ترجمة سورة عبس

الترجمة النيبالية
ترجمة معاني سورة عبس باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) उसले रूखापनागरेर मुख फर्कायो ।
२) किनकि उसको पासमा एउटा अन्धो आयो ।
३) तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।
४) अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
५) तर जो लापरवाही गर्दछ ।
६) उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।
७) हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
८) र जो तिम्रो पासमा दगुर्दै आयो ।
९) र ऊ (अल्लाहसित) डर्छ पनि ।
१०) उसलाई तिमीले बेवास्ता गर्दछौ ।
११) हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
१२) तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
१३) यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
१४) जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
१५) यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
१६) जो प्रतिष्ठित र पवित्र छन् ।
१७) अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
१८) अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो ?
१९) वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
२०) र उसको निम्ति मार्ग सरल बनाइदियो ।
२१) अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
२२) फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ,
२३) केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
२४) अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
२५) हामीले नै धेरै पानी वर्षायौं ।
२६) फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
२७) त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।
२८) र अंगूर र तरकारी ।
२९) र जैतून र खजूरहरू ।
३०) र बाक्ला घना बगैंचाहरू ।
३१) र फल र चाराहरू ।
३२) (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
३३) तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
३४) त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
३५) र आफ्नो आमा र बाबुबाट ।
३६) र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
३७) यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
३८) कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
३९) हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
४०) र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
४१) जसमाथि कालोपना छाएको हुनेछ,
४२) यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।
Icon