ترجمة سورة المطفّفين

الترجمة النيبالية
ترجمة معاني سورة المطفّفين باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।
२) जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।
३) किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।
४) के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
५) (अर्थात्) एउटा ठूलो दिनमा ।
६) जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन् ?
७) निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
८) र तिमीलाई के थाहा कि सिज्जीन के हो ?
९) यो त लेखिएको पंज्जिका हो ।
१०) त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
११) जसले निसाफको दिनलाई असत्य भन्दथे ।
१२) र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
१३) जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
१४) यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
१५) निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।
१६) फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।
१७) त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।
१८) निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
१९) र तिमीलाई के थाहा कि इल्लीयीन के हो ?
२०) त्यो त लेखिएको किताब हो ।
२१) सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
२२) निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
२३) पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
२४) उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
२५) उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
२६) जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।
२७) र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।
२८) त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
२९) काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।
३०) र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
३१) र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
३२) र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्,
३३) जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
३४) तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
३५) मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
३६) अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
Icon