२८२) हे मोमिनहरू! जब तिमीले आपसमा कुनै निश्चित अवधिको लागि ऋणको लेनदेन व्यवहार गर्दछौ भने त्यसलाई लेखाई राख र लेख्नेले तिमीहरूमध्ये (कसैको अहित हुने गरी न लेखोस् बरु) न्यायपूर्ण तरिकाले लेखोस् साथै त्यसले, लेख्न अस्वीकार पनि नगरोस र दस्तावेज लेखिहालोस् । किनभने उसलाई अल्लाहले लेख्न सिकाएको छ र जुन मानिसले ऋण लिन्छ त्यसैले (दस्तावेजको) लिखतको व्यहोरा भनेर लेखाओस् र अल्लाहसँग जो कि उसको स्वामी हो, डरोस्, र ऋणको रकमबाट केही घटाएर नलेखाओस् र यदि ऋण लिने मान्छे मन्द बुद्धि वा निर्वल, वृद्ध, होस् अथवा व्यहोरा लेखाउने योग्यता छैन भएको अवस्थामा जुन त्यसको उत्तराधिकारी होस्, त्यसले न्यायपूर्ण ढङ्गले मज्मून भनी उसको तर्फबाट लेखाइदेओस्, र दुई पुरुषलाई साक्षी राख । यदि दुई पुरुष छैनन् भने एउटा पुरुष र दुईटा स्त्री जसलाई तिमीले साक्षीको रूपमा रुचाउँछौ, जसबाट ती स्त्रीमध्ये एउटीले बिर्सेमा अर्कीले त्यसलाई सम्झाइहालोस् र जब साक्षीहरूलाई (साक्ष्यको निम्ति) डाकिन्छ तब जान अस्वीकार नगरुन् र ऋण जसको अवधि निश्चित छ, थोरै होस् अथवा धेरै (त्यसको दस्तावेज लेख्न–लेखाउनमा अल्छी नगर) । यो कुरा अल्लाहको दृष्टिमा बडो न्यायपूर्ण छ र साक्ष्यको निम्ति पनि धेरै सही बाटो हो । यसबाट तिमीलाई कुनै प्रकारको सन्देह हुनेछैन । तर हो, यदि तिमीले कुनै हातैहात व्यवहार (लिनेदिने) गर्दछौ भने (यस्ता व्यवहारहरूको) लिखत नगरे पनि तिमीमाथि कुनै दोष आउने छैन र किनबेचगर्दा पनि साक्षी राख्ने गर । दस्तावेज लेख्ने र साक्षी हुनेहरूलाई कुनै प्रकारको हानि नपुर्याऊ । यदि तिमी यस्तो गर्दछौ भने यो तिम्रो निम्ति दुष्टतापूर्ण कर्म हुनेछ र अल्लाहसँग डर र हेर कि अल्लाहले तिमीलाई तालिम दिइरहेको छ र अल्लाह प्रत्येक कुरो जान्दछ ।
الترجمة النيبالية