ترجمة سورة الرحمن

الترجمة النيبالية
ترجمة معاني سورة الرحمن باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) रहमान (अल्लाह) ले,
२) कुरआन सिकायो ।
३) उसैले मानिसहरूलाई सृष्टि गर्यो,
४) र उसलाई बोल्न सिकायो ।
५) सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्,
६) र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
७) र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
८) ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
९) न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
१०) र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
११) त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
१२) र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
१३) तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ ?
१४) उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
१५) र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
१६) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।
१७) ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।
१८) अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ ?
१९) उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
२०) ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
२१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
२२) ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
२३) अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं ?
२४) र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
२५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
२६) प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
२७) तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।
२८) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
२९) आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।
३०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
३१) हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।
३२) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
३३) हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।
३४) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
३५) तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।
३६) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
३७) अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।
३८) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
३९) अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
४०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
४१) गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
४२) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
४३) यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।
४४) उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।
४५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।
४६) र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
४७) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?
४८) ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
४९) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?
५०) यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
५१) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?
५२) ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
५३) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
५४) स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।
५५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
५६) त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
५७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
५८) ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
५९) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
६०) भलाईको बदला भलाई बाहेक अरु के हुनेछ ?
६१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
६२) र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।
६३) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
६४) दुवै निकै गाढा हरिया छन् ।
६५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
६६) ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।
६७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
६८) यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
६९) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
७०) यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
७१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
७२) गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
७३) त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
७४) जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
७५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
७६) उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
७७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
७८) ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।
Icon