الترجمة النيبالية बाट النيبالية मा सुरा الأعلى को अनुवाद
Verse 1
ﮟﮠﮡﮢ
ﮣ
१) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
Verse 2
ﮤﮥﮦ
ﮧ
२) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
Verse 3
ﮨﮩﮪ
ﮫ
३) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
Verse 4
ﮬﮭﮮ
ﮯ
४) र जसले वनस्पति उमार्यो ।
Verse 5
ﮰﮱﯓ
ﯔ
५) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
Verse 6
ﯕﯖﯗ
ﯘ
६) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
Verse 7
७) तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
Verse 8
ﯤﯥ
ﯦ
८) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
Verse 9
ﯧﯨﯩﯪ
ﯫ
९) अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
Verse 10
ﯬﯭﯮ
ﯯ
१०) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
Verse 11
ﭑﭒ
ﭓ
११) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
Verse 12
ﭔﭕﭖﭗ
ﭘ
१२) जो ठूलो आगोमा पर्नेछ ।
Verse 13
ﭙﭚﭛﭜﭝﭞ
ﭟ
१३) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
Verse 14
ﭠﭡﭢﭣ
ﭤ
१४) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
Verse 15
ﭥﭦﭧﭨ
ﭩ
१५) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
Verse 16
ﭪﭫﭬﭭ
ﭮ
१६) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
Verse 17
ﭯﭰﭱ
ﭲ
१७) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
Verse 18
ﭳﭴﭵﭶﭷ
ﭸ
१८) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
Verse 19
ﭹﭺﭻ
ﭼ
१९) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।
تقدم القراءة