ترجمة معاني سورة التوبة باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة الإنجليزية - صحيح انترناشونال
المنتدى الإسلامي
الترجمة الإنجليزية
الترجمة الفرنسية - المنتدى الإسلامي
نبيل رضوان
الترجمة الإسبانية
محمد عيسى غارسيا
الترجمة الإسبانية - المنتدى الإسلامي
الترجمة الإسبانية (أمريكا اللاتينية) - المنتدى الإسلامي
المنتدى الإسلامي
الترجمة البرتغالية
حلمي نصر
الترجمة الألمانية - بوبنهايم
عبد الله الصامت
الترجمة الألمانية - أبو رضا
أبو رضا محمد بن أحمد بن رسول
الترجمة الإيطالية
عثمان الشريف
الترجمة التركية - مركز رواد الترجمة
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة التركية - شعبان بريتش
شعبان بريتش
الترجمة التركية - مجمع الملك فهد
مجموعة من العلماء
الترجمة الإندونيسية - شركة سابق
شركة سابق
الترجمة الإندونيسية - المجمع
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الإندونيسية - وزارة الشؤون الإسلامية
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الفلبينية (تجالوج)
مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الفارسية - دار الإسلام
فريق عمل اللغة الفارسية بموقع دار الإسلام
الترجمة الفارسية - حسين تاجي
حسين تاجي كله داري
الترجمة الأردية
محمد إبراهيم جوناكري
الترجمة البنغالية
أبو بكر محمد زكريا
الترجمة الكردية
حمد صالح باموكي
الترجمة البشتوية
زكريا عبد السلام
الترجمة البوسنية - كوركت
بسيم كوركورت
الترجمة البوسنية - ميهانوفيتش
محمد مهانوفيتش
الترجمة الألبانية
حسن ناهي
الترجمة الأوكرانية
ميخائيلو يعقوبوفيتش
الترجمة الصينية
محمد مكين الصيني
الترجمة الأويغورية
محمد صالح
الترجمة اليابانية
روايتشي ميتا
الترجمة الكورية
حامد تشوي
الترجمة الفيتنامية
حسن عبد الكريم
الترجمة الكازاخية - مجمع الملك فهد
خليفة الطاي
الترجمة الكازاخية - جمعية خليفة ألطاي
جمعية خليفة الطاي الخيرية
الترجمة الأوزبكية - علاء الدين منصور
علاء الدين منصور
الترجمة الأوزبكية - محمد صادق
محمد صادق محمد
الترجمة الأذرية
علي خان موساييف
الترجمة الطاجيكية - عارفي
فريق متخصص مكلف من مركز رواد الترجمة بالشراكة مع موقع دار الإسلام
الترجمة الطاجيكية
خوجه ميروف خوجه مير
الترجمة الهندية
مولانا عزيز الحق العمري
الترجمة المليبارية
عبد الحميد حيدر المدني
الترجمة الغوجراتية
رابيلا العُمري
الترجمة الماراتية
محمد شفيع أنصاري
الترجمة التلجوية
مولانا عبد الرحيم بن محمد
الترجمة التاميلية
عبد الحميد الباقوي
الترجمة السنهالية
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الأسامية
رفيق الإسلام حبيب الرحمن
الترجمة الخميرية
جمعية تطوير المجتمع الاسلامي الكمبودي
الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة التايلاندية
مجموعة من جمعية خريجي الجامعات والمعاهد بتايلاند
الترجمة الصومالية
محمد أحمد عبدي
الترجمة الهوساوية
الترجمة الأمهرية
محمد صادق
الترجمة اليورباوية
أبو رحيمة ميكائيل أيكوييني
الترجمة الأورومية
الترجمة التركية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفرنسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإندونيسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفيتنامية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة البوسنية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإيطالية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفلبينية (تجالوج) للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفارسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
Dr. Ghali - English translation
Muhsin Khan - English translation
Pickthall - English translation
Yusuf Ali - English translation
Azerbaijani - Azerbaijani translation
Sadiq and Sani - Amharic translation
Farsi - Persian translation
Finnish - Finnish translation
Muhammad Hamidullah - French translation
Korean - Korean translation
Maranao - Maranao translation
Abdul Hameed and Kunhi Mohammed - Malayalam translation
Salomo Keyzer - Flemish (Dutch) translation
Norwegian - Norwegian translation
Samir El - Portuguese translation
Polish - Polish translation
Romanian - Romanian translation
Elmir Kuliev - Russian translation
Albanian - Albanian translation
Tatar - Tatar translation
Japanese - Japanese translation
محمد جوناگڑھی - Urdu translation
Ma Jian - Chinese translation
Turkish - Turkish translation
King Fahad Quran Complex - Thai translation
Ali Muhsin Al - Swahili translation
Abdullah Muhammad Basmeih - Malay translation
Hamza Roberto Piccardo - Italian translation
Indonesian - Indonesian translation
Bubenheim & Elyas - German / Deutsch translation
Bosnian - Bosnian translation
Hasan Efendi Nahi - Albanian translation
Sherif Ahmeti - Albanian translation
Sahih International - English translation
Czech - Czech translation
Abul Ala Maududi(With tafsir) - English translation
Tajik - Tajik translation
Alikhan Musayev - Azerbaijani translation
Muhammad Saleh - Uighur; Uyghur translation
Abdul Haleem - English translation
Mufti Taqi Usmani - English translation
Muhammad Karakunnu and Vanidas Elayavoor - Malayalam translation
Sheikh Isa Garcia - Spanish; Castilian translation
Divehi - Divehi; Dhivehi; Maldivian translation
Abubakar Mahmoud Gumi - Hausa translation
Mahmud Muhammad Abduh - Somali translation
Knut Bernström - Swedish translation
Jan Trust Foundation - Tamil translation
Mykhaylo Yakubovych - Ukrainian translation
Uzbek - Uzbek translation
Diyanet Isleri - Turkish translation
Ministry of Awqaf, Egypt - Russian translation
Abu Adel - Russian translation
Burhan Muhammad - Kurdish translation
Dr. Mustafa Khattab, The Clear Quran - English translation
Dr. Mustafa Khattab - English translation
الترجمة الإنجليزية - مركز رواد الترجمة
الترجمة الفرنسية - محمد حميد الله
الترجمة البوسنية - مركز رواد الترجمة
الترجمة الصربية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة الألبانية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة اليابانية - سعيد ساتو
الترجمة التاميلية - عمر شريف
الترجمة السواحلية - عبد الله محمد وناصر خميس
الترجمة اللوغندية - المؤسسة الإفريقية للتنمية
الترجمة الإنكو بامبارا - ديان محمد
الترجمة العبرية
الترجمة الإنجليزية للمختصر في تفسير القرآن الكريم
الترجمة الروسية للمختصر في تفسير القرآن الكريم
الترجمة البنغالية للمختصر في تفسير القرآن الكريم
الترجمة الصينية للمختصر في تفسير القرآن الكريم
الترجمة اليابانية للمختصر في تفسير القرآن الكريم
ترجمة معاني القرآن الكريم - عادل صلاحي
عادل صلاحي

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

१) अल्लाह र उसको रसूलको तर्फबाट विरक्तिको घोषणा छ ती मुश्रिकहरूको बारेमा जोसंग तिमीले सम्झौता र सन्धि गरेका थियौ ।
२) (हे मुशरिकहरू !) तिमी धर्तीमा (मुलुकमा) चार महीनासम्म हिंडडुल गरिहाल र जानीराख कि तिमी अल्लाहको नियन्त्रणभन्दा बाहिर जान सक्दैनौ, र यो (पनि याद रहोस्) कि अल्लाहले काफिरहरूलाई अपमानित गर्नेवाला छ ।
३) र अल्लाह र उसको रसूलको तर्फबाट मानिसहरूलाई ठूलो हजको दिन स्पष्ट जानकारी छ कि अल्लाह र उसको रसूल पनि मुश्रिकहरूबाट बिरक्त छन्, र यदि अहिले पनि तिमीले प्रायश्चित गर्छौ भने तिम्रो निम्ति राम्रो हुनेछ र यदि तिमी मान्दैनौ भने जानिहाल कि तिमी अल्लाहलाई कदापि हराउन सक्दैनौ र काफिरहरूलाई कष्टदायक सजायको समाचार सुनाइदिनुस् ।
४) तर ती मुश्रिकहरू बाहेक जोसित तिम्रो सन्धि भइसकेको छ, र उनीहरूले तिमीलाई अलिकति पनि कुनै प्रकारको नोक्सानी पुर्याएका छैनन्, न त कसैलाई तिम्रो विरोधमा मद्दत गरेका छन्, त तिमी पनि उनीहरूको सन्धिको अवधि उनीहरूको साथमा पुरा गर, अल्लाह आत्मसंयमीहरूलाई मित्र ठान्दछ ।
५) अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।
६) र यदि मुश्रिकहरूमध्ये कसैले तिमीसँग शरण माँग्दछ भने तिमीले उसलाई शरण दिइहाल, ताकि उसले अल्लाहको बाणी सुनिहालोस् । त्यस पश्चात उसलाई उसको सुरक्षित स्थानमा पुर्याइदेऊ, किनभने उनीहरू त्यस्ता मानिसहरू हुन् जो अज्ञानी छन् ।
७) मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) समीपमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।
८) उनीहरूको वाचाको के विश्वास गर्न सकिन्छ ? यदि यिनीहरू तिमीमाथि प्रभावी हुन्छन् भने न त निकटताको मर्यादा गर्दछन् न सम्झौता र वचनको । आफ्नो मुखले त तिमीलाई खुशी पार्दछन् तर उनको हृदयले मान्दैनन्, उनीहरूमध्ये धेरैजसो अवज्ञाकारी छन् ।
९) उनीहरूले अल्लाहका आयतहरूलाई थोरै मूल्यमा बेचिदिएका छन् र उसको मार्गबाट रोकदैछन् । ती साह्रै नराम्रा छन् जसले यो गरिराखेका छन् ।
१०) यिनीहरू त कुनै मोमिनको बारेमा नत नाता रिश्तालाई विचार गर्दछन् र न कुनै वचनलाई । र यी सीमा नाघ्नेहरू नै हुन् ।
११) अहिले पनि यिनीहरूले प्रायश्चित गर्छन् र नियमित नमाजÞ कायम गर्दछन् र जÞकात दिन्छन्, त धर्ममा तिम्रा दाजुभाइ हुन् । र हामी त जान्ने, बुझ्नेहरूको लागि आफ्ना आयत प्रष्टरूपमा बर्णन गरिराखेका छौं ।
१२) र यदि यिनीहरू सन्धि–सम्झौता पश्चात पनि आफ्ना शपथहरू तोड्दछन् र तिम्रो धर्मको खिल्ली उडाउँछन् भने तिमी पनि यी (अधर्मका) नायकहरूसित युद्ध गर । उनीहरूका शपथ केही होइन, सम्भव छ कि यसप्रकार उनीहरूले आफ्नो क्रियाकलापको परित्याग गरुन् ।
१३) तिमीहरू युद्ध गर्न किन तयार हुँदैनौ, जसले आफ्ना शपथलाई तोडे र पैगम्बरलाई घरबाट निकाल्ने प्रयासमा छन् । र स्वयं नै पहिलोपटक उनीहरूले तिमीहरू विरुद्ध (युद्धको) पहल गरे । के तिमी उनीसित डर मान्छौ ? यदि तिमी मोमिन् हौ भने यसको धेरै हकदार अल्लाह छ कि तिमी उनीसित डर मान ।
१४) उनीहरूसित तिमी युद्ध गर । अल्लाहले तिम्रो हातबाट उनीहरूलाई यातना दिनेछ, र उनीहरूलाई निराश र अपमानित गर्नेछ । र उनीहरूको मुकाबिलामा उसले तिम्रो सहायता गर्नेछ, र ईमानवालारुको हृदयलाई शीतल गर्नेछ ।
१५) र उनीहरूका हृदयको दुःख र क्रोध हटाउनेछ र अल्लाह जसलाई चाहन्छ त्यसमाथि दयादृष्टि राख्दछ । र अल्लाह सर्वज्ञाता, तत्वदर्शी छ ।
१६) के तिमीले यो भन्नठान्दछौ कि तिमी छाडिदिइनेछौ ?, हुनत अल्लाहले अहिलेसम्म तिमीमध्ये तिनीहरूलाई प्रतिष्ठित बनाएको छैन, जो मुजाहिद (धर्मयुद्ध गर्ने व्यक्ति) छन् र जसले अल्लाह, उसको रसूल र मोमिन्हरू बाहेक कसैलाई घनिष्ट मित्र बनाएन । र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबारे जान्दछ ।
१७) यो उचित छैन कि मुश्रिकहरूले अल्लाहका मस्जिदहरूलाई आबाद गरुन् किनभने उनीहरू स्वयं आफ्नै बिरुद्ध कुफ्रको साक्षी भइराखेका छन्, उनीहरूका सबै कर्म बर्बाद र निरर्थक छन् । र उनीहरू स्थाई रूपमा नर्कबासी हुन् ।
१८) अल्लाहका मस्जिदहरूको शान र अबादीत उनीहरूको भागमा परेको छ जसले अल्लाह र अन्तिम दिनमाथि ईमान राख्दछन् नमाज कायम गर्दछन् र जकात दिन्छन् र अल्लाह बाहेक कसैसित डरेनन् । अतः आशा छ यिनै मानिसहरू निश्चय नै सोझो मार्ग पाउनेवाला हुनेछन् ।
१९) के तिमीले हाजीहरूलाई पानी खुवाउनु र मस्जिदे हरामको सेवा गर्नुलाई अल्लाह र अन्तिम दिनमाथि ईमान र अल्लाहको मार्गमा युद्ध गर्नेहरूका समान ठानेको छौ यो अल्लाहको नजिक एक समान छैनन् र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
२०) जुन मानिसहरूले ईमान ल्याए, प्रवास गरे, र अल्लाहको मार्गमा आफ्नो माल र ज्यानले जिहाद गरे, अल्लाहकहाँ तिनीहरूको ओहदा धेरै ठूलो छ, ती नै सफलता प्राप्त गर्नेवाला हुन् ।
२१) उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुता, प्रसन्नता र स्वर्गको शुभसमाचार दिन्छ, जसमा उनीहरूका निम्ति स्थायी सुख सामग्री छन् ।
२२) त्यहाँ तिनीहरू सधैं रहनेछन् । निःसन्देह अल्लाहको पासमा ठूलो पारितोषिक छ ।
२३) हे ईमानवालाहरू ! आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई मित्र नबनाऊ यदि उनीहरूले ईमानभन्दा कुफ्रलाई धेरै प्रिय ठान्दछन् । तिमीमध्ये जसले पनि उनीहरूलाई आफ्नो मित्र बनाउँछ, त्यस्तो मानिस पूरा अत्याचारी हुनेछ ।
२४) तपाईंले भनिदिनुस्ः यदि तिम्रा पिता, तिम्रा छोराहरू, तिम्रा दाजुभाइहरू, तिम्रा पत्नीहरू र तिम्रा नातेदारहरू र सम्पत्ति, जुन तिमीले कमाएका छौ र कारोबार जसमा कमीबाट तिमीलाई भय हुन्छ र ती घरहरू, जसलाई तिमीले मन पराउँछौ, तिमीलाई अल्लाह र उसको रसूल र उसको मार्गमा जेहाद गर्नुबाट अधिक प्रिय छन् भने अल्लाहले सजाय ल्याउन्जेल प्रतीक्षा गर । अल्लाह अवज्ञाकारीहरूलाई मार्गदर्शन् गर्दैन ।
२५) निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ ।
२६) अनि अल्लाहले आफ्नो रसूल र मोमिनहरूमाथि आफ्नो प्रशान्ति उतार्यो र यस्तो सेनाहरू पठायो जसलाई तिमीले देखिराखेका थिएनौ । र इन्कार गर्नेहरूलाई पूरा यातना दियो, र यही इन्कार गर्नेहरूको लागि बदला थियो ।
२७) अनि त्यस पश्चात पनि जसमाथि अल्लाहले चाहन्छ आफ्नो दया गर्छ । र अल्लाह अत्यन्त क्षमाशील र दयावान छ ।
२८) हे ईमानवालाहरू ! निःसन्देह मुश्रिकहरू बिल्कुलै अपवित्र छन् । अतः यस वर्ष पश्चात उनीहरू मस्जिदे हरामको समीप पनि आउन नपाउँन् । र यदि तिमीलाई निर्धनताको भय छ भने चाहेको खण्डमा अल्लाहले तिमीलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ । निश्चय नै अल्लाह सबै कुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
२९) अहले किताबका मानिसहरूमध्ये उनीहरूसित युद्ध गर, जो अल्लाहमाथि र अन्तिम दिनमाथि आस्था राख्दैनन् । अनि अल्लाह र उसको रसूलले अवैध ठहराएका कुरालाई अवैध ठहराउँदैनन् र नत सत्य धर्मको अनुपालन गर्दछन्, जबसम्मकि पराजित भई तिनीहरूले जिजया (सुरक्षाकर) तिर्दैनन् ।
३०) यहुदी भन्दछन्ः उजैर अल्लाहको छोरा हुन् । र ईसाई भन्दछन्ः मसीह अल्लाहको छोरा हुन् । यो वचन उनीहरूको आफ्नै मुखको कुरा हो । यिनीहरूले ती मानिसहरूको कुरा गरिराखेका छन् जसले यसभन्दा अघि इन्कार गरिसकेका छन् । अल्लाहले यिनीहरूलाई खतम पार्नेछ ! अतः यिनीहरू कता लाग्दैछन् ?
३१) यिनीहरूले अल्लाहलाई छाडी आफ्ना पादरी र सन्तहरू र मरियमको छोरा मसीहलाई आफ्नो पालनहार बनाए, जबकि यिनीहरूलाई मात्र एक एकलै अल्लाहकै उपासनाको आदेश दिइएको थियो, जस बाहेक कोही सत्य पूजनीय छैन । ऊ उसको साझेदार ठहराउने कार्यबाट मुक्त छ ।
३२) उनीहरू चाहन्छन् कि अल्लाहको प्रकाशलाई आफ्नो मुखले निभाइदिउन्, तर अल्लाह आफ्नो प्रकाशलाई पूर्ण नगरि छाड्नेछैन, चाहे इन्कार गर्नेहरूलाई जतिसुकै अप्रिय लागोस् ।
३३) उसैले आफ्नो रसूललाई मार्गदर्शन र सत्य धर्मसहित पठाएको छ ताकि यसलाई अरु अन्य धर्महरूमाथि अधिपत्य प्रदान गरोस् । यद्यपि मुश्रिकहरूलाई नराम्रो लागोस् ।
३४) हे ईमानवालाहरू ! निःसन्देह अनेक धर्मज्ञाता र उपासकहरू यस्ता छन्, जसले मानिसहरूको माल अनुचित रूपमा खान्छन्, र अल्लाहको मार्गबाट रोक्दछन्, र जसले सुन चाँदीका खजाना (एकत्र) गरिराख्दछन् । र अल्लाहको मार्गमा खर्च गर्दैनन्, त उनीहरूलाई कष्टदायक यातनाको समाचार पुर्याइदिनुस् ।
३५) जुन दिन त्यस सम्पत्तिलाई नर्कको आगोमा तताईन्छ अनि त्यसले उनीहरूका निधार र कोखा र पिठ्युहरू डामिन्छन् (र भनिनेछ) ः ‘‘यहि हो जुन तिमीले आफ्नो निम्ति खजाना बनाएर राखेका थियौ त आप्mना खजानाहरूको स्वाद (मज्जा) चाख ।’’
३६) अल्लाहनिर महिनाहरूको संख्या त्यस दिनदेखि जब उसले आकाशहरू र धर्तीको सृष्टि गर्यो बाह्र छन् । उनीहरूमध्ये चार आदर र सम्मानका हुन्, यही सोझो धर्म हो । अतः तिमी यी महिनाहरूमा आफूमाथि अत्याचार नगर र मुश्रिकहरूसित सबैमिलेर जिहाद गर, जुन प्रकारले उनीहरू सबै मिलेर तिमीसित लड्दछन् । र जानिराख कि अल्लाह आत्मसंयमीहरूको साथमा छ ।
३७) महिनाहरूलाई अगाडि–पछाडि पार्नु कुफ्रमा एउटा बृद्धि हो, जसबाट तिनीहरू मार्गविचलनमा पर्छन् जुन् काफिर हुन् । कुनै वर्ष उनीहरूले त्यसलाई वैध ठहराउँछन् र कुनै वर्ष त्यसलाई अवैध ठहराउँदछन् ताकि अल्लाहका महिनाहरूको संख्या पूरा गरिहालुन्, र यसप्रकार अल्लाहले अवैध गरिएकोलाई वैध ठहराइहालुन् । उनीहरूका आफ्ना नराम्रा कर्म राम्रा लाग्दछन् र अल्लाह इन्कार गर्नेहरूलाई सोझो मार्ग देखाउँदैन ।
३८) हे ईमानवालाहरू ! तिमीलाई के भएको छ ? कि जब तिमीसित भनिन्छ अल्लाहको मार्गमा निस्क तब तिमी धर्तीमै टाँसिन खोज्छौ ? के तिमीले आखिरतको अपेक्षा सांसारिक जीवनलाई नै बढी रुचायौ ? सांसारिक जीवनको सुख सामग्री त आखिरतको दाँजोमा नगन्य नै छ ।
३९) यदि तिमीले प्रस्थान गरेनौ भने अल्लाहले तिमीलाई दुःखद यातना दिनेछ र तिम्रो ठाउँमा अर्को समूहलाई ल्याउनेछ र तिमीले अल्लाहलाई कुनै नोक्सानी पुर्याउन सक्दैनौ । र अल्लाह हरेक कुरामाथि सामथ्र्यवान छ ।
४०) यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता नगरे पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोेऊ, अवश्य अल्लाह हाम्रो साथमा छ । अनि अल्लाहले उसमाथि आफ्नो तर्फबाट प्रशान्ति उतार्यो र यस्ता सेनाहरूद्धारा उनको मद्दत ग¥यो, जसलाई तिमीले देख्न सकेनौ र उसले काफिरहरूको कुरा तल पारिदियो र बोली त अल्लाहकै उच्च र प्रिय रहन्छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
४१) हलुका र भारी दुवै अवस्थामा तिमीहरू निस्किहाल, र अल्लाहको मार्गमा आफ्नो माल, ज्यानका साथ जिहाद गर । यही नै तिम्रो निम्ति राम्रो छ, यदि तिमीमा ज्ञान छ ।
४२) यदि छिटै नै केही धन–सम्पत्ति प्राप्त हुने भए र यात्रा पनि सजिलो भएको भए, उनीहरू अवश्य नै तपाइँको पछि हिंडिहाल्थे, किन्तु मार्गको दूरी उनीहरूलाई कठिन र लामो लाग्यो । अब उनीहरू अल्लाहका शपथ खानेछन् कि, ‘‘यदि हामीमा यसको सामथ्र्य भएको भए अवश्य नै तपाइँको साथमा निस्कन्थ्यौैं’’ । उनीहरूले स्वयं आफूलाई विनाशमा पारिराखेका छन् र अल्लाह राम्ररी जान्दछ कि निश्चय नै उनीहरू झूठा हुन् ।
४३) अल्लाहले तिमीलाई माफ गरोस्, तिमीले उनीहरूलाई अनुमति किन दिइहाल्यौ, जबकि जो सच्चा छन्, उनीहरू तिम्रो अगाडि प्रकट भइहाल्थे र झूठालाई पनि तिमी जानिहाल्थ्यौ ।
४४) अल्लाह र कियामतको दिनमाथि ईमान र विश्वास राख्नेहरूले त माल र ज्यानले जिहाद गर्नेबाट रोकनको लागी तिमीसित कहिल्यै पनि अनुमति चाहँदैनन्, र अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।
४५) तिमीसित यो अनुमति त उनीहरूले नै चाहन्छन्, जसलाई न अल्लाहमाथि ईमान छ र न आखिरतको दिनमा विश्वास छ, जसको हृदयमा शंकाहरू परिसकेका छन् र उनीहरू आफ्नै शंकामा परेशान छन् ।
४६) यदि उनीहरूको विचार जिहादको निम्ति निस्कने भएको भए, उनीहरू यस यात्राको निम्ति सामग्री तयार गरेर राख्थे, तर अल्लाहले उनीहरूको उठ्ने कामलाई रुचाएन । तसर्थ उसले उनीहरूलाई सक्रिय हुनाबट रोकिदियो । उनीहरूसित भनियो तिमीहरू बस्नेहरूको साथमा बसिराख ।
४७) यदि तिनीहरू तिम्रो साथमा निस्केको भएपनि तिम्रो निम्ति उत्पात बाहेक अरु कुनै कुराको वृद्धि गर्ने थिएनन् । बरु उनीहरूले तिम्रो माझमा निकै उपद्रव मचाउनको लागि दौडधूप गर्दथे । तिमीहरूमा फूट पार्ने प्रयास गर्ने थिए। उनीहरूलाई मान्नेहरू स्वयं तिमीमा विद्यमान छन् । र अल्लाह अत्यचारीहरूलाई राम्रोसँग जान्दछ ।
४८) यिनीहरू त यसभन्दा पहिला पनि उपद्रव मचाउँदै गरेका हुन् र तिम्रो विरुद्ध कार्य एवं कुराहरूलाई तलमाथि गरिराखेका थिए । यहाँसम्मकि हक (सच्चाई) आइपुग्यो र अल्लाहको आदेश प्रकट भयो, यद्यपि उनीहरूलाई अप्रिय नै लागिराख्यो ।
४९) उनीहरूमध्ये कोही त भन्दछन्ः मलाई अनुमति दिनुस् र मलाई उपद्रवमा नअल्झाउनुस् । सावधान रहनु कि उनीहरू त विवादमा परिसकेका छन्, र निश्चय नै नर्कले पनि इन्कार गर्नेहरूलाई घेरामा हाल्नेछ ।
५०) तपाईंलाई यदि राम्रो अवस्था आउँछ भने उनीहरूलाई नराम्रो लाग्छ र कुनै नराम्रो कुरा आइपुग्छ भने उनीहरू भन्छन्ः ‘‘हामीले त आफ्नो काम पहिले नै राम्रो पारिसकेका थियौं ।’’ र उनीहरू खुशी भएर फर्कन्छन् ।
५१) तपाई भनिदिनुस् हामीलाई अल्लाहले हाम्रो निम्ति लेखिदिए बाहेक अरु कुनै कुरा पुग्न सक्दैन । उही हाम्रो स्वामी र योजनाकार हो । र ईमानवालाहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
५२) भनिदिनुस् तिमीहरू हाम्रो बारेमा जुन कुराको प्रतीक्षा गरिराखेका छौ, त्यो दुईटा भलाईहरूमध्ये एउटा हो र हामी तिम्रो हकमा प्रतीक्षा गर्दछौं कि या त अल्लाहले आफ्नो तर्फबाट कुनै यातना तिमीलाई देओस् वा हाम्रो हातबाट, तसर्थ एकातिर तिमी प्रतीक्षारत रह अर्कोतिर तिम्रो साथमा हामी पनि प्रतीक्षारत छौं ।
५३) भनिदिनुस् तिमी चाहे स्वेच्छापूर्वक खर्च गर वा अनिच्छापूर्वक, तिमीबाट केही पनि स्वीकार गरिने छैन । निःसन्देह तिमी अवज्ञाकारी हौ ।
५४) उनीहरूको खर्च स्वीकार्य हुनुमा यसबाहेक अरु कुनै कुरा बाधक छैन, कि उनीहरू अल्लाह र उसको रसूलको अवज्ञाकारी हुन् । र नमाजÞमा धेरै अल्छी भएर आउँछन् र खर्च गर्नुपर्दा पनि अनिच्छापूर्वक गर्दछन् ।
५५) अतः उनीहरूका माल र सन्तान तपाईंलाई आश्चर्यमा नपारुन् । अल्लाहको इच्छा यही छ कि उसले उनीहरूलाई सांसारिक जीवनमा नै यातना देओस् र उनीहरूका प्राण कुफ्रकै अवस्थामा निस्कुन् ।
५६) यिनीहरू अल्लाहको शपथ खाई–खाई भन्दछन् कि यिनीहरू तिम्रो समूहका मानिस हुन् । जबकि यिनीहरू वास्तवमा तिम्रा होइनन्, कुरो मात्र यति छ कि यिनीहरू डरछेरुवाहरू हुन् ।
५७) यदि उनीहरूले कुनै शरण लिने ठाउँ वा कुनै गुफा वा कुनै टाउको लुकाउने ठाउँ, पाउँछन् भने त अवश्य नै त्यतातिर लगाम तोडी छिटोफर्कि भाग्नेछन् ।
५८) उनीहरूमा केही त्यस्ता पनि छन् जसले खैरातको मालको वितरण सम्बन्धमा तपाईंमाथि लान्छना लगाउँछन्, यदि उनीहरूलाई यसबाट दिइयो भने खुशी हुन्छन् र यदि त्यसबाट दिइएन भने तुरुन्त क्रोधित हुन थाल्छन् ।
५९) यदि यिनीहरू अल्लाह र रसूलले दिएको कुरामा खुशी रहन्थे र भन्थे कि अल्लाह हाम्रो निम्ति पर्याप्त छ, अल्लाहले हामीलाई आफ्नो अनुग्रहले दिनेछ र उसको रसूल पनि, हामी त अल्लाहबाटै आशा गर्नेवाला छौं ।
६०) सद्का (विशेष किसिमको दान) मात्र गरिब, र निमुखाहरूको निम्ति हुन्, र जो यस कामका लागि नियुक्त गरिएका हुन् र उनीहरूको लागि जसका हृदयलाई आकृष्ट गर्नु र रिझाउन अभिष्ट हुन्छ र दासहरूलाई मुक्त गराउनुमा र ऋणिहरूको ऋण तिर्नलाई र अल्लाहको बाटोमा र यात्रीहरूको सहायताको निम्ति । यो अल्लाहको तर्फबाट पठाइएको अनिवार्य आदेश हो । अल्लाह सबैकुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
६१) र उनीहरूमध्ये यस्ता पनि छन्, जो नबीलाई दुःख दिन्छन्, र भन्दछन्ः (त्यो त) कानको कमजोर हो । भनिदिनुस्ः ‘‘त्यो कान तिम्रो भलोको निम्ति हो । उसले अल्लाहमाथि ईमान राख्दछ र मुसलमानहरूको कुरामा विश्वास गर्दछ । र तिमीमध्ये जो ईमानवाला छन्, यो उनीहरूको निम्ति रहमत (पुरस्कार) हो, रसूलुल्लाहलाई जसले यातना दिन्छन्, उनीहरूको निम्ति दुःखद यातना छ ।
६२) उनीहरूले तिमीलाई खुशी पार्नको निम्ति मात्र तिम्रो अगाडि अल्लाहको शपथ खान्छन् । जबकि यदि यिनी ईमानदार भएको भए अल्लाह र उसको रसूललाई खुशी पार्न धेरै हकदार हुन्थे ।
६३) के यिनीहरू जान्दैनन् कि जो पनि अल्लाह र उसको रसूलको विरोध गर्नेछ, उसको निम्ति निश्चय नै नर्कको आगो छ जसमा तिनी सँधैं रहनेवाला छन् । यो ठूलो अपमानजनक कुरा हो ।
६४) मुनाफिकहरू (कपटी)लाई सधैं यस कुराको भय रहन्छ कि मुसलमानहरूमाथि यस्तो सूराः अवतरित नहोस् जसले उनीहरूको हृदयका कुरा यिनीहरूलाई बताइदेओस् । भनिदिनुस् तिमी खिल्ली उडाइराख, निःसन्देह महान अल्लाह त्यसलाई प्रकट गर्नेवाला छ, जुन कुराको तिमीलाई भय छ ।
६५) यदि तपाईंले उनीहरूसंग सोध्नुहुन्छ भने स्पष्ट भन्नेछन् कि हामी त यस्तै आपसमा हाँसो(खेल) गरिराखेका थियौं । भन्नुस्ः ‘‘के अल्लाह, उसको आयतहरू र उसको रसूलनै तिम्रो लागि हाँसोखेलका पात्र हुन् ?
६६) तिमी बहाना नबनाऊ, निश्चय नै तिमीले ईमान ल्याएपछि काफिÞर भएका हौ । यदि हामीले तिमीमध्ये केहीलाई क्षमा गरिहालें पनि केहीलाई उनको कसूरको लागि यातना दिएर नै छाड्ने छौं किनभने उनीहरू अपराधी हुन् ।
६७) सबै कप्टी पुरुष र स्त्री आपसमा एक समान छन् । यिनीहरूले नराम्रो कामगर्न लगाउँछन् र राम्रो कुराबाट रोक्छन् र कन्जूसी गर्दछन् । उनीहरूले अल्लाहलाई बिर्सिहालेछन् त अल्लाहले उनीहरूलाई पनि बिर्सिदियो । निश्चय नै मुनाफिकÞ, अवज्ञाकारी र चरित्रहीन छन् ।
६८) महान अल्लाहले यी मुनाफिकÞ पुरुष, स्त्री र काफिरहरूसित नर्कको आगोको वाचा गरिसकेको छ । जहाँ यिनीहरू सधैं रहनेछन्, त्यही नै यिनीहरूको निम्ति पर्याप्त छ । उनीहरूमाथि अल्लाहको धिक्कार छ । र यिनीहरूकै निम्ति स्थायी यातना छ ।
६९) उनीहरू जस्तै, जो तिमीभन्दा पहिला थिए, उनीहरू शक्तिमा तिमीभन्दा निकै शक्तिशाली र धनसम्पति र सन्तानहरूमा धेरै सम्पन्न थिए । अनि उनीहरूले आफ्नो भागको आनन्द लिन चाहे र तिमी पनि आफ्नो भागको स्वाद लिन चाहेको जुन प्रकारले तिमीभन्दा पहिलाका मानिसहरूले आफ्नो भागबाट लाभान्वित भएका थिए र जुन प्रकारले उनीहरू वादविवादमा परेका थिए, तिमी पनि उस्तै हाँसख्यालको वादविवादमा परिहाल्यौ । यी तिनै हुन् जसका कर्महरू दुनियाँ र आखिÞरतमा व्यर्थ भए, र तिनै घाटामा पर्नेवाला हुन् ।
७०) के उनीहरूलाई ती मानिसहरूको बृत्तान्त पुगेन, जो उनीभन्दा पहिला गुज्रिसकेका छन्— नूह, आद र समूदका कौमहरू, र इब्राहीमको कौमका र मदियनवालाको र ती उल्टो बस्तीहरूका बासिन्दाको उनका रसूलहरू उनीहरूको पासमा खुल्ला निशानीहरू लिएर आएका थिए, अनि अल्लाह यस्तो थिएन कि उसले उनीहरूमाथि अत्याचार गरोस् परन्तु उनीहरू स्वयंले आफूमाथि अत्याचार गरिराखेका थिए ।
७१) मोमिन पुरुष, स्त्रीहरू परस्पर एकअर्काका सहायक र मित्र हुन् उनीहरूले राम्रो कुरा गर्न भन्दछन् र नराम्रो कुराबाट रोक्दछन् । नियमित नमाजÞ पढदछन्, जकात दिन्छन्, अल्लाह र उसका रसूलको आज्ञापालन गर्दछन् । यी तिनै मानिस हुन्, जसमाथि शीघ्र नै अल्लाहले दया गर्नेछ । निःसन्देह अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
७२) अल्लाहले यी मोमिन् (आस्थावान) पुरुषहरू र मोमिन् स्त्रीहरूसित स्वर्गको वचन दिएको छ जसमुनि नहरहरू बगिराखेका हुनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् र पवित्र निवास गृहहरूको पनि (वादा) छ, जुन समाप्त नहुनेवाला जन्नतमा छन् र अल्लाहको प्रसन्नता सबभन्दा ठूलो कुरा हो, यही नै सबभन्दा ठूलो सफलता हो ।
७३) हे नबी ! इन्कार गर्ने र मुनाफिकÞहरूसित धर्म युद्ध जारी राख । र उनीहरूसित कडाईकासाथ व्यवहार गर । अन्ततः उनीहरूको ठेगाना नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
७४) उनीहरू अल्लाहको शपथ खाएर भन्दछन् कि उनीहरूले भनेनन्, जबकि उनीहरूले अवश्य नै कुफ्रको कुरा गरेका हुन् । र आफूले इस्लाम स्वीकार गरेपश्चात इन्कार गरे, र उनीहरूले त्यस कामको इच्छा पनि गरे, जुन पूरा हुनसकेन । र उनीहरूको प्रतिशोधको कारण त यो हो कि अल्लाह आफ्नो कृपाले र उसको रसूलले उनीहरूलाई समृद्ध गरिहाले । यदि उनीहरू अहिले पनि प्रायश्चित गरे भने उनीहरूकै लागि राम्रो हुनेछ र यदि उनीहरू विमुख भए भने अल्लाहले उनीहरूलाई दुनियाँ र आखिरतमा दुःखद यातना दिनेछ र धर्तीमा उनीहरूको नकोही मित्र हुनेछ र न त सहायक ।
७५) उनीहरूमध्ये केही यस्ता व्यक्तिहरू पनि छन् जसले अल्लाहसंग वचन दिएका थिए कि यदि उसले हामीलाई आफ्नो कृपाले दियो भने हामी अवश्य नै दान गर्नेछौं र पक्कापक्की सदाचारीमध्येका हुनेछौं ।
७६) तर जब अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले दियो त उनीहरूले त्यसमा कन्जूस्याई गर्नथाले र आलटाल गरी विमुख भइहाले ।
७७) अनि त्यसको सजायमा अल्लाहले उनीहरूका हृदयमा त्यस दिनसम्मको लागि कप्टाचार हालिदियो, जबकि उनीहरू उसित भेट्नेछन् किनभने उनीहरूले अल्लाहसित जुन प्रतिज्ञा गरेका थिए, त्यसलाई भङ्ग गरिदिए र यसकारण पनि कि उनीहरू झूठ बोल्दै गरे ।
७८) के उनीहरूलाई थाहा छैन कि अल्लाह उनीहरूको मनको रहस्य र उनीहरूको कानेखुसीलाई राम्ररी जान्दछ र यो कि अल्लाह अदृश्यका सम्पूर्ण कुराहरू राम्ररी जान्दछ ।
७९) जुन मानिसहरूले उदारतापूर्वक दान गर्ने मोमिनहरूमाथि उनीहरूको दानको विषयमा कटाक्ष गर्दछन् र उनीहरूको उपहास गर्दछन् जसको पासमा उनीहरूको परिश्रम बाहेक अरु केही छैन, त तिनीहरूको उपहास अल्लाहले गर्दछ र उनीहरूको निम्ति दुःखद यातना छ ।
८०) तिमी उनीहरूको निम्ति क्षमाको प्रार्थना गर वा नगर । यदि तिमी उनीहरूको निम्ति सत्तरी पटक पनि क्षमाको प्रार्थना गर्छौं भने, अल्लाहले उनीहरूलाई क्षमा गर्नेछैन, किनभने उनीहरू अल्लाह र उसको रसूलसँग कुफ्र गरे र अल्लाह अवज्ञारीहरूलाई सोझो मार्ग देखाउँदैन ।
८१) पछि परेकाहरू रसूलुल्लाह(सल्लल्लाहो अलैहे वसल्लम) गइसकेपश्चात आफू बसिराख्नुमा खुशी छन् । उनीहरूले अल्लाहको मार्गमा आफ्ना माल र आफ्नो ज्यानहरूसित जिहाद गर्न रुचाएनन् र उनीहरूले भने कि यस गर्मीमा ननिस्क । भनिदिनुस् कि नर्कको आगो साह्रै नै गरम छ । यिनीहरूले यो कुरा बुझेको भए कति राम्रो हुने थियो ।
آية رقم 82
८२) तसर्थ यिनीहरूले आफ्ना क्रियाकलापहरूको बदलामा जो यिनीहरूले गर्दथे कम हाँसुन् र धेरै रोउन् ।
८३) अब यदि अल्लाहले तपाईलाई उनीहरूको कुनै समूहतिर फर्काएर लगाएपछि अनि भविष्यमा तिनीहरूले तपाईंसित युद्ध मैदानमा निस्कन अनुमति चाहन्छन् भने त भनिदिनुस्ः ‘‘तिमीहरू मेरो साथमा कहिल्यै पनि निस्कन सक्दैनौ र न त मेरो साथमा कुनै शत्रुसँग लड्न सक्छौ । तिमीले पहिलोपटक नै बसिराख्न रुचायौ, तसर्थ अब पछि पर्नेहरूकै साथमा बसिराख ।
८४) यिनीहरूमध्ये कोही मर्छ भने तपाईंले उसको जनाजाको नमाज कहिल्यै नपढ्नु र न उसको चिहान छेउ उभिनु । यिनीहरूले अल्लाह र उसका रसूलको अवज्ञा गरे, र मर्ने बेलासम्म पनि उल्लङ्घनकारी र तिरस्कृत नै रहे ।
८५) तपाईंलाई तिनीहरूका धन–सम्पत्ति र सन्तान आकृष्ट नगरुन् । अल्लाह त यही नै चाहन्छ कि ती कुराहरूद्वारा उनीहरूलाई संसारमा सजाय देओस् र यिनीहरू आफ्नो प्राण ननिस्कुनजेलसम्म काफिर नै रहुन् ।
८६) जब कुनै सूराः उतारिन्छ कि, ‘‘अल्लाहमाथि आस्था राख र उसका रसूलको साथ मिलेर जिहाद गर’’। त यिनीमध्ये सम्पन्नहरूको एउटा समूह तपाईंको पासमा आएर विदा माँग्दछन् र भन्छन् कि ‘‘हामीलाई त बसिराख्नेहरूसित नै छोडिदिनुस्’’।
८७) उनीहरूले त पर्दाभित्रका स्त्रीहरूकै साथदिने कुरामा प्रसन्न भइहाले, र उनीहरूको हृदयमा छाप लगाइहालियो । अब उनीहरू केही बुझ्दैनन् ।
८८) तर स्वयं रसूल (सन्देष्टा) र उनका साथमा ईमानवालाहरूले आफ्नो माल र ज्यानसित जिहाद गर्दछन् । यी व्यक्तिहरू नै भलाईवाला हुन् र यी मानिसहरू नै सफलता प्राप्त गर्नेवाला हुन् ।
८९) यिनीहरूकै निम्ति अल्लाहले ती स्वर्गहरू तयार गरेको छ, जसमुनि नहरहरू बगिराखेका छन् जसमा यिनीहरू सधैं रहनेछन् । यही ठूलो सफलता हो ।
९०) बहाना बनाउने केही अज्ञान पनि आए ताकि उनीहरूलाई विदा दिइयोस् र जो अल्लाह र उसका रसूलसँग झूठा कुरा गरे, उनीहरू पनि बसिराखे । उनीहरूमध्ये जसले इन्कार गरे तिनीहरूलाई शिघ्र नै एउटा दुःखद यातना पुगेर नै छाड्नेछ ।
९१) कम्जोर र रोगीहरूमाथि र उनीहरूमाथि जसको पासमा खर्च गर्नको निम्ति केही पनि छैन, कुनै दोष छैन, यस शर्तमा कि उनीहरू अल्लाह र उसका रसूलप्रति निष्ठावान् छन् । यस्ता असल काम गर्नेहरूमाथि दोषको कुनै गुन्जाइस छैन । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
९२) र न त उनीहरूमाथि कुनै दोष लाग्छ जो तपाईंको पासमा आउँछन् कि तपाईंले उनीहरूको निम्ति सवारीको प्रबन्ध गरिदिनुस् अनि तपाईंले जवाफ दिनुहुन्छ कि म तिमीहरूको सवारीको निम्ति केही पनि पाउन्न, त उनीहरू दुःखद अवस्थामा आँखाबाट आँसु बगाउँदै फर्कन्छन् कि उनीहरूसित खर्च गर्नको निम्ति केही पनि उपलब्ध छैन ।
९३) निःसन्देह दोष त मात्रै उनीहरूमाथि छ जो सम्पन्न हुँदा–हुँदै पनि तपाईंसित विदा माँग्दछन् । यिनीहरू त पर्दाभित्र घरमा बसिराख्ने स्त्रीहरूको साथदिनुमा खुशी छन् र उनीहरूको हृदयमा अल्लाहले छाप लगाईसकेको छ, जसबाट तिनीहरू अज्ञान भइसकेका छन् ।
९४) जब तिमी फर्केर उनीहरूको पासमा पुग्छौ त उनीहरूले तिमी समक्ष बहाना बनाउने छन् । तपाईं भनिदिनुस्ः यो बहाना नबनाऊः हामीले तिमीलाई कहिल्यै साँचो ठान्ने छैनौं । अल्लाहले हामीलाई तिम्रा बृतान्त भनिसकेको छ, । र पछि पनि अल्लाह र उसको रसूलले तिम्रा क्रियाकलाप देख्नेछन्, अनि यस्ताको पासमा फर्काइनेछौ जो अदृश्य र प्रकट सबैको ज्ञाता छ । अनि जे–जति क्रियाकलाप तिमीले गर्दैआएका छौ, उसले तिमीलाई भनिदिनेछ ।
९५) यिनीहरू अब तपार्इं अगाडि किरिया खानेछन् जब तपार्इं उनीनिर फर्केर जानुहुन्छ ताकि तपाईंले उनीहरूलाई उनको अवस्थामा छाडिदिनुस् । तसर्थ तपाईंले उनीहरूलाई उनको हालतमा छाडिदिनुस् किनभने उनीहरू पूर्ण फोहरी छन्, उनको बासस्थान नर्क हो त्यस क्रियाकलापको साटो जुन तिनीहरूले गर्दथे ।
९६) यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस् । यदि तपार्इं उनीसँग खुशी भए पनि अल्लाह कदापि यस्ता ‘‘फासिक’’ अवज्ञाकारी मान्छेहरूसँग खुशी हुँदैन ।
९७) अज्ञानीहरू (अरबका बद्दुहरू) साह्रै ठूला काफिर र पाखण्डी छन् र तिनीहरूका लागि यही नै मुनासिब छ कि जुन आदेशहरू अल्लाहले आफ्नो रसूललाई पठाउनु भएको छ, त्यसबाट तिनीहरू अनभिज्ञ रहुन् र अल्लाह सर्वज्ञाता र बुद्धिमत्ता सम्पन्न छ ।
९८) र केही अज्ञानी यस्ता छन् कि जे जति खर्च गर्दछन् त्यसलाई जरिमाना ठान्दछन् र तिम्रो निम्ति विपत्तिको प्रतिक्षामा रहन्छन् । तिनीहरूमाथि नै ठूलो आपत्ति आओस् र अल्लाह सबै कुरा सुन्ने (र) जान्नेवाला छ ।
९९) र केही अज्ञानीहरू यस्ता पनि छन् जो कि अल्लाह र आखिरतको दिनमाथि आस्था राख्दछन् र जे जति खर्च गर्दछन्, त्यसलाई अल्लाहको सामीप्य र पैगम्बरको आशिर्वाद प्राप्त गर्ने माध्यम ठान्दछन् । हेर, अवश्य नै त्यसले, तिनीहरूलाई त्यसको समीपमा लग्ने छ । अल्लाहले तिनीहरूलाई शीघ्र नै आफ्नो दयाको पात्र बनाउने छ । अल्लाह क्षमादाता र बडो कृपालु छ ।
१००) र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।
१०१) र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरू पनि पाखण्डमा परेका छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामीले तिनीहरूलाई जान्दछौं, हामीले तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् ।
१०२) र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, दयावान् छ ।
१०३) तिनीहरूको सम्पत्तिबाट तपाईंले सदका (दान) लिनुस् जसबाट तिनीहरूलाई तपार्इंले शुद्ध र पवित्र गरिदिनुस् र तिनीहरूको लागि प्रार्थना गर्नुस्, निःसन्देह तपार्इंको प्रार्थना तिनीहरूको सन्तुष्टिको श्रोत हो र अल्लाह धेरै सुन्नेवाला र जान्नेवाला छ ।
१०४) के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ ।
१०५) भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमीले दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि उसले जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ ।
१०६) र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।
१०७) र तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कि यस उद्देश्यले मस्जिदको निर्माण गरे ताकि हानि पुर्याऊन् र कुफ्रको कुरा गरुन्, र मोमिनहरूमा कलह सृजना गरुन् र तिनीहरूको लागि साधन जुटाऊन् जसले अघि अल्लाह र उसका रसूलको विरोध गरिसकेछन् र किरिया खान्छन् कि हाम्रो उद्देश्य त मात्र भलो गर्नु थियो, तर अल्लाह साक्षी छ कि तिनीहरू झूठा छन् ।
१०८) तपाईं त्यस (मस्जिद)मा कहिले पनि न उभिनु । त्यस बाहेक जुन मस्जिदको जग नै प्रारम्भदेखि अल्लाहको भक्तिमा आधारित छ, त्यो यस योग्य छ कि तपाईं त्यसमा गएर उभिनुस् । यसमा यस्ता मानिसहरू छन् जसले कि पवित्र रहन रुचाउँछन् ! र अल्लाहले पनि पवित्र रहनेहरूलाई प्रेम गर्दछ ।
१०९) के त्यो मानिस जसले आफ्नो भवनको जग अल्लाहको भय र उसको प्रसन्नतामा राखेको छ, ऊ राम्रो हो वा त्यो राम्रो छ, जसले आफ्नो भवनको जग भत्कन लागेको भीरको छेउमा हाल्यो, जुन उसलाई लिएर नर्कको आगोमा ढलिहाल्छ र अल्लाहले यस्ता अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।
११०) उनीहरूको यो भवन जुन तिनीहरूले निर्माण गरेका छन्, सधैं तिनीहरूको हृदयमा (काँडा बनेर) शंका र छटपटि उब्जाइराख्ने छ, जबसम्म तिनीहरूका मुटु छिया–छिया हुँदैनन् र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।
१११) निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को छ ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।
११२) प्रायश्चित गर्नेहरू, उपासना गर्नेहरू, (अल्लाहको) प्रशंसा गर्नेहरू, उपवास बस्नेहरू, (अथवा सत्मार्गमा यात्रा गर्नेहरू) रुकूअ् गर्नेहरू, ढोगनेहरू सत्कर्मको उपदेश दिनेहरू र दुष्कर्मबाट रोक्नेहरू, अल्लाहका सीमाहरूको (अल्लाहले निर्धारित गरेको सीमा) रक्षा गर्नेहरू (मोमिन हुन्), र हे मुहम्मद मोमिनहरूलाई स्वर्गको शुभसन्देश सुनाइदिनुस् ।
११३) सन्देष्टा र अन्य मुसलमानलाई उचित छैन कि मुश्रिकहरूको लागि क्षमा याचना गरुन्, जबकि यो प्रकट भइसकेको छ कि तिनीहरू नारकिय हुन् चाहे तिनीहरू नजिकका नातेदार नै किन नहोऊन् ।
११४) र इब्राहीमले आफ्नो पिताको निम्ति क्षमायाचना गरेको कुरा त एउटा वाचाको कारणले थियो, जुन उनले ऊसँग गरिसकेका थिए, तर जब उनलाई थाहा भयो कि ऊ अल्लाहको शत्रु हो । त त्यसबाट अलग भइहाले । यसमा कुनै सन्देह छैन कि इब्राहीम(अलैहिस्सलाम) धेरै कोमल हृदयका र सहनशील थिए ।
११५) र अल्लाह यस्तो छैन कि कुनै कौमलाई मार्गदर्शन गरे पछि, मार्ग विचलित गरोस् जबसम्म तिनीहरूलाई त्यो कुरा न भनिहालोस् जसबाट कि उनीहरू पंछिनु पर्छ । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ ।
११६) निःसंदेह अल्लाह नै हो जसलाई आकाशहरू र पृथ्वीमाथि अधिपत्य प्राप्त छ । उसैले जिन्दगी प्रदान गर्दछ र मृत्यु दिन्छ, अल्लाह बाहेक तिम्रो अरु कोही मित्र र सहायता दिनेवाला छैन ।
११७) अल्लाहले पैगम्बरमाथि कृपा गरेको छ, र मुहाजिर तथा अन्सारहरूमाथि पनि, जसले संकटको अवस्थामा उहाँको साथ दिए यसको बावजूद कि तिनीहरूमध्ये केहीका हृदयहरू झण्डै विमुख हुने अवस्थामा थिए, फेरि अल्लाहले तिनीहरूमाथि दया गर्यो । निःसन्देह ऊ तिनीहरूलाई धेरै माया गर्नेवाला र दयावान छ ।
११८) र ती तीन जनाको अवस्थामाथि पनि ध्यान दियो जसको कुरा (निर्णय) मुल्तवी (स्थगित) गरिएको थियो, यहाँसम्म कि पृथ्वी आफ्नो विस्तारको बावजूद तिनीहरूको निम्ति साँगुरो भइहाल्यो र तिनीहरूका आत्मा पनि व्याकुल भइहाले र तिनीहरूलाई थाहा भयो कि अल्लाहबाट बच्नको लागि कहीं शरण छैन, शरण छ भने त उसैको समीपमा छ । अनि (अल्लाहले) तिनीहरूमाथि दया गर्यो ताकि प्रायश्चित गर्न सकुन् । निःसन्देह अल्लाह नै प्रयाश्चित स्वीकार गर्नेवाला र दयावान छ ।
آية رقم 119
११९) हे ईमानवालाहरू ! अल्लाहसँग डर मान्ने गर र सत्यवादीहरूको संगतमा रह ।
१२०) मदीनाका बासिन्दाहरू र उनीहरूको छरछिमेकमा बस्ने ग्रामिणहरूका निम्ति अल्लाहका पैगम्बरलाई छोडेर घरमा बसिरहनु उचित थिएन न त आफ्नो प्राणलाई उनको ज्यानभन्दा प्रिय ठान्नु, यो यस कारण कि अल्लाहको बाटोमा तिनलाई जुन तिर्खा लाग्यो, थकाई लाग्योे वा भोक लाग्यो वा यस्ता ठाउँमा हिंडे जहाँ काफिरहरूलाई रिस उठ्छ वा शत्रुहरूलाई ठीक पारे, यस्ता प्रत्येक कर्ममा तिनीहरूको नाममा एक–एक सत्कर्म लेखियो । निःसन्देह अल्लाहले सत्कर्म गर्नेहरूको प्रतिफल नष्ट पार्दैन ।
१२१) र (यसै प्रकार) तिनीहरूले जे खर्च गरे थोरै अथवा धेरै अथवा (साहसपूर्ण तरिकाले) जति मैदान पार गरे, यी सबै तिनीहरूको नाममा (सत्कर्महरू अन्तर्गत) लेखिन्छन् ताकि अल्लाहले तिनीहरूका कर्महरूको राम्रो प्रतिफल प्रदान गर्न सकोस् ।
१२२) र यो त हुनै सक्तैन कि मोमिनहरू सबै निस्किहालुन्, त यस्तो किन नगरियोस् कि प्रत्येक ठूलो समूहमध्येबाट एउटा सानो समूह जाने गरोस् ताकि धर्मको शिक्षा ग्रहण गरुन् र आफ्ना समूहतिर फर्केर आएपछि भयको कुरा सुनाउन् ताकि तिनीहरू डरुन् (र आफूलाई दृष्कर्मबाट टाढा राखुन्) ।
१२३) हे मोमिनहरू ! आफ्नो समीपका काफिरहरूसँग युद्ध गर र तिनीहरूले तिमीमा कठोरता पाउनु पर्छ र जानिराख कि अल्लाह परहेजगारहरूको साथमा छ ।
१२४) र जब कुनै सूरः अवतरित हुन्छ त केही कपटीहरूले भन्दछन्ः कि यस सूरःले तिमीहरूमध्ये कसको ईमानमा अभिवृद्धि गरेको छ ? हो, जो ईमानवाला छन् तिनीहरूको ईमानमा वृद्धि गरेको छ, र तिनीहरू प्रसन्न हुने गर्दछन् ।
१२५) र जुन मानिसहरूको हृदयमा रोग छ, तिनीहरूको निम्ति फोहरमाथि फोहरको वृद्धि गर्यो र तिनीहरू काफिर भएकै अवस्थामा नै मरे ।
१२६) र के यिनीहरूले देख्दैनन् कि यिनीहरू प्रत्येक वर्ष एक दुई पटक कुनै नकुनै संकटमा पर्ने गर्दछन्, तै पनि प्रायश्चित गर्दैनन् र न उपदेश नै ग्रहण गर्दछन् ।
१२७) र जब कुनै सूरः अवतरित हुन्छ त एकअर्कातिर हेर्न थाल्दछन् (र सोध्छन्) ‘‘के कसैले तिमीलाई देख्दछ? फेरि हिंडी हाल्छन् । अल्लाहले तिनीहरूको हृदयलाई मोडिदिएको छ, किनभने यिनीहरू यस्ता मानिस हुन् जसले बुद्धिले काम लिंदैनन् ।
१२८) (हे मानिसहरू हो !) तिमीहरूको माझमा तिमीहरूमध्येबाटै एउटा पैगम्बर आएका छन् । तिम्रो पीडाबाट उनी दुःखी हुन्छन् र तिम्रो भलोको निम्ति चिन्तित रहन्छन्, र ईमानवालाहरूलाई निकै मायाँ गर्ने र दयालु छन् ।
१२९) तर यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदिनुस् कि अल्लाह मेरो निम्ति पर्याप्त छ । उस बाहेक अरु कोही पूजा योग्य छैन । उसैमाथि मेरो भरोसा छ, र ऊ ठूलो अर्श (सिंहासन) को स्वामी हो ।
تقدم القراءة