ترجمة معاني سورة الأحزاب باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة الإنجليزية - صحيح انترناشونال
المنتدى الإسلامي
الترجمة الإنجليزية
الترجمة الفرنسية - المنتدى الإسلامي
نبيل رضوان
الترجمة الإسبانية
محمد عيسى غارسيا
الترجمة الإسبانية - المنتدى الإسلامي
الترجمة الإسبانية (أمريكا اللاتينية) - المنتدى الإسلامي
المنتدى الإسلامي
الترجمة البرتغالية
حلمي نصر
الترجمة الألمانية - بوبنهايم
عبد الله الصامت
الترجمة الألمانية - أبو رضا
أبو رضا محمد بن أحمد بن رسول
الترجمة الإيطالية
عثمان الشريف
الترجمة التركية - مركز رواد الترجمة
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة التركية - شعبان بريتش
شعبان بريتش
الترجمة التركية - مجمع الملك فهد
مجموعة من العلماء
الترجمة الإندونيسية - شركة سابق
شركة سابق
الترجمة الإندونيسية - المجمع
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الإندونيسية - وزارة الشؤون الإسلامية
وزارة الشؤون الإسلامية الأندونيسية
الترجمة الفلبينية (تجالوج)
مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الفارسية - دار الإسلام
فريق عمل اللغة الفارسية بموقع دار الإسلام
الترجمة الفارسية - حسين تاجي
حسين تاجي كله داري
الترجمة الأردية
محمد إبراهيم جوناكري
الترجمة البنغالية
أبو بكر محمد زكريا
الترجمة الكردية
حمد صالح باموكي
الترجمة البشتوية
زكريا عبد السلام
الترجمة البوسنية - كوركت
بسيم كوركورت
الترجمة البوسنية - ميهانوفيتش
محمد مهانوفيتش
الترجمة الألبانية
حسن ناهي
الترجمة الأوكرانية
ميخائيلو يعقوبوفيتش
الترجمة الصينية
محمد مكين الصيني
الترجمة الأويغورية
محمد صالح
الترجمة اليابانية
روايتشي ميتا
الترجمة الكورية
حامد تشوي
الترجمة الفيتنامية
حسن عبد الكريم
الترجمة الكازاخية - مجمع الملك فهد
خليفة الطاي
الترجمة الكازاخية - جمعية خليفة ألطاي
جمعية خليفة الطاي الخيرية
الترجمة الأوزبكية - علاء الدين منصور
علاء الدين منصور
الترجمة الأوزبكية - محمد صادق
محمد صادق محمد
الترجمة الأذرية
علي خان موساييف
الترجمة الطاجيكية - عارفي
فريق متخصص مكلف من مركز رواد الترجمة بالشراكة مع موقع دار الإسلام
الترجمة الطاجيكية
خوجه ميروف خوجه مير
الترجمة الهندية
مولانا عزيز الحق العمري
الترجمة المليبارية
عبد الحميد حيدر المدني
الترجمة الغوجراتية
رابيلا العُمري
الترجمة الماراتية
محمد شفيع أنصاري
الترجمة التلجوية
مولانا عبد الرحيم بن محمد
الترجمة التاميلية
عبد الحميد الباقوي
الترجمة السنهالية
فريق مركز رواد الترجمة بالتعاون مع موقع دار الإسلام
الترجمة الأسامية
رفيق الإسلام حبيب الرحمن
الترجمة الخميرية
جمعية تطوير المجتمع الاسلامي الكمبودي
الترجمة النيبالية
جمعية أهل الحديث المركزية
الترجمة التايلاندية
مجموعة من جمعية خريجي الجامعات والمعاهد بتايلاند
الترجمة الصومالية
محمد أحمد عبدي
الترجمة الهوساوية
الترجمة الأمهرية
محمد صادق
الترجمة اليورباوية
أبو رحيمة ميكائيل أيكوييني
الترجمة الأورومية
الترجمة التركية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفرنسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإندونيسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفيتنامية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة البوسنية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الإيطالية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفلبينية (تجالوج) للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
الترجمة الفارسية للمختصر في تفسير القرآن الكريم
مركز تفسير للدراسات القرآنية
Dr. Ghali - English translation
Muhsin Khan - English translation
Pickthall - English translation
Yusuf Ali - English translation
Azerbaijani - Azerbaijani translation
Sadiq and Sani - Amharic translation
Farsi - Persian translation
Finnish - Finnish translation
Muhammad Hamidullah - French translation
Korean - Korean translation
Maranao - Maranao translation
Abdul Hameed and Kunhi Mohammed - Malayalam translation
Salomo Keyzer - Flemish (Dutch) translation
Norwegian - Norwegian translation
Samir El - Portuguese translation
Polish - Polish translation
Romanian - Romanian translation
Elmir Kuliev - Russian translation
Albanian - Albanian translation
Tatar - Tatar translation
Japanese - Japanese translation
محمد جوناگڑھی - Urdu translation
Ma Jian - Chinese translation
Turkish - Turkish translation
King Fahad Quran Complex - Thai translation
Ali Muhsin Al - Swahili translation
Abdullah Muhammad Basmeih - Malay translation
Hamza Roberto Piccardo - Italian translation
Indonesian - Indonesian translation
Bubenheim & Elyas - German / Deutsch translation
Bosnian - Bosnian translation
Hasan Efendi Nahi - Albanian translation
Sherif Ahmeti - Albanian translation
Sahih International - English translation
Czech - Czech translation
Abul Ala Maududi(With tafsir) - English translation
Tajik - Tajik translation
Alikhan Musayev - Azerbaijani translation
Muhammad Saleh - Uighur; Uyghur translation
Abdul Haleem - English translation
Mufti Taqi Usmani - English translation
Muhammad Karakunnu and Vanidas Elayavoor - Malayalam translation
Sheikh Isa Garcia - Spanish; Castilian translation
Divehi - Divehi; Dhivehi; Maldivian translation
Abubakar Mahmoud Gumi - Hausa translation
Mahmud Muhammad Abduh - Somali translation
Knut Bernström - Swedish translation
Jan Trust Foundation - Tamil translation
Mykhaylo Yakubovych - Ukrainian translation
Uzbek - Uzbek translation
Diyanet Isleri - Turkish translation
Ministry of Awqaf, Egypt - Russian translation
Abu Adel - Russian translation
Burhan Muhammad - Kurdish translation
Dr. Mustafa Khattab, The Clear Quran - English translation
Dr. Mustafa Khattab - English translation
الترجمة الإنجليزية - مركز رواد الترجمة
الترجمة الفرنسية - محمد حميد الله
الترجمة البوسنية - مركز رواد الترجمة
الترجمة الصربية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة الألبانية - مركز رواد الترجمة - جار العمل عليها
الترجمة اليابانية - سعيد ساتو
الترجمة الفيتنامية - مركز رواد الترجمة
الترجمة التاميلية - عمر شريف
الترجمة السواحلية - عبد الله محمد وناصر خميس
الترجمة اللوغندية - المؤسسة الإفريقية للتنمية
الترجمة الإنكو بامبارا - ديان محمد
الترجمة العبرية
الترجمة الإنجليزية للمختصر في تفسير القرآن الكريم
الترجمة الروسية للمختصر في تفسير القرآن الكريم
الترجمة البنغالية للمختصر في تفسير القرآن الكريم
الترجمة الصينية للمختصر في تفسير القرآن الكريم
الترجمة اليابانية للمختصر في تفسير القرآن الكريم
ترجمة معاني القرآن الكريم - عادل صلاحي
عادل صلاحي
ﰡ
آية رقم 1
१) हे पैगम्बर । अल्लाहसित डराइराख्नुस् र काफिर र मुनाफिकहरूको (कपटीहरूको) भनाईमा नलाग्नुस् । निःसंदेह अल्लाह ठूलो सर्वज्ञाता र तत्वदर्शी छ ।
آية رقم 2
२) र त्यस कुराको अनुशरण गर्नु जुन तपार्इंको पालनकर्ताको तर्फबाट तपाईंलाई वह्य गरिन्छ । निःसन्देह अल्लाह तपार्इंको सबै कर्महरूसित अवगत छ ।
آية رقم 3
३) र तपाईंले अल्लाहमाथि नै भरोसा गर्नुस् । ऊ भरोसाको निम्ति पर्याप्त छ ।
آية رقم 4
४) अल्लाहले कुनै व्यक्तिको छातीभित्र दुई मुटु बनाएको छैन र न उसले तिम्रा पत्नीहरूलाई जसलाई तिमीले आमा भनिहाल्छौ, तिम्रो साँच्चैआमा बनायो, र उसले तिमीले मुखले भनेको छोराहरूलाई वास्तविक छोराहरू बनाएन । यी तिम्रा मुखका कुराहरू हुन्, किन्तु अल्लाहले साँचो कुरा भन्दछ र उसैले सोझो मार्ग देखाउँछ ।
آية رقم 5
५) उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूका वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
آية رقم 6
६) नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।
آية رقم 7
७) (र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।
آية رقم 8
८) ताकि अल्लाहले सत्य मानिसहरूसित उनीहरूको सत्यताबारे सोधोस् । र इन्कार गर्नेवालाहरूको निम्ति त उसले दुःखद यातना तयार गरेर राखेकै छ ।
آية رقم 9
९) हे मोमिनहरू (आस्थावानहरू) ! अल्लाहले जुन भलाई तिमीमाथि गर्यो, त्यसलाई स्मरण गर जबकि सेनाहरू तिमीमाथि आक्रमणको निम्ति (अहजाब युद्धमा) आए, तब हामीले उनीहरूमाथि एक तीव्र हावा पठाइदियौं र यस्ता सेनाहरू पनि, जसलाई तिमीले देख्न सक्दैनथियौ ! र जुन काम तिमीले गर्दछौ, अल्लाहले सबैथोक देखिराखेको छ ।
آية رقم 10
१०) (स्मरण गर) जब शत्रुहरू तिम्रोमाथितिरबाट र तिम्रो तलतिरबाट पनि तिमीमाथि आइलागे, र जब आँखाहरू एकटक भइहाले र हृदय कण्ठमा आइपुग्यो ! र तिमीले अल्लाहको बारेमा विभिन्न प्रकारका कल्पनाहरू गर्न थालेका थियौ ।
آية رقم 11
ﮖﮗﮘﮙﮚﮛ
ﮜ
११) यहाँ ईमानवालाहरू परीक्षणमा परे र तिनीहरू पूरै हल्लाइए ।
آية رقم 12
१२) र त्यसबखत जब कपटी र ती मानिसहरू जसका हृदयमा रोग छन् भन्न थाले कि ‘‘अल्लाह र उसको रसूलले हामीसित जुन वचन गरेका थिए त्यो त धोका मात्र थियो ।’’
آية رقم 13
१३) र उनीहरूमध्येबाटै एउटा समूहले भन्योः कि हे मदीनावालाहरू ! यहाँ तिम्रो निम्ति ठाउँ छैन, तसर्थ फर्किहाल, र उनको एउटा अर्को समूहले पैगम्बरसित यो भनेर जाने अनुमति माँग्न थाल्यो कि ‘‘हाम्रा घर असुरक्षित छन्’’ । यद्यपि तिनीहरू खुल्ला र असुरक्षित थिएनन्, तर उनीहरू त केवल भाग्न चाहन्थे ।
آية رقم 14
१४) र यदि मदीनाको चारैतिरबाट उनीहरूमाथि आक्रमण हुन्थ्यो, अनि त्यसबेला उनीहरूसित उपद्रवको निम्ति भनिएको भए उनीहरूले त्यस्तो गरिहाल्थे र केही बेर बाहेक लड्ने थिएनन् ।
آية رقم 15
१५) यद्यपि यसभन्दा पहिला उनीहरूले अल्लाहलाई वचन दिइसकेका थिए कि उनीहरूले पिठ्युँ फर्काउने छैनन्, र अल्लाहसित, जुन वचन गरिन्छ, त्यसको अवश्य सोधपूछ हुनेछ ।
آية رقم 16
१६) भनिदिनुस् ! कि ‘‘यदि तिमी मर्न वा मारिनुबाट भाग्दछौ त यो भाग्नुबाट तिमीले कदापि लाभ पाउने छैनौ ! र त्यस अवस्थामा पनि तिमीले बहुतै कम फाइदा पाउने छौ ।
آية رقم 17
१७) सोध्नुस् ! ‘‘कि यदि अल्लाहले तिमीमाथि कुनै नराम्रो कुराको विचार गर्दछ वा तिमीमाथि कुनै कृपा गर्न चाहन्छ त को छ जसले तिमीलाई त्यसबाट बचाउन सक्दछ, वा तिमीबाट कृपा रोक्न सक्छ ? यिनीहरूले अल्लाह बाहेक कसैलाई न आफ्नो मित्र पाउनेछन् न सहायक ।
آية رقم 18
१८) अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूलाई (राम्ररी) जान्दछ, जसले (युद्धबाट) अरुलाई रोक्दछन् र आफ्ना भाइहरूसित भन्दछन्ः कि हाम्रो साथमा आइहाल । र लडाईमा कहिलेकांही मात्र आउँछन् ।
آية رقم 19
१९) (यी) तिम्रो सहायतामा पूरै कन्जूस्याई गर्दछन् । अनि जब भय र डरको समय आउँछ त तपार्इंले उनलाई हेर्नुहुनेछ कि तपार्इंतिर हेरिराखेका हुन्छन्, र उनका आँखाहरू यसरी घुम्छन् जस्तो कि कसैलाई मृत्युको मुर्छा भइराखेको छ । किन्तु जब भय समाप्त हुन्छ तब उनीहरूले आफ्ना तिखो जिब्रोले ठूल ठूला कुरा गर्न थाल्छन् । यिनीहरू धनका धेरै लोभी हुन्छन्, यिनीहरूले ईमान ल्याएकै छैनन् । तसर्थ अल्लाहले उनीहरूको सबै कर्मलाई नाश पारिदिएको छ र यो अल्लाहको लागि धेरै सजिलो छ ।
آية رقم 20
२०) उनीहरूले ठानिराखेका छन् कि (शत्रुका) सैन्यदल अझै गएका छैनन्, र यदि ती सेनाहरू फेरि आउँछन् भने तिनीहरूले चाहन्छन् कि कुनै प्रकार बाहिर (मरुस्थलमा) बद्दूहरूको साथमा भएको भए र त्यहींबाट तिम्रो बारेमा समाचार सोधिराख्ने थिए । र यदि उनीहरू तिम्रो साथमा उपस्थित भएपनि लडाईमा नाममात्रको नै भाग लिन्थे ।
آية رقم 21
२१) निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।
آية رقم 22
२२) र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।
آية رقم 23
२३) ईमानवालाहरूमा यस्ता मानिसहरू पनि छन् कि जुन प्रतिज्ञा उनीहरूले अल्लाहसित गरेका थिए त्यसलाई पूरा गरी देखाए । उनीहरूमध्ये केहीले त आफ्नो (प्रतिज्ञा) पूरा गरिसके र उनीहरूमा केही प्रतीक्षामा छन् । र उनीहरूले (आफ्नो कुरो) अलिकति पनि परिवर्तन गरेनन् ।
آية رقم 24
२४) ताकि (यसको परिणाम स्वरूप) अल्लाहले सत्यनिष्ठहरूलाई उनीहरूको सत्यताको पुरस्कार देओस् र कप्टाचारीलाई चाहन्छ भने यातना देओस् वा उनीहरूको तौबा (प्रायश्चित) स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र अति दयावान् छ ।
آية رقم 25
२५) र काफीरहरूलाई अल्लाहले रिसाएकै अवस्थामा त्यसै फर्काइदियो तिनीहरूले कुनै भलाई प्राप्त गर्न सकेनन् । अल्लाहले स्वयम् मोमिनहरूको लागि यस युद्धमा पर्याप्त भयो । अल्लाह त बडो शक्तिमान् र अधिपत्यशाली छ ।
آية رقم 26
२६) र जुन किताबवालाहरूले उनीहरूको सहायता गरेका थिए, तिनीहरूलाई उनको गढहरूबाट अल्लाहले तल ल्यायो र उनीहरूको हृदयमा भय हालिदियो कि तिमीले उनको एउटा समूहलाई हत्या गर्दैछौ र एउटा समूहलाई बन्दी बनाउँदैछौ ।
آية رقم 27
२७) र उसले तिमीलाई उनीहरूको जमिन र उनीहरूको घर र उनीहरूको मालसम्पत्तिको उत्तराधिकारी बनाइदियो र त्यस भूभागको पनि जसलाई तिमीले जीतेका थिएनौ । र अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।
آية رقم 28
२८) हे नबी ! आफ्नो पत्नीहरूसित भनिदिनुस् कि ‘‘यदि तिमी सांसरिक जीवन र यसको शोभा लिन चाहन्छौ भने आऊ, म तिमीलाई केही दिएर राम्ररी विदा गरिदेऊँ ।
آية رقم 29
२९) किन्तु यदि तिमीले अल्लाह र उसका रसूल र आखिरतको घर चाहन्छौ भने निश्चय नै अल्लाहले तिमीहरूमध्ये राम्रो काम गर्ने स्त्रहिरूको निम्ति ठूलो प्रतिफल राखिछाडेको छ ।’’
آية رقم 30
३०) हे पैगम्बरका स्त्रीहरू ! तिमीमध्ये जसले पनि कुनै प्रत्यक्ष निर्लज्जताको कर्म गर्नेछ त त्यसको लागि उसलाई दोहोरो यातना हुनेछ र यो अल्लाहको लागि धेरै सरल छ ।
آية رقم 31
३१) (तर) तिमीमध्ये जो अल्लाह र उसको रसूलप्रति निष्ठापूर्वक आज्ञाकारीताको नीति अपनाउँनेछिन् र असलकर्म गर्दछिन, त्यसलाई हामीले दुईगुणा प्रतिफल प्रदान गर्नेछौं र त्यसको निम्ति हामीले सम्मानपूर्ण आजीविका तयार गरेका छौं ।
آية رقم 32
३२) हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।
آية رقم 33
३३) र आफ्नो घरमा राम्रोसंग बसिराख र विगत अज्ञानकाल जस्तो सज–धज गरी नदेखाऊ । नमाजको आयोजन गर्दैगर जकात दिनेगर । र अल्लाह र उसको रसूलको आज्ञा पालनगर । हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् ।
آية رقم 34
३४) र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । निश्चय नै अल्लाह अत्यन्त सूक्ष्मदर्शी, जानकार छ ।
آية رقم 35
३५) बिना सन्देह मुस्लिम पुरुष र मुस्लिम स्त्रीहरू, ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरू, निष्ठापूर्वक, आज्ञापालन गर्ने पुरुष र निष्ठावान स्त्रीहरू, र सत्यवादी पुरुषहरू र सत्यवादी स्त्रीहरू, धैर्यवान् पुरुषहरू र धैर्य गर्ने स्त्रीहरू, विनम्रता देखाउने पुरुषहरू र विनम्रता देखाउने स्त्रीहरू, सद्का (दान) दिने पुरुष, र दान दिने स्त्रीहरू, रोजा (व्रत) बस्ने पुरुष र रोजा बस्ने स्त्रीहरू, आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्ने पुरुष र रक्षा गर्ने स्त्रीहरू र अल्लाहलाई धेरै स्मरण गर्ने पुरुष र स्मरण गर्ने स्त्रीहरू यिनीहरूका निम्ति अल्लाहले क्षमा र ठूलो प्रतिफल तयार गरेको छ ।
آية رقم 36
३६) र हेर कुनै मोमिन् पुरुष र मोमिन स्त्रीलाई जब अल्लाहले र उसको रसूलले कुनै कुराको फैसला निर्धारित गरिदिन्छन्, त उनीहरूको यस काममा अन्यथा केही हक बाँकी रहँदैन । जोसुकैले अल्लाह र उसको रसूलको अवज्ञा गर्नेेछ, त्यो स्पष्टरूपले मार्गविचलित भइहाल्यो ।
آية رقم 37
३७) (हे नबी) स्मरण गर्नुस् जबकि तपाईंले त्यस व्यक्तिसँग भनिराख्नु भएको थियो जसमाथि अल्लाहले अनुकम्पा गर्यो, र जसमाथि तपाईंले पनि अनुकम्पा गर्नु भयो कि ‘‘आफ्नो पत्नीलाई आफूसँग राख र अल्लाहसित डर र तपाईं आफ्नो मनमा त्यस कुरालाई लुकाइराख्नु भएको थियो, जसलाई अल्लाह प्रकट गर्नेवाला थियो । तपाईं मानिसहरूसँग भय खानु हुन्थ्यौ, जबकि अल्लाह त्यस कुराको अधिक हकदार थियो कि तिमी ऊसित डर’’ । अतः जब जैदले ऊसित (स्त्रीसित) आफ्नो आवश्यकता पूरा गरिसक्यो त हामीले तिमीसित उसको विवाह गरिदियौं, ताकि ईमानवालाहरूलाई आफ्ना धर्मपुत्रहरूको पत्नीहरूको सम्बन्धमा कुनै प्रकारको अपठ्यारो नरहोस् जबकि उनीहरूले तिनीहरूसित आफ्नो आवश्यकता पूरा गरिसकेका हुन्छन् । अल्लाहको आदेश त पूरा भएर रहनेछ ।
آية رقم 38
३८) जुन कुराहरू अल्लाहले आफ्नो नबीको लागि निर्धारित गरेको छ, तिनीहरूमा नबीको लागि कुनै हर्ज छैन । अल्लाहको यही स्वीकृत मान्यता ती मानिसहरूको सम्बन्धमा पनि रहेको छ, जुन पहिला गुज्रिसकेका छन् र अल्लाहको आदेश निश्चित भएको हुन्छ ।
آية رقم 39
३९) उनीहरूले अल्लाहको सन्देश पुर्याउँदथे र उसैसित डर मान्दथे र अल्लाह बाहेक कसैसित डराउन्नथे । र हिसाब लिनुको निम्ति अल्लाह नै पर्याप्त छ ।
آية رقم 40
४०) (मानिसहरू हो ! ) मुहम्मद तिम्रा पुरुषहरूमध्ये कसैको पिता होइनन्, बरु उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन् । र अल्लाहलाई प्रत्येक कुराको पूर्ण ज्ञान छ ।
آية رقم 41
४१) हे आस्थावानहरू ! अल्लाहलाई धेरै स्मरण गर्नेगर ।
آية رقم 42
ﰂﰃﰄ
ﰅ
४२) र बिहान र बेलुका उसको गुणगान गर्नेगर ।
آية رقم 43
४३) उही त हो, जसले तिमीमाथि रहमत (कृपा) पठाउँछ र उसका स्वर्गदूतहरूले पनि (तिम्रो लागि शान्ति र अनुकम्पाको प्रार्थना गर्दछन्) ताकि उसले तिमीलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लगोस् र अल्लाह मोमिनहरूमाथि धेरै कृपालु छ ।
آية رقم 44
४४) जुन दिन उनीहरू अल्लाहसँग भेट्नेछन्, उनको उपहार (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिसकेको छ ।
آية رقم 45
४५) हे पैगम्बर ! निश्चय नै हामीले नै तपार्इंलाई रसूल बनाएर साक्षी, र शुभसूचना दिनेवाला र सचेत गर्नेवाला बनाएर पठाएका छौं ।
آية رقم 46
ﭣﭤﭥﭦﭧﭨ
ﭩ
४६) र अल्लाहको हुकुमबाट अल्लाहतिर बोलाउनेवाला र प्रकाशमान्, ज्योति बनाएर ।
آية رقم 47
४७) र तपाईंले मोमिनहरूलाई शुभसूचना सुनाइदिनुस् कि अल्लाहको तर्फबाट तिनीहरूका लागि ठूलो पुरस्कार (फजल) छ ।
آية رقم 48
४८) र इन्कार गर्नेहरू र कपटीहरूको भनाई नमान्नु । र उनीहरूले दिएको दुःखलाई वास्ता नगर्नु । र अल्लाहमा भरोसा गर्नु ! र अल्लाह कुनै कामलाई पनि परिणाममुखी बनाउन पर्याप्त छ ।
آية رقم 49
४९) हे ईमानवालाहरू ! जब तिमी ईमानवाली स्त्रीहरूसँग विवाह गर्दछौ फेरि उनीहरूलाई स्पर्श गर्नुभन्दा अगाडि नै तलाक (पारपाचुके) दिन्छौ भने तिम्रो निम्ति उनीहरूमाथि कुनै इद्दतको अधिकार छैन जसको तिमी गन्ती गर । उनीहरूलाई केही फाइदा (खर्च) दिएर राम्रो तरिकाले बिदा गर ।
५०) हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपार्इंको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाका दिदी बहिनीका छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका स्त्रीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपार्इंलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ ।
آية رقم 51
५१) यीमध्ये जुन स्त्रीलाई चाहन्छौ अलग्गै राख र जसलाई चाहन्छौ आफ्नो साथमा राख । र कसैलाई तपाईंले अलग्गै राख्नु भएपछि यदि उसलाई फेरि आफ्नो पासमा बोलाउँनु हुन्छ भने तपाईंलाई कुनै पाप (गुनाह) छैन । यो यसकारण कि ती स्त्रीहरूका आँखाहरू शीतल रहुन्, र उनीहरू दुःखी नरहुन् र जे–जति तपाईंले उनलाई दिनुहुन्छ उसलाई लिएर सब सहमत रहुन् र जे–जति तिम्रा हृदयमा छन् अल्लाहलाई त्यसको बारेमा थाहा छ अल्लाह त सर्वज्ञ र धेरै सहनशील छ ।
آية رقم 52
५२) (हे पैगम्बर !) यी बाहेक अन्य स्त्रीहरू तपाईंका लागि वैध छैनन् र न यो ठीक छ कि तपार्इंले यिनको बदलामा अन्य पत्नीहरू ल्यानुस्, उनको सौन्दर्य राम्रा लागे पनि । उनीहरूको कुरा अर्कै छ जो तिम्रा सम्पत्ति (दासी) हुन् । वास्तवमा अल्लाहको दृष्टि हरेक कुरोमाथि छ ।
५३) हे ईमानवालाहरू नबीको घरमा अनुमति प्राप्त नगरेसम्म खानको लागि नजानु कि पाक्ने बेलासम्म प्रतीक्षा गर्नुपरोस् तर जब निमन्त्रण हुन्छ तब जाऊ र खाना खाइसकेपछि हिँडिहाल र त्यहीं कुराहरूमा अल्झेर नबस । तिम्रो यो कुराले पैगम्बरलाई कष्ट दिन्छ र उनी तिम्रो लिहाज मान्छन्, तर अल्लाह साँचो कुरा गर्न कसैको लिहाज गर्दैन । र जब तिमी नबीका पत्नीहरूसँग केही माँग्दछौ भने उनीहरूसित पर्दाको पछाडिबाट माँग । यो धेरै शुद्धताको कुरा हो, तिम्रा हृदयहरूको लागि र उनीहरूका हृदयको लागि पनि । तिम्रो निम्ति यो कुरा वैध छैन कि, तिमी अल्लाहका रसूललाई दुःख पुर्याऊ र न यो वैध छ कि उहाँ (नबी) पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर । यादराख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो ।
آية رقم 54
५४) तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई त हरेक कुराको ज्ञान छ ।
آية رقم 55
५५) ती स्त्रीहरूलाई आफ्ना बुबाहरूसित आफ्ना छोराहरूसित, र आफ्ना भाइहरूसित, र आफ्ना भतिजाहरूसित, र आफ्ना भान्जिहरूसित, र आफ्ना मेलका स्त्रीहरूसित र न उनीहरूसित जसलाई उनीहरूमाथि स्वामित्वको अधिकार प्राप्त छ पर्दा नगर्नुमा कुनै पाप छैन । स्त्रीहरू ! अल्लाहसित डर, निश्चय नै अल्लाह हरेक कुराको साक्षी छ ।
آية رقم 56
५६) अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।
آية رقم 57
५७) जुन मानिसहरूले अल्लाह र उसको रसूललाई दुःख पुर्याउँछन्, अल्लाहले उनलाई दुनियाँ र आखिरतमा तिरस्कृत गरेको छ र उनीहरूको निम्ति अपमानजनक यातना तयार गरेको छ ।
آية رقم 58
५८) र जुन मासिनहरूले ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूलाई, बिना कुनै कारण यस्तो कुराको आरोप लगाएर दुःख पुर्याएका छन्, जुनकि उनीहरूले गरेका छैनन्, भने उनीहरूले त ठूलो मित्थ्यारोपण र प्रत्यक्ष पापको बोझ आफूमाथि उठाएका छन् ।
آية رقم 59
५९) हे पैगम्बर ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली स्त्रीहरूसँग भनिदिनुस् कि तिनीहरू आफुमाथि ‘‘आफ्ना च्यादर हाल्ने गरुन्’’ । यसबाट छिटै उनीहरूको (भद्रताको) पहिचान भइहाल्छ र उनले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, दयावान छ ।
آية رقم 60
६०) यदि अहिले पनि मुनाफिक र ती मानिसहरू, जसको हृदयमा रोग छन् र जसले मदीना (शहरमा) मिथ्या अफवाह फैलाइराखेका छन्, त्यसो गर्न छाडेनन् भने हामीले तपाईलाई उनीहरूको बर्बादीको लागि लगाइदिने छौं, । अनि तिनीहरू केही दिनको लागि मात्र तपाईसंग यहाँ रहनसक्ने छन् ।
آية رقم 61
६१) यिनीहरू तिरस्कृत रहनेछन् । जहाँ कहीं भेटिनेछन्, समातिनेछन् र नराम्रो तरिकाले मारिनेछन् ।
آية رقم 62
६२) अल्लाहको यहि रीति ती मानिसहरूको विषयमा पनि रहेको छ जो पहिला गुज्रिसकेका छन् ! र तपाईंले अल्लाहको रीतिमा कहिल्यै परिवर्तन पाउने छैनौ ।
آية رقم 63
६३) मानिसहरूले तपाईंसँग कियामतको (समयको) बारेमा सोध्छन् । भनिदिनुस् ‘‘यसको ज्ञान त अल्लाहलाई मात्र छ र तपाईलाई के थाहा ? शायद कियामत नजिकै आइपुगेको छ’’ ।
آية رقم 64
६४) अल्लाहले इन्कार गर्नेहरूलाई अभिशप्त गरेको छ र उनीहरूको निम्ति (जहन्नमको) आगो तयार गरिराखेको छ ।
آية رقم 65
६५) जसमा उनीहरू सधैं सधैं रहनेछन् । उनीहरूले त्यहाँ कुनै समर्थक र सहायक पाउने छैनन् ।
آية رقم 66
६६) त्यस दिन उनीहरूका अनुहार आगोमा उल्टाइने, पल्टाइनेछ त उनीहरूले भन्नेछन्ः ‘‘कति राम्रो हुनथ्यो यदि हामीले अल्लाहको आज्ञापालन गरेको भए र रसूलको आज्ञापालन गरेको भए’’ ।
آية رقم 67
६७) र उनीहरूले भन्नेछन् ‘‘हे हाम्रो पालनकर्ता ! वास्तवमा हामीले आफ्ना नाइकेहरू र आफ्ना ठूला बडाको आज्ञापालन गर्यौं र उनीहरूले हामीलाई सही मार्गबाट विचलित गरिदिए ।’’
آية رقم 68
६८) हे हाम्रो स्वामी ! ‘‘उनीहरूलाई तिमी दोहोरो यातना देऊ र उनीहरूलाई ठूलो तिरस्कृत गर’’ ।
آية رقم 69
६९) हे मोमिनहरू ! ‘‘तिमीहरू ती मानिसहरू जस्तो नहुनु, जसले मूसालाई (दोष लगाएर) दुःख पुर्याए, तर अल्लाहले उनलाई दोषरहित प्रमाणित गर्यो । उनी अल्लाहकहाँ सम्मानित भएका थिए’’ ।
آية رقم 70
७०) हे मोमिनहरू ! अल्लाहसित डर मान्नेगर र सोझो सोझो साँचो कुरा भन्नेगर ।
آية رقم 71
७१) ताकि अल्लाह तिम्रा कर्महरूलाई राम्रो पारोस् र तिम्रा पापहरूलाई क्षमा गरिदेओस् । र जसले पनि अल्लाह र उसको रसूलको आज्ञापालन गर्यो, त्यसले ठूलो सफलता प्राप्त गरिसक्ने छ ।
آية رقم 72
७२) हामीले आफ्नो नासोलाई आकाशहरू र धरती र पर्वतहरूमाथि प्रस्तुत गर्यौं, तर उनीहरूले त्यसलाई उठाउन इन्कार गरिदिए र त्यससित तर्सिहाले । (तर) मानिसले त्यसलाई उठाइहाल्यो । (निश्चय नै ऊ) ठूलो अत्याचारी र अज्ञानी छ ।
آية رقم 73
७३) यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय देओस्, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र दयालु छ ।
تقدم القراءة