ترجمة سورة الإنفطار

الترجمة النيبالية
ترجمة معاني سورة الإنفطار باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) जब आकाश क्षतविक्षत भइहाल्नेछ,
२) र जब ताराहरू झरिहाल्नेछन् ।
३) र जब समुन्द्र बगेर जानेछन् ।
४) र जब चिहानहरू उत्खनित हुनेछन् ।
५) तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो ?
६) हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ ?
७) (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
८) र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
९) केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
१०) जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
११) प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
१२) तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
१३) निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
१४) र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
१५) (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
१६) र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
१७) र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ?
१८) म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
१९) जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।
Icon