ترجمة سورة الغاشية

الترجمة النيبالية
ترجمة معاني سورة الغاشية باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ?
२) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
३) कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
७) जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
८) त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
९) आफ्नो प्रयासमा प्रसन्न ।
१०) उच्च र शानदार स्वर्गमा हुनेछन् ।
११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
१२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
१३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
१४) प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
१५) र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
१६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
१७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
१८) र आकाशतिर के कस्तो उच्च गरिएकोछ ?
१९) र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ ?
२०) र धरतीतिर कि कसरी बिछाइएको छ?
२१) तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
२२) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
२३) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
२४) त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ,
२५) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
२६) अनि हामीले नै उनको हिसाब लिनेछौं ।
Icon