ترجمة معاني سورة النّمل باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة الإنجليزية - صحيح انترناشونال
المنتدى الإسلامي
الترجمة الإنجليزية
الترجمة الفرنسية - المنتدى الإسلامي
نبيل رضوان
الترجمة الإسبانية
محمد عيسى غارسيا
الترجمة الإسبانية - المنتدى الإسلامي
الترجمة الإسبانية (أمريكا اللاتينية) - المنتدى الإسلامي
المنتدى الإسلامي
الترجمة البرتغالية
حلمي نصر
الترجمة الألمانية - بوبنهايم
عبد الله الصامت
الترجمة الألمانية - أبو رضا
أبو رضا محمد بن أحمد بن رسول
الترجمة الإيطالية
عثمان الشريف
الترجمة التركية - مركز رواد الترجمة
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة التركية - شعبان بريتش
شعبان بريتش
الترجمة التركية - مجمع الملك فهد
مجموعة من العلماء
الترجمة الإندونيسية - شركة سابق
شركة سابق
الترجمة الإندونيسية - المجمع
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الإندونيسية - وزارة الشؤون الإسلامية
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الفلبينية (تجالوج)
مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الفارسية - دار الإسلام
فريق عمل اللغة الفارسية بموقع دار الإسلام
الترجمة الفارسية - حسين تاجي
حسين تاجي كله داري
الترجمة الأردية
محمد إبراهيم جوناكري
الترجمة البنغالية
أبو بكر محمد زكريا
الترجمة الكردية
حمد صالح باموكي
الترجمة البشتوية
زكريا عبد السلام
الترجمة البوسنية - كوركت
بسيم كوركورت
الترجمة البوسنية - ميهانوفيتش
محمد مهانوفيتش
الترجمة الألبانية
حسن ناهي
الترجمة الأوكرانية
ميخائيلو يعقوبوفيتش
الترجمة الصينية
محمد مكين الصيني
الترجمة الأويغورية
محمد صالح
الترجمة اليابانية
روايتشي ميتا
الترجمة الكورية
حامد تشوي
الترجمة الفيتنامية
حسن عبد الكريم
الترجمة الكازاخية - مجمع الملك فهد
خليفة الطاي
الترجمة الكازاخية - جمعية خليفة ألطاي
جمعية خليفة الطاي الخيرية
الترجمة الأوزبكية - علاء الدين منصور
علاء الدين منصور
الترجمة الأوزبكية - محمد صادق
محمد صادق محمد
الترجمة الأذرية
علي خان موساييف
الترجمة الطاجيكية - عارفي
فريق متخصص مكلف من مركز رواد الترجمة بالشراكة مع موقع دار الإسلام
الترجمة الطاجيكية
خوجه ميروف خوجه مير
الترجمة الهندية
مولانا عزيز الحق العمري
الترجمة المليبارية
عبد الحميد حيدر المدني
الترجمة الغوجراتية
رابيلا العُمري
الترجمة الماراتية
محمد شفيع أنصاري
الترجمة التلجوية
مولانا عبد الرحيم بن محمد
الترجمة التاميلية
عبد الحميد الباقوي
الترجمة السنهالية
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الأسامية
رفيق الإسلام حبيب الرحمن
الترجمة الخميرية
جمعية تطوير المجتمع الاسلامي الكمبودي
الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة التايلاندية
مجموعة من جمعية خريجي الجامعات والمعاهد بتايلاند
الترجمة الصومالية
محمد أحمد عبدي
الترجمة الهوساوية
الترجمة الأمهرية
محمد صادق
الترجمة اليورباوية
أبو رحيمة ميكائيل أيكوييني
الترجمة الأورومية
الترجمة التركية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفرنسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإندونيسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفيتنامية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة البوسنية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإيطالية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفلبينية (تجالوج) للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفارسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
Dr. Ghali - English translation
Muhsin Khan - English translation
Pickthall - English translation
Yusuf Ali - English translation
Azerbaijani - Azerbaijani translation
Sadiq and Sani - Amharic translation
Farsi - Persian translation
Finnish - Finnish translation
Muhammad Hamidullah - French translation
Korean - Korean translation
Maranao - Maranao translation
Abdul Hameed and Kunhi Mohammed - Malayalam translation
Salomo Keyzer - Flemish (Dutch) translation
Norwegian - Norwegian translation
Samir El - Portuguese translation
Polish - Polish translation
Romanian - Romanian translation
Elmir Kuliev - Russian translation
Albanian - Albanian translation
Tatar - Tatar translation
Japanese - Japanese translation
محمد جوناگڑھی - Urdu translation
Ma Jian - Chinese translation
Turkish - Turkish translation
King Fahad Quran Complex - Thai translation
Ali Muhsin Al - Swahili translation
Abdullah Muhammad Basmeih - Malay translation
Hamza Roberto Piccardo - Italian translation
Indonesian - Indonesian translation
Bubenheim & Elyas - German / Deutsch translation
Bosnian - Bosnian translation
Hasan Efendi Nahi - Albanian translation
Sherif Ahmeti - Albanian translation
Sahih International - English translation
Czech - Czech translation
Abul Ala Maududi(With tafsir) - English translation
Tajik - Tajik translation
Alikhan Musayev - Azerbaijani translation
Muhammad Saleh - Uighur; Uyghur translation
Abdul Haleem - English translation
Mufti Taqi Usmani - English translation
Muhammad Karakunnu and Vanidas Elayavoor - Malayalam translation
Sheikh Isa Garcia - Spanish; Castilian translation
Divehi - Divehi; Dhivehi; Maldivian translation
Abubakar Mahmoud Gumi - Hausa translation
Mahmud Muhammad Abduh - Somali translation
Knut Bernström - Swedish translation
Jan Trust Foundation - Tamil translation
Mykhaylo Yakubovych - Ukrainian translation
Uzbek - Uzbek translation
Diyanet Isleri - Turkish translation
Ministry of Awqaf, Egypt - Russian translation
Abu Adel - Russian translation
Burhan Muhammad - Kurdish translation
Dr. Mustafa Khattab, The Clear Quran - English translation
Dr. Mustafa Khattab - English translation
الترجمة الإنجليزية - مركز رواد الترجمة
الترجمة الفرنسية - محمد حميد الله
الترجمة البوسنية - مركز رواد الترجمة
الترجمة الصربية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة الألبانية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة اليابانية - سعيد ساتو
الترجمة الفيتنامية - مركز رواد الترجمة
الترجمة التاميلية - عمر شريف
الترجمة السواحلية - عبد الله محمد وناصر خميس
الترجمة اللوغندية - المؤسسة الإفريقية للتنمية
الترجمة الإنكو بامبارا - ديان محمد
الترجمة العبرية
الترجمة الإنجليزية للمختصر في تفسير القرآن الكريم
الترجمة الروسية للمختصر في تفسير القرآن الكريم
الترجمة البنغالية للمختصر في تفسير القرآن الكريم
الترجمة الصينية للمختصر في تفسير القرآن الكريم
الترجمة اليابانية للمختصر في تفسير القرآن الكريم
ترجمة معاني القرآن الكريم - عادل صلاحي
عادل صلاحي
ﰡ
آية رقم 1
१) ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।
آية رقم 2
ﭙﭚﭛ
ﭜ
२) मोमिनहरूको निम्ति मार्गदर्शन र शुभसूचना ।
آية رقم 3
३) जो नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र आखिरतमा विश्वास गर्दछन् ।
آية رقم 4
४) जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् हामीले उनीहरूको कर्म उनीहरूको लागि शोभायमान बनाइदिएका छौं । अतः तिनीहरू भौतारिदै छन् ।
آية رقم 5
५) यिनै मानिसहरू हुन्, जसको निम्ति ठूलो यातना छ र उनीहरू नै आखिरतमा पनि ठूलो नोक्सानी भोग्नेछन् ।
آية رقم 6
६) निश्चय नै तपाईलाई एउटा ठूलो तत्वदर्शी ज्ञानवानको तर्फबाट कुरआन सिकाइदैछ ।
آية رقم 7
७) स्मरण गर जब ‘‘मूसाले’’ आफ्नो घरवालासित भनेः कि मैले आगो देखेको छु । मैले त्यहाँबाट कुनै सूचना वा सल्किराखेको आगोको डल्लो तिम्रो पासमा लिएर आउँछु, ताकि तिमीले आफूलाई न्यानो पार ।
آية رقم 8
८) जब ‘‘मूसा’’ त्यसको नजिक आए तब आवाज दिइयो कि त्यो जुन कि यस आगोमा छ, ऊ धन्य छ र जो यसको आसपासमा छ उसलाई बरकत (उपहार) दिइएको छ ! र अल्लाह उच्च र महान छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
آية رقم 9
ﮥﮦﮧﮨﮩﮪ
ﮫ
९) हे मूसा सुन ! म नै हूँ अल्लाह, अधिपत्यशाली र तत्वदर्शी सम्पन्न ।
آية رقم 10
१०) तिमीले आफ्नो लठ्ठी फ्यांक । जब मूसा ले त्यसलाई हल्लिराखेको सर्प जस्तो देख्नु भयो त पिठ्युँ पर्काई भागे र पछाडि फर्केर पनि हेरेनन् । (आवाज आयो) हे मूसा ! नडराऊ, निःसंदेह रसूलहरू मेरो पास डराउने गर्दैनन् ।
آية رقم 11
११) तर जसले अपराध गरे अनि त्यस नराम्रो कुरा पश्चात असल कर्म गर्दछन् भने त्यस नराम्रो कामपछि त म पनि क्षमादाता, दयावान छु ।
آية رقم 12
१२) र आफ्नो हात आफ्नो काँखामा राख । त्यो बिना कुनै खराबीको उज्जवल भएर निस्किनेछ । यी नौ ‘‘९’’ निशानीहरू लिएर फिरऔन र त्यसको जाति समुदायतिर जाऊ । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू हुन् ।
آية رقم 13
१३) जब उनको पासमा आँखा खुल्ला गर्ने हाम्रा स्पष्ट निशानीहरू पुगे, त भन्न थालेः कि यो त स्पष्टरूपमा जादू हो ।
آية رقم 14
१४) उनीहरूले अत्याचार र घमण्डको कारण इनकार गरे जबकि उनीका हृदयले विश्वास गरिसकेका थिए । तसर्थ हेर्नुस् कि ती उप्रदव गर्नेहरूको परिणाम के भयो ?
آية رقم 15
१५) र हामीले निश्चय नै ‘‘दाऊद’’ र ‘‘सुलैमानलाई’’ ज्ञान प्रदान गरेका थियौं । र उनी दुवैले भने कि सम्पूर्ण प्रशंसा अल्लाहको लगि छ जसले हामीलाई आफ्नो धेरैजसो ईमानवाला दासहरूको दाँजोमा श्रेष्ठता प्रदान गर्यो ।
آية رقم 16
१६) र ‘‘दाऊदको’’ उत्तराधिकारी सुलैमान (अलहिस्सलामै) भए र उनले भनेः कि हे मानिसहरू ! हामीलाई पंक्षीहरूको बोली सिकाइएको छ र हामीलाई हरेक (जरुरी) कुरामध्येबाट प्रदान गरिएकोछ । निःसन्देह यो स्पष्टरूपले अल्लाहको कृपा हो ।
آية رقم 17
१७) ‘‘सुलैमानको’’ सामु उनका सबै फौज जिन्न र मनुष्य र पंक्षीहरूबाट एकत्र गरिए र उनीहरूको किसिम अनुसार दर्जा निर्धरित गरिएको थियो ।
آية رقم 18
१८) जब उनी कमिलाहरूको बैंसीमा पुगे त एउटा कमिलाले भन्योः कि हे कमिलाहरू आ–आफ्नो दूलोहरूमा प्रवेश गरिहाल, यस्तो नहोस् कि ‘‘सुलैमान’’ र उसको फौजले तिमीहरूलाई कुल्चिहालुन् र उनीलाई थाहा पनि नहोस् ।
آية رقم 19
१९) उनको यस कुरामा उनी(सुलैमान) हाँसिहाले र भन्न थालेः कि हे पालनकर्ता ! मलाई शक्ति देऊ जुन कृपा तिमी ममाथि र मेरा आमा बाबुमाथि गरेका छौ, त्यसप्रति कृतज्ञाता ज्ञापन गरूँ र यस्ता असल काम गरूँ कि त्यसबाट तिमी प्रसन्न भइहाल र मलाई आफ्नो कृपाले आफ्नो असल दासहरूमा प्रवेश गराइहाल ।
آية رقم 20
२०) उनले पंक्षीहरूको जाँचपडताल गरे, तब भन्नाथाले के कारण छ कि म ‘‘हुदहुद’’ चरालाई देख्दिन, के वास्तवमा त्यो यहाँ छैन ?
آية رقم 21
२१) निश्चितरूपले म उसलाई कठोर दण्ड दिनेछु वा त्यसलाई जब्ह गरिहाल्नेछु वा मेरो अगाडि (अनुपस्थितिको) कुनै स्पष्ट कारण प्रस्तुत गरोस् ।
آية رقم 22
२२) केही समय मात्र बितेको थियो, कि ‘‘हुदहुद’’ आइपुग्यो र भन्न थाल्योः कि मलाई एउटा यस्तो कुरो थाहा भएछ, जुन तपाईलाई थाहा छैन । म ‘‘सबा’’ (शहरबाट) तपाईको पासमा एउटा विश्वासनीय सूचना लिएर आएको छु ।
آية رقم 23
२३) मैले एउटी यस्ती स्त्रीलाई देखें जो मानिसहरूमाथि शासन गर्छे । र उसलाई हरेक कुराबाट केही नकेही प्राप्त छ र उसको सिंहासन पनि बडो गरिमामय छ ।
آية رقم 24
२४) मैले देखेको छु, कि उसले र उसको जातिबन्धुहरूले अल्लाहलाई छाडि सूर्यलाई ढोग्ने गर्दछन्, र शैतानले उनीहरूका कर्महरूलाई उनीहरूको लागि राम्रो बनाइदिएको छ र उनीहरूलाई सत्य मार्गबाट विचलित गरिराखेको छ । अतः उनीहरू सीधा मार्ग पाइराखेका छैनन् ।
آية رقم 25
२५) कि अल्लाहलाई नै ढोग्ने गरुन् जो अकाशहरू र धरतीमा लुकेको कुराहरूलाई प्रकट गर्दछ र तिम्रो अदृश्य र प्रकट कर्महरू जान्दछ ।
آية رقم 26
२६) अल्लाह बाहेक कोही पूजाको योग्य छैन, उही नै सर्वाेच्च सत्तासन (अर्श) को स्वामी हो ।
آية رقم 27
२७) सुलैमानले भनेः अब हामी हेर्नेछौं कि तिमीले साँचो भनेका छौ वा तिमी झूठा हौ ।
آية رقم 28
२८) मेरो यो पत्र लिएर जाऊ र यसलाई उनीहरूको अगाडि प्रस्तुत गरिदेऊ अनि उनीहरूबाट अलग भएर हेर, कि उनीहरूले के जवाफ (प्रतिक्रिया) दिन्छन् ।
آية رقم 29
२९) उसले (रानीले) भनिन् कि हे दरबारबारीहरू ! मलाई एउटा प्रतिष्ठित पत्र पठाइएको छ ।
آية رقم 30
३०) त्यो सुलैमानको तर्फबाट आएको छ र त्यो क्षमा दिने अल्लाहको नामबाट शुरु हुन्छ जो बडो कृपाशील तथा अत्यन्त दयावान छ ।
آية رقم 31
ﮯﮰﮱﯓﯔ
ﯕ
३१) कि मसित अट्टेरिपना नगर र आज्ञाकारी बनी मेरो पासमा आऊ ।
آية رقم 32
३२) उसले भनी कि हे सरदारहरू ! मेरो कुराहरूमा मलाई परामर्श देऊ । म कुनै कुराको निर्णय गर्दिन जबसम्म तिमीहरूको सल्लाह र उपस्थिति हुँदैन ।
آية رقم 33
३३) उनीहरू सबैले भनेः कि हामी सक्षम र शक्तिशाली छौं र हामीलाई ठूलो युद्धक्षमता प्राप्त छ । आदेश दिनु तपाईको अधिकारमा छ, अतः तपाईले विचार गर्नुस् कि तपाईले के आदेश दिनुहुनेछ ।
آية رقم 34
३४) उसले भनी कि सम्राट जब कुनै बस्तीमा प्रवेश गर्दछन् तब त्यसलाई नष्ट गरिदिन्छन् र त्यहाँका प्रभावशाली व्यक्तिहरूलाई अपमानित गरेर छाड्छन् । र यिनीहरूले पनि यस्तै नै गर्नेछन् ।
آية رقم 35
३५) मैले उनीहरूतिर एउटा उपहार पठाउँदैछु, अनि हेर्नेछु कि दूतले के उत्तर लिएर फर्कन्छ ।
آية رقم 36
३६) जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख ।
آية رقم 37
३७) तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् ।
آية رقم 38
३८) (सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् ।
آية رقم 39
३९) जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ ।
آية رقم 40
४०) एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ ।
آية رقم 41
४१) (सुलैमानले) भनेः कि यस सिंहासनमा केही परिवर्तन गर जसबाट यो थाहा होस् कि उसले बाटो (सही बाटो) पाउँछे वा सही बाटो नपाउनेहरूको समूहमध्येको हुनेछे ।
آية رقم 42
४२) अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यहि जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ ।
آية رقم 43
४३) र अल्लाह बाहेक जसलाई पूजा गर्दथी तिनले उनलाई रोकिराखेका थिए । निःसन्देह त्यो एउटा इन्कार गर्नेवाला समूहमध्येकी थिई ।
آية رقم 44
४४) अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
آية رقم 45
४५) र हामीले ‘‘समूदतिर’’ उसको भाइ ‘‘सालेहलाई’’ पठायौं, कि तिमी सबै अल्लाहको पूजा गर तर तिनीहरू दुई समूहमा विभाजित भई आपसमा झगडा गर्नथाले ।
آية رقم 46
४६) (सालेहले) भनेः कि हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी भलाईभन्दा अगाडि नराम्रोतिर किन शीघ्रता देखाइराखेका छौ ? र तिमी अल्लाहसित क्षमा किन माग्दैनौं, ताकि तिमीमाथि दया गरियोस् ।
آية رقم 47
४७) उनीहरूले भन्नथालेः कि हामी त तिमी र तिम्रा साथीहरूलाई हाम्रो लागि अपशगुन देखिराखेका छौं । (सालेहले) भनेः कि तिम्रो अपशगुन अल्लाहको नजिक छ, बरु तिमीहरू त सजायमा परिसकेका मानिसहरू हौ ।
آية رقم 48
४८) र यस शहरमा नौं जना जथ्थेदार मानिस थिए, जसले देशमा उपद्रव गर्नेगर्दथे र सुधार गर्दैनथे ।
آية رقم 49
४९) उनीहरूले आपसमा शपथ खाइखाइकन् प्रतीज्ञा गरे, कि रातीमा नै हामी सालेह र उसको घरवालाहरूमाथि छापा मार्नेछौं, अनि उसको उत्तराधिकारीहरूसित भन्ने छौं कि हामी त उसको घरवालाहरूको विनाश हुने ठाउँमा जाँदैगएनौ, र हामी सत्य कुरा भन्दछौं ।
آية رقم 50
५०) र उनीहरूले एउटा गुप्त चाल चले र हामीले पनि एउटा चाल चल्यौं तर उनीहरूलाई थाहै भएन ।
آية رقم 51
५१) तसर्थ अब हेरिहालः उनीहरूको धोकाको परिणाम कस्तो भयो । हामीले उनीहरूलाई र उनको जाति समुदाय सबैलाई नष्ट पारिहाल्यौ ।
آية رقم 52
५२) यी उनका घरहरू हुन् जो उनीहरूको अत्याचारको कारणले रिक्त भएका छन् । जुन मानिसहरू ज्ञानी छन्, उनीहरूको निम्ति यसमा ठूलो निशानी छ ।
آية رقم 53
ﯗﯘﯙﯚﯛ
ﯜ
५३) र हामीले उनीहरूलाई जसले ईमान ल्याएका थिए र संयमी थिए बचाइहाल्यौं ।
آية رقم 54
५४) र ‘‘लूतलाई’’ पनि पठायौं, जब उनले आफ्नो समुदायसित भनेः कि तिमीहरू जानिबुझी किन व्यभिचार गर्दछौ ।
آية رقم 55
५५) यो के कुरा छ के तिमी स्त्रीहरूलाई छाडी आफ्नो वासना प्राप्तिको निम्ति पुरुषहरूको पासमा जान्छौ ? बरु साँचो यो छ कि तिमीहरू साह्रै अज्ञानी काम गर्दैछौ ।
آية رقم 56
५६) अनि उनको जातिका मानिसहरूको उत्तर यस बाहेक अरु केही थिएन कि उनीहरूले भनेः लूतका घरवालाहरूलाई आफ्नो बस्तीबाट बाहिर निकालिदेऊ, यिनीहरू त धेरै पवित्र बन्न चाहन्छन् ।
آية رقم 57
५७) अन्ततः हामीले उनलाई र उनका घरवालाहरूलाई, बचाइहाल्यौ उनकी स्त्री बाहेक, जसको लागि हामीले नीयत गरिदिएका थियौ कि, ऊ पछि पर्नेहरूमध्ये हुनेछे ।
آية رقم 58
५८) र हामीले उनीमाथि एउटा (विशेष खालको) वर्षा वर्षायौ र त्यो सचेत गरिसकिएको लागि साह्रै नराम्रो वर्षा थियो ।
آية رقم 59
५९) तपाई भनिदिनुस् कि सबै प्रशंसा अल्लाहको लागि छ र उसका विशिष्ट भक्तहरूमाथि सलाम र शान्ति छ, जसलाई उसले रोजिहाल्यौ । के अल्लाह राम्रो छ, वा उनीहरू जसलाई तिनीहरूले साझेदार ठहराइराखेका छन् ?
آية رقم 60
६०) भन त आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो, र कसले आकाशबाट पानी वर्षायो, फेरि त्यसबाट हराभरा बगैचाको सृष्टि गर्यो, यो बगैचाका वृक्षहरू उमार्नु तिम्रो लागि सम्भव थिएन । के अल्लाहको साथमा कोही अरु पूज्य छ ? होइन, बरु तिनीहरू नै सत्यमार्गबाट टाढिंदैछन् ।
آية رقم 61
६१) कसले धरतीलाई स्थिर गरेर बस्ने ठाउँ बनायो, र उसको बीचमा नहरहरू बगायो, र उसको लागि पहाडहरूको सृष्टि गर्यो र (जसले) दुई समुन्द्रहरूको बीचमा तगारो बनायो ? त के अल्लाहको साथमा अरु कोही पूज्य पनि छ ? बरु तिनीहरूमध्ये धेरैले केही बुझ्दैनन् ।
آية رقم 62
६२) कसले व्यग्रको गुहार सुन्दछ, जब त्यसले उसलाई गुहार्दछ र व्यथा हटाइदिन्छ र तिमीलाई धरतीमा शासक बनाउँदछ ? के अल्लाहको साथमा अरु कोही पूजनीय छ ? (होइन) तिमीहरूले धेरै कम उपदेश र शिक्षा प्राप्त गर्दछौ ।
آية رقم 63
६३) कसले तिमीलाई जङ्गल र समुद्रको अँध्यारोमा बाटो देखाउँछ र हावाहरूलाई आफ्नो दया गर्नुभन्दा अगाडि़ शुभसन्देश दिन चलाउँछ ? अनि के अल्लाहको साथमा अरु कोही पूजनीय पनि छ जसलाई यिनीहरूले साझेदार बनाउँछन् ? अल्लाह उच्च र महान छ ।
آية رقم 64
६४) को हो जसले पहिलो प्राणीहरूको सृष्टि गर्दछ, अनि उसको पुनरावृत्ति गर्नेछ र को हो जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दैछ, त के अल्लाहको साथमा अरु कोही पूज्य छ ? (होइन) भनिदिनुस् कि यदि तिमी साँचो हौ भने प्रमाण पेश गर ।
آية رقم 65
६५) भनिदिनुस् कि जो आकाशहरू र धरतीमा छन्, अल्लाह बाहेक कोही अन्तरयामी छैन उनीहरू त यो पनि जान्दैनन् कि कहिले उठाइनेछन् ।
آية رقم 66
६६) बरु आखिरतको विषयमा उनको ज्ञानको अन्त्य भइसकेको छ । बरु यिनीहरू यसबाट सन्देहमा छन्, बरु उनीहरू यसबाट अन्धा छन् ।
آية رقم 67
६७) काफिरहरूले भनेः कि के जब हामी, र हाम्रो बाबुबाजे माटो भइहाल्छौं, तब के फेरि हामी (चिहानबाट) निकालिने छौं ?
آية رقم 68
६८) यो वाचा हामीसित र हाम्रा बाबु बाजेसित त धेरै पहिलादेखि नै भइराखेको छ । यी त पूर्वजहरूका कथा मात्र हुन् ।
آية رقم 69
६९) भनिदिनुस्ः कि धरतीमा घुमफिर त गरेर हेर कि अपराधीहरूको परिणाम कस्तो भयो ?
آية رقم 70
७०) तपाई उनीहरूको लागि दुःखी नहुनुस् र उनीहरूको दाउघातहरूबाट पनि दुःखी नहुनुस् ।
آية رقم 71
७१) र भन्दछन्ः कि यदि सत्य हौ भने, त यो वाचा कहिले पूरा हुनेछ बताइदिनुस् ?
آية رقم 72
७२) जवाफ दिनुस् ! कि जुन कुराहरू (यातना) को निम्ति तिमीले शीघ्रता गरिराखेका छौ, शायद त्यसमध्येबाट केही तिम्रो नजिकमा आइसकेका छन् ।
آية رقم 73
७३) निःसन्देह तपाईको पालनकर्ता त मानिसहरूमाथि ठूलो दया गर्नेवाला छ, तर यिनीहरूमध्ये धेरैले कृतज्ञता व्यक्त गर्दैनन् ।
آية رقم 74
७४) र निःसन्देह जुन कुराहरू उनको छातीमा लुकेको हुन्छ र जुन काम उनीहरूले प्रकट गर्दछन्, तपाईको पालनकर्ता ती (सबै) जान्दछ ।
آية رقم 75
७५) आकाशहरू र धरतीमा लुकेको कुनै पनि यस्तो कुरा छैन जुन स्पष्ट र खुल्ला किताबमा मौजूद नहोस् ।
آية رقم 76
७६) निःसन्देह यो कुरआनले बनी इस्राईलको अगाडि ती धेरै कुराहरू, जसमा उनीहरूले विवाद गर्दछन्, स्पष्टरूपमा बयान गर्दछ ।
آية رقم 77
ﭑﭒﭓﭔ
ﭕ
७७) र निःसन्देह यो कुरआन ईमानवालाहरूको निम्ति मार्गदर्शन र कृपा हो ।
آية رقم 78
७८) तपाईको पालनकर्ताले उनीहरूबीच आफ्नो आदेशले सबै फैसला गरिदिनेछ । ऊ सर्वशक्ति सम्पन्न र सर्वज्ञ छ ।
آية رقم 79
७९) तसर्थ तपाईले अल्लाहमा भरोसा राख्नुस् । निश्चितरूपले तपाई त स्पष्ट (सत्यता) धर्ममा हुनुहुन्छ ।
آية رقم 80
८०) निःसन्देह तपाईले न मुर्दाहरूलाई सुनाउन सक्नुहुन्छ र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काई विमुख भएर गइरहेका छन् ।
آية رقم 81
८१) र नत तपाईले अन्धालाई उनको मार्गविचलनबाट हटाएर सही बाटो देखाउन सक्नुहुन्छ । तपाईले त उनीहरूलाई मात्र सुनाउन सक्नु हुन्छ जसले हाम्रो आयतहरूमाथि आस्था राख्दछन् र आज्ञाकारी छन् ।
آية رقم 82
८२) जब उनीहरूको लागि यातनाको वाचा पूरा हुनेछ, तब हामीले उनीहरूको लागि धरतीबाट एउटा जनावर निकाल्नेछौं, जसले उनीहरूसित कुरा गर्नेछ, कि मानिसहरू हाम्रो आयतहरूमा विश्वास गर्दैनथे ।
آية رقم 83
८३) र जुन दिन हामी प्रत्येक समूहमध्येबाट त्यस समूहलाई एकत्रित गर्नेछौं, जसले हाम्रा आयतहरूलाई असत्य भन्दथे, अनि उनीहरूलाई विभिन्न श्रेणीहरूमा विभाजित गरिनेछ ।
آية رقم 84
८४) यहाँसम्म कि जब सबै आइपुग्नेछन् तब अल्लाहले आदेश गर्नेछः कि तिमीलाई पूरा ज्ञान नभएर पनि तिमीले मेरा आयतहरूलाई किन असत्य भनेका थियौ ? र यो पनि बताऊ कि तिमीले के गर्दै थियौ ?
آية رقم 85
८५) र उनीहरूको अपराधको कारणले उनीहरूको हकमा यातनाको वाचा पूरा भएर नै छाड्नेछ, अनि उनीहरू केही बोल्न सक्नेछैनन् ।
آية رقم 86
८६) के उनीहरूले देखेनन् कि हामीले रातलाई बनाएका छौं ताकि यसमा तिनीहरूले आराम गरुन्, र दिनलाई उज्यालो बनाएका छौं । र निःसन्देह यसमा त्यस समुदायहरूको लागि जो ईमान र विश्वास राख्दछन् निशानीहरू छन् ।
آية رقم 87
८७) र जुन दिन सूर फूँकिनेछ तब जो आकाशहरू र जो जमिनमा छन्, सबै आत्तिनेछन्, तिनी बाहेक जसलाई अल्लाह चाहन्छ । र सबै उसको समक्ष विवश र बाध्य भई उपस्थित हुनेछन् ।
آية رقم 88
८८) र जब तिमीले पहाडहरूलाई हेरेर तिनीहरूलाई आफ्नो ठाउँमा स्थिर देख्दछौ, तर तिनीहरू पनि यसप्रकार हिंड्नेछन्, जस्तो कि बादल । यो अल्लाहको कारीगरी हो, जसले प्रत्येक कुरालाई बलियो बनायो । निःसन्देह उसले तिम्रो कर्महरूको बारेमा जानकारी राख्दछ ।
آية رقم 89
८९) जुन व्यक्तिले असल कर्म लिएर आउनेछ, उसको निम्ति उसलाई त्यसभन्दा राम्रो प्रतिफल मिल्नेछ, र यस्ता मानिसहरू त्यस दिनको घबराहटबाट निश्चिन्त हुनेछन् ।
آية رقم 90
९०) र जसले नराम्रो कर्म लिएर आउनेछन् तिनीहरूलाई घोक्राएर नर्कमा धकेलिनेछ । तिमीलाई त तिनै कर्महरूको प्रतिफल प्राप्त हुनेछ, जुन तिमीले गर्दै आइरहेका छौ ।
آية رقم 91
९१) (भनिदिनुस्) मलाई यही नै आदेश भएको छः कि म यस ‘‘मक्का’’ शहरको स्वामीको उपासना गरूँ, जसले यसलाई सम्मानित र मर्यादित बनाएको छ र यी सबै कुरा उसैको अधीनमा छन् र यो पनि आदेश भएको छ कि म उसको आज्ञाकारीको रूपमा रहूँ ।
آية رقم 92
९२) र यो पनि कि म ‘‘कुरआन’’ पढ्ने गरूँ, त जुन मानिसले सोझो बाटो अपनाउँछ, उसले आफ्नै फाइदाको निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त भनिदिनुस् कि म त मात्र सचेत गर्नेवाला हूँ ।
آية رقم 93
९३) भनिदिनुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । उसले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछ, जसलाई तिमी आफैले चिन्हिहाल्नेछौ र जुन कर्म तिमीले गर्दैछौ, त्यसबाट तिम्रो पालनकर्ता अनभिज्ञ छैन ।
تقدم القراءة