ।
آية رقم 3
३) हे ती मानिसहरूका सन्तति जसलाई हामीले नूहको साथ (डुङ्गामा) सवार गरेका थियौं, निःसन्देह नूह (हाम्रा) आभारी भक्त थिए ।
آية رقم 4
४) हामीले बनी इस्राईलको लागि उनको किताबमा स्पष्ट फैसला गरेका थियौं, कि तिमीले पृथ्वीमा दुई पटक उपद्रव मच्चाउने छौ र ठूलो उदण्डता गर्नेछौ ।
آية رقم 5
५) तसर्थ यी दुईमध्ये जब पहिलो (वचन) को समय आयो त हामीले आफ्ना भीषण युद्ध गर्ने दासहरू तिम्रो मुकाबिलामा पठायौं र तिनीहरू तिम्रा घरका भित्रि भागमा पनि फैलिहाले र अल्लाहको त्यो वचन पूरा हुने नै थियो ।
آية رقم 6
६) फेरि हामीले तिमीलाई तिनीहरूमाथि अधिपत्य प्रदान गरेर तिम्रो दिन फेर्यौं र छोराहरूमा र धन सम्पत्तिमा वृद्धि गरी मद्दत गर्यौं र तिमीलाई ठूलो जथ्थावाला बनाइदियौं ।
آية رقم 7
७) यदि तिमीले असल कर्म गर्छौ भने आफ्नै फाइदाको लागि र यदि दुष्कर्म गर्दछौ भने तिनको परिणाम पनि तिमीले नै भोग्नु पर्नेछ । अनि जब दोस्रो वचनको (समय) आयो, (त अर्का भक्त पठायौं) ताकि तिम्रा अनुहार बिगारिदेउन् र पहिलो चोटी जस्तै त्यस मस्जिद (बैतुल मुकद्दस) मा प्रवेश गरिहालुन् । र जुन–जुन कुरामाथि नियन्त्रण गरुन्, तोड फोड गरी त्यसलाई नष्ट गरिहालुन् ।
آية رقم 8
८) आशा छ, कि तिम्रो पालनकर्ताले तिमीमाथि दया गरोस्, र यदि तिमी पुनः गर्न थाल्छौ भने हामीले पनि त्यही (पहिला जस्तो व्यवहार) गर्नेछौं, र हामीले नर्कलाई इन्कार गर्नेहरूको निम्ति कारागारको रूपमा राखेका छौं ।
آية رقم 9
९) निःसन्देह यस कुरआनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ, र मोमिनहरूलाई जसले सत्कर्म गर्दछन्, शुभसन्देश दिन्छ कि तिनीहरूको निम्ति ठूलो पुरस्कार छ ।
آية رقم 10
१०) र यो कि जो आखिरतमाथि ईमान राख्दैनन्, तिनीहरूको निम्ति हामीले कष्टदायक सजाय तयार गरिराखेका छौं ।
آية رقم 11
११) र मानिसले नराम्रो कुरोको लागि प्रार्थना गर्नथाल्छ एकदमै आफनो भलोको लागि गरेको प्रार्थना जस्तै । र मानिस छदैछ हतार गर्ने प्राणी ।
آية رقم 12
१२) हामीले दिन, रातलाई निशानीहरू बनाएका छौं, रातको निशानीलाई त हामीले प्रकाशरहित बनाएका छौं र दिनको निशानीलाई उज्यालो, ताकि तिमीले आफ्नो पालनकर्ताको कृपा (जीविका) खोज र वर्षहरूका गिन्ती र हिसाब जान्न सक र हामीले प्रत्येक कुरालाई सविस्तार वर्णन गरेका छौं ।
آية رقم 13
१३) हामीले प्रत्येक मानिसको राम्रो, नराम्रो कार्यलाई उसको घाँटीमा झुण्डाइदिएका छौं, र कियामतको दिन (त्यो) हिसाब उसलाई झिकेर देखाउने छौं, जसलाई उसले खुलारूपमा पाउने छ ।
آية رقم 14
१४) (भनिने छः कि) ल आफ्नो किताब आफैं पढिहाल, तिमी आज आफ्नो हिसाब आफैं लिन पर्याप्त छौ ।
آية رقم 15
१५) जसले सही बाटो अपनाउँछ ऊ आफ्नो निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त पथभ्रष्टताको भारी पनि उसैलाई हुनेछ, र कसैले अर्काको भारी उठाउने छैन, र जबसम्म हामीले पैगम्बर पठाउँदैनौं, तबसम्म सजाय दिने गर्दैनौं ।
آية رقم 16
१६) र जब हाम्रो इच्छा कुनै बस्तीलाई ध्वस्त पार्ने हुन्छ भने त्यहाँका सम्पन्न मानिसहरूलाई केही आदेश दिन्छौं र तिनीहरूले त्यस बस्तीमा उल्लंघनकारी काम गर्न थाल्छन् अनि तिनीहरूमाथि सजायको कुरा प्रमाणित भइहाल्छ फेरि हामीले उनीहरूलाई नष्ट गरिहाल्छौं ।
آية رقم 17
१७) हामीले नूह पश्चात पनि धेरै पुस्ताहरूलाई खतम गरिहाल्यौं । र तिम्रो पालनकर्ता आफ्नो भक्तहरूका पापहरूहरूलाई जान्ने र देख्नेवाला पर्याप्त छ ।
آية رقم 18
१८) जो मानिस सांसारिक फाइदाको इच्छुक हुन्छ, उसलाई हामीले जसलाई र जति चाहन्छौं छिट्टै दिन्छौं, अनि अन्तिममा उसको निम्ति हामीले नर्कको बास निर्धारित गर्दछौं जहाँ तिनीहरू त्यसमा अपमानित र तिरस्कृत भई प्रवेश गर्नेछन् ।
آية رقم 19
१९) र जुन मानिसले आखिरतको इच्छा गर्दछ र त्यसमा यति प्रयास गर्दछ जति उसले गर्न सक्दछ र ऊ मोमिन पनि छ भने त्यस्ता मानिसहरूको प्रयास अल्लाहले पूरै स्वीकार गर्दछ ।
آية رقم 20
२०) हरेकलाई हामीले (रोजी) पुर्याउँदै जान्छौं । यिनीहरूलाई र तिनीहरूलाई पनि, तिम्रो पालनकर्ताको उपहारबाट र तिम्रो स्वामीको वरदान बन्द भएको छैन ।
آية رقم 21
२१) हेर ! हामीले कसरी केहीलाई केहीमाथि प्रधानता प्रदान गरेका छौं र आखिरत (अन्तिममा) त श्रेणीहरूमा धेरै उच्च छ र महत्वमा निकै बढि छ ।
آية رقم 22
२२) अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नठान, अन्यथा तिमी अन्तमा अपमानित र निःसहाय भएर बस्ने छौ ।
آية رقم 23
२३) र तिम्रो पालनकर्ताले स्पष्ट आदेश गरेको छ कि ऊ बाहेक तिमी कसैको पूजा नगर र आमा–बाबुको साथमा नम्र व्यवहार गर्दैगर यदि तिनीहरूमध्ये एउटा वा दुवै तिम्रो अगाडि वृद्ध अवस्थामा पुग्छन् भने तिनीहरूलाई तिरस्कृत नगर्नु नहप्काउनु अपितु तिनीहरूसँग सम्मानपूर्वक मर्यादित ढंगले कुराकानी गर्नु ।
آية رقم 24
२४) र विनम्रतापूर्वक प्यारको साथ तिनीहरूको अगाडि सुशील भइराख र तिनीहरूको निम्ति प्रार्थना गर्ने गरः कि हे पालकर्ता जुन प्रकार कि तिनीहरूले मलाई बाल्यावस्थामा (मायाँले) पालनपोषण गरेका छन्, तिमीले पनि तिनीहरूमाथि त्यस्तै दया गर ।
آية رقم 25
२५) जे जति तिम्रो हृदयहरूमा छ, तिम्रो पालनकर्ताले त्यसलाई राम्ररी जान्दछ । यदि तिमी असल कर्म गर्दछौ भने उसले त्यसतिर प्रवृत्त हुनेहरूलाई क्षमा गरिदिनेछ ।
آية رقم 26
२६) र नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक प्रदान गर, र अपव्ययिताले धन खर्च नगर ।
آية رقم 27
२७) किन भने फाल्तू खर्च गर्नेहरू त शैतानका दाजुभाइहरू हुन् र शैतान आफ्नो पालनहारप्रति ठूलो कृतध्न छ ।
آية رقم 28
२८) र यदि तिमी आफ्नो पालनकर्ताको रहमत् (वरदान) को प्रतीक्षामा, जसको कि तिमीलाई आशा छ, तिनीहरू (हकदारहरू) तिर ध्यान दिन सक्दैनौं भने तिनीहरूसित विनम्रतापूर्वक राम्रोसँग कुरा भन्ने गर ।
آية رقم 29
२९) आफ्नो हातलाई न आफ्नो गर्दनसित बाँधिएको जस्तो राख । र नत बिल्कुलै खुल्ला गर्नु (कि सबै दिइहाल) र परिणाम यो होस् कि पश्चातापमा दोषी र असहाय हुनुपरोस् ।
آية رقم 30
३०) निःसन्देह तिम्रो पालनकर्ताले जसको जीविका चाहन्छ विस्तृत गरिदिन्छ, र जस्को चाहन्छ संकुचित पारिदिन्छ । निःसन्देह उसले आफ्ना भक्तहरूलाई बेस्सरी जान्दछ र राम्ररी हेरिराखेको हुन्छ ।
آية رقم 31
३१) र आफ्ना सन्तानहरूलाई विपन्नताको डरले नमार (किनभने) उनीहरूलाई, र तिमीलाई हामीलेनै जीविका प्रदान गर्दछौं । यसमा कुनै सन्देह छैन कि यिनीहरूलाई मार्नु गम्भीर पाप हो ।
آية رقم 32
३२) खबरदार व्यभिचारतिर कदापि नलाग, किनभने त्यो ठूलो निर्लज्जता र धेरै नराम्रो बाटो हो ।
آية رقم 33
३३) र जुन प्राणीलाई मार्नु अल्लाहले निषेध गरेको छ, त्यसलाई न्यायोचित कारण बिना नमार । र जुन मानिस अत्याचारले मारिएको छ, हामीले त्यसको वारिसलाई (बराबरको बदला लिन) अख्तियार दिएका छौं तसर्थ उसलाई आवश्यक छ कि हत्या (बदला) मा सीमा उल्लंघन नगरोस्, किनभने त्यसो भएमा उसलाई सहायता प्राप्त हुनेछ ।
آية رقم 34
३४) र अनाथको मालको नजिक पनि नजानु, तर यस्तो तरिकाले जुन उसको हकमा धेरै राम्रो होस् यहाँसम्म कि उसले उमेरको परिपक्कवता प्राप्त गरिसकोस्, र वचन पूरा गर, किनभने वाचाको बारेमा अवश्य सोधपूछ हुनेछ ।
آية رقم 35
३५) र जब नापेर दिन्छौ त माप पूरा भरी देऊ र तराजु सीधा राखेर जोख्ने गर, यो अत्यन्तै राम्रो कुरा हो र परिणामको दृष्टिले पनि धेरै राम्रो छ ।
آية رقم 36
३६) जुन कुरोको तिमीलाई ज्ञानै छैन त्यसको पछि नपर्नु, किनभने कान र आँखा र हृदय यी सबैसित अवश्य सोधपूछ हुनेछ ।
آية رقم 37
३७) र धर्तीमा घमण्ड गरी नहिड्नु किनभने तिमीले धर्तीलाई च्यात्न सक्दैनौं र नत अग्लो भएर पर्वतहरूका चुुचुरासम्म पुग्न सक्नेछौ ।
آية رقم 38
३८) यी सबै नराम्राकुराहरू तिम्रो पालनकर्तालाई धेरै अप्रिय छ ।
آية رقم 39
३९) यो पनि ती समग्र मार्गदर्शनहरूमध्येका हुन् जुन अल्लाहले बुद्धिमत्ताका साथ वह्य मार्फत तिमीतिर उतारेको छ र तिमीले अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नबनाउनु किनभने यस्तो गर्नाले धिक्कृत तिरस्कृत भई नर्कमा हालिनेछौ ।
آية رقم 40
४०) (मुश्रिकहरू) के तिम्रो पालनकर्ताले तिमीलाई त छोराहरूको लागि छुट्याइदिएको छ ? र आफ्नो लागि फरिश्ताहरूमध्ये छोरीहरू बनाएको छ ?। यसमा कुनै सन्देह छैन कि तिमीहरू ठूलो अनर्गल कुरा गर्दैछौ ।
آية رقم 41
४१) हामीले यस कुरआनमा थरी–थरीका कुराहरू वर्णन गरेका छौं, कि मानिसहरू शिक्षा प्राप्त गर्नसकुन्, तर यसबाट उनीहरूको उपेक्षा नै झन् बढ्दै जान्छ ।
آية رقم 42
४२) भनिदिनुस् कि यदि अल्लाहको साथमा अरु पूज्यहरू भएको भए, जस्तो कि उनीहरूले भन्छन्, त तिनीहरूले अहिलेसम्म अवश्य नै सिंहासनको मालिकतिर आफ्नोबाटो बनाउने थिए ।
آية رقم 43
ﮋﮌﮍﮎﮏﮐ
ﮑ
४३) जे जति यिनीहरूले भन्दछन् त्यसभन्दा ऊ धेरै टाढा पवित्र र (उसको मर्यादा) धेरै उच्च छ ।
آية رقم 44
४४) सातवटै आकाशहरू र पृथ्वी र जे जति यिनमा छन् सबैले उसको गुणगान गर्दछन् र कुनै यस्तो कुरो छैन जसले कि प्रशंसा र पवित्रताका साथ उसलाई स्मरण गर्दैन, हो यो ठिक हो कि तिमी उसको गुणगान बुझ्न सक्दैनौ ऊ धेरै सहनशील र क्षमादाता छ ।
آية رقم 45
४५) जब तिमीले कुरआन पढ्दछौ, त हामीले तिमी र उनीहरूको बीचमा जसले आखिरतमाथि आस्था राख्दैनन् गोप्य आवरण हालिदिन्छौं ।
آية رقم 46
४६) र उनीहरूको हृदयमाथि हामीले नै परदा हालिदिएका छौं, कि उनी यसलाई सम्झुन् र उनको कानमा (बहिरोपना) बोझ । र जब तिमी यस कुरआनमा एकेश्वरवादको साथ मात्र अल्लाहको स्तुति गर्दछौ, तब उनीहरूले बेवास्ता गर्दै पिठ्युँ फर्काई भागिहाल्छन् ।
آية رقم 47
४७) जुन उद्देश्यले तिनीहरू यसलाई सुन्दछन्, उनको नीयतसँग हामी राम्ररी परिचित छौं । जब तिनीहरूले तपाईतर्फ कान थापिरहेका हुन्छन्, तब पनि र जब तिनीहरूले सर–सल्लाह गर्दछन् तब पनि जब यी अत्यचारीहरूले भन्दछन् कि तिमी उसको अनुकरण गरिरहेका छौ जसमाथि जादू गरिएको छ ।
آية رقم 48
४८) हेरौ त, तपाईको लागि कस्ता–कस्ता उदाहरणहरू प्रस्तुत गर्दछन्, तिनीहरू बहकिरहेका छन् । अब त बाटो भेटाउनु उनीहरूको वशमा छैन ।
آية رقم 49
४९) उनीहरू भन्दछन कि के हामी हाड र माटो टुक्रा–टुक्रा भएर बिलीन भइसक्ने छौं त के हामी फेरि पैदा भएर अर्को चोटी उठाएर उभ्याइने छौं ।
آية رقم 50
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
५०) जवाफ दिनुस् कि तिमी ढुङ्गा बन अथवा फलाम बनिहाल ।
آية رقم 51
५१) अथवा अन्य कुनै अरु वस्तु जो तिमीलाई अत्यन्त कठोर लाग्दछ । फेरि तिनीहरूले यो सोध्छन् कि को हो जसले पुनः हाम्रो जीवन फर्काउँछ ? तपाईले जवाफ दिनुस् कि उही अल्लाह हो जसले तिमीलाई पहिलो चोटी पैदा (सृष्टि) गरेको थियो । यसमा तिनीहरूले टाउको हल्लाई–हल्लाईकन् तपाईसँग सोध्नेछन् कि त्यसो भए यो कहिले हुनेछ ? अनि तपाईले जवाफ दिनुस् कि के थाह त्यो (घडी) चाँडै आउन लागेको छ ।
آية رقم 52
५२) जुन दिन त्यसले तिमीलाई बोलाउनेछ, त तिमीले उसको प्रशंसा गर्दै उसको आज्ञापालन गर्नेछौ र तिमी अनुभव गर्नेछौ कि तिम्रो बसाई एकदम थोरै छ ।
آية رقم 53
५३) र मेरा भक्तहरूलाई भनिदिनुस् कि तिनीहरूले धेरै राम्रो कुरा गर्ने गरुन् किनभने शैतानले तिनीहरूको बीचमा कलह सृजित गरिरहन्छ । निःसन्देह शैतान मानिसको खुल्ला शत्रु हो ।
آية رقم 54
५४) तिम्रो पालनकर्ता तिमीभन्दा धेरै जान्दछ । उसले चाहेको खण्डमा तिमीमाथि दया गर्दछ वा यदि चाहन्छ भने तिमीलाई दण्ड दिन्छ, हामीले तपाईलाई तिनीहरूको जिम्मेदार ठहर्याएर पठाएका होइनौं ।
آية رقم 55
५५) आकाशहरू र पृथ्वीमा जे जति छन्, तिनीहरूबारे तपाईको पालनहारलाई सबै राम्ररी थाहा छ हामीले केही संदेष्टाहरूलाई केहीमाथि प्रधानता प्रदान गर्यौं र दाऊदलाई हामीले ‘‘जबूर’’ दियौं ।
آية رقم 56
५६) भनिदिनुस् कि अल्लाह बाहेक जसलाई तिमीहरू पूजनीय ठानेका छौ, तिनीहरूलाई पुकारेर हेर, तिनीहरूमा तिमीबाट कष्ट दूर गर्ने वा त्यसलाई परिवर्तन गरिदिने कुनै सामथ्र्य छैन ।
آية رقم 57
५७) उनीहरू, जसलाई पुकार्दछन् तिनीहरू स्वयम् आफ्नो पालनकर्ताकहाँ पहुँचको माध्यम खोज्दछन्, कि तिनीहरूमध्ये कुन धेरै नजिक हुन सक्दछ । उनीहरू स्वयम् उसको दयाको आशामा रहन्छन्, र उसको दण्डसित भयभीत रहन्छन् ? निःसन्देह तिम्रो पालनकर्ताको सजाय डर्नु पर्ने कुरो नै हो ।
آية رقم 58
५८) जे जति अबादीहरू छन् हामीले कियामतको दिनभन्दा अगावै त्यसलाई नष्ट गरिदिन्छौं अथवा गम्भीर सजाय दिनेछौं । यो कुरा त किताबमा लेखिसकिएको छ ।
آية رقم 59
५९) हामीले निशानीहरू (वा चमत्कार) पठाउन यस कारणले बन्द गरिदियौं कि पहिलेका मानिसहरू तिनलाई झूठा भन्ने गर्थे । र हामीले समूदलाई चमत्कारको रूपमा ऊँटनी प्रदान गर्यौं तर तिनीहरूले त्यसमाथि अत्याचार गरे । र हामीले मानिसहरूलाई डराउनको लागि निशानीहरू पठाउने गर्दछौं ।
آية رقم 60
६०) र (स्मरण गर्नुस्) जब हामीले तपाईसित भन्यौं कि तपाईको पालनकर्ता मानिसहरूलाई घेरामा लिइसकेको छ, र जुन दृश्य हामीले तपाईलाई देखायौं त्यो मानिसहरूको परीक्षाको लागि थियो र यस्तै त्यो रुखलाई पनि, जसमाथि कुरआनमा घृणा भनिएको छ । हामीले तिनीहरूलाई डराइराखेकाछौं । तर यसले तिनीहरूको गम्भीर उद्दण्डता झन् बढ़ाइरहेछ ।
آية رقم 61
६१) जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, त इब्लीस बाहेक सबले ढोगे । उसले भन्यो कि के म यस्तो व्यक्तिलाई ढोगूँ, जसलाई तिमीले माटोबाट सृष्टि गरेका छौ ?
آية رقم 62
६२) (इब्लीस) भन्न थाल्योः कि हेर यहि हो जसलाई तिमीले ममाथि श्रेष्ठता प्रदान गरेका छौ, तर यदि तिमीले मलाई पनि कियामतको दिनसम्म मोहलत दिनेछौ भने म केही व्यक्तिहरू बाहेक उसको सन्ततिलाई आफ्नो अधीनमा गर्नेछु ।
آية رقم 63
६३) अल्लाहबाट हुकुम भयो कि (यहाँबाट) गइहाल । यिनीहरूमध्ये जुन मानिसले तिम्रो अनुशरण गर्नेछन्, ती सबैको सजाय नर्क हो । जो पूरा–पूर बदला हो ।
آية رقم 64
६४) तिनीहरूमध्ये जसलाई तिमीले आफ्नो आवाजबाट बहकाउन सक्छौ, बहकाउँदै गर, र उनीहरूमाथि आफ्ना घोडसवार र पैदल सिपाहीहरूबाट आक्रमण गर्दैगर, र तिनीहरूको माल र सन्तानहरूमा पनि आफू शम्मिलित हुँदैगर, र तिनीहरूसित झूठा वाचा गर्दैगर । र शैतानले जतिपनि वाचा तिनीहरूसँग गर्ने गर्दछ त्यो सबै धोका हो ।
آية رقم 65
६५) मेरा सच्चा भक्तहरूहरूमाथि तिम्रो कुनै जोड लाग्दैन र तिम्रो पालनकर्ता सबै कुरा सम्पन्न गर्न पर्याप्त छ ।
آية رقم 66
६६) तिम्रो पालनकर्ता त्यो नै हो, जसले तिम्रो निम्ति समुद्रमा डुँङ्गा सञ्चालित गर्दछ, जसबाट तिमीले उसको कृपाले जीविका खोज्न सक, ऊ तिमीमाथि धेरै दयावान छ ।
آية رقم 67
६७) र जब तिमीलाई समुद्रमा बिपत्ति आइपुग्छ त जसलाई तिमीले पुकार्ने गर्दछौ उही अल्लाह बाहेक सबै हराई हाल्छन्, अनि हामीले जब तिमीलाई बचाएर स्थलतिर लैजान्छौं, त तिमी विमुख भइहाल्छौ र मानिस धेरै कृतघ्न छ ।
آية رقم 68
६८) के तिमी आफूलाई सुरक्षित ठान्दछौ, कि अल्लाहले तिमीलाई स्थलतिर लगेर धर्तीमा धसाउन सक्दैन वा तिमीमाथि ढुङ्गाहरूको हुरीबतास चलाउन सक्दैन अनि तिमीले आफ्नो लागि कोही रक्षक पाउन नसक ।
آية رقم 69
६९) के तिमी यस कुराबाट निर्भय छौ, कि तिमीलाई दोस्रो पटक अल्लाहले समुद्रमा लैजाने छैन र तिमीमाथि तीव्र हावा चलाउने र तिम्रो कुफ्रको कारणले तिमीलाई डुबाउन सक्दैन फेरि तिमी स्वयम्को लागि हामी विरुद्ध कोही सहयोगी पाउने छैनौ ।
آية رقم 70
७०) निश्चितरूपले हामी आदमको सन्तानलाई धेरै मर्यादा प्रदान गर्यौं, र उनलाई जंगल र समुंद्रमा सवारी दियौं र पवित्र आधार प्रदान गर्यौं, र आफ्ना धेरै प्राणीहरूमाथि श्रेष्ठता प्रदान गर्यौं ।
آية رقم 71
७१) जुनदिन हामी सबै समूहहरूलाई तिनीहरूका नाइकेसमेत बोलाउने छौं । अनि जसको (कर्महरू) किताब तिनीहरूका दाहिने हातमा दिइनेछ तिनीहरूले आफ्नो किताब खुशीको साथ पढ्नेछन् र तिनीहरूमाथि लेशमात्र पनि अत्याचार हुनेछैन ।
آية رقم 72
७२) र जो यस संसारमा अन्धा छ, ऊ आखिरतमा पनि अन्धा हुनेछ र (मुक्तिको) बाटोबाट धेरै टाढा हुनेछ ।
آية رقم 73
७३) (हे पैगम्बर) जुन वह्य (सन्देश) हामीले तपाईतिर पठाएका छौं, यी (काफिरहरू) त्यसबाट तपाईलाई विचलित गराउन चाहन्छन्, ताकि तपाईले यस बाहेक अरु कुराहरू नै हाम्रो बारेमा बनाइहाल, र त्यतिखेर तिनीहरूले तपाईलाई घनिष्ट मित्र बनाउने थिए ।
آية رقم 74
७४) यदि हामीले तपाईको पाईला सुदृढ नराखेको भए, केही हदसम्म तपाई तिनीहरूतिर प्रवृत्त हुनसक्नु हुन्थ्यो ।
آية رقم 75
७५) त्यसो भए हामीले तपाईलाई जिन्दगीमा पनि दुईगुणा सजाय र मृत्यु पश्चात पनि दुईगुणा सजायको स्वाद चखाउने थियौं, अनि तपाईले हामी विरुद्ध कसैलाई आफ्नो मद्दतगार पाउने थिएनौ ।
آية رقم 76
७६) यिनीहरूले त तपाईको पाइला यस जमिन(मक्का) बाट झण्डै हटाइसकेका थिए, ताकि तपाईलाई देश निकाला गरुन् । त्यसो भए तपाईपछि यिनीहरू पनि त्यहाँ थोरै दिनसम्म रहन पाउनेछन् ।
آية رقم 77
७७) जुन पैगम्बरहरूलाई हामीले तपाईभन्दा अघि पठाएका थियौं तिनीहरूको हालत पनि यस्तै थियो । र तपाईले हाम्रो तरिकाहरूमा कहिल्यै पनि परिवर्तन पाउनुहुन्न ।
آية رقم 78
७८) अपरान्हदेखि रातीको अँध्यारोसम्म (जुहर, अस्र, मग्रिब, इशाका) नमाज पढनेगर । र विहान (फज्रको) कुरआन पढ्ने गर, किनभने विहान कुरआन पढ्न हाजिर गरिएको छ । (फरिश्ताहरू उपस्थितिको बेला हो यो)
آية رقم 79
७९) रातका केही भागहरूमा तहज्जुदको नमाजमा कुरआनको पाठ गर्नेगर, यस अतिरिक्त प्रार्थना तपाईको निम्ति हो । छिट्टै तपाईको पालनहारले तपाईलाई मर्यादित स्थानमा पुर्याउने छ ।
آية رقم 80
८०) र प्रार्थनागर्ने गर्नुस् कि हे पालनकर्ता मलाई जहाँ लिएर जाऊ राम्रोसँग लिएर जाऊ र जहाँबाट निकाल राम्रोसँग निकाल र मलाई आफ्नो तर्फबाट शक्ति र मद्दत प्रदान गर ।
آية رقم 81
८१) र घोषणा गर्नुस् कि सत्य आइपुगेको छ, र असत्यताको विनाश भइसकेको छ । निःसन्देह असत्यता विनाश हुने नै कुरा हो ।
آية رقم 82
८२) यो कुरआन जुन हामी उतार्दैछौं मोमिनहरूको लागि स्वस्थकर र दया हो, र अत्याचारीहरूको लागि त यसबाट हानिमा नै वृद्धि हुनेछ ।
آية رقم 83
८३) र जब हामीले मानिसमाथि सुखद कृपा प्रदान गर्दछौं त उसले मुख फर्काई टाढा हुन पुग्छ, र जब उसलाई कुनै कष्ट पुग्दछ त निराश भइहाल्छ ।
آية رقم 84
८४) भनिदिनुस् कि हरेक व्यक्ति आफ्नो तरिका अनुसार काममा लागेको छ । जो पूरै सही बाटोमा लागेका छन् उनलाई तपाईको पालनकर्ताले राम्ररी जान्दछ ।
آية رقم 85
८५) र तिमीसँग आत्माको (रूहको) बारेमा यिनीहरू प्रश्न गर्दछन् । भनिदिनुस् कि त्यो मेरो पालनकर्ताको हुक्मबाट छ । तिमीहरूलाई निकै कम ज्ञान प्रदान गरिएको छ ।
آية رقم 86
८६) र यदि हामीले चाहन्छौं भने जुन वह्य हामीले तपाइतिर पठाउँदछौं, त्यसलाई समाप्त गरिहालौं, अनि तपाईको लागि उसको निम्ति हाम्रो विरोधमा कोही मद्दतगार आउन सक्नेछैन ।
آية رقم 87
८७) तपाईको पालनकर्ताको दया मात्र हो । निःसन्देह तपाईमाथि उसको ठूलो कृपा छ ।
آية رقم 88
८८) भनिदिनुस् कि यदि सबै मानिसहरू र सबै जिन्नहरू मिलेर यस कुरआन जस्तो ल्याउन चाहे पनि यस कुरआन जस्तो बनाई ल्याउन असम्भव छ । यद्यपि तिनीहरू एक अर्काको मद्दतगार किन नबनुन् ।
آية رقم 89
८९) हामीले त यस कुरआनमा मानिसहरूलाई बुझ्नुको लागि सबै कुराहरू विभिन्न तरिकाले वर्णन गरिदिएका छौं, तर अधिकांश मानिसहरूले इन्कार गर्न छाड्दैनन् ।
آية رقم 90
९०) उनीहरूले भन्नथाले कि हामीले तपाईमाथि ईमान ल्याउने छैनौं जबसम्म कि हाम्रो निम्ति तपाईले धर्तीबाट पानीको मुहान खोलिदिनु हुन्न ।
آية رقم 91
९१) अथवा तपाईको लागि खजूरहरू र अंगूहरूको कुनै बगैंचा होस् र त्यसको मध्यमा तपाईले नहरहरू निकालिदिनुस् ।
آية رقم 92
९२) वा जस्तो कि तपाईले भन्ने गर्दछौ हामीमाथि स्वयम् आकाशका टुक्रा टुक्रा गरी खसालिदिनुस् वा अल्लाह र फरिश्ताहरूलाई तपाईले हाम्रो सामु ल्याएर उभ्याई दिनुस् ।
آية رقم 93
९३) वा तपाईको लागि कुनै सुनको घर होस् वा तपाई आकशमाथि चढिहाल्नुस् र हामीले चढ्ने कुरोलाई पनि तबसम्म मान्ने छैनौं, जबसम्म कि तपाईले हाम्रो लागि कुनै किताब ल्याउँदैनौं जसलाई हामीले पढ्न सकौं । तपाई भनीदिनुस् कि मेरो पालनकर्ता पवित्र छ मत मात्र एउटा मानिस हूँ जसलाई रसूल बनाइएको छ ।
آية رقم 94
९४) मानिसहरूको पासमा मार्गनिर्देशन आइपुगेपछि उनीहरूलाई ईमान ल्याउनुबाट यस बाहेक अरु कुनै कुराको रुकावट भएन कि तिनीहरूले भने कि के अल्लाहले एउटा मानिसलाई नै पैगम्बर बनाएर पठाएको छ ?
آية رقم 95
९५) भनिदिनुस् कि यदि धर्तीमा फरिश्ताहरू बसोबास गरी घूम–फिर गरिराखेको भए हामीहरूले पनि तिनीहरूको पासमा एउटा फरिश्तालाई नै पैगम्बर बनाएर पठाउने थियौं ।
آية رقم 96
९६) भनिदिनुस् कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ ऊ आफ्ना सेवकहरूबारे राम्ररी जान्दछ र देख्नेवाला छ ।
آية رقم 97
९७) जुन व्यक्तिलाई अल्लाहले पथप्रदर्शन गर्दछ उसले मार्गदर्शन प्राप्त गर्छ र जसलाई मार्गविचलित गर्दछ, तपाईले अल्लाह बाहेक अरु कोही उसको मित्र पाउने छैनौ र हामीले त्यस्ता मानिसहरूलाई कियामतका दिन घोप्टेको अवस्थामा अन्धो, लाटो र बहिरो बनाएर एकत्रित गर्नेछौं । र तिनीहरूको बासस्थल नर्क हुनेछ । जब त्यसको निभ्ने अवस्था हुन्छ त हामीले त्यसलाई अरु प्रज्वलित गरिदिने छौं ।
آية رقم 98
९८) यो सबै तिनीहरूको सजाय हो । यस कारणले कि तिनीहरूले हाम्रो आयातहरूलाई नकार्दथे र भन्दथेः कि जब हामी (मरेर कुहेका) टुक्रा–टुक्रा हड्डीहरू भइहाल्छौं भने त के फेरि हामीलाई नयाँ जन्ममा उठाएर उभ्याइने छ ?
آية رقم 99
९९) के तिनीहरूले देखेनन्, कि अल्लाह जसले आकाशहरू र धर्तीको सृष्टि गरेको छ, ऊ यस कुरामा सक्षम छ कि तिनीहरू जस्ता मानिसहरू सृष्टि गर्न सकोस् ? र उसैले तिनीहरूको निम्ति एक यस्तो समय निर्धारित गरिदिएको छ, जसमा कुनै पनि सन्देह छैन । तर अत्याचारीहरूले इन्कार नगरी रहन सक्तैनन् ।
آية رقم 100
१००) भनिदिनुस् कि यदि मेरो पालनकर्ताको दयाका खजानाहरू तिम्रा हातमा भएको भए, त्यस बेला पनि तिमीले खर्च हुने डरले त्यसलाई रोकेर राख्थ्यौ र मानिसको हृदय हुन्छ नै ज्यादै संकुचित ।
آية رقم 101
१०१) हामीले मूसालाई नौवटा स्पष्ट चमत्कारहरू प्रदान गर्यौं, तिमी स्वयम् बनी इस्राईलसित सोध कि, जब उनी तिनीहरूको समक्ष आए त फिरऔनले उनीसित भन्यो कि हे मूसा मलाई लाग्छ कि, तिमीमाथि ठूलो जादू गरिएको छ ।
آية رقم 102
१०२) मूसाले भनेः कि यो त तिमीलाई थाहा भइसकेको छ कि आकाश र धर्तीको पालनकर्ताले नै तिमीहरूलाई देखाउन र सम्झाउनको निम्ति उतारेको छ र हे फिरऔन म ठान्दछु कि निःसन्देह तिमी नष्ट भइहाल्नेछौ ।
آية رقم 103
१०३) तब फिरऔनले पक्का पक्की नीयत गर्यो कि उनलाई (मिस्रको) भूमिबाट निष्कासित गरिदेओस्, त हामीले उसलाई र उसको सबै साथीलाई डुबाइदियौं ।
آية رقم 104
१०४) यसपछि हामीले बनी इस्राईलसँग भन्यौं कि तिमी यस मुलुकमा बसोबास गर अनि जब आखिरतको वचन आउँछ, तब हामीले तिमी सबैलाई समेटेर एकत्रित गरिहाल्नेछौं ।
آية رقم 105
१०५) र हामीले यस कुरआनलाई सत्यताको साथ उतारेका छौं र यो सत्यताको साथ अवतारित भयो । (हे मुहम्मद) हामीले तपाईलाई मात्र शुभसन्देश दिनेवाला र डर सुनाउनेवाला बनाएर पठाएका छौं ।
آية رقم 106
१०६) हामीले कुरआनलाई टुक्राटुक्रामा गरी यसकारण पठाएका छौं, ताकि तपाईले मानिसहरूलाई फुर्सदको साथ पढेर सुनाउनुस् र हामीले यसलाई चरणबद्ध रूपमा उतारेका छौं ।
آية رقم 107
१०७) भनिदिनुस् कि तिमीहरूले यसमाथि ईमान ल्याऊ वा नल्याऊ जुन मानिसहरूलाई यसभन्दा अगाडि जानकारी प्रदान गरिएको छ, उनी समक्ष जब यो पढेर सुनाइन्छ, तब तिनीहरू चिउडोको बलले घोप्टो परी सिज्दामा झुकिहाल्छन् ।
آية رقم 108
१०८) र भन्दछन्ः कि हाम्रो पालनकर्ता पवित्र छ । निःसन्देह हाम्रो पालनकर्ताको वाचा पूरा भएरै छाड्यो ।
آية رقم 109
ﮃﮄﮅﮆﮇﮈ
ﮉ
१०९) तिनीहरू चिउडोको बलले घोप्टो परेर रुँदै सिज्दामा जान्छन् र यस कुरआनले उनीहरूको व्याकुलता नम्रता र शीलता बढाइदिन्छ ।
آية رقم 110
११०) भनिदिनुस् कि तिमीले उसलाई अल्लाहको नामले पुकार वा रहमान भनेर । जुन नामले पुकारे पनि सबै राम्रा नामहरू उसैका लागि छन्, र नमाज न चर्को स्वरले पढ् र न धेरै मधुरो आवाजमा पढ बरु त्यसको बीचको तरीका अपनाऊ ।
آية رقم 111
१११) र यो भनिदिनुस् कि सबै प्रशंसा अल्लाहकै लागि हुन्, जसको नकुनै सन्तान छ र नत उसको सत्तामा कोही साझेदार छ, र न ऊ कमजोर छ, कि कसैले उसलाई सहयोग गरोस्, र तिमीहरूले उसको पूरापूर महानताको वर्णन गर्नेगर ।
تقدم القراءة