ترجمة سورة الصف

الترجمة النيبالية
ترجمة معاني سورة الصف باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) आकाश र धरतीमा भएका सबैले अल्लाहको गुणगान गर्छन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
२) हे मोमिनहरू ! तिमीले यस्ता कुरा किन भन्ने गर्दछौ जो गर्दैनौ ?
३) तिमी जुन गर्दैनौ त्यो भन्नु अल्लाहलाई धेरै अप्रिय छ ।
४) निःसन्देह अल्लाहले तिनीहरूसंग प्रेम गर्नुहुन्छ जुन मानिसहरूले अल्लाहको मार्गमा स्थिर भई लड्छन् कि मानौं सीसा भरिएको बलियो ठोस पर्खाल हुन् ।
५) र स्मरण गर जब ‘‘मूसा(अलैहिस्सलाम)ले’’ आफ्नो कौमसित भने कि हे मेरो समुदायका मानिसहरू तिमीले मलाई किन दुःख दिन्छौ, जब कि तिमी जान्दछौ कि म तिम्रो लागि अल्लाहले पठाएको रसूल हूँ, अनि जब उनीहरूले बाङ्गोपना अपनाए त अल्लाहले पनि उनको हृदयलाई बढी बाङ्गो बनाइदियो । र अल्लाहले अवज्ञाकारीहरूलाई सोझो मार्ग देखाउँदैन ।
६) र जब मरियमको छोरा ईसा(अलैहिस्सलाम)ले भनेः कि हे मेरो कौम बनी इस्राईल ! म तिमी सबैको लागि अल्लाहबाट पठाइएको रसूल हूँ । मभन्दा पहिलेको किताब तौरातको म प्रमाणित गर्नेवाला छु र मपछि आउने एउटा संदेष्टा जसको नाम अहमद हुनेछ, उनको शुभागमनको शुभसन्देश सुनाउँछु । अनि जब उनी तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए, तब तिनीहरूले भन्न थाले कि यो त स्पष्ट जादू हो ।
७) अब त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला जसले अल्लाहमाथि मनगढन्ते दोषारोपण गर्दछ, जबकि उसलाई इस्लामतिर बोलाइदै छ ? अल्लाहले अत्याचारीहरूलाई सिधा मार्ग देखाउँदैन ।
८) उनीहरूले चाहन्छन्ः कि अल्लाहको प्रकाशलाई आफ्नो मूखले निभाइदेउन् । किन्तु अल्लाहले आफ्नो प्रकाशलाई पूर्ण गर्नेवाला छ, यद्यपि इन्कार गर्नेहरूलाई अप्रिय नै किन नलागोस् ।
९) उही त हो, जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो ताकि त्यसलाई अरु धर्महरूमाथि अधिपत्य प्रदान गरोस्, चाहे मुश्रिकहरूलाई अप्रिय नै किन नलागोस् ।
१०) हे ईमानवालाहरू ! के मैले तिमीहरूलाई यस्तो व्यापार बताऊँ जसले तिमीलाई दुःखद यातनाबाट बचाइहालोस् ।
११) अल्लाहमाथि र उसको रसूलमाथि आस्था राख र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यानले जेहाद (धर्मयुद्ध) गर, यो तिम्रो हकमा राम्रो छ यदि तिमीमा ज्ञान छ ।
१२) अल्लाहले तिम्रा पापहरूलाई माफ गरिदिनेछ र तिमीलाई स्वर्गका बगैंचाहरू जसमुनि नहरहरू बगिराखेका छन्, र सफा घरमा जुन सधैंका स्वर्गमा छन्, प्रविष्ट गराउनेछ । यो ठूलो सफलता हो ।
१३) र एउटा अर्को पुरस्कार पनि दिनेछ जसलाई तिमीले रुचाउँछौ त्यो अल्लाहको तर्फबाट सहायता र शीघ्र विजयप्राप्ति हुनेछ मोमिनहरूलाई (यसको) शुभसन्देश सुनाइदेऊ ।
१४) हे मोमिनहरू ! तिमी अल्लाहको मद्दत गर्ने भइहाल जस्तो कि ईसा बिन मरियमले हवारीहरूसित भनेका थिएः कि को छ जसले अल्लाहको बाटोमा मेरो सहायता गर्नेछ ? हवारीहरूले भनेः कि हामी अल्लाहको बाटोमा मद्दतदिने हौं त बनी इस्राईलमध्ये एउटा समूहले त ईमान ल्यायो र एउटा समूह काफिर रह्यो । अन्ततः हामीले ईमानवालाहरूलाई उनीहरूको शत्रुहरूको मुकाबिलामा मद्दत गर्यौं त उनीहरूलाई वर्चस्व प्राप्त भइहाल्यो ।
Icon