ترجمة معاني سورة الجاثية باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
ﰡ
آية رقم 1
ﭑ
ﭒ
१) हा. मीम.,
آية رقم 2
ﭓﭔﭕﭖﭗﭘ
ﭙ
२) यस किताबको अवतरण अल्लाहको तर्फबाट भएको हो, जो अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
آية رقم 3
ﭚﭛﭜﭝﭞﭟ
ﭠ
३) निःसन्देह आकाशहरू र धरतीमा ईमानवालाहरूका निम्ति धेरै निशानीहरू छन् ।
آية رقم 4
४) र तिम्रो संरचनामा पनि र जनावरहरूमा पनि, जसलाई त्यसैले फैलाउँछ, विश्वास गर्नेहरूको निम्ति धेरै निशानीहरू छन् ।
آية رقم 5
५) र रात र दिनको फेरबदलमा पनि, र त्यस रोजी (जीविका)मा पनि जसलाई अल्लाहले आकाशबाट अवतरित गरेर उसद्वारा धरतीलाई त्यसको मृत्यु भइसके पश्चात जीवित पार्दछ र वायुहरूको परिवर्तनकालमा पनि ती मानिसहरूका निम्ति धेरै निशानीहरू छन् जो बुद्धिमान छन् ।
آية رقم 6
६) यी अल्लाहका आयतहरू हुनु, हामीले उनीहरूलाई सत्यताको साथ सुनाइराखे छौं । अब अल्लाह र त्यसका आयतहरू पश्चात अन्य कुन कुरो छ जसमा उनीहरूले विश्वास गर्नेछन् ।
آية رقم 7
ﮎﮏﮐﮑ
ﮒ
७) प्रत्येक झूठा गुनहगारलाई ‘‘वैल’’ सत्यानाश छ,
آية رقم 8
८) जुन अल्लाहका आयतहरूलाई सुन्दछ जुन पढेर सुनाइन्छ तर घमण्ड गरी यस्तो जिद गर्छ, मानौं तिनलाई सुनेकै छैन, त यस्ता व्यक्तिहरूलाई दुःखदिने यातनाको शुभसमाचार सुनाइदेऊ ।
آية رقم 9
९) र जब हाम्रा केही आयतहरूबारे उनीहरूलाई थाहा हुन्छ, तब तिनका उपहास गर्दछन्, यस्ता व्यक्तिहरूको निम्ति अपमानजनक यातना छ ।
آية رقم 10
१०) उनीहरूको पछाडि नर्क छ, र जुन काम उनीहरूले गरिरहे, उनीहरूको कुनै पनि काम आउँनेछैन, र न ती नै जसलाई उनीहरूले अल्लाह बाहेक पूज्य बनाएका थिए । र उनीहरूको निम्ति ठूलो यातना छ ।
آية رقم 11
११) यो (कुरआन) सर्वथा मार्गदर्शन हो । र जुन मानिसले आफ्नो पालनकर्ताका आयतहरूलाई इन्कार गरे, उनीहरूको निम्ति अत्यन्त कष्टदायक यातना छ ।
آية رقم 12
१२) त्यो अल्लाह नै हो जसले समुन्द्रलाई तिम्रो वशीभूत गरिदिएको छ, ताकि उसको आदेशले त्यसमा डुङ्गाहरू चलुन्, र ताकि तिमीले उसको उदार अनुग्रह खोजः र यसकारण कि तिमी कृतज्ञता देखाऊ ।
آية رقم 13
१३) जे–जाति कुरा आकाशहरूमा छन् र जे–जाति धरतीमा छन्, त्यसले ती सबैलाई आफ्नो तर्फबाट तिम्रो अधिकारमा लगाइराखेको छ । निश्चय नै यसमा ती मानिसहरूको निम्ति निशानीहरू छन्, जसले बुद्धिले काम लिन्छन् ।
آية رقم 14
१४) मोमिनहरूलाई भनिदेऊः कि ‘‘जुन मानिसहरूले अल्लाहको (नराम्रो) दिनको आशा गर्दैनन् उनीहरूलाई क्षमा गरिदेऊन् ताकि महान अल्लाहले उनीहरूलाई उनीहरूको आफ्नो कमाईको प्रतिफल देओस् ।’’
آية رقم 15
१५) जसले राम्रो कर्म गर्दछ, त्यसले आफ्नो निम्ति गर्नेछ र जसले नराम्रो कर्म गर्दछ त त्यसको हानि त्यसैले बेहोर्नु पर्नेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्कनेछौ ।
آية رقم 16
१६) निश्चय नै हामीले बनी इस्राईलको सन्तानलाई किताब र हुकूमत र पैगम्बरी प्रदान गरेका थियौं । उनीहरूलाई पवित्र जीविका पनि प्रदान गर्यौं र संसारमाथि उनलाई श्रेष्ठता प्रदान गर्यौं ।
آية رقم 17
१७) र उनीहरूलाई धर्मको बारेमा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं, अनि उनीहरूले जुन विवाद गरे, (त्यो) ज्ञान आइसके पश्चात आपसी ज्यादतीको कारणले गरे । निश्चय नै तिम्रो पालनकर्ता कियामतको दिन उनीहरूबीच ती कुराको बारेमा फैसला गरिदिनेछ, जसमा उनीहरू आपसमा विवाद गरिराखेका छन् ।
آية رقم 18
१८) अनि हामीले तिमीलाई धर्मको खुला मार्गमा स्थापित गर्यौं, तसर्थ त्यसैको अनुशरण गर र अज्ञानीहरूको इच्छाहरूको पछि पछि नलाग्नु ।
آية رقم 19
१९) यिनीहरू अल्लाहको सामु तिम्रो कुनै काम आउने छैनन्, अत्याचारीहरू एक अर्काका मित्र हुन्छन् र अल्लाह परहेजगारहरूको मित्र हो ।
آية رقم 20
२०) यो (कुरआन) मानिसहरूको निम्ति हिक्मतको कुरा हो, जसले विश्वास गर्दछन् उनीहरूको निम्ति मार्गदर्शन र दयालुता हो ।
آية رقم 21
२१) जसले नराम्रो कर्म गर्दछन्, के उनीहरूले यो ठान्दछन्, कि हामीले उनीलाई ती मानिसहरू जस्तो बनाइदिन्छौं, जसले विश्वास गरे, र असल कर्म गरिरहे (र) उनीहरूको जीवन र मृत्यु एकनास हुनेछ ? यिनीहरूले जो निर्णय गर्दछन् ती सबै नराम्रा छन् ।
آية رقم 22
२२) र अल्लाहले आकाशहरू र धरतीलाई संतुलनको साथ सृष्टि गर्यौ र यसकारण, कि प्रत्येक व्यक्तिलाई उसको कमाईको प्रतिफल दिइयोस्, र उनीमाथि अत्याचार गरिने छैन ।
آية رقم 23
२३) के तिमीले त्यस व्यक्तिलाई पनि देख्यौ ? जसले आफ्नो हवसलाई उपास्य बनाइहाल्यो ? अल्लाहले ज्ञानको बावजूद उसलाई मार्गबिचलनमा पारिदियो, र उसका कान र हृदयमाथि ठप्पा लगाइदियो र उनीको आँखाहरूमाथि आवरण हालिदियो । अब अल्लाह पश्चात कसले उसलाई मार्गमा ल्याउन सक्छ ? के तिमीले शिक्षा ग्रहण गर्दैनौ ?
آية رقم 24
२४) र उनीहरूले भन्दछन्ः कि ‘‘हाम्रो जीवन त मात्र सांसारिक जीवन नै हो । हामी मर्दछौं, जिउँदछौ र बाँच्दछौं । र हामीलाई त मात्र जमाना नै विनष्ट गर्दछ ।’’ उनीहरूको पासमा यसको कुनै ज्ञान छैन, उनीहरूले त मात्र अटकलबाजी गर्दछन् ।
آية رقم 25
२५) र जब उनीहरूको सामु हाम्रा स्पष्ट आयतहरू पढिन्छन, त उनीहरूको यही हुज्जत (प्रमाण) हुन्छ कि यदि साँचो हौ भने हाम्रा बाबु बाजेलाई ल्याऊ ।
آية رقم 26
२६) भनिदेऊः कि ‘‘अल्लाहले नै तिमीलाई जीवन प्रदान गर्दछ, अनि तिमीलाई मृत्यु दिन्छ, अनि तिमीलाई कियामतको दिन, जसको आउनुमा सन्देह छैन, एकत्रित गर्नेछ, तर धेरैले जान्दैनन् ।’’
آية رقم 27
२७) र आकाशहरू र धरतीको बादशाही अल्लाहकै हो । र जुन दिन कयामतको घटना घटित हुनेछ त्यसदिन असत्यवादीहरू नोक्सानीमा हुनेछन् ।
آية رقم 28
२८) तपाई हेर्नुहुनेछ कि प्रत्येक समूह घुँडा टेकिनिहुरी राखेछन् । प्रत्येक समूह आफ्नो किताबतिर बोलाइनेछन् । ‘‘आज तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जो तिमीहरू गर्दथियौ ।’’
آية رقم 29
२९) यो हाम्रो किताबले तिम्रो बारेमा सत्यलाई वर्णन गरिदिनेछ । निश्चय नै हामीले लेखाउँदै आइरहेका छौं, जुन कि तिमीले गर्ने गर्दथ्यौ ।
آية رقم 30
३०) अतः जुन मानिसहरूले विश्वास गरे र उनीहरूले असल कर्म गरे उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुतामा प्रवेश गराउनेछ, यही नै स्पष्ट सफलता हो ।
آية رقم 31
३१) र जसले कुफ्र गरे, (उनीहरूसित भनिनेछ कि) के हाम्रा आयतहरू तिमीलाई पढेर सुनाइन्नथे ? तर तिमीले घमण्ड गर्यौ र तिमीहरू अपराधी मानिसहरू नै थियौ ।
آية رقم 32
३२) र जब भनिन्थ्यो कि अल्लाहको वचन बिल्कुल्लै सत्य हो र कियामतमा कुनै सन्देह छैन, त तिमी भन्दथ्यौ कि हामीलाई थाहा छैन कि कियामत के हो ? हामीलाई त मात्र कल्पना जस्तो प्रतीत हुन्छ र हामी विश्वासै गर्दैनौं ।
آية رقم 33
३३) (त्यस बेला) उनीहरूको कर्महरूको अवैधता जाहेर भइहाल्यो र उनीहरूले जुन कुरो गर्दथे ती कुराले उनीहरूलाई घेरिहाल्यो ।
آية رقم 34
३४) र भनिनेछ कि जुन प्रकार तिमीले यस दिनको अउने कुरालाई बिर्सिराखेका थियौ, त्यसै प्रकार आज हामीले पनि तिमीलाई बिर्सिदिने छौं, र तिम्रो बास्स्थान नर्क हो र कोही तिम्रो सहायक छैन् ।
آية رقم 35
३५) यो यस कारण हो कि तिमीले अल्लाहको आयतहरूलाई मजाक ठानेका थियौ र संसारिक जीवनले तिमीलाई भ्रममा पारेको थियो । आज यी मानिसहरू न त नर्कबाट निकालिनेछन् र न उनीहरूको प्रायश्चित स्वीकारिनेछ ।
آية رقم 36
३६) अतः सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो आकाशहरूको पालनकर्ता र धरतीको पालनकर्ता र सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
آية رقم 37
३७) आकाशहरू र धरतीमा उनकै सर्वोच्चता र महानता छ । र ऊ अधिपत्यशाली अत्यन्त तत्वदर्शी छ ।
تقدم القراءة